Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 16, 2015

४ दिन वित्दा पनि श्रेष्ठको शव उठेन

     
सुरुङ्गा(झापा) ३ वैशाख ।  सीमा प्रहरी चौकी पृथ्वीनगरका प्रहरी नायव निरीक्षक हरि प्रसाईंको लापरबाहीका कारण भारतीय डाँकाको आक्रमण परी देवकुमार श्रेष्ठको मृत्यु भएको भन्दै  उनका परिवार र गाउँलेले ४ दिनसम्म शव बुझ्न मानेका छैनन् ।
शव पोष्टमार्टम घरमा रहे पनि परिवाजन र गाउँले जिल्ला प्रहरी कार्यालयमा चार दिनदेखि धर्ना दिएर बसेका छन् । पटक– पटक प्रशासनसंग वार्ता भए पनि सहमति हुन नसक्दा डाकाको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव अहिले मेची अञ्चल अस्पताल भद्रपुरको पोष्टमार्टम घरमा प्रहरी घेराबन्दीमा रहेको छ ।
यस अघि मृतकका परिवारलाई १० लाख क्षतिर्पूत दिने , घाइतेको औषधि उपचार गर्ने , डाका समूहको पहिचान गरी कारवाही अगाडि बढाउने लगायतको सहमतिपछि श्रेष्ठको शव उनका आफन्तले अस्पतालबाट पोष्टमाटमका लागि वुझेका थिए । शव आफन्तले अस्पतालमा वुझेपनि प्रहरी नायव निरीक्षक प्रसाईंलाई प्रहरीले विभागीय कारवाही गरेको तर उनको मिलेमत्तोमा श्रेष्ठको हत्या भएको भन्दै पुनः श्रेष्ठका परिवार र गाउँले जिल्ला प्रहरी कार्यालयमा चारदिनदेखि धर्नामा बसेका छन् ।



 गत आइतबार मध्यरातमा भारतीय डाँका समूहले गंगा किराना पसलका सञ्चालक श्रेष्ठको गोली हानी हत्या गरेको थियो । त्यस्तै  डाँकाको आक्रमण परी उनकी श्रीमती गंगा श्रेष्ठ, छोरा रोशन श्रेष्ठ र छिमेकी दुर्गा गौतम घाइते भएका थिए । हाल उनीहरुको ओम साई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । डाँका समूहले उनको घर तथा पसलबाट रु एक लाख ८० हजार नगद र  १० तोला सुनसमेत लुटेर लगेका थिए ।
 यता घटनामा संलग्न रहेको आशंकामा बिर्तामोड नगरपालिका – ४ निवासी  कासिद मियाँ र राजगढ– ८ निवासी गौरव शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलबाट १ थान पेस्तोलको गोली र १ थान ३०३ राईफलको खोका बरामद गरेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।