Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Sunday, August 31, 2014

मनमोहनमा निसन्तान दम्पत्तिका लागि उपचार शुरु



बिर्तामोड, भदौ १५ । लामो समयदेखि निसन्तान हुनुको पीडाबाट पिरोलिरहेका दम्पत्तिहरुले अब आफ्नै जिल्लामा प्रजनन् स्वास्थ्य सेवा पाउने भएका छन् ।
मनोमोहन मेमोररियल पूर्वाञ्चल क्षेत्रीय सामूदायिक अस्पताल विर्तामोड झापाले पहिलो पटक निसन्तान दम्पत्तिका लागि उपचार सेवा शुरु गरेसंगै यो सेवा पाउने भएका हुन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा। एकराज गौतमले लामो समयदेखि प्रजनन् स्वास्थ्यमा समस्या आई सन्तान नजन्मिएका दम्पत्तिको स्वास्थ्य जाँच गर्दै पुरुषको शुक्रकीट परीक्षण र महिलाको डिम्ब परीक्षण गरी आवश्यक उपचार पद्दतिद्वारा सन्तान उत्पादनका विषयमा जानकारी दिदै सेवा समेत शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । साथै पुरुषको कारणले हुने बाँझोपनको लागि यूरोलोजिष्ट डाक्टरको सेवा समेत प्रारम्भ भएको बताइएको छ ।

