व्यवसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन् । कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेको हामी देख्न पाउँछौं । गुणस्तरीय शिक्षामा समुन्नत , सभ्य, समाज अनि भावी पिँढीको सुन्दर भविश्य निहित हुन्छ । यति जान्दा जान्दै पनि कोही रोजगारीको खोजीमा विदेश पलायन हुन्छन् त कोही भविश्य खोज्न भन्दै नेपाली युवा विदेशी भूमिमा पुग्ने गरेका छन् । भविश्य खोज्दै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवाले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई कतिले व्यवहारमा उतारेका छन् त कतिले आफूले आर्जन गरेको ज्ञान र सीपलाई सही सदुपयोग गर्न नजान्दा बेरोजगार भएर भौतारिरहेको हामी प्रशस्त देख्न सक्छौं ।
भविश्यको खोजीमा विदेसिने नेपाली युवा भन्दा नेपालमा नै अध्ययन गर्ने तर राजधानीका महंगा कलेजमा पढेमात्रै गुणस्तरीय शिक्षा पाउन सकिन्छ र उत्कृष्ठ अंक हासिल गर्न सकिन्छ भन्ने भ्रम पालेर राजधानी लगायत विभिन्न ठूला सहरमा रहेका कलेज धाउनेको जमात पनि कम छैन यहा । यही कुरालाई मध्यनजर गर्दै पूर्वकै परिचित वालमीकि एजुकेशन फाउण्डेशन बिर्तामोडले गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मूला नाराका साथ मेची अञ्चलमा नै पहिलो पटक वीवीए (व्याचलर्स इन विजनेश एड्मिनेष्टे«सन) र एमवीए ( मास्टर इन विजनेश एड्मिनेष्टे«सन)का कक्षा सञ्चालनका लागि वाल्मीकि लिङ्कन कलेज सञ्चालनमा ल्याएको छ ।
कुशल व्यवस्थापक बन्न धेरै युवाले यि विषय अध्ययन गर्ने गरेका छन् । व्यवहारिक अनि प्रयोगात्मक शिक्षा आर्जन गरेमात्र सफल व्यवस्थापक बन्न सकिन्छ भन्ने विद्यार्थीको सोचलाई आत्मसाथ गर्दै वाल्मीकि लिङ्कन कलेजले यि विषय सञ्चालनका लागि कलेज सञ्चालनमा ल्याएको हो । कुशल व्यवस्थापक विना कुनैपनि व्यवसाय फस्टाउदैन । समाजको जुनसुकै क्षेत्र होस् त्यसको कुसल व्यवस्थापक उसले मात्रै गर्न सक्छ जोसंग व्यवस्थापनको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रयाप्त मात्रामा हुन्छ । कुसल व्यवस्थापक बन्न चाहाने विद्यार्थीका लागि वीवीए र एमवीए उपयुक्त विषय भएकाले लिङ्कन कलेजले पनि यि विषयमा अध्ययन अध्यापन गराई दक्षा विद्यार्थी उत्पादनमा जोड दिएको छ । मेची वहुमुखी क्याम्पसले २०७० सालदेखि निजी स्तरवाट वीवीएका कक्षा सञ्चालन गरेको छ । विश्व विद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै मेची वहुमुखीक्याम्पसले वीवीएका कक्षा सञ्चालन गरेको छ । सोही अनुरुप लिङ्कन कलेजले पनि विश्वविद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै कक्षा सञ्चालन गर्ने भएको छ ।
दक्ष तथा अनुभवी शिक्षक, मल्टिमिडियाको माध्ययमद्धारा अध्ययन अध्यापन, प्रर्याप्त खेलमैदान ,प्रयोगात्मक शिक्षाका लागि उचीत व्यवस्थापन वाल्मीकि लिङ्कन कलेजका विषेशता हुन् । वीवीए र एमवीए अध्ययनपछि भविश्य सुनिश्चित छ भन्दै लिङ्कनले यहाँका विद्यार्थीलाई आफ्नै ठाउँमा बसेर पनि उत्कृष्ठ शिक्षा हासिल गर्दै सुनिश्चित भविश्यका लागि यि विषय सञ्चालनमा ल्याएको हो वाल्मिीकि लिङ्कन कलेजका प्रोग्राम डाइरेक्टर किशोर वस्नेतले भने । उनले व्यवस्थापनका विद्यार्थीका लागि वीवीए एक आर्कषक शैक्षिक कार्यक्रम भएकालेपनि कलेजले सञ्चालन गरिरहेको वीवीएस कार्यक्रमलाई व्यवस्थित गर्दै प्रयोगमुखी, व्यवहारिक र रोजगारका अवसर सहितको कार्यक्रम आफूहरुले लिएर आएको बताए । भविश्य सुनिश्चित भएकाले विद्यार्थीको रोजाई छ यि विषयमा उनले भने –विद्यार्थीको माग बमोजिम विल्मीकिले वीवीए र एमवीएका कक्षा सञ्चालनमा ल्याएको हो । वीवीए र एमवीए कस्तो कार्यक्रम हो त वस्नेत भन्छन् –शैद्धान्तिक, व्यवहारिक र प्रज्ञिक ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने कार्यक्रम हो यो ।
व्यवस्थापकीय जिम्वेवारी लिने र नेतृत्व निर्माणमा सधाउने यो व्यवसायलाई अन्य डिग्री प्रोग्राम भन्दा भिन्न रुपमा हेरिएको छ । यसबाट प्राप्त गर्ने विद्यार्थीको आत्म विश्वास पनि यसको मुख्य विशेषता हो । यि विषय अध्ययन गरेका विद्यार्थीले आफूलाई अरुभन्दा फरक रुपमा उभ्याउन सक्छन् भन्छन् वीवीएस पहिलो र दोस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीका लागि उपयोगी पुस्तक टियु सोलुसनका लेखक तथा प्राध्यापक मोहन ओली । उनी भन्छन् – कुनै वैंक तथा वितीय संस्थामा जागिरका लागि प्रतिस्पर्धा गर्न जानुपरे वीवीए र एमवीए अध्ययन गरेका विद्यार्थी भनेपछि उनीहरुसंग प्रतिस्पर्धा गर्ने मानिस हुदैनन् भनेहुन्छ । किनकी उनीहरुमा अरु विषय अध्ययन गरेका विद्यार्थीमा भन्दा व्यवहारिक र शैद्धान्तिक ज्ञान बढी हुन्छ । प्राध्यापक ओलीका अनुसार विद्यार्थीले भोलि करियर सुरु गरेपछि सामना गर्नुपर्ने सारा समस्याका वारेमा विद्यार्थीलाई अभ्यास गराइन्छ । रिपोर्ट राइटिङ,वर्कसप,करियर काउन्सिलिङ जस्ता अतिरिक्त क्रियाकलाव यि विषय अध्ययन गर्दा अनिवार्य भएकाले विभिन्न कर्पोरेट हाउस र फमहरुमा गएर विद्यार्थीले इन्टर्नसिप गर्नुपर्छ त्यही भएर यि विषय अध्ययन गरेका विद्यार्थी आफैंमा दक्ष हुन्छन् प्राध्यापक ओलीले भने ।
मलेसियाको लिङ्कन युनिर्भसिटीबाट सम्वन्धन प्राप्त गरी नेपालमा बसेर अन्तराष्टिय स्तारको शिक्षा प्रदान गर्ने मान्यता राखेर यसै वर्षबाट सञ्चालनमा ल्याइएको छ वाल्मीकि लिङ्कन कलेज ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत स्वीकृत लिएर चलाइएको कोर्षलाई त्रिभूवन विश्व विद्यालयले समेत मान्यता दिएको बताउनुहुन्छ वाल्मीकि लिङ्कन कलेजका प्राध्यापक आनन्द वस्नेत ।
कलेजले विद्यार्थीलाई अध्ययन गराउदासमेत अन्य विषय भन्दा फरक रुपमा यो विषयलाई अध्ययन गराउने सोच अघिबढाएको बताउछन् प्रोडाम डाइरेक्टर वस्नेत । उनी भन्छन् –नेतृत्वदायी र क्षमतावान जनशक्ति उत्पादनमा देश तथा विदेशमा अध्यापन गरेका प्राध्यापकहरुद्धारा रचनात्मक विश्लेषण र समस्या समाधानको सीमामा केन्द्रीत रहेर विद्यार्थीलाई सिकाइन्छ । सेमिष्टार प्रणली अन्र्तगत ४ वर्षे कोर्षमा अध्ययन अध्यापन गराउने शिक्षक आफैंमा अन्तराष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका छन् । जसले विद्यार्थीलाई कितावी ज्ञानसंगै प्रयोगात्मक , रचनात्मक र समय समयमा गेष्ट लेक्चरकेश ,स्टडिज,सेमिनार , टे«निङ,फिल्ड भिजिट समेत गराएर गुणत्मक शिक्षा दिइन्छ बस्नेतले भने ।
यि विषय अध्ययन गराउँदा सेमिष्टार प्रणली अन्र्तगत ६ ÷६ महिनामा परीक्षा हुने प्रावधान छ । सोही अनुरुप लिङ्कन युनिर्भसिटीका प्रतिनिधि केन्द्राध्यक्षको रुपमा रहेर परीक्षा सञ्चालन गरिन्छ । लिङ्कनमा वीवीएमा एकाउन्ट, फाइनान्स,कम्युनिकेशन, कम्प्युटर लगायतका विषय अध्ययनगराइने भएकाले यि विषय आफैंमा स्तरीय छन् । यि विषय आफैंमा रोजगार मूलक विषय भएकाले यि विषय अध्ययन गरेका विद्यार्थीका लागि रोगजारको बाटो अब्बल छ । रोजगारको बाटो अब्बल भएकै कारण पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ वीवीए र एमवीए प्रोग्राम ।
लिङ्कन युनिर्भसिटीको परिचय
लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । मलेसियाको पेतालिङ जया भन्ने ठाँउमा छ । जुन मेलिसियाको राजधानी क्वालालाम्पुरबाट १० किलोमिटर पश्चिममा अवस्थित छ । यो विश्व विद्यालयले अन्तराष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । जसले विद्यार्थीहरुको सर्वाेपरी विकासको लागि उच्च शिक्षा प्रदान गर्दै आएरहेको छ । यस विश्व विद्यालयका संस्थापकहरु स्वयम शैक्षिक क्षेत्रमा सम्वद्ध रहेका छन् । उनीहरुले विद्यार्थीहरुमा निहीत क्षमता अभिवृद्धि गराउनेदेखि लिएर सोध र खोदका माध्यमबाट विद्यार्थीहरुलाई अत्याधुनिक शिक्षा प्रदान गर्ने हेतुले स्थापना गरिएको छ । विद्यार्थीलाई अध्ययन अध्यापन गरीसकेपछि रोजगार पाउँनका लागि मात्र नभएर स्वयम रोजगार उत्पन्न गरी अरु विद्यार्थीहरुलाई पनि रोजगार बनाउने काममा लागि परेका छन् ।
वाल्मीकि लिङ्कन कलेजको परिचय
यो कलेज पनि लिङ्कन युनिर्भसिटीकै अवधारणालाई कार्यनवयन गर्दै आफ्नै स्थानीय ठाउँमा सञ्चालनमा आएको छ । लिङ्कन कलेजले उच्च शिक्षाको लागि विद्यार्थीहरु देश विदेश पलायन भएको अवस्थामा उनीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गरी रोजगार हुने र रोजगार दिलाउने मुख्य अभिप्रायले स्थापना गरिएको कलेज हो ।
यो कलेज बिर्तामोडको चित परिचित वाल्मीकि एजुकेशन फाउण्डेशनसंगै सञ्चालित छ । विगतका वर्षमा दशैंदेखि विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस फाउण्डेशनले विशेष गरी यस क्षेत्रका हजारौं विद्यार्थीलाई स्वरोजगार बनाइसकेको छ । सोही वाल्मीकि एजुकेशन फाउण्डेशनको हाता भित्रै लिङ्कन कलेजको स्थापना भइरहेको छ । जुन भवन भुकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न तथा व्यवस्थित रहेको छ । यही निर्माणाधीन कलेजमा अध्ययन अध्यापन गराइन्छ वीवीए र एमवीकाका कोर्षहरु ।
यस्ता छन् कलेजका विशेषताहरु
– मल्टिमिडिया र ओभरहेड प्रोजेक्टरहरु सहितका कक्षा सञ्चालन ।
– प्रर्याप्त खेल मैदान ।
– फिल्ड भिजिटसहितका कक्षा सञ्चालन ।
– करियर काउन्सिलिङका कक्षाहरु ।
– नियमित एक्सेसमेन्ट ।
– गेष्ट लेक्चररहरुबाट समय समयमा प्रेजेन्टेसन हुने ।
– सेमिनार , केश स्टडिजहरुको व्यवस्था भएको ।
– स्वदेश र विदेशमा स्वयम ख्याति प्राप्त र अनुभव बटुलेका लेक्चरहरुबाट अध्ययन अध्यापन गराइने ।
लिङ्कन युनिर्भसिटीसंग सम्वन्धीत नेपालका कलेजहरु
– वाल्मीकि लिङ्कन कलेज बिर्तामोड झापा
– फिनिक्स कलेज काठमाडौं
– आइआइएमएस काडमाडौं
– टेक्सास इन्टरनेशनल कलेज काठमाडौं
– एनसीएमटी काठमाडौं
– यालापिक काठमाडौं
– नेपाल विननेश कलेज विराटनगर
– वेस्टन मेघा कलेज वुटवल
– ग्रिनपिस लिङ्कन कलेज इटहरी
– पोखरा लिङ्कन कलेज कास्की
– एकाडेमी अफ कुलिनरी आड्स एण्ड हस्पिटालिटी मेनेज्मेन्ट ललितपुर
‘वीवीए पढ्दा भविश्य सुनिश्चित’
दिपेश नेपाल |
त्यसोत लिङ्कन कलेजका वीवीए अध्ययनका लागि भर्ना भएका दिपेश नेपालको पनि सोच प्रनिषाको भन्दा कम छैन । उनी पनि यो विषय अध्ययन गरेर सफल व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिलाउने लक्ष्य लिएर आफूले यो विषय पढ्न सुरु गरेको बताउँछन् । आफ्नो भविश्य सुनिश्चित गर्न आफूले यो विषय अध्ययन गर्न सुरु गरेको उनी बताउँछन् । घरमा वसेर अध्ययन गर्न पाइने भएकाले उनले पनि यो विषय रोजेका हुन् ।
0 comments:
Post a Comment