Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 30, 2015

विएण्डसीले पनि भुकम्प पीडितलाई सहयोग गर्ने


सुरुङ्गा(झापा) १७ वैशाख । गत शनिबार आएको विध्वंशकारी महाभुकम्पमा परी घरबार गुमाएका र घाईते भएकाहरुका लागि बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेजले आफ्ना कर्मचारीको एक दिनको तलव राहतस्वरुप प्रदान गर्ने भएको छ । कर्मचारीको तलबवापत १ लाख ५० हजार र अस्पताल प्रशासनको तर्फबाट १ लाख गरी शुरुमा अढाई लाख रुपैयाँ बी एण्ड सी टिचिङ अस्पताल (राहत कोष) मा जम्मा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर उमेशकुमार शर्माले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिनुभयो ।
 महाभूकम्पले ल्याएको विपत्ति र संकटको घडीमा पीडितको घाउमा केही मलम लगाउने तथा मानवीय संवेदन प्रकट गर्न अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीको तर्फबाट सहयोग गरिएको  अस्पतालका निर्देशक महेन्द्रकुमार प्रसाईले जानकारी दिनुभयो ।

राहतका लागि एनबी बैंक बिर्तामोडमा राहत कोष चल्ती खाता खोलिएको बताइएको छ । ०२३००२८११ नम्बरको चल्ती खातामा रकम जम्मा गरी सहयोग गरिदिन स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई अस्पतालले अपिल गरेको छ । अभियानबाट प्राप्त रकम नेपाल सरकारको केन्द्रीय राहत वितरण प्रणाली अन्तरगत परिचालन हुने बताइएको छ ।
 अस्पतालले विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुलाई १० दिनका लागि निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालका प्रिन्सिपल डा. अमरनाथ ठाकुरले जानकारी दिएका छन् । यता असपताल आगामी वैशाख २४ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने बताइएको छ । अस्पतालका प्रिन्सिपल ठाकुरले चाँडै नै अस्पताल ‘फूल फेस’मा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकरी दिनुभयो ।  २४ गतेदेखि ओपिडीका साथै इमर्जेन्सी अपरेशन थिएटर, सम्पूर्ण वार्डहरु, आइसियू, सिटी स्क्यान, एक्स रे नियमित सञ्चालनमा ल्याउने अस्पतालले जानकारी गराएको छ । रेडियो विराटसँग कुराकानी गर्दै अस्पतालका निर्देशक महेन्द्र प्रसाईंले भूकम्प पीडितहरुका लागि अस्पतालले शुरु गरेको अभियानमा सहयोग पुर्याउन सम्पूर्णलाई आह्वान गरेका छन् ।


0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।