Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Friday, June 29, 2018

दश छोरी एसएलसी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

झापा । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । 


बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । आफ्ना सबै छोरीले सोही विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेबाट खुशी भएका उनले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । 

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ ।

वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) का २.८ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको सरकारको तथ्यांक छ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी भर्ना कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यस पटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता भइरहेको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको रारामा आयोजित पर्यटन महोत्सवका अवसरमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण शुभारम्भ गर्नुभएको थियो । यससँगै यस वर्षको देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

विसं २०६१ देखि शुरु भएको विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम शुरु गरेका छन् । झापामा पनि अभियानस्वरुप विद्यार्थी भर्ना कार्यक्रम शुरु गरिएको छ । उपजिल्ला शिक्षा अधिकारी रामप्रसाद ढुंगेलका अनुसार जिल्लामा प्राथमिक तहका विद्यालय उमेर समूहका अझैं ३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालयसहित झापाका आठ नगरपालिका र सात गाउँपालिकाले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।

सामुदायिक विद्यालय : दाताको भरमा २२ शिक्षकलाई तलब !

सुरुङ्गा- कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ ।

सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताए । उनले भने, “अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।”

धिमे र बाँसुरी सिक्दै झापाली नेवार

धिमे र बाँसुरी सिक्दै झापाली नेवार


सुरुङ्गा, झापा, असार १० गते । जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो ।

“काठमाडौँ उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ,” अध्यक्ष ताम्राकारले भन्नुभयो –“तर उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।”

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका झापाका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

Monday, June 18, 2018

दाता परिवारले नै मुद्धा हालेपछि विद्यालयलाई समस्या



सुरुङ्गा,झापा ५असार (रासस)  झापाका कतिपय सामुदायिक विद्यालयले आर्थिक श्रोत जुटाउन नसकेर विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् । सय विगाह भन्दा बढी जमिन विद्यालयको नाममा भए पनि जग्गा ठेक्कामा लिएर उपभोग गर्नेले ठेक्का नबुझाउँदा विद्यालयलाई अहिले मालपोत तिर्न समेत धौ–धौ छ । तर, झापामा एउटा यस्तो सामुदायिक विद्यालय छ जुन विद्यालयको नाममा दश धुर मात्रै जग्गा छ ।
जिल्लाकै नमूना विद्यालय मध्येको बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको मोहनमाया माविको आफ्नो नाममा १० धुर जमिन मात्रै छ । २०२४ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय समाजसेवी भूपालमानसिंह कार्कीले तत्कालीन समयमै १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेको बताइन्छ । तर, विद्यालयको नाममा रजिष्टे«शन पास भएको छैन ।
दाता परिवारको तर्फबाट २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा परेसँगै जिल्ला अदालत झापाले दाताकै पक्षमा  फैसला गरेको छ । अदालतको फैसला अनुसार अहिले मोहनमाया मावि जमिनविहीन छ । मोहनमायाको नाममा पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुर मात्रै जमिन छ । जुन जमिनमा विद्यालयले कम्पाउण्ड वाल लगाएको छ ।

Monday, May 21, 2018

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण



झापा, जेठ ८ ।  झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो ।

जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उहाँले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ रुपैयाँका भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रूपमा अहिले पनि आबद्ध हुनुहुन्छ । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुनुहुन्छ । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।

ब्लग सेयर गर्नुहोला।