स्वर्ण महोत्सवको तयारीमा मेची क्याम्पस


बिर्तामोड,भदौ 15   । मेची बहुमुखी क्याम्पस भद्रपुरले स्वर्ण महोत्सव असोज २,३ र ४ गते एक विषेश समारोहकाबीच समापन गर्ने भएको छ ।
मेची अञ्चलकै जेठो र ठूलो शैक्षिक प्रतिष्ठानका रुपमा चिनिएको सो क्याम्पसले ०७० असोज १३ गतेबाट एक वर्षभरिको कार्यक्रम तय गर्दै स्वर्ण महोत्सव मनाउन शुरु गरेको थियो । स्वर्ण महोत्सव समापनका अवसरमा क्याम्पस स्थापनार्थ जग्गादाता, चन्दादाता, भवनका कोठा निर्माणदाता, निर्माण समिति, सञ्चालक समिति र व्यवस्थापन समितिमा बसेर निःशुल्क सेवा गर्ने शिक्षासेवी, छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्ने दाता, भूतपूर्व विद्यार्थीलगायत सयौं व्यक्तित्वहरुलाई सम्मान गरिने क्याम्पस आज झापाको बिर्तामोड स्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलन समापन गर्न ३देखि४० लाख रुपैयाँ लाग्ने पत्रकार सम्मेलनमा आर्थिक समिति संयोजक चित्रवहादुर श्रेष्ठले बताए । सम्मेलनका लागि क्याम्पसको आन्तरिक  व्यवस्थापनबाट दसलाख जुटाइने र बाँकी रकम झापाबाट संविधान सभामा प्रतिनिधित्व गर्ने २१ सभाषद्,क्याम्पसका पूर्व विद्यार्थी,झापाका उद्योगी व्यवसायी लगायतलाई सहयोग माग्ने  पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा दाता र सहयोगीहरुलाई सम्मान गर्नुपर्ने भएकाले बढी खर्च लाग्ने स्वर्णमहोत्सव प्रचार प्रचार समितिका संयोजक चिन्तामणि दाहालले बताए । महोत्सवका लागि क्याम्पस प्रमुख उमनाथ ओलीको संयोजकत्वमा पाँच सय एक सदस्यीय मूल समिति गठन गरेको छ । मूल समितिले विभिन्न १८ वटा उपसमिति बनाई जिम्मेवारीसमेत तोकेको बताइएको छ । महोत्सव समापन विशेष समारोहका लागि चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन, चिन्तामणि दाहालको संयोजकत्वमा प्रचारप्रसार, डा. पृथ्वीविक्रम राईको संयोजकत्वमा मञ्च व्यवस्थापन, वाशु न्यौपानेको संयोजकत्वमा स्वयम्सेवक परिचालन, प्रा.डा. के आर खम्बुको संयोजकत्वमा वातावरण उद्यान तथा सरसफाई, शिरो सान्दाईको संयोजकत्वमा सांस्कृतिक, डा. अखिलेशकुमार झाको संयोजकत्वमा खाद्य व्यवस्थापन, होमनाथ सुवेदीको संयोजकत्वमा स्मारीका, कृष्णकुमार मैनालीको संयोजकत्वमा स्वास्थ्य  उपचार, जीवन पोखरेलको संयोजकत्वमा यातायात तथा आवास व्यवस्थापन, कमल गुरागाईको संयोजकत्वमा साहित्यिक तथा प्रज्ञिक उपसमिति गठन गरेको छ ।
त्यसैगरी कमला दाहालको संयोजकत्वमा स्वागत सत्कार, अरुण भट्टराईको संयोजकत्वमा स्वर्ण महोत्सव स्तम्भ निर्माण, शम्भु ढकालको संयोजकत्वमा खेलकुद व्यवस्थापन, तिलक प्याकुरेलको संयोजकत्वमा सम्मान तथा मुल्याङ्कन र कुमार बस्नेतको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक चिन्तामणि दाहालले बताए । क्याम्पसले स्वर्ण महोत्सवलाई सम्झनायोग्य बनाउन क्याम्पस परिसरमा स्वर्ण महोत्सव स्तम्भ निर्माण गर्दैछ । शहीद राम थापाको शालिक रहेको क्षेत्रलाई उद्यानको रुपमा विकसित गर्ने, सरस्वतीको मन्दिर निर्माण गर्ने र अतिथि आवाश गृहसमेत निर्माण गर्ने पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताए  ।
२०२१ साल असोज १२ गते मेची महाविद्यालयका नाममा आई.एको पठनपाठन सुरु गरेको क्याम्पसले २०२६ सालदेखि बीएको पठनपाठन सुरु गरेको हो ।  २०३० सालमा नयाँ शिक्षा नीति लागू भएर क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले आङ्गिक बनाएपछि बीएको पठनपाठन स्थगित भएको थियो ।  
२०३३ सालमा बीएको स्वीकृति ल्याएर क्याम्पसले स्थगित भएको कक्षा पुनः सञ्चालन गरेको थियो । २०३९ सालमा व्यवस्थापन प्रमाणपत्र हुँदै ०४३ सालमा व्यवस्थापनकै स्नातक तह, ०४६ सालमा आइएस्सी र कानुनको प्रमाणपत्र तह, ०५३ सालमा बीएस्सी र कानुनमा स्नातक तह, ०५५मा नेपाली विषयमा एमए, ०५७ मा अर्थशास्त्रमा एमए, ०६७ मा स्नातक तहमा वातावरण विज्ञान र व्यवस्थापनमा एमबीएस, अंग्रेजीमा एमए, ०६८मा समाजशास्त्रमा एमए र चिया विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गर्दै ०७० सालमा व्यवस्थापनमा बीबीएको कक्षा सुरु गरेको छ ।
०६६ सालमा विश्वविद्यालयबाट प्रमाणपत्र तह खारेजसँगै क्याम्पसकै पेरीफेरीमा अन्य कलेजलाई सम्बन्धन दिएपछि मेची क्याम्पसमा विद्यार्थीको संख्या घट्दो छ । प्रमाणपत्र तहसमेत भएको बेला ५ हजार बढी विद्यार्थी भएको क्याम्पसमा अहिले सबै तहमा गरी ८०० विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा विभिन्न विषयका एक सय १२ जना प्राध्यापक छन् भने ५५ जना कर्मचारी कार्यरत छन् । क्याम्पसले संख्यात्मक भन्दा पनि गुणात्मक विद्यार्थी उत्पादन गर्ने तथा रोजगारमूलक र प्राविधिक विषयको अध्यापन गराउने लक्ष्य राखेको क्याम्पस प्रमुख उमनाथ ओली बताउँछन् । संख्यात्मक हिसाबले विद्यार्थी घटेपनि यसका भौतिक संरचनाहरुको उपयोग गर्दै आवस्यक थप भौतिक संरचना निर्माण गर्दै क्याम्पस निरन्तर अघि बढेको उनको भनाई छ ।
मेची क्याम्पसको स्वामित्वमा एक सय ४५ विगाहा १८ कठ्ठा जग्गा छ । जसमध्ये क्याम्पस रहेको ठाउँमा १५ बिगाहा दुई कठ्ठा छ भने शरणामतीमा एक सय २० बिगाहा दुई कठ्ठा, ईटाभट्टामा नौं बिगाहा १६ कठ्ठा, हल्दीबारीमा एक बिगाहा र डाँगिबारीमा १७ कठ्ठा जग्गा छ । त्यसमध्ये क्याम्पस हातामा रहेको साढे सात बिगाहा र डाँगिबारीमा रहेको जग्गा क्याम्पसले खरिद गरेको हो । शरणामतीको जग्गा स्व. देवीप्रसाद उप्रेतीले र ईटाभट्टाको जग्गा टीकालाल राजवंशीलगायतले दिएका हुन् । हल्दीबारीको जग्गा पूर्णप्रसाद भुर्तेलको तर्फबाट प्राप्त भएको क्याम्पस स्रोतले जनाएको छ । अन्य धेरै दाताहरुले क्याम्पसलाई जग्गा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयले २० प्रतिशत विद्यार्थीलाई गरीव तथा जेहेन्दार छात्रवृत्ति र हरेक वर्ष विभिन्न संकायबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक÷एक जना छात्रछात्रालाई जेहेन्दार छात्रवृत्तिको व्यवस्था गरेको छ । २०४६ सालमा शाहदत प्राप्त गर्ने विद्यार्थी राम थापाको नाममा बिर्तामोडका शिक्षासेवी स्व बृहस्पति प्रसाई र उनकी धर्मपत्नी गंगाको नाममा वृहस्पति–गंगा छात्रवृत्ति र भद्रपुरका शिक्षासेवी स्वयम्भुलाल श्रेष्ठको स्मृतिमा उनका छोरा धनजुजु श्रेष्ठले राखेको स्वयम्भुलाल स्मृति छात्रवृत्ति छन् ।



ब्लग सेयर गर्नुहोला।