Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Thursday, April 30, 2015

विएण्डसीले पनि भुकम्प पीडितलाई सहयोग गर्ने


सुरुङ्गा(झापा) १७ वैशाख । गत शनिबार आएको विध्वंशकारी महाभुकम्पमा परी घरबार गुमाएका र घाईते भएकाहरुका लागि बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेजले आफ्ना कर्मचारीको एक दिनको तलव राहतस्वरुप प्रदान गर्ने भएको छ । कर्मचारीको तलबवापत १ लाख ५० हजार र अस्पताल प्रशासनको तर्फबाट १ लाख गरी शुरुमा अढाई लाख रुपैयाँ बी एण्ड सी टिचिङ अस्पताल (राहत कोष) मा जम्मा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर उमेशकुमार शर्माले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिनुभयो ।
 महाभूकम्पले ल्याएको विपत्ति र संकटको घडीमा पीडितको घाउमा केही मलम लगाउने तथा मानवीय संवेदन प्रकट गर्न अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीको तर्फबाट सहयोग गरिएको  अस्पतालका निर्देशक महेन्द्रकुमार प्रसाईले जानकारी दिनुभयो ।

विद्युत विस्तारसंगै १५ सय घरपरिवाल लाभान्वित


सुरुङ्गा(झापा) १७ वैशाख । दक्षिणी झापाको राजगढमा एकैसाथ २५ किलोमिटर क्षेत्रभरि विद्युत विस्तार भएको छ ।
६७ लाख ५४ हजार रुपैयाँको लागतमा २०६३ सालबाट  ग्रामीण विद्युतीकरण कार्यक्रम अन्र्तगत शुरु भएको योजना अन्र्तगत  विद्युत विस्तारको कार्य आज सम्पन्न भएको हो । योसंगै सो क्षेत्रका १५ सय घर परिवार  लाभान्वित भएका छन् ।

३६ महिना भित्र काम सक्ने सम्झौता अनुरुप जनमुखी, गोर्खा र मल्ला कन्ट्रकसनले निर्माणको जिम्मा २०६३ सालमा लिएको थियो । तर, कन्ट्रकसनको आन्तरिक विवादका कारण समयमा काम सम्पन्न नहुँदा लामो समयपछि मात्र राजगढमा विद्युत सेवा सञ्चालन भएको बताइएको छ ।

बहुविवाह गर्दा श्रीमान श्रीमती नै जेल


सुरुङ्गा(झापा) १७ वैशाख ।  पशुपति उच्च माध्यमिक विद्यालय राजगढका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द सुब्बा र उनकी श्रीमती एकै साथ आज जेल चलान भएका छन् ।
वहु विवाहको मुद्धा खेपरिहेका सुब्बा र उनकी श्रीमती मञ्जु न्यौपाने सुब्बा आज जेल चलान भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

Wednesday, April 29, 2015

सुनसान बन्दै मेनपावर

         

सुरुङ्गा(झापा) १६ वैशाख ।  कालो जिन्सको पेन्ट,सेतो वाहुला भएको धर्के भेष्ट,टाटेपाटे जुत्ता लगाएर भर्खर जुगाको रेखी बस्तै गरेको एक व्यक्ति  कालो व्याग पछाडि भिरेर  वुधबार बिर्तामोडमा रहेका मेनपावर चाहार्दै थिए । चारैतिर आँखा डुलाउदै हिडेका उनी कुनै बेला मेनपावरले आफ्नो सूचना पाटीमा टासेका ‘डिमान्ड’हेर्थे त कुनै बेला कार्यालयमा रहेका  महिला रिसेवसनिष्टसगं डिमान्ड के – के छन भन्दै सोध्थ्ये  । इलामको नेपालटार उच्च माविमा कक्षा १२ पढ्दै गरेका  साखेजुङ – ४ नेपालटार का १९ वर्षीय दीपक राईलाई मेनपारवरमा रहेका रिसेवसनिष्टले सहजै उत्तर दिन्थे –‘अहिले केही पनि डिमान्ड आएको छैनपछि सम्पर्क गर्नुहोस्  । अँ साची तपाई कुन देश जाने अरे अनि मोवाईल नम्वर चाँही दिएर जानुहोस् न हामीपछि आफैं खवर गछौं ।’

भुकम्प पीडितको उपचारार्थ सात सदस्यीय टोली झापाबाट काठमाडौं प्रस्थान


सुरुङ्गा (झापा) १६ वैशाख । शनिवार गएको विध्वंशकारी भुकम्पबाट पीडित बनेकाहरुको औषधि उपचारका लागि डाक्टरहरुको सात सदस्यीय टोली आज झापाबाट काठमाडौं प्रस्थान गरेको छ ।
शान्ति नेपाली समाज नेपालको अगुवाइमा मनमोहन मेमोरियल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडको सात सदस्यीय टोली काठमाडौं प्रस्थान गरेको अस्पताल सञ्चालक समिति सदस्य ढाँचाराज कडरियाले जानकारी दिनुभयो ।

भुकम्प पीडितलाई जिल्ला शिक्षा कार्यालय झापाले ५० लाख सहयोग गर्ने


सुरुङ्गा (झापा) १६ वैशाख ।  शनिवार गएको विध्वंशकारी भुकम्पबाट पीडित बनेकाहरुका लागि जिल्ला शिक्षा कार्यालय झापाले रु ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको अध्यक्षतामा आज बसेको  शिक्षा समितिको बैठकले महा भुकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ उक्त रकम प्रदान गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।

Tuesday, April 28, 2015

भुकम्प जाँदा जसको शल्यक्रिया हुँदै थियो..............


सुरुङ्गा (झापा) १५ वैशाख  ।  श्रीमान साउथ कोरियामा हुनुहुन्छ ।  छुट्टीमा घर आउनु भएको थियो, गएको आठ महिना मात्रै हुँदैछ । हाम्रो पटक –पटक टेलिफोन सम्पर्क भइरहेको थियो । वैशाख ९ गतेको डाक्टरले मलाई बच्चा जन्मने डेट दिएको थियो । ९ गते मलाई व्यथा लाग्ने छाट काट नै थिएन । म श्रीमानको सम्र्पकमा नै थिए । १२ गते विहान सम्मपनि मलाई सुत्केरी व्यथा नलागेपछि अस्पताल आउने तयारी गर्दै थिए । दिउसो अच्चानक भुकम्प आयो मेरो त होसहवास नै उड्यो । बाँच्छु जस्तो लागेकै थिएन ।
यो भनाई हो दक्षिणी झापाको  पथरीया – ९ निवासी २२ वर्षीया रमला लिम्बूको । लिम्बू अहिले मनमोहन अस्पताल बिर्तामोडमा छिन् । उनको सोमवार शल्यक्रिया गरेर बच्चा (छोरी) निकालिएको छ । भुकम्पले अतालिएकी उनको शल्यक्रिया गर्दा पनि भुकम्पनै गएको थियो ।

भुकम्पको प्रभावः अस्पतालमा गर्भवती महिलाको भीड


सुरुङ्गा (झापा) १५ वैशाख  । गत शनिवार गएको विध्वशंकारी भुकम्पका कारण स्वास्थ्य जाँच गराउन
अस्पताल तथा निजी क्लिनिकहरुमा  गर्भवती महिलाको भीड लाग्न थालेको छ ।
भुकम्प गएपछि गर्भमा रहेको बच्चालाई असर गर्ने, गर्भखेर जाने, लगायतका डरका कारण गर्भवती महिला अस्पतालमा स्वास्थ्य जाँच गराउन थालेसँगै अस्पतालमा भीड बढेको पूर्ण टुङ्ग विर्ता सिटी अस्पताल सिर्तामोडका गाइनोलोजिष्ट डा. अमित देवले  बताए ।  शनिवारदेखि पटक पटक गएका स–साना भूकम्पका कारण त्रसित बनेका अधिकांश महिला जिल्लामा रहेका अस्पताल तथा निजी क्लिनिकमा गएर स्वास्थ्य जाँच गराउन थालेपछि अस्पतालमा ह्वात्तै भीड हो ।

भुकम्प पीडितलाई ३ लाख ५१ हजार सहयोग


सुरुङ्गा (झापा) १५ वैशाख । शनिबारदेखि आएको विनाशकारी भूकम्प पीडितहरुका लागि झापाबाट राहत संकलन हुने क्रम जारी रहेको छ ।
यसै क्रममा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको तर्फबाट रु ३ लाख ५१ हजार रुपैयाँ राहत स्वरुप रकम प्रदान गरेको छ ।

Monday, April 27, 2015

भुकम्प पीडितका लागि पुनर्जन्मको ५१ हजार सहयोग


 सुरुङ्गा(झापा) १५ वैशाख ।  महाभूकम्प पीडितहरुका लागि झापाको बिर्तामोड नगरपालिका– १ स्थित पुनर्जन्म समूह नेपालले ५१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
समूहका अध्यक्ष राजु गिरीले झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराईलाई आज बिर्तामोडमा  ५१ हजार एक सय रुपैयाँ नगद हस्तान्तरण गरेको रेडक्रस सोसाइइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

पूर्वी नेपालमा पुनः गयो भुकम्प


सुरुङ्गा(झापा) १४ वैशाख । इलामको सूर्योदय आसपासलाई  केन्द्रविन्दु बनाएर पूर्वी नेपालमा आज साँझ पुनः भुकम्प गएको छ ।
साँझ ६ बजेर २० मिनेट जाँदा पूर्वका जिल्लाहरुमा भुकम्प गएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाए अनुसार ५ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको हो ।  भुकम्पको झड्का महसुस भएसंगै पूर्वको जनजीवन त्रसित बनेको छ । भुकम्पबाट के कति क्षति भयो त्यसको भने जानकारी आएको छैन ।

यो ‘डिजास्टर’सँग बच्न सबैलाई सबैको सहयोग होस् भन्ने चाहन्छु


                                                                                   
 -   तेजप्रसाद पौडेल– प्रमुख जिल्ला अधिकारी 
महाभुकम्पको विध्वंशलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 
यो ‘मेघा डिजास्टर’ नै हो । यसलाई ९० साल पछिको ठूलो महाविनाशकारी भुकम्पको रुपमा मैले लिएको छु । यसले धेरै ठूलो क्षति पु¥याएको छ । मानवीय क्षतिको कल्पनै गर्न सकिदैन अहिले । त्यसको साथै भौतिक क्षति त छँदैछ, यसको लेखाजोखा गर्न त बाँकी नै छ । अहिले आएको धनजनको क्षतिको आँकडा यकिन नभए पनि बढ्ने सम्भावना देखिएको छ । भुकम्पले धेरै ठाउँमा क्षति पु¥याएको छ । नेपालका  झण्डै २०÷३० वटा जिल्लामा प्रत्यक्ष रुपमा प्रभावित भएको छ ।  तसर्थ हाम्रो देशले यसलाई व्यवस्थापन गर्न निकै कठिन हुने ‘डिजास्टर’को रुपमा मैले लिएको छु ।



झापाको स्थिति के छ अनि क्षतिको अवस्था ? 
सौभाग्यबश झापामा मानवीय क्षति भने भएको छैन ।  हामी झापावासी यो मानेमा भाग्यमानी छौं । तर, देशमा परेको यो विपदमा हामी झापावासी भाग्य मानि भनेर पुग्दैन ।  महाभूकम्प गएको २५ घण्टापछि पुनः भुकम्पको धक्का हामीले अनुभव गरेका छौं । त्यसले त्यति ठूलो क्षति पु¥याएको कुरा आएको छैन । हामी चौबिसै घण्टा उच्च सतर्कताका साथ बसेका छौं अहिले । अघिल्लो दिन भुकम्प आउँदा आत्तिएर केही मानिस बेहोश भएका थिए । उनीहरुको औषधि उपचार भइसकेको छ । त्यो बाहेक झापामा कसैको दुःखद निधन र घाइते भएको अवस्था छैन । भौतिक क्षतिको सन्दर्भमा कुरा गर्दा एकदमै ठूलो क्षति छैन, केही घरहरु, प्रहरी चौकी, खानेपानी टङ्याकी अलिकति फुटेको अवस्था छ । त्यो बाहेक त्यस्तो ठूलो क्षति छैन ।

९० सालको भुकम्प देखेका परशुराम ढकाल भन्छन– न आतिऔं संयम वनौं

सुरुङ्गा(झापा) १४ वैशाख ।  भुकम्पको त्रास जताततै थियो । शनिवार र आइतवारसम्ममा पटक – पटक गएको भुइचालोका झड्काले सबैको मन चिन्तित बनाएको थियो । सबै घर बाहिर थिए । कोही सडकमा निस्किएर फेरि भुइचालो जाने हल्ला फैलाई रहेका थिए भने कोही हतारिदै घर बाहिर निस्किदै थिए । तीन तला माथिको कौसीमा बसेर ९३ वर्षको उमेरमा पनि अखवारका पाना पल्टाउदै आफ्नो दैनिकी गुजार्ने बिर्तामोड नगरपालिका– १ निवासी परशुराम ढकाललाई भुकम्पको कुनै परवाह थिएन । 
९० सालको भुकम्प देखेका परशुराम ढकाल






