Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Sunday, January 31, 2016

आगो ताप्दा जलेर मृत्यु


सुरुङ्गा (झापा) १८ माघ । दक्षिणी झापाको घेरावारीमा आज एक व्यक्तिको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा घेरावारी – ६ मिलडाँडा निवासी ५० वर्षीय चन्द्रवहादुर रुम्वा रहेको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । आज विहान छिमेकी फूलमाया मेचेको घरमा गएर आगो ताप्ने क्रममा उनको जलेर मृत्यु भएको बताइएको छ ।

Saturday, January 30, 2016

दुर्घटनामा एकको मृत्यु


सुरुङ्गा (झापा) १७ माघ । पूर्व – पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसतासी नगरपालिका – ५ मा  नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
आज बिहान सडक किनारमा  पैदल हिडिरहेका  अन्दाजी ३५ वर्षीय नाम, थर, वतन खुल्न नसकेका पुरुषलाई नम्वर नखुलेको सवारीले ठक्कर दिएको स्थानीयवासीले बताएका छन् । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा पु¥याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच प्रहरीले झापाको बिर्तामोडबाट भारतीय  नम्वर प्लेट वीआर २ एच ५२७१ भएको एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुईसय ६१ जनाको निःशुल्क आँखा परीक्षण



सुरुङ्गा (झापा) १७ माघ।

जगतवस्ती शान्ति टोल सुधार समिति बिर्तामोडको आयोजनामा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २ सय ६१ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको जगतवस्ती शान्ति टोल सुधार समितिका सचिव प्रेमकुमार खरेलले जानकारी दिनुभयो ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये १७ जनाको मोतियाविन्दु शल्यक्रिया र ४ जनाको मासु पलाएको शल्यक्रियाका लागि हस्पिटलले पठाइएको बताइएको छ ।
जगतवस्ती शान्ति टोल सुधार समितिका उपाध्यक्ष रवीन बस्नेतको अध्यक्षता तथा समाजसेवी राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । 

युवती लिएर होटलमा सुत्न गएका पाठकको रहस्यमय मृत्यु


सुरुङ्गा (झापा) १७ माघ । झापाको बिर्तामोडस्थित नयाँ वसपार्कमा सञ्चालित एक होटलमा आज एक व्यक्ति मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायन उपरीक्षक खड्गवहादुर खत्रीले दिएको जानकारी अनुसार सुरुङ्गा – ५ निवासी ५० वर्षीय मनुरथ पठक वीएनवाई होटलको २०७ नम्वर कोठामा मृत फेला परेका हुन् ।
हिजो साँझ एक युवतीसहित होटलमा वास बस्न पुगेका उनी विहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्यु के कारणले भयो सो भने खुल्ल नसकेको र उनीसंग होटलमा वास बस्न गएकी युवतीसमेत फरार भएकाले मृत्युको कारणवारे अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताउनुभयो ।

Friday, January 29, 2016

माटो परीक्षण बिनै खेतीरअझैं आउनसकेन कृषकमा चेतना



 उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन,क्षारीयपन,नाइट्रोजन,फस्फोरस,पोटास र प्राङ्गारिक पदार्थहरु उपयुक्त मात्रामा हुनुपर्छ  । माटोमा पाइने ६ वटा  पदार्थ उचित मात्रामा भयो भने उक्त माटोमा उत्पादनदर उच्च हुने गर्दछ । तर, झापा र इलामका किसानहरुमा अझैं पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नु पर्छ भन्ने चेतना आउन सकेको छैन् ।




माटो परीक्षका लागि मेची अञ्चलका कृषकलाई लक्षीत गरी २०५८ सालबाट नेपाल सरकार कृषि विकास मन्त्रमलय कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले झापाको सुरुङ्गामा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएपनि माटो परीक्षणका लागि कृषक नै नआउने गरेको कार्यालयकी प्राविधिक सहायक सीता खरेलले बताउनुभयो । कृषकमा पर्याप्त चेतना नभएका कारण यहाँ माटो परीक्षण गराउन कृषक नै आउदैनन् उहाँले भन्नुभयो –  हामीलाई तार्गेट पु¥याउन पनि मुस्किल पर्छ । गत आर्थिक वर्षको तथ्याङ्क देखाउदै उहाँले भन्नुभयो–माटो परीक्षणको तार्गेट नपुग्दा आर्थिक वर्ष २०७१÷०७२ मा जिल्ला कृषि विकास कार्यालय झापा र इलामसंग सहकार्य गर्दै माटो परीक्षण शिविर सञ्चालन गरेर हामीले तागे्रट पु¥यायौं ।

नेपालकै उत्कृष्ठ हस्पिटल रहेछ वीएण्डसी –गृहमन्त्री वस्नेत


सुरुङ्गा(झापा)१५ माघ ।   झापाको बिर्तामोडमा सञ्चालनमा रहेको वीएण्डसी मेडिकल कलेज नेपालकै  उत्कष्ठ मेडिकल कलेज भएको गृहमन्त्री  शक्तिवहादुर बस्नेतले बताउनुभएको छ ।
पूर्वाञ्चलका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदै झापा आइपुग्नु भएका उहाँले अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको यो अस्पताल पूर्वमा मात्र नभई नेपालकै उत्कृष्ठ छ उहाँले भन्नुभयो । करिव एक घण्टासम्म अस्पतालको अवलोकन गर्दै मन्त्री बस्नेतले सुविधा सम्पन्न अस्पतालले यहाँका विरामीलाई मात्र फाइदा नपुगी यसले सिमा पारीका नागरिकलाई पनि फाइदा पुग्छ भन्नुभयो ।





उहाँलेको निरीक्षण पछि क्रान्तिकारी पत्रकार संघ झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति,समृद्धि र सुशासन नभई देशको विकास नहुँने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित छ भन्नुभयो ।

झापाली पत्रकारले गृहमन्त्री शक्ति बस्नेतलाई पत्रकार सम्मेलनमा पढाएपछि ......


सुरुङ्गा(झापा) १५ माघ । भ्रष्टाचारविरुद्ध क्रियाशील अन्र्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले वुधवार सार्बजनिक गरेको सीपीआई (करप्सेन इन्डेक्स रिपोर्ट ) अनुसार पछिल्लो वर्ष नेपालमा भष्ट्राचार  झान् बढेको छ । ट्रान्परेन्सी इन्टरनेशनलले सार्वजकि गरेको रिर्पोट (सूचकांक)अनुसार गत वर्ष भन्दा यो वर्ष नेपालमा भष्ट्राचार चार अंकले बढेको छ । तर नेपालमा भष्ट्राचार बढ्यो कि घट्यो नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेतलाई नै थाहा छैन् ।
भष्ट्राचारविरुद्व काम गर्दै आएको अन्र्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजनिक गरेको तीन दिनपछि झापा आएका गृहमन्त्री बस्नेतले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा नेपालमा  भष्ट्राचार घट्यो भने लगत्तै सबै पत्रकारले खुलेर उनको प्रतिवाद गरे । बिएण्डसी मेडिकल कलेजको अवलोकका लागि आएका मन्त्री बस्नेतले अस्पताल परिसद भित्रै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालमा भष्ट्राचार घट्यो भनेपछि मन्त्री वस्नेतलाई भष्ट्राचारको विषयमा वुझाउन पत्रकारलाई हम्मे हम्मे प¥यो ।

Wednesday, January 27, 2016

हिंसा पीडित माहिलाको खुशी फर्काउदै सम्मुन्नत

सुरुङ्गा (झापा) १४ माघ । ‘पटक पटक मर्न  प्रयास गरे तर छोरा छोरीको मायाले मलाई मर्न दिएन’ मोरङको लक्ष्मीमार्ग निवासी २७ वर्षीय कौशिला मल्लले भन्नुभयो–‘ काल नआई मरिदो रहेनछ । १३ वर्षको उमेरमा नेपाल आर्मीका जवान टीकाराम रिजालसंग मेरो विवाह भएको थियो विगत सम्झदैं उहाँले भन्नुभयो – अहिले सम्झन्छु विवाह भएको दिन नै मेरा लागि काल बनेर आएको रहेछ ।

‘विवाह भएको एक डेढ महिनापछिबाटै मेरो खुशी खोसिन शुरु भयो’ श्रीमानले विवाहपछि मलाई काठमाडौं ल्याउनुभयो अनि दुईवटा छोरा छोरी जन्मिएपछि उहाँले मलाई लक्ष्मीमार्गस्थित घरमा छाडेर विदेश जानुभयो मल्लले भन्नुभयो – उहाँ यहाँ हुँदा पनि मलाई नकुटेको दिन हुँदैन थियो, श्रीमान  विदेश गएपछिको त  उहाँका केही कुरापनि सम्झन मन लाग्दैन । जाजरकोट माइतीघर भएकी मल्लले आफ्नो विगत सुनाउदै भन्नुभयो – दिनहुँको सासुको करकर,छोरा छोरी सानै , भएभरको काम मैले नि गर्नुपथ्र्यो नावालक छोरा छोरी काखी च्यापेर भएपनि साराकाम मनै गर्थे खानको त के कुरा  टुसुक्क बस्न पनि पाउँदिन थिए ।
म कान्छी श्रीमती रहेछु मल्लले भन्नुभयो–मेरा श्रीमानले यसअघि नै दुईवटा विवाह गर्नुभएको रहेछ, कान्छी ल्याएपछि जेठीले डिभोर्स(छोडपत्र) र मलाई ल्याएपछि माइली पनि इजरायल जानुभयो म घरमा रहे । ‘मेरा श्रीमान नेपाल आर्मीको  जागिरेहुँदा उहाँको सुरुवा जहाँ हुन्थ्यो त्यहाँनै उहाँले विवाह गर्नुहुँदो रहेछ’ मल्लले भन्नुभयो –  विवाहपछि सबैलाई घरमा ल्याउदै राख्तै गर्ने उहाँको वानी रहेछ । घरमा हुँदा  मैले कोहीसंग बोल्नु हुँदैन थियो,  छिमेकीको त के कुरा नजिकै श्रीमानको मावली घर  थियो ।  उहाँका मामाका छोराले मलाई कहिले भाउजु त कहिले आमा भनेर बोलाउदासम्म त ऊसैसंग सल्किस भन्दै मलाई  दिनहुँ कुट्दै श्रीमानलाई विदेशमा सासुले पोल लगाउनुहुँदो रहेछ मल्लले भन्नुभयो ।
मसंग मेरी वहिनीपनि बस्ती , ऊ  अझैंपनि नावालकै छ नावालक वहिनीलाई त्यही मामाका छोराले म नभएका बेला जवरजस्ती करणी गरेछ मल्लले गहभरि आँशुपार्दै  भन्नुभयो–उसले मलाई कहिले भाउजु भन्थ्यो त कहिले आमा, मलाई शुरुमा त पत्याउनै गाह्रो भयो । ‘नपत्याउपनि कसरी आखिर उसले मेरी वहिनीलाई एक्लै पारेर सर्वस्व लुटेछ’ मल्लले भन्नुभयो – वहिनीको  प्रतिवाद गर्दा मेरै घरपरिवार र विदेशमा भएका श्रीमानको आडमा उसले मलाई पनि छाडेन, आमा भन्दै मेरो घर  आएको उसले चक्कु देखाएर मेरो पनि अस्मिता लुट्यो ।
झापाको बिर्तामोडमा रहेको समुन्नत नेपालको कार्यालयको क्यान्टिनमा भेटिनुभएकी उहाँले आफन्तबाटै दिदी वहिनीको अस्मिता लुटिएपछि आफूहरु विभिन्न संघ संस्था र प्रहरीको शरणमा पुगेपनि समाजको रोहभरमा मलाई त्यही मामाको छोरा भनाउदोसंग जिम्मा लगाए । ‘सामाजिक निर्णय अनुरुप मलाई जवरजस्ती नावालक छोरा ÷  छोरीसंग छुटाउदै उसकै घर पठाइयो ’ रुँदै कौशिलाले भन्नुभयो – सोही रात मर्न खोजे तर छोरा छोरीको मायाले मलाई बचायो ।  ‘म मर्न हिडेकी थिए ’कौशिलाले भन्नुभयो – यो मर्ने रहेछ भनेर मलाई हतार हतार विहान माइती पु¥याईदिन्छु भन्दै उसैले वेलवारीबाट जाँजरकोट जाउँ भन्दै वहिनी र मलाई जवरजस्ती काँकरभिट्टा ल्याएर एक होटलमा बन्धक बनाइयो  ।  एकाएक हामीलाई त्यही छाडेर ऊ त्यहाँवाट  भाग्यो । ‘अस्ती बैशाखको घटना हो यो एक वर्ष भएछ ’ कति चाँडै दिन बित्तो रहेछ यहाँ आएको पनि ।’ एकाएक हसिली हुँदै कौशिलाले भन्नुभयो – हिजो जस्तो लाग्छ यहाँ आएको अबत कर्म घर मेरो नै यही हो धन्य प्रभू हामीलाई नयाँ जन्म दिनुभयो ।
महिला हिंसाबाट पीडित उहाँ त एक मात्र पात्र हुनुहुन्छ । उहाँजस्तै घरेलु हिंसाबाट पीडित बन्नुभएको विराटनगर  निवासी ३९ वर्षीय कुमारी बरालको पनि व्यथा मल्लको भन्दा कम छैन । झापाको शनिअर्जुन नगरपालिका माइती घर भएकी उहाँलाई पनि माइतबाट दाइजो नल्याएको भन्दै उहाँका श्रीमानले शारीरिक र मानसिक यातना नदिएको दिन नै हुँदैन थियो । माइतबाट केही दाइजो नल्याएको भन्दै तीन दिनसम्म कोठामा थुनेर  श्रीमानले  कुटेको घाउ उहाँमा अझैंपनि आलै छ । ‘सुत्केरी नै थिए एकदिन श्रीमानले कुरै कुरामा दाइजो नल्याउने यो पाखेकी छोरी हो भन्दै भक्कु कुटे’ प्रतिवाद गर्नसक्ने मेरो अवस्तै थिएन वरालले भन्नुभयो – त्यसपछि तीन दिनसम्म भोकै भोकै राखेर  कोठा थुनेर कुटेपछि म राति एक बजे भागेर मर्न हिडेकी थिए ।
सम्मुन्नत नेपालले नै सञ्चालन गरेको जलकन्या   कृषि  सहकारी संस्थाको पासवुक  मिलाउदै गर्दा भटिनुएकी उहाँले भन्नुभयो – विराटनगरको सिङ्गिया खोलामा हाम फाल्न हिडेकी थिए खोलामा हाम फाल्न लाग्दा छोरो सम्झिएछु र घर फर्किएर गए ।
शनिश्चरेस्थित एक घरमा डेरा वस्तै आउनुभएकी उहाँको अहिले एक छोरा रहेका छन् ।  छोरालाई उहाँले अहिले शनिश्चरेमा रहेको एक वोर्डिङ स्कूलमा पढाइरहनुभएको छ । उहाँको छोरा अहिले कक्षा ३ मा अध्ययनरत रहेका छन् ।   ८ वर्ष अघि श्रीमानको यातना सहन नसकेर उहाँपनि समुन्नत नेपालको कार्यालयमा आउनुभएको थियो । उहाँ अहिले सोही संस्थामा सहकारी तर्फको कार्यभार सम्हाल्दै आउनुभएको छ । सहकारीले दिएको तलवबाट आफ्नो दैनिकी चलाइरहेकी छु उहाँले भन्नुभयो ।
माइतबाट पैसा नल्याएको निहुँमा श्रीमानको कुटाईखाने अर्की महिला हुनुहुन्छ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाकी दुर्गा खनाल । ६ वर्ष अघि दाहालसंग विवाह बन्धनमा वाँधिनुभएकी उहाँमा पनि विवाहभएपछि श्रीमानसंग रहदा ओठमा मुस्कान कुनै दिन आउन सकेन । दुलन फर्काएर ल्याएपछि मलाई माइतबाट दाइजो नल्याएको ,तसंग विवाह गर्दा मलाई पैसा दिन्छु भनेको थियो भन्दै श्रीमानले सधै रक्सी खाएर आएर कुट्नुहुन्थ्यो खनालले भन्नुभयो । ‘शुरु शुरुमा त कुटाई सहेर बसे’बस्नै नसक्ने अवस्था आएपछि एक दिन मर्न भनेर कोठामा झुण्डिन ठिक्क परेकी थिए छिमेकी दाईले थाहा पाएर ढोका फोरेर मलाई बचाउनुभयो गहभरि आँशुपार्दै उहाँले भन्नुभयो–दाइले त्यो दिन मलाई नवचाईदिएको भए म यहाँ हुन्न थिए ।
समुन्नत नेपालमा रहेका मल्ल,वराल र खनालत उदाहरणका पात्र मात्रै हुन् । उक्त संस्थामा  अहिले १७ जना महिला कार्यरत  छन् । संस्थामा रहेका सबैजनालाई उक्त संस्थाले क्षमता अभिवृद्धि तालिमसंगै रोगजारी पनि दिएको छ । त्यहाँ रहेका सबै महिला कुनै न कुनै काममा आवद्ध छन् संस्थाकी सञ्चालक कोपिला बस्नेतले भन्नुभयो ।  हिंसामा परेका महिलालाई कानुनी परामर्शसमेत उक्त संस्थाले नै प्रदान गर्दै आएको छ ।
