Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 26, 2015

भुकम्प पीडितका लागि झापामा राहत संकलन कार्य सुरु


सुरुङ्गा (झापा) १३ वैशाख । विध्वंशकारी महाभूकम्पबाट पीडितहरुका लागि झापामा राहत संकलन कार्य शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ बिर्तामोडको संयोजनमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको उपस्थितिमा आज आइतवार बिर्तामोडमा भएको सरोकारवालाहरुबीचको छलफलबाट राहत संकलन कार्य शुरु गरिएको हो ।

संघका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा भएको छलफलमा प्रजिअ पौडेलले मानवीय सेवाका लागि यो बेला सबैले आफ्नो गच्छे अनुसार सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले  झापाबाट कम्तीमा एक करोड रुपैपा राहत संकलनका लागि आग्रह गर्नुभएको छ ।



यसैबीच झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी सस्थाले जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच भुकम्पको महामारीमा पर्नेहरुलाई सहयोग स्वरुप १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ भने हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
बिर्तामोडमा सम्पन्न वित्तिय संस्थाहरुको सामुहिक बैठकले भुकम्प पीडितलाई सहयोगका लागि २१ दिने खाता खोल्ने सहमति गरेका छन् ।
भुकम्प पीडितलाई सहयोग पु¥याउने उद्देष्यले बैंकहरुले निःशुल्क रुपमा २१ दिने खाता खोल्ने र खातामा संकलन भएको रकम प्रत्येक शुक्रवार जिल्ला दैवीप्रकोप उद्दार समितिको खातामा संकलन गर्ने निर्णय गरेका हुन् ।
यसरी संकलन भएको रकम जिल्ला दैवीप्रकोप उद्दार समितिले एकमुष्ट रुपमा प्रधानमन्त्री राहत तथा उद्दार कोषको खातामा पठाइने  बैठकमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापाका सभापति ढकालले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।