 किनभने उनले १९९० सालमा गएको विध्वंशकारी भुकम्पलाई पनि राम्रोसंग अनुभव गरेका थिए । जतिवेला उनी ११ वर्षका थिए रे । ताप्लेजुङस्थित हाङ्देवामा घर नजिकै रहेको वारीको कान्लोमा पत्ताले तरुल खन्दै गर्दा भुइचालो गएको सम्झना ढकालसंग ताजै छ ।

९० सालको भुकम्प देखेका परशुराम ढकाल
 नहोस पनि कसरी बस्तै आएको   तीनतले घर आँखा कै अगाडि गल्र्याम्म ढलेको थियो ढकालले भने –‘म रुँदै आमाको पछ्यौरी समाउन पुगेछु ।’आमाले मलाई सम्झाउदै  भन्नुभएको थियो नानी नडराउ यो भुइचालो हो आउँछ जान्छ । ढकालले थपे –‘  त्यो वेला कत्रो भुइचालो गएको थियो मलाई थाहा थिएन पछि जान्दा ठूलै गएको रहेछ ।’ त्यसपछि साना ठूला भुइचाला गइरहन्थे ।

Sunday, April 26, 2015

भुकम्पका कारण ५१ जना झापाली सिन्धुपाल्चोकमा अलपत्र



सुरुङ्गा(झापा) १३ वैशाख ।  झापाको दमकस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाका ५१ जना सदस्य सिन्धुपलाञ्चोक अलपत्र परेका छन् ।
अध्ययन अवलोकन भ्रमणमा गएका उनीहरु हिजो र आज गरी पटक–पटक गएको महाभुकम्पमा परी अलपत्र परेका हुन् ।

भुकम्प पीडितका लागि झापामा राहत संकलन कार्य सुरु


सुरुङ्गा (झापा) १३ वैशाख । विध्वंशकारी महाभूकम्पबाट पीडितहरुका लागि झापामा राहत संकलन कार्य शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ बिर्तामोडको संयोजनमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको उपस्थितिमा आज आइतवार बिर्तामोडमा भएको सरोकारवालाहरुबीचको छलफलबाट राहत संकलन कार्य शुरु गरिएको हो ।

संघका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा भएको छलफलमा प्रजिअ पौडेलले मानवीय सेवाका लागि यो बेला सबैले आफ्नो गच्छे अनुसार सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले  झापाबाट कम्तीमा एक करोड रुपैपा राहत संकलनका लागि आग्रह गर्नुभएको छ ।

भुकम्प गएको मैका छोपी रकम चोर्ने पक्राउ

 
सुरुङ्गा (झापा) १३ वैशाख ।  आज दिउसो भुकम्प गएको मौकामा झापाको चन्द्रगढीको चिया पसल लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।
लेखनाथ चोकमा रहेको सुकु राजवंशीको चिया पसलमा रहेको ५० हजार रकम लुटेर भाग्ने क्रममा चन्द्रगढीकै अजित विश्वकर्मा पक्राउ परेका हुन् ।

Saturday, April 25, 2015

मोरङ फुटबल क्लवलाई पछि पार्दै झापा ११ पुनः शीर्ष स्थानमा


सुरुङ्गा (झापा)१२ वैशाख ।  झापाको डोमालाल राजबंशी रंगशालामा भइरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको  खेलमा झापा ११  विजयी बन्दै प्रतियोगिताको पुनः शीर्ष स्थानमा उक्लिएको  छ ।
घरेलु मैदानमा भएको प्रतियोगितामा मोरङ फुटबल क्लवलाई ५– १ को फराकिलो गोल अन्र्तरलेपछि पार्दै झापा ११ पुनः शीर्ष स्थानमा उक्लिएको हो ।  विजयी टिमका लागि जर्सी नम्वर १२ का दिनेश कार्की र योगेश लिम्बूले २÷२ गोल गरेका थिए  भने कर्ण लिम्वूले एक गोल गर्दै खेललाई पुनः शीर्ष स्थानमा पु¥याए ।

आराले धानेको जिन्दगी


 सुरुङ्गा(झापा) १२ वैशाख  ।  चैत–वैशाखको टन्टलापुर घाम मात्र होइन असार–साउनको निरन्तरको झरीमा पनि त्यो जोडी छुट्दिैन कहिल्यै । बेलुका आ–आफ्नो घरमा भएपनि बिहान सबेरै उठेर उनीहरु आफ्नो काममा तल्लीन हुन्छन् ।  विगत २० वर्षदेखिसँगै आरा चलाएर जीवन धानिरहेका झापाको दक्षिणी गाविस राजगढ–४ का खतेबुल आलम र चकचकी–१ का आस्पाक आमलको जोडी हो ।
रिपोटिङ गर्दै सहकर्मी नरेन्द्र ढकाल 
साइनोले मामा भान्जा परेपनि जीवन चलाउन साथी झैं मिलेर २० वर्षदेखि आराकाट्न शुरु गरेको दुवैले एकै स्वरमा भन्छन्– ‘हामीहरु काठ चिरेरै बाँचेका छौं ।’  ३७ वर्षका आस्पाक र ४६ वर्षका खतेबुल झापाको राजगढ–८ मा गोरखपुरे आराले काठकाटी रहँदा पसीना पुस्तै खतेबुलले भने– ‘काम नगरी खान पाइँदैन, गरिबीका कारण मुडासँग लडाई गरिरहनु परेको छ हजुर । गरीबको जिन्दगी दःुखै दुखमा बित्ने भयो, आधा जिन्दगी त बितिसक्यो अब बांँकी पनि सकुञ्जेल आराकाटेर नै बिताउँछौं ।’

 दुई छोरा अर्वाज र आपूराजा आलम तथा तीन छोरी आसरना, करिना र जानीका बुबा आस्पाकले आफ्ना छोराछोरी सबै पढिरहेको बताए ।

झापाली युवामा विदेशी शिक्षाको बढ्दो मोह, साढे ३० हजार विद्यार्थी विदेसिदा ६ करोड राजस्व संकलन

 
सुरुङ्गा (झापा) १२ वैशाख । बिर्तामोड नगरपालिका निवासी कला भण्डारी न्यूजिल्याण्ड जाने दाउमा हुनुहुन्छ ।  काठमाडौंस्थित सेन्जेवियस कलेजबाट मेडिकल माइक्रोवायोलोजीमा ‘मास्टर’ गर्नुभएकी उहाँ अहिले तयारी कक्षा स्वरुप आयल्सको कक्षा लिइरहनुभएको छ ।  नेपालमा भनेजस्तो रोजगारी अवसर नभएको र कुनै व्यवसाय सञ्चालन गर्नुपरेपनि लगानी मैत्री वातावरण नहुँदा आफू विदेसिन लागेको बताउँदै उहाँ भन्नुहुन्छ–‘न्यूजिल्याण्ड गएर  अध्ययनसंगसंगै काम पनि गर्छु ।’
त्यस्तै भद्रपुर – १३ का मनिष नेपालको पनि चाहना उस्तै छ । उहाँपनि न्यूजिल्याण्ड गएर काम गर्न चाहानुहुन्छ ।  अध्ययनको रुची हुँदा हुँदैपनि भविश्य सम्झिएर आफू न्यूजिल्याण्ड जान तयारी कक्षा शुरु गरेको बताउनुहुन्छ । उहाँपनि अहिले आयल्सको कक्षा दैनिक रुपमा लिइरहनुभएको छ ।  भद्रपुरमा रहेको विभूति विद्यामन्दिरबाट एसएलसी र कोहेड कलेज बिर्तामोडबाट प्लसटु सकेका नेपाल न्यूजिल्याण्ड पुगेर अध्ययनसंगै कमाउन चाहानुहुन्छ ।  जसका लागि उहाँहरु दुवैजना अहिले बिर्तामोडमा सञ्चालित ग्लोवलटच इन्टरनेशनल एजुकेशन फाउण्डेशमा आयल्सका तयारी कक्षा लिइरहनुभएको छ ।

टाघनडुब्बामा एकीकृत घुम्ती शिविर सम्पन्न


सुरुङ्गा (झापा) १२ वैशाख । सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुलाई सहजै सेवा प्रदान गर्ने उद्देश्यले दक्षिणी झापाको टाघनडुव्बामा एक दिने निःशुल्क स्वास्थ्य तथा एकीकृत घुम्ती सेवा शिविर आज सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना  श्री कालिवहादुर गण चारआली व्यारेकको आयोजना तथा रोटरी क्लव अफ बिर्तामोडको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो ।  जिल्ला प्रशासन कार्यालयले दिएको सो सेवाबाट सरणामती– ९ कि मनिषा ढुङ्गाना पहिलोपटक नागरिकता लिइएकी थिइन् । उनलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकता प्रदान गर्नुभएको थियो । घुम्ती शिविरमा जिल्ला निर्वाचन कार्यालय झापाले फोटो समेतको मतदाता नामावली संकलन कार्य गरेको थियो भने जिल्ला प्रशासन कार्यालय झापाबाट वंशज र वैवाहिक अंगिकृत नागरिता , नावालक परिचय पत्र प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला कृषि बिकास कार्यालयले कृषिमेला प्रर्दशनी, वीउ विजन वितरण, श्रव्य दृष्य प्रर्दशनी सहित कृषकलाई प्राविधिक परामर्श समेत दिएको छ । कृषकहरुलाई लक्षित गरी जिल्ला पशुसेवा कार्यालय झापाले पशु स्वास्थ्य उपचार, पशु प्रजनन सेवा उपलव्ध गराएको थियो ।

शिविरमा महिला तथा वालवालिका कार्यालयले अंपाङ्गता परिचय पत्र बितरण गर्नुका साथै जिल्ला वन कार्यालयले विरुवा वितरण , वन संरक्षण सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्वास्थ्य सम्वन्धी सेवा प्रदान गरेको छ । स्वास्थ्य सेवामा जनरल फिजिसियन , स्त्री रोग , वाल रोग , हाड जोर्नी, मुटुरोग , दात सम्वन्धी रोग, आँखाको उपचार आदि सेवा प्रदान गरिएको थियो ।

Thursday, April 23, 2015

गुडिरहेको मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु

 
सुरुङ्गा.झापा) ११ वैशाख । गुडिरहेको मोटरसाइकलबाट लडेर दक्षिणी झापाको कुमरखोदमा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुमरखोद– १ निवासी ३२ वर्षीया हेलेना माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे २ प ६८९६ नम्वरको मोटरसाइकलमा भारतको दीघलवंैक तर्फ जाँदै गरेकी उनी हिजो साझ मोटरसाइकलबाट लडेकी थिइन ।

झापामा ट्राफिक नियम उलङ्घन बढ्यो


 सुरुङ्गा (झापा) १० वैशाख । झापामा ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा वृद्धि भएको छ ।
 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विशेष अभियान सञ्चालन गरेपनि दिनानु दिन सवारी साधनको चाप उच्च भएका कारण ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक रोशन आचार्यले बताउनुभयो ।

 उहाँका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ३८ हजार पाँच सय ५० वटा सवारी साधनले ट्राफिक नियम उलङ्घन गरेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्लाका बिभिन्न स्थानमा ट्राफिक नियम सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरेपनि शिक्षित मानिसबाटै सबै भन्दा बढी नियम उलङ्घन हुने गरेको उहाँको भनाई छ ।

पत्रकारको सदस्यता नवीकरण खुल्ला


सुरुङ्गा (झापा)१० वैशाख ।  नेपाल पत्रकार महासंघ झापा, शाखाले २०७२ सालको सदस्यता नवीकरण खुल्ला गरेको छ ।
  महासंघ झापा शाखाको  आज बसेको बैठकले सदस्यता नवीकरण खुल्ला गर्ने सहित विभिन्न निर्णयहरु गरेको छ ।
  अध्यक्ष  भीम नेम्वाङको अध्यक्षतामा बसेको वैठकले बैशाख मसान्त सम्ममा सदस्यता नवीकरण गर्न सबै सदस्य पत्रकारहरुलाई आग्रह गरेको महासंघका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

३ मे  अर्थात बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस महासंघको बिर्तामोडस्थित कार्यालयमा पत्रकारको पेशागत सुरक्षा, हक हित र प्रेस स्वतन्त्रताका सम्बन्धमा अन्तरक्रिया गरी मनाउने पनि निर्णय गरिएको छ । कार्यक्रममा सहभागिताकालागि महासंघले सबै पत्रकारलाई आग्रह गरेको छ ।

झापाको दमकबाट ३ जुवाडे फक्राउ


सुरुङ्गा (झापा) १० वैशाख ।  झापाको दमकबाट आज अपरान्ह जुवा खेली रहेको अवस्थामा प्रहरीले तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरुलाई दमक – ११ स्थित पुरानो सव्जीमण्डी नजिकै पवन अग्रवालको निर्माणधीन घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएपनि उनीहरुको नाम भने खुलाएको छैन ।

Wednesday, April 22, 2015

एपिएफले हरायो झापा ११ लाई


सुरुङ्गा (झापा) ९ वैशाख  ।  लक्ष्मी हुन्डाई रेडबुल राष्ट्रिय लिग फुटवल प्रतियोगीता  अन्र्तगत आज झापाको डोमालाल रंगसालामा भएको खेलमा सशस्त्र प्रहरी वल एपिएफ विजयी भएको छ ।
एपीएफले झापा ११ लाई १ – ० को गोल अन्तरले  पराजित गर्दै विजयी भएको हो । खेल सकिन ३ मिनेट बाँकी रहदा विजयी टिमका जर्सी नम्वर १५ का प्रदीप  सेन्ताङले गरेको गोल नै निर्णयक भएको थियो ।

दिदी वहिनीलाई बलात्कार गरेको अभियोगमा खवास पक्राउ

 
सुरुङ्गा (झापा) ९ वैशाख  । नावालिका  दिदी वहिनीलाई वलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका – ५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहवहादुर खवास रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Saturday, April 18, 2015

हात्तीको अक्रमणबाट वृद्धाको मृत्यु

       
सुरुङ्गा (झापा) ५ वैशाख । जंगली हात्तीको आक्रमणबाट उत्तरी झापाको खुदुनावारीमा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खुदुनावारी – ८ निवासी अम्विका आचार्य रहेको प्रहरी चौकी शनिश्चरेका प्रमुख सार्कीधन राईले जानकारी दिनुभयो ।

गत विहीवार घर नजिकै रहेको जुकेखाडी सामुदायिक वनमा  वस्तु चराउन गएकी आचार्य घर नफर्किएपछि उनको खोजी कार्य तीव्र पारिएको थियो ।


मातातीर्थमा मातालाई सम्मान

   
सुरुङ्गा (झापा) ५ वैशाख ।  शुक्रवार साँझदेखि नै परेको सिमसिम पानी । पानीसंगै पश्चमवाट चलेको  हावा । लगाताको सिरेटो । बैशाखको सुरुवातसंगै गर्मी बढेपनि हावासंगै आएको पानीले जो कोहीको मन नै शनिवार लुगलुग कमाएको छ झापामा । तर, झापाको शिवशताक्षी नगरपालिका अन्र्तगत पर्ने दुधेका जेष्ठ नागरिकलाई भने त्यो सिरेटोले छोएन ।
 उमेर ढल्कदै जाँदा अलिअलि जाडोमा पनि न्यानो कपडा लगाउनु, आगो ताप्नु, तातो खानेकुरा खानुपर्नेमा शनिवारको लुगलुग कमाउने जाडोपनि  दुधेकी ९२ वर्षीया सलमाया आङ्देम्वेसहित ७५ वर्ष माथिमा जेष्ठ माताका लागि त्यो सामान्य दिन झैं थियो ।
कारण थियो दुधे बजारमा रहेको हाटखोला  आयोजित सम्मान समारोह । जेष्ठ नगरिक ‘जिउँदा तीर्थ’ हुन भन्दै माता तीर्थ औंसीको अवसर पारेर आङ्देव्वेसहित ५ जना ज्येष्ठ मातालार्ई जेष्ठ नागरिक नगर समिति शिवसताक्षीले सम्मान गरेको थियो ।

झापामा २० प्रतिशत क्षेत्रफलमा चैते धान


सुरुङ्गा (झापा) वैशाख ५ । झापाको  कूल खेति योग्य जमिन मध्ये १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  मात्र यसवर्ष चैते धान लगाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार झापाको  ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफल मध्ये ९० हजार हेक्टर जमिनमा धान खेति हुँदै आएको छ । जसमध्ये यो वर्ष १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  धान खेति गरिएको  जिल्ला कृषि बिकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

  उहाँका अनुसार खेतियोग्य जमिनको ९१ प्रतिशत क्षेत्रफलमा हिउँदे धान र २० प्रतिशत क्षेत्रफलमा मात्र चैते धान खेति हुने गरेको छ । यसवर्ष झापामा ९२ हजार मेट्रिक टन धान उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

Friday, April 17, 2015

शान्तिको कामना गर्र्दै मेची महाकाली साइकल यात्रा


सुरुङ्गा (झापा) ४ वैशाख ।   नेपलमा स्थायी शान्तिको कामना गर्दै दुई युवा आजवाट मेची महाकाली साइकल यात्रामा निस्किएका छन् ।
इटहरी उपमहानगरपालिका—२ आपगाँछीका १५ वर्षीय अनोमल श्रेष्ठ र १६ वर्षीय गौतम महत आजबाट साइकल यात्रामा निस्किएका हुन् । उनीहरुलाई  मेचीपुलबाट बिदाई गरिएको छ । नेवा समाज समिति मेचीनगरले एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई  विदाई गरेको हो ।

फरार प्रतिवादी पक्राउ

         
सुरुङ्गा -झापा_४ बैशाख ।  डाका मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक रहेको  प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिनुभयो । 

नूनको सही प्रयोग गर्ने प्रतिवद्धता



सुरुङ्गा (झापा) ४ वैशाख ।  झापाको शिवसताक्षी–३ का नागरिकले स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको सही ढंगले प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
   राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रिय समिति र साल्ट ट्रेडिङ कर्पोसनले संयुक्तरुपमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमका सहभागिहरुले त्यसतो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
   उनीहरुले अबका दिनदेखि सस्तो पाउने नाममा गुणस्तरहिन भारतीय नून प्रयोग नगर्ने,दुई बालबालिको चिन्ह भएको आयोडिनयुक्त नून त्यो पनि सही समयमा उपयोग गर्ने बताए ।

खुदुनावाीबाट भरुवा बन्दुक बरामद


सुरुङ्गा (झापा) ४ बैशाख ।  प्रहरीले झापाको खुदुनावारीबाट आज एक थान भरुवा बन्दुक वरामद गरेको छ ।
सशस्त्र प्रहरी बल वेश क्याम्प खुदुनावारी,प्रहरी चौकी शनिश्चरे र हलुवागढ सामुदायिक वन उपभोक्ता समूह खुदुनावारी–२ ले निकालेको  संयुक्त गस्ती टोलीले स्थानीय नेते खोला किनारमा लोड गरेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१० वर्षीया वालिकालाई करणी गरेको अभियोगमा चुडाल पक्राउ


सुरुङ्गा (झापा) ४ बैशाख ।  १० वर्षीया वालिकालाई जवरजस्की करणी गरेको अभियोगमा एक व्यक्ति आज झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका – ६ स्थित ४५ वर्षीया नवीन चुडाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चुडालले दमक नगरपालिका निवासी एक वालिकालाई सानी आमाको घर आएका बेला हिजो साँझ जवरजस्ती करणी गरेको बताइएको छ ।