हिंसामा परेका महिला मध्ये मल्लको जिल्ला अदालत मोरङमा मुद्दा  चलिरहेको छ । उक्त मुद्दाका लागि समुन्नत नेपालले नै पहल  गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो । नावालक छोरा छोरीलाई समेत भेट्न नदिएको र अंश सम्वन्धि श्रीमान विरुद्ध मल्लले जिल्ला अदालत मोरङमा अंश चलन र नावालक छोरा छोरी भेट गर्न पाउँ भन्दै मुद्दा दर्ता गराउनुभएको छ ।  त्यस्तै उहाँका श्रीमानका मामाका छोरा रमेश न्यौपाने विरुद्ध जवरजस्ती करणी मुद्दा चलिरहेको छ ।  न्यौपाने अहिले सुनसरी प्रहरीको हिरासतमा छन् ।
त्यस्तै संस्थाकै पहलमा बरालको पनि अंश चलन मुद्दा कार्यनवयन भइरहेको र खनालको सम्वन्ध विच्छेदको मुद्दा चलिरहेको बस्नेतले बताउनुभयो ।
घरेलु हिंसाका कारण पीडित बनेका तिनै महिला अहिले  सिपमुलक काममा व्यस्त छन् । उनीहरु पुराना कुरा  विर्सदै खुशी खोजिरेका छन् । खुसी फर्काउन समुन्नत नेपालले ठूलो मद्दत गरेको उनीहरुको भनाई छ । सम्मुनत नेपालकको कार्यालयमा नै उनीहरु सिममुलक काम गरिरहेका छन् अहिले । सिपमुलक कामबाट उनीहरुले आर्थिक उपार्जन पनि गरिरहेको संस्थाकी सञ्चालक वस्नेतले बताउनुभयो ।
पीडित महिलामध्ये कोही सिलाई कटिङमा व्यवस्त छन भने कोही क्यान्टिन ,कोही गाइपालन र कोही माला बनाउने काममा तल्लिन छन् । उनीहरुले बनाएको माला,कानका झुम्का,माटाका गुडिया, नेपालको विभिन्न सहर र अष्टे«लिया,अमेरिकासम्म निर्यात हुने गरेको छ । अष्ट्रेलियन नागरिक वेण्डीमोरबाट तालिम लिएका उनीहरुले बनाएको मालाको मुख्य बजार अष्ट्रेलिया र  अमेरिका नै रहेको बताउनुहुन्छ संस्थाकी सञ्चालक कोपिला वस्नेत । उहाँ भन्नुहुन्छ –हिंसामा परेका महिलाको उद्दार तथा कानूनी परार्मश र क्षमता अभिवृद्धिका लागि सञ्चालनमा ल्याइएको यो संस्थामा रहेका महिलाले तयार पारेका सबै सामाग्रीको मुख्य बजार विदेश नै हो ।
विशेष प्रकारको माटो ‘पोलिमरक्ले’ बाट तयार पारिएका विभिन्न सामाग्री ( गहरगहना,माला,कानका झुम्का,गलाको माला,फूल, मूर्ति,कपालमा लगाउने क्लिप, साडीपीन,पोते आदि ) जस्ता सामाग्री उनीहरुले तयार पार्ने गरेको बस्नेतले बताउनुभयो ।  बनाएका सामाग्री मध्ये  मालाको लोकप्रियता बढेको छ बस्नेतले भन्नुभयो ।
घरेलु हिंसा पीडित महिलाहरु न्याय पाउन धेरै ठाउँ धाउँदा समेत उनीहरुले निःशूल्क कानुनी सेवा पाउन सकिरहेका हुँदैनन् त्यसैले हामी यहीबाट कानूनी परामर्श दिन्छौं बस्नेतले भन्नुभयो । समुन्नत नेपालकी अध्यक्ष  बस्नेत कानून व्यवसायी पनि हुनुहुन्छ ।  उहाँले हिंसा पीडित महिलाकै लागि निः शूल्क कानुनी सहायताको व्यवस्था समेत मिलाउनुभएको छ ।  घरेलु हिंसा पीडित महिलाहरुकै लागि कानुनी सेवालाई दिगो बनाउन उहाँकै सक्रियतामा १३ जना महिलाहरुले बनाएको गहना अमेरिका,अष्टे«लिया लगायतका देशमा समेत विक्री हुने गरेको बताइएको छ । – रासस

