Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, April 18, 2015

हात्तीको अक्रमणबाट वृद्धाको मृत्यु

       
सुरुङ्गा (झापा) ५ वैशाख । जंगली हात्तीको आक्रमणबाट उत्तरी झापाको खुदुनावारीमा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खुदुनावारी – ८ निवासी अम्विका आचार्य रहेको प्रहरी चौकी शनिश्चरेका प्रमुख सार्कीधन राईले जानकारी दिनुभयो ।

गत विहीवार घर नजिकै रहेको जुकेखाडी सामुदायिक वनमा  वस्तु चराउन गएकी आचार्य घर नफर्किएपछि उनको खोजी कार्य तीव्र पारिएको थियो ।




 हराएकी आचार्यको खोजीगर्ने क्रममा आज  अपरान्ह हात्तीले शरीरका विभिन्न भागमा कुल्चिएर मारेको अवस्थामा शव फेला परेको प्रहरी चौकी शनिश्चरेका प्रमुख राईले जानकारी दिनुभयो ।
 शवको आज नै  मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरिएको बताइएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।