Thursday, April 16, 2015

सुरुङ्गा (झापा) ३ वैशाख । वीरता जेसीजका पूर्व अध्यक्षहरुले प्रत्येक बर्ष गर्दै आएको उत्कृष्ठ नागरिक सम्मान–२०७१ बाट  यसबर्ष गीतकार तथा संगीतकार शिवशंकर थापालाई सम्मान गरिएको छ ।
‘भन्थिन् मेरी उनी......’सहितका दर्जनौं लोकप्रिय गीतका रचनाकार तथा संगीतकार थापा झापाको बिर्तामोड निवासी हुनुहुन्छ । उहाँलाई सम्मान पत्र, दोसल्ला र  नगद रु ११ हजार सहित सम्मान गरिएको हो ।
सो अवसरमा जेसीजका शाखा तथा विभिन्न दुईदर्जन बढी संघसंस्थाले सम्मानप्रति समर्थन जनाउँदै विभिन्न उपहार तथा संयुक्त सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अशोक राईले सम्मानित स्रष्टा  थापालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै सम्मानित प्रतिभा शिवशंकर थापाले  जेसीजसहितका विभिन्न संघसंस्थाको सम्मानले आफूलाई सिर्जनशिलतामा लागिरहन उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

गीत सिर्जनाको पहिलो आधार शब्दरचना भएको बताउँदै सम्मानित प्रतिभा थापाले शब्दविना संगीत र स्वर सिर्जना नै नहुने बताउनुभयो ।


कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीले सर्जकहरु मुलुक निर्माणका अभियान्ता भएको बताउँदै राजनीतिक दलबाट अपेक्षित परिवर्तन हुन नसकेको धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक गणेश शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्वको जीवनी लक्ष्मण ढकालले प्रस्तुत गर्नुभएको थियो ।

४ दिन वित्दा पनि श्रेष्ठको शव उठेन

     
सुरुङ्गा(झापा) ३ वैशाख ।  सीमा प्रहरी चौकी पृथ्वीनगरका प्रहरी नायव निरीक्षक हरि प्रसाईंको लापरबाहीका कारण भारतीय डाँकाको आक्रमण परी देवकुमार श्रेष्ठको मृत्यु भएको भन्दै  उनका परिवार र गाउँलेले ४ दिनसम्म शव बुझ्न मानेका छैनन् ।
शव पोष्टमार्टम घरमा रहे पनि परिवाजन र गाउँले जिल्ला प्रहरी कार्यालयमा चार दिनदेखि धर्ना दिएर बसेका छन् । पटक– पटक प्रशासनसंग वार्ता भए पनि सहमति हुन नसक्दा डाकाको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव अहिले मेची अञ्चल अस्पताल भद्रपुरको पोष्टमार्टम घरमा प्रहरी घेराबन्दीमा रहेको छ ।
यस अघि मृतकका परिवारलाई १० लाख क्षतिर्पूत दिने , घाइतेको औषधि उपचार गर्ने , डाका समूहको पहिचान गरी कारवाही अगाडि बढाउने लगायतको सहमतिपछि श्रेष्ठको शव उनका आफन्तले अस्पतालबाट पोष्टमाटमका लागि वुझेका थिए । शव आफन्तले अस्पतालमा वुझेपनि प्रहरी नायव निरीक्षक प्रसाईंलाई प्रहरीले विभागीय कारवाही गरेको तर उनको मिलेमत्तोमा श्रेष्ठको हत्या भएको भन्दै पुनः श्रेष्ठका परिवार र गाउँले जिल्ला प्रहरी कार्यालयमा चारदिनदेखि धर्नामा बसेका छन् ।

सुखानी सहीद स्मृति प्रतिस्ठानमा पर्यटकको आवागमनमा वृद्धि

  
सुरुङ्गा (झापा) ३ वैशाख ।  ठेलामठेल लाईन । सबैलाई हतर छ । कसैलाई टिकट बेच्न भ्याई नभ्याई छ त, कसैलाई टिकट किन्ने ठाउँसम्म पुग्नस छ ।  सयौँ गाडी, मोटरसाइकल र सिटी सफारी  आउने र जाने क्रम विहान ७ नबज्दै सुरु हुन्छ ।  टिकट काटेर भित्रिएकाहरु जंगलको  छहारीमा रमेका दृष्य प्रशस्त देखिन्छ ।  कोही बोटिङमा मस्त छन् अनि कोही झुरुप्प र कोही ‘सङ्गल’  फोटो खिच्न मस्त छन्  । यस्तो  दृष्य नयाँ वर्ष सुरु भएसंगै  देख्न सकिन्छ झापाको  शनिअर्जुन नगरपालिकामा हालै निर्मित  सुखानी सहीद स्मृति प्रतिस्ठान सहीद  उद्यान (सालबारी) मा ।

Wednesday, April 15, 2015

झापाका शत प्रतिशत वालवालिकालाई विद्यालय भर्ना गराइने



  बिर्तामोड,वैशाख २ । बुधबारबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसंगै जिल्ला शिक्षा कार्यालय झापाले विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिने भएको छ । शैक्षिक दृष्टिकोणले झापालाई विकसित र  शिक्षित जिल्लाको रुपमा चिनिएपनि झापामा अझैं साढे दुई प्रतिशत विद्यालय जाने उमेर समूहका वालवालिका विद्यालय वाहिर रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०÷७१ मा विद्यालय जाने उमेर समूहका तीन प्रतिशत वालवालिका विद्यालय वाहिर रहेपनि शैक्षिक सत्रको अन्त्यसम्ममा लक्षित वालवालिकालाई विद्यालय भर्ना गराएर भर्ना दर बढाएको जिल्ला शिक्षा अधिकारी लुइँटेलको भनाई छ । यसै शैक्षिक सत्र  २०७२ सालमा जिल्लालाई पूर्ण रुपमा निरक्षरता उन्मुलन गरी साक्षर जिल्लाको रुपमा घोषणाका अहिले आज विहीवारवाट विद्यालय भर्ना अभियान र विद्यालयमा महिला यौन हिसं विरुद्धको सप्ताहव्यापी अभियान सञ्चालन गरिने उहाँको भनाई छ ।

मकैवारीमा लगेर छोरीलाई बलात्कार


बिर्तामोड,वैशाख २ । मकै वारीमा लगेर आफ्नै ८ वर्षीया छोरीलाई जवरजस्ती करणी गर्ने एक व्यक्ति झापाको भद्रपुरबाट फत्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर – ५ निवासी ४० राजकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


उनले आफ्नै छोरीलाई गत मंगलवार साँझ ७ वजे मकैवारीमा लगेर वलात्कार गर्दा गर्दै आमाले देखेपछि प्रहरीलाई खवर गरेकी थिइन् ।

Sunday, April 12, 2015

जवरजस्ती चन्दा उठाउने दुई पक्राउ


सुरुङ्गा (झापा)  चैत  २९  पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई  रोकेर जवरजस्ती चन्दा उठाउने दुई जनालाई प्रहरीले झापाको वुट्टावारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ५ निवासी १९ वर्षीया मुकेश थलाङ र वाहुनडागी– ८ निवासी ३२ वर्षीया  डिल्लीवहादुर पुरी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Wednesday, April 8, 2015

विकासका नाममा राजनीति भएको समिति विघठनको माग


बिर्तामोड,चैत २५ । साधुपर्ती प्राथमिक विद्यालय राजगढमा कार्यरत पूर्व शिक्षक अजुर्न घिमिरे  निराश छन् अहिले । कनकाई वहुमुखी क्यामपस सुरुङ्गामा  स्नातकोत्तर गर्दै गरेका घिमिरेमा निराशा छाउनुको कारण हो विकासका नाममा भएको राजनीति ।
स्थानीय साधुपर्ती प्राथमिक विद्यालयमा छदा खाँदैको जागिर छाडेर बिर्तामोडमा डेरा बसेका उनी तीन दिन अघि घर पुगे ।  सुगम जिल्लाको रुपमा झापा परिचत भएपनि दुर्गम गाउँको रुपमा परिचित छ राजगढ– ९ स्थित साधुपर्ती । साधुपर्तीमा न त विद्युत सेवा पुगेको छ न त वाटोघाटो नै । भएको गोरेटो बाटो पनि हिउदमा धुलाम्वे अनि वर्षा याममा हिलाम्वे हुन्छ ।

टावर छ , नेटवर्क छैन

             
सुरुङ्गा (झापा) २५ चैत । वुधवार विहान दक्षिणी झापाको राजगढका पुस्तक व्यवसायी जय आचार्य  निक्कै चिन्तित देखिन्थे । कानमा मोवाइल लाएर कहिले पसल भित्र त कहिले पसल वाहिर गरिरहेका थिए उनी । घरी एक्लै बोल्दै थिए उनी । अनि भन्दैथिए –‘कस्तो अरजेन्ट थियो फोन नै लाग्दैन ।’
उनीमात्र होइन झापाको कुमरखोद गाविसबाट राजगढ ससुराली आएका छविलाल पौडेलको पनि व्यथा उस्तै थियो ।  पौडेललाई बिर्तामोडमा रहेको कुनै कार्यालयमा सम्पर्क गर्नुथियो । तर, जति डायल गरेपनि मोवाइलले उही जवाफ दिइरहेको थियो – तपाइले डायल गरेको नम्वरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनःप्रयास गर्नुहोला ।

यतिखेर नेपाल दुर सञ्चार सस्थानको मोवाइलमा फोन गर्न खोज्दा डायल गरी नसक्दै आउने यस्तो जवाफले नेपाल दुर संञ्चर संस्थानका सेवाग्राहीहरु पीडामा छन् । पछिल्लो केही समयदेखि नेपाल टेलिकमले दिदै आएको सेवामा यस्तो समस्या देखिएपछि झापाका ग्रामीण भेगमा मात्र होइन दुर सञ्चारको कार्यालय रहेकै ठाउँका सेवाग्राही मोवाइल फोन हातमा बोकेर पनि सेवा पाउनबाट वञ्चित छन् ।


तीन वुँदे सहमतिपछि झापा बन्द खुल्यो

               
सुरुङ्गा (झापा) २५ चैत ।  पक्राउ परेका आफ्ना कार्यकताहरुको रिहाईको माग गर्दै एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाले आवहान गरेको बन्द फिर्ता भएको छ ।
सम्वद समूहको सचिवालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा भएको बार्तापछि तीन वुँदे सहमति पश्चात बन्द फिर्ता भएको हो । सहमति अनुसार हिजो र आज विहान पक्राउ परेका एकीकृत नेकपा माओवादी सहित ३० दलीय गठवन्दनका सवै कार्यकर्तालाई रिहाई गर्नै, आम अड्तालका सन्दर्भमा झापाका विभिन्न स्थानमा वन्द कर्ताहरुद्वारा भएका घटनाहरुलाई आन्दोलनरत पक्षले आत्मा समिक्षा सहित अवका दिनमा वन्द हड्ताल लगायतका कार्यक्रमलाई शान्ति पूर्ण, मर्यादित र व्यवस्थित बनाउने, वन्दका समयमा भएका सरकारी तथा सर्वसाधारण जनताका भौतिक सम्पत्तिमा पुग्न गएको क्षति प्रतिसमेत आत्मा समिक्षा गर्दै अबका दिनमा त्यस्ता घटना दोहरिन नदिने रहेका छन् ।

Tuesday, April 7, 2015

तीर्थालुको वसमा तोडफोड,तीनजना घाइते,चार पक्राउ



बिर्तामोड,चैत २४  । एकृकीत नेकपा माओवादी सहितको तीस दलीय गठवन्धनले आवह्रान गरेको बन्दको अवज्ञा गरेको भन्दै झापाको दमकमा तीर्थालु बोकेको वस तोडफोड भएको छ ।
ताप्लेजुङमा रहेको  पाथीभरादेवीको दर्शान गरेर फर्कदै गर्दा दमकमा वन्दकर्ताले बा ३ ख २२९९ नम्बरको वसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । वन्दकर्ताले अन्धाधुन्द वसमा ढुङ्गा प्रहार गर्दा दोलखा दानाखर्क– ३ निवासी ६० वर्षीया उर्मिला मुनाकर्मी,सोहीठाउँ निवासी ७० वर्षीया कृष्ण सोरीतोहेना र वसका सहचालक कुमार खड्का घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते तीनै जनाको दमकस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत विस्तारसंगै गाउँमा खुशीछायो


बिर्तामोड,चैत २४ । तीन वर्ष अगाडि किनेको सोलार विग्रिएर फेर्ने सोचमा थिएँ, घर अगाडि बिजुली बत्तीको तार टाँगिएपछि सोच परिवर्तन गरें’ राजगढ– ३ निवासी सुशीला घिमिरेले भनिन् – ‘२३ हजार खर्चिएर ल्याएको सोलर मधुरो बल्न थाल्यो । दुईपटक पानी फेरिसकेँ ,चर्को घाम लाग्दा मात्र उज्यालो दिन्छ, केटाकेटीलाई पढ्न समस्या भएपछि सोलार फेर्न पैसाको जोहो गर्दै थिएँ अब त्यो परेन’ हँसिली हुँदै सुशीलाले भनिन् । त्यसो त राजगढ – ३ तीलबारीका खड्ग बस्नेत पनि सोलार जोड्ने तरखरमा थिए । मेलापात गरेर जोडजाम गरको पैसाले उज्यालोमा बस्ने सोच उनमा पनि आयो ।

