Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, December 7, 2015

गुडिरहेको वसमा ठोक्किएको मोटरसाइकल जल्दा तीन घाइते


सुरुङ्गा(झापा) २२ मङ्सिर ।  पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया र १० वर्षीय बालक आशिष भण्डारी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।



सडकमा रहेको गाईलाई  जोगाउने क्रममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प २२९१ नम्बरको मोटरसाईकल धरानतर्फ जाँदै गरेको मे १ ख १७१० नम्बरको बसमा आज विहान ठोक्किएको थियो । मोटरसाइकल बसमा ठोक्किए लगत्तै जलेर जष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनुभयो । सोही मोटरसाइकलमा सवार तीनैजना घाइते भएकोसमेत खड्काले बताउनुभयो ।
घाइते सबैको दमकस्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  खुल्ला रुपमा छोडिएका पशु चौपायाका कारण त्यस क्षेत्रमा वढी दुर्घटना हुने गरेको छ ।(स

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।