Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, April 23, 2015

झापामा ट्राफिक नियम उलङ्घन बढ्यो


 सुरुङ्गा (झापा) १० वैशाख । झापामा ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा वृद्धि भएको छ ।
 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विशेष अभियान सञ्चालन गरेपनि दिनानु दिन सवारी साधनको चाप उच्च भएका कारण ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक रोशन आचार्यले बताउनुभयो ।

 उहाँका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ३८ हजार पाँच सय ५० वटा सवारी साधनले ट्राफिक नियम उलङ्घन गरेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्लाका बिभिन्न स्थानमा ट्राफिक नियम सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरेपनि शिक्षित मानिसबाटै सबै भन्दा बढी नियम उलङ्घन हुने गरेको उहाँको भनाई छ ।



आर्थिक वर्ष शुरु भएयता चैत मसान्तसम्मको ९ महिनामा सबैभन्दा बढी चैतमा ८ हजार आठ सय ५० वटा सवारी साधनले नियम उलङ्घन गरेका छन् भने सबैभन्दा थोरै पुसमा तीन हजार ३ सय ५० वटा सवारी साधनले नियम उलङ्घन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । साउन महिना यताको तथ्याङ्कलाई हेर्ने हो भनेपनि भदौ महिनामा मात्रै  चार  हजार ४ सय ४० वटा सवारीले ट्राफिक नियम उलङ्घन गरेका छन् । त्यस्तै असोज र कात्तिकमा पाँच हजार चार सय ÷ पाँच हजार चार सय सवारी साधनले ट्राफिक नियम उलङ्घन गरेका छन् । यसैगरी मंसीरमा ४ हजार सात सय ५० , माघमा तीनहजार चार  सय ५०,फागुनमा चार हजार एक सयवटा सवारी साधनले ट्राफिक नियम उलङ्घन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
ट्राफिक नियम उलङ्घन गरेका सवारी साधनबाट प्रहरीले यो नौ महिनाको समय अवधिमा एक करोड ४५ लाख २१ हजार दुई सय रुपैयाँ राजश्व संङ्कलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।  जसमा सबैभन्दा बढी चैत महिनामा २० लाख ६१ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
 योसंगै झापाका विभिन्न स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले चेक जाँच गर्ने क्रममा मादकपर्दाथ सेवन गरेर सवारी चलाउने सात सय ३२ वटा सवारी साधनका चालकलाई कारबार्ही गरेको छ । जसबाट सात लाख ३२ हजार रुपैंयाँ राजश्व संकलन भएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउदै ट्राफिक नियम उलङ्घन गर्ने मध्ये मोटरसाइकल चालक नै सबैभन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ । श्राउन महिनादेखि चैत्र महिनासम्ममा ५ सय ९३ वटा मोटरसाइकलका चालकले मार्दक पर्दाथ सेवन गरेर सवारी चलाएको र उनीहरुलाई कारबार्ही स्वरुप ५ लाख ९३ हजार रुपैंया जरिमाना गराएको बताइएको छ । यसैगरी  कार, जिप तथा भेन चालक ७५ जना कारबार्हीको भागिदार भएका छन् । उनीहरुबाट पनि ७५ हजार रुपैंया राजश्व उठेको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरेर कारवाहीमा पर्ने ट्याक्टर चकलको संख्या पनि क्रमश बढ्दै गएको छ । ९ महिनाको अवधिमा मादकपर्दाथ सेवन गर्ने  ३६ वटा ट्याक्टरका चालक  कारबार्हीमा पर्दा ३६ हजार रुपैंया राजश्व संकलन भएको छ । यसैगरी सोही अवधिमा २६ ट्रक चालक पनि कारबार्हीमा परेका छन् । जसबाट  २६ हजार रुपैंया राजश्व संकलन भएको छ भने २ वटा बसका चालकसमेत ‘मापसे’ कारबार्हीमा पर्दा दुई हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आचार्यको भनाई छ ।
आफूहरुको बढी राजश्व उठाउने उद्देश्य नभएपनि कारबार्ही गर्दा मादकपर्दाथ सेवन गर्नेहरुबाट मात्र हालसम्मकै सबैभन्दा धेरै राजश्व सङ्कलन भएको  आचार्यको भनाई छ ।
 मादकपर्दाथ सेवन गर्नेको सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’मा गतवर्षको असोज १९ गतेबाट  प्वाल पर्न थालिएकाले मादकपर्दाथ सेवनका कारण हुने दुर्घटनामा केही कमी आएको उहाँको भनाई छ ।  प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमति पत्र (लाईसेन्स) मा प्वाल पार्ने अभियान शुरु गरेको थियो । जसमा झापाले यो नौ महिनामा पाँचसय ६५ वटा सवारी चालक अनुमति पत्रमा प्वाल पारिसकेको छ ।
ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा कमी ल्याउन सचेतना र कारवाही प्रक्रियामा जोड दिनुपर्ने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रबीन्द्रनाथ रेग्मी । उहाँ भन्नुहुन्छ–नियम प्रहरीका लागि मात्रै होइन सबैकालागि हो र आफैं सचेत हुने हो भने ट्राफिक नियम उलङ्घनमा कमी आउँछ ।’ नियम उलङ्घन गर्नेलाई कारवाहीको दायरा बढाएर भएपनि यो अवस्था घटाउछौं रेग्मीले भन्नुभयो ।
                                   महिलापनि मापसे कारवाहीमा
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमति पत्र (लाईसेन्स) मा प्वाल पार्ने अभियान शुरु गरेपछि हालसम्म एकजना मात्र महिला कारवाहीमा परेकी छिन् ।

 पाश्चात्य संस्कृतिको सिको गर्दै महिलाले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेपनि लाइसेन्समा प्वाल पार्ने अभियान शुरु भएसंगै झापामा हालसम्म एकजना मात्र महिला कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दाद यामकुमार खड्काले बताउनुभयो । खड्का अनुसार लखनपुर घर भएकी उनी दमकबाट कारवाहीमा परेकी थिइन् । पुरुष सरह मदक पदार्थ सेवन गरेर हो हल्ला गर्दै पूर्व पश्चिम राजमार्गमा स्कुटी चलाउने क्रममा उनी कारवाहीमा परेको खड्काको भनाई छ । उनी विवाहित महिला हुन् । विषेश गरी अविवाहित महिलाले पछिल्लो समय मादक पदार्थ सेवन गर्ने गरेपनि ट्राफिक प्रहरीले लाइसेन्स नै  प्वाल पार्ने अभियान शुरु गरेपछि मापसे गरेर सवारी चलाउने महिलाको सङ्ख्यामा शून्य जस्तै भएको प्रहरी निरीक्षक आचार्यको भनाई छ । मापसे सेवन गर्ने महिलामा अधिकाशं शिक्षत र कुनै न कुनै काममा आवद्ध भएका हुन्छन् प्रहरी निरीक्षक आचार्यले भन्नुभयो–‘उनीहरु नै मापसे सेवन गरेर स्कुटी चलाउने गरेपनि त्यो अहिले छैन ।’प्राय महिला सजक भएका कारण मादक पदार्थ सेवन गरेर दुई पाङ्ग्रे सवारी चलाउदा इज्वत र प्रतिष्ठामा आँच आउँने भएर पनि यो संख्या शून्य छ आचार्यले भन्नुभयो ।
मापसे गरेर स्कुटी चलाउदा ट्राफिक प्रहरीले  लाइसेन्स नै प्वाल पार्ने हुँदा विवाहपछि श्रीमानले थाहा पाउँछन् भनेर डरले  महिलाले मापसे गरेर सवारी चलाउन छाडेको बताउँछिन् बिर्तामोड घर भएकी एक महिला । उनी भन्छिन्– ‘ दिउसो त्यस्तो खाने कुरा आएन अफिस छुट्टी भएर यसो कहिलेकाँही साथीहरुसंग रमाईलोका लागि खायो भने पनि बाटामा जता ततै प्रहरी हुन्छन् फन्दामा परिने डरले म त अहिले वाइनसम्म खान्न ।’



                                         के – के ग¥यो ट्राफिकले ९ महिनामा 
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतना मुलक कार्यक्रम अन्र्तगत ६ हजार ८ सय २१ जना विद्यार्थीलाई ट्राफिक नियम सम्वन्धी शिक्षा प्रदान गरेको छ । जिल्लामा सञ्चालित ३० वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियम सम्वन्धी शिक्षा प्रदान गरेको बताइएको छ । जसमा सामुदायिक सेवा अन्र्तगत (कुनैसंघ संस्था संग समन्नवय गर्नु) कक्षा सञ्चालन गरिएको छ । जसमा १२ वटा विद्यालयमा  ५ सय ५१ जना विद्यार्थीलाई शिक्षा प्रदान गरिएको छ ।
यसैगरी  चालक तथा परिचालकलाई पनि प्रशिक्षाण प्रदान गरिएको छ । जसका लागि ४१ पटक सचेतना कक्षा मार्फत दुई  हजार आठ  सय १० जना लाई  सुरक्षित चालक बनाउन प्रशिक्षण दिएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लाका १३ स्थानमा भएका कार्यक्रम मार्फत दश हजार भन्दा बढी सर्वसाधरणलाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको छ ।
                                           नौ महिनामा ५१ जनाको मृत्यु
चालू आर्थिक बर्षको साउन महिनादेखि चैत्र मसान्त सम्ममा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर  ९४ जना गम्भीर घाइते भएका छन् भने एक सय पाँच जना सामान्य गरी एकसय ९९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दाद यामकुमार खड्काले बताउनुभयो । सो अवधिमा एक सय ९ वटा साना ठूला सवारी दुर्घटना भएको बताइएको छ । जसमा सबैभन्दा बढी ७१ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रहरी हवल्दाद खड्काको भनाई छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।