तर, ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत मनकामना सामुदायिक वन राजगढले सञ्चालन गरेको  विद्युत विस्तारको कार्यक्रम सुचारु गरिएसँगै बस्नेतमा आएको सोच परिवर्तन भयो । धेरै रकम खर्चेर सोलार किन्नुभन्दा घर अगाडि आएको विद्युत उपभोग गर्दा पैसासमेत बाच्ने भएपछि उनी अहिले घरमा वाइरिङ गराउन व्यस्त छन् ।  बस्नेत र घिमिरेमात्र होइनन् राजगढका  २, ३, ४, ५ र ६ नम्बर वडाका अधिकांश स्थानीय वासी सामुदायिक विद्युतीकरण कार्यक्रमप्रति औधि खुशी छन् यतिवेला । त्यस्तै राजगढ– ३ कै सृजना घिमिरेपनि विद्युत विस्तारसंगै खुशी छिन् ।

Monday, April 6, 2015

छत भिजाउदा ज्यान गयो


बिर्तामोड,चैत २३ । झापाको कनकाई नगरपालिकामा आज अपरान्ह करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका – १ निवासी ३७ वर्षीय देवीप्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरको छतमा मोटरबाट पानी लगाउने क्रममा अधिकारीलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर  दुई तलामाथिबाट झरेका अधिकारीको उपचारार्थ  बीर्तासीटी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटामा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।

मौरी चरणमा समस्या भएको कृषकको गुनासो

  
सुरुङ्गा (झापा) २३ । झापाका मौरी पालक कृषकले मौरी चरणमा समस्या भएको बताएका छन् । भद्रपुरस्थित कलवलगुढीमा आज आयोजित ६ दिवसीय मौरी पालन तालिमको समापन समारोहमा सहभागी कृषकले यस्तो बताएका हुन् ।
व्यवसायिक कीट विकास निर्देशनालय हरिहरभवनले आयोजना गरेको तालिममा झापाका ३७ र उदयपुरका २० जना मौरी पलक कृषक सहभागी थिए । सहभागी मध्ये अधिकांशले मौरी चरणमा समस्या भएको बताएका थिए ।
तालिममा सहभागी मध्ये सतासी महिला मौरी पालक सहकारी संस्थाकी व्यवस्थापक देवीमाया दाहालले मौरी चराउन ठाउँको अभाव भएको र मौरी चराउन ढुवानीका लागि सरकारले सहुलियत दरमा ऋण उपलव्ध र सवारी साधनको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यस्तै दाहालसंगै मोहन तिम्सिना र धनमाया थापाले समेत मौरी चरनमा समस्या भएकाले कृषकका लागि सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाको संयोजनामा भएको कार्यक्रममा व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले सरकारको कृषि विकासका लागि नयाँ योजना भएको बताउनुभएको थियो ।


Sunday, April 5, 2015

एक सातादेखि राजगढमा विद्युतसेवा अवरुद्ध


सुरुङ्गा (झापां २२ चैत ।  ट्रान्सफर्मर बिग्रिएर समयमा मर्मत नगरिदा दक्षिणी झापाको राजगढ गाविसका स्थानीयबासी एक सातादेखि अन्धकारमा बस्न वाध्य छन् ।
राजगढ– ६ स्थित नयाँ वजारमा राखिएको ट्रान्सफर्मर गत आइतवार बिग्रिएको राजगढ वजार व्यवस्थापन समितिका सचिव प्रेमवहादुर घिमिरेले जानकारी दिनुभयो ।


 घिमिरेका अनुसार समयमा टान्सफर्मर मर्मतको माग गर्दै विद्युत प्राधिकरण अनारमनीलाई जानकारी गराएपनि एक सातासम्म ट्रान्र्फमर मर्मत नगर्दा राजगढवासी अन्धकारमा बस्न बाध्यछन् ।
विद्युत नहाँदा सवैभन्दा वढी विद्यार्थी मारमा परेको पशुपति उच्च मावि राजगढका पूर्व प्राचार्य नन्दकुमार कुवरले जानकारी दिनुभयो । वार्षिक परीक्षा दिइरहेका विद्यार्थी विुद्युत नहुँदा टुकी वालेर पढ्ने गरेको र आहिले हावा हुरीको समय भएकाले आगलागीको जोखिम समेत बढेर गएको कुवरको भनाई छ ।


रुद्र–गौरी,श्री–अम्बिका ओली पतिष्ठानद्वारा वस्नेत,कुँवर,शर्मा र श्रेष्ठ पुरस्कृत हुँदै



सुरुङ्गा (झापा) २२ चैत ।  रुद्र–गौरी,श्री–अम्बिका ओली प्रतिष्ठान झापाले विभिन्न विधामा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष वैशाक २५ गते झापाबाटै बितरण गर्ने भएको छ ।
ओली परिवारले आफ्ना पितृहरुको सम्झनामा २०६७ सालमा स्थापना गरेको उक्त पुरस्कार भिन्दा भिन्दै चारवटा विधामा हरेक वर्ष वितरण गरिने गरिएको छ । जस अन्र्तगत यसवर्षको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार काठमाडौं निवासी  भोलामान वस्नेतलाई प्रदान गरिने भएको छ । उहाँलाई नेपालमा धानबाली उत्पादन तथा वृद्धिमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गर्न लागिएको प्रतिष्ठानका कोषाध्यक्ष नारायणप्रसाद ओलीले जानकारी दिनुभयो ।

Saturday, April 4, 2015

सीके राउत झापाको राजगढबाट आज अपरान्ह पक्राउ


राजगढ,चैत २१ ।  राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिने सीके राउत आज झापाको राजगढबाट पक्राउ परेका छन् ।
राजगढमा आयोजित समारोहलाई सम्वोधन गर्न पुगेका उनी आज अपरान्ह ३ बजे राजगढबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 राष्ट्रिय अखण्डता विरुद्ध अभिव्यक्ति दिँदै हिडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।
राउतलाई नियन्त्रणमा लिने क्रममा सीके राउत वचाउ अभियानका कार्यकताले प्रहरीलाई ढुङ्गामुढा गरेका थिए । सीके राउतका कार्यकर्ताको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलसहित एक जना प्रहरी हवल्दार र एक जना प्रहरी जवान घाइते भएका छन् ।
यता पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी राउतका कार्यकर्ता बोक्ने मोरङ्को पथरीस्थित त्रिव तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एम्वुलेन्स सहित ६ जना कार्यकर्ता इलाका प्रहरी कार्यालय घैलाडुव्वाले नियत्रणमा लिएको छ ।



को १ च ५५२२ नम्वरको  एम्वुलेन्समा कार्यकर्ता लिएर राजगढ तर्फ जाँदै गरेको एम्वुलेन्स प्रहरीले घैलाडुव्वा बाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको एम्वुलेन्स र सबै कार्यकर्तालाई   इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । 

ब्लग सेयर गर्नुहोला।