Thursday, January 21, 2016

संस्कृतिको जर्गेना गर्दै शंकराचार्यपीठ



सुरुङ्गा,झापा ७ माघ ।  बिर्तामोड नगरपालिकाबाट १३ किलोमिटर उत्तरमा पर्ने खुदुनाबारी–१ स्थित साधुटारमा रहेको श्री वेद वेदाङ्ग संस्कृ

त शंकराचार्यपीठ  पछिल्लो समय संस्कृति र सभ्यताको जगेर्ना गर्ने विद्यालय मध्ये अग्रपंत्तीमा रहेको पाइएको छ ।
गुरुकुलीय पद्दतिबाट अध्ययन अध्यापन गराइने उक्त संस्कृत पाठशालमा अहिले एकसय ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । मुष्ठीदानबाट सञ्चालित उक्त पाठशालामा  चार जना शिक्षकले संस्कृत भाषामा शिक्षा दिन्छन् । कक्षा दशसम्म अध्ययन अध्यापन गराईएपनि सरकारी तवरबाट उक्त विद्यालयलाई कुनै सहयोग नभएको  पाठशालाका प्राचार्य छन्दुराम भण्डारीले बताए ।  मेचीदेखि महाकालीसम्मका विद्यार्थी एउटै छानामुनी अध्ययनरत रहेको उक्त पाठशालामा भारतको आसाम र मणिपुरबाट पनि आएका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् ।  संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेको पाठशालाका प्राचार्य भण्डारीले बताए । भण्डारीका अनुसार  २०३३ सालबाट विद्यार्थीलाई संस्कृत शिक्षा दिन सुरु गरिएको यस पाठशालामा अहिले गुरुकुलीय पद्दतिबाट पठनपाठन हुन्छ ।

महारानीगञ्ज माविमा ५७ बर्षपछि जिशिअ पुग्दा...



सुरुङ्गा,झापा ७ माघ ।  चारैतिर पर्खाल । उत्तरतर्फ फर्किएको प्रवेशद्वार । प्रवेशद्वारको दुवैतर्फ लामवद्ध हातमा पुष्पगुच्छा र माला लिएर बसेका मानिस ।  गोल आकारमा केही पर खुल्ला चौरमा मिलाएर राखिएका खाली कुर्सी । हेर्दा लाग्थ्यो त्यस ठाउँमा निक्कै ठूलो कुनै उत्सव वा कुनै विशेष कार्यक्रमको आयोजना भइरहेको छ । 

तर, शनिअर्जुन नगरपालिका–९ स्थित सालवारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयमा देखिएको दृष्य अड्कल गरेभन्दा धेरै फरक थियो । २०१५ सालमा स्थानीय दाताको सहयोगमा निर्माण गरिएको सो विद्यालयमा ५७ वर्षपछि पहिलोपटक जिल्ला शिक्षा अधिकारी पुगेका थिए ।

Thursday, January 14, 2016

झापाका एक हजार दुई सय निरक्षरलाई यसवर्ष साक्षर बनाइने



सुरुङ्गा (झापा) ३० पुस । यस वर्ष झापाका एक हजार दुई सय निरक्षरलाई साक्षर बनाइने भएको छ ।
अनौपचारिक शिक्षा कार्यक्रम अन्र्तगत यस वर्ष जिल्लाका २९ वटा सामुदायिक सेवा केन्द्र मार्फत ५८ वटा कक्षा सञ्चालन गर्दै एक हजार दुई सय निरक्षरलाई साक्षर बनाउन लागिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । गतवर्ष झापाका ५० हजार दुई सय २२ जना निरक्षरलाई साक्षर बनाइएको थियो ।
जिल्ला शिक्षा कार्यालय झापाले सञ्चालन गरेको आधारभूत साक्षरता कक्षाबाट  गत वर्ष दलित महिला तीन हजार ७ सय ९०, पुरुष ७ सय ७५, आदिवासी महिलातर्फ १८ हजार १ सय १६ , पुरुष तीन हजार ३ सय ६ र अन्य महिला २० हजार ७ सय ६५ तथा तीन हजार ५ तथा २९ जना पुरुष साक्षर भएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । जिल्लाका कुल ५८ हजार ४ सय ४६ निरक्षर मध्ये उनीहरु गतवर्ष साक्षर भएको र यस वर्ष १२ सय निरक्षरलाई साक्षर बनाउदै साक्षरता दर ९५ प्रतिशत पु¥याइने जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो ।

Sunday, January 3, 2016

झापामा आलू उत्पालनमा वृद्धि


सुरुङ्गा (झापा) २० पुस । यस वर्ष झापामा आलूको उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार गत बर्षको तुलनामा यस वर्ष शून्य दशमलब दुई प्रतिशतले आलूको उत्पादनामा वृद्धि भएको हो ।
 झापामा गत आर्थिक वर्ष २०७१ र ०७२ मा ४४ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको आलू उत्पादन भएको बताइएको छ । खेतीयोग्य जमिन मध्ये झापामा  १४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा गतवर्ष आलू खेती गरिएको र  २ लाख २१ हजार २५० मेट्रिक टन आलू उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका सूचना अधिकारी शितल भट्टराईले जानकारी दिनुभयो ।
यस वर्ष झापामा १४ हजार दुईसय हेक्टर क्षेत्रफलमा आलू खेती गरिएको  कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष आलू उत्पादनको क्षेत्रफल घटेपनि उत्पादकत्वमा भने कमी नआउने सूचना अधिकारी भट्टराईको भनाई छ । क्रव कटिङको आधारलाई हेर्दा  आलू उत्पादनमा वृद्धि भएको देखिएकाले यस वर्ष आलूको उत्पादन अनुमान गरेभन्दा बढी हुन्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो । आलू खेतीका लागि झापालाई आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले तोपगाछी र शान्तिनगरका कृषकलाई आलूको बीऊ अनुदान दिएको कार्यालयले जनाएको छ । उन्नत जातको आलूको बीऊ कृषकलाई  अनुदान वितरण गरेको र यस वर्ष हुस्सेका कारण आलू नमरेकाले पनि झापामा आलूको उत्पादन बढ्छ – सूचना अधिकारी भट्टराईले भन्नुभयो ।
झापामा कुफे्र ज्योति, कुफे्र सिन्दुली, टीपीएस, पीपीएस , जनकदेब तथा लोकल जातका आलू खेती हुने गरेको छ । झापाका महारानी झोडा, लखनपुर, शनिअर्जुन नगरपालिका, चारपाने, दमक, बुधबारेलगायतका क्षेत्रमा बढी आलू खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत आवश्यक नपर्ने तथा बजारमा उच्च माग भएकाले जिल्लामा व्यावसायिक आलू खेतीतर्फ कृषकको आलू खेतीमा आकर्षण बढेको छ – जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनथ तिमल्सिनाले भन्नुभयो ।
झापामा उत्पादित आलू  भण्डारणमा समस्याका कारण लामो समय नरहने हुदाँ यहाँ आलूको माग उच्च छ । मेची अञ्चलको इलाम, पाँचथर लगायतका जिल्लाबाट आलू आउने हुदाँ झापामा भारतबाट आएको आलू  कमै खपत हुने गरेको बताइएको छ । सरकारले यहाँका कृषकलाई आलूमा आत्म निर्भर बनाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपनि झापा अझैं आलू उत्पादनमा आत्म निर्भर बन्न सकेको छैन । 

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस



सुरुङ्गा (झापा), २० पुस । पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।
सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पु¥याएको अनुमान गरिएको छ । रासस 

उच्च शिक्षा सुधार परियोजनाका लागि मेची अञ्चलबाट दुई वटा क्याम्पस छानिए


सुरुङ्गा(झापा) २० पुस । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमखी क्याम्पस सुरुङ्गा र  दमक वहुमुखी क्याम्पस छनौट भएका छन् ।
 विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको उक्त परियोजनाका लागि आयोगद्वारा गठित सुधार व्यवस्थापन समितिको निर्णय अनुसार यि दुई क्याम्पस छनौट भएको आयोगले जनाएको छ ।
कार्यसम्पादन तथा सूत्रमा आधारित अनुदानका लागि गएको साउन १९ गतेदेखि भदौ २२ गतेसम्म देशभरका सामुदायिक क्याम्पसबाट आवेदन दिन आह्वान भएकोमा १ सय २० बढी क्याम्पसले आवेदन दिएका थिए । जसमा मेची अञ्चलका दुई वटा क्याम्पस सहित देशभरका  ४५ वटा क्याम्पसहरु राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट र १५ वटा क्याम्पसहरु क्षेत्रीयस्तरको प्रतिस्पर्धाबाट छानिएका कनकाई क्याम्पस युजीसी प्रोग्राम स्याट कोअर्डिनेटर विकासप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।  मेची अञ्चलबाट कनकाई र दमक बहुमुखी क्याम्पस राष्ट्रियस्तरबाट छानिएका हुन्् उहाँले भन्नुभयो ।

त्यस्तै कोशी अञ्चलमा राष्ट्रियस्तरबाट सुकुना बहुमुखी क्याम्पस, उर्लाबारी क्याम्पस र जनता क्याम्पस इटहरी तथा क्षेत्रीयस्तरबाट बरुण बहुमुखी क्याम्पस संखुवासभा, म्याङलुङ क्याम्पस ते¥हथुम र पथरी बहुमुखी क्याम्पस छनौट भएका छन् ।
यो परियोजनाका लागि विश्व वैंकबाट नेपाललाई ६५ मिलियन अमेरिकी डलर (लगभग ६ अरब ५० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग सहुलियत दरको ऋण स्वरुप उपलब्ध हुन्छ उप्रेतीले भन्नुभयो  ।  उच्च शिक्षामा प्रणालीगत÷संस्थागत सुधार; उच्च शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा अभिबृद्धि; गरिब तथा पिछडिएका विद्यार्थीहरुको उच्च शिक्षामा समतामूलक पहुँचका लागि वित्तीय सहायताको व्यवस्था; एवं अनुसन्धान, प्रवत्र्तन तथा प्राज्ञिक उत्कृष्टताको विकास गर्नु सन् २०२० सम्म रहने यस परियोजनाको मुख्य उद्देश्यहरु रहेका छन् ।
परियोजना लागू भएपछि क्याम्पसमा सुधार कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट प्राज्ञिक संस्थाको रुपमा क्याम्पसलाई विकास गर्न सकिने कनकाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताउनुभयो  । परियोजना अन्तर्गत गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्रणालीको स्थापना, परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक क्यालेण्डर तयार गरी सो को प्रभावकारी कार्यान्वयन;  प्राज्ञिक उत्कृष्टताका लागि अनुसन्धान, विकास र प्रवत्र्तनमा सहयोग हुने कार्यक्रम सञ्चालन गरिने कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकबहादुर कार्कीले बताउनुभयो ।

महामन्त्रीद्वयकै निर्वाचन क्षेत्रमा ‘माध्यमिक विद्यालय’ छैन


सुरुङ्गा(झापा) २० पुस ।   घेरावारी र पाठामारी झापाको क्षेत्र नम्वर ३ मा पर्ने गाविस हुन् । भारतसंग सिमाना जोडिएका यि गाविस नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनको  निर्वाचन क्षेत्र भित्रै पर्छन् ।
     उप प्रधान तथा गृहमन्त्रीको जिम्वेवारीसमेत वहन गरिसक्नु भएका  सिटौला दोस्रो संविधान सभाको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो ।  लिङ्देन पनि यही निर्वाचन क्षेत्रमा सिटौलासंग पराजित हुनुभयो ।  तर, सिटौला निर्वाचित भएकै क्षेत्रमा पर्ने घेरावारी र पाठामारीमा अहिलेसम्म पनि माध्यमिक विद्यालय सञ्चालनमा आउन सकेको छैन । जसका कारण यहाँका धेरै वालवालिका निम्न माध्यमिकसम्मको अध्ययन पुरा गरिसकेपछि पढाई छाड्न बाध्य छन् ।

 आदिवासी जनजाति समुदायको  वाहुल्यता रहेको यि गाविसमा रहेका केही वालवालिका निम्न माध्यमिकसम्मको पढाई पुरा गरेपