बिर्तामोड,चैत २३ । झापाको कनकाई नगरपालिकामा आज अपरान्ह करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका – १ निवासी ३७ वर्षीय देवीप्रसाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरको छतमा मोटरबाट पानी लगाउने क्रममा अधिकारीलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर दुई तलामाथिबाट झरेका अधिकारीको उपचारार्थ बीर्तासीटी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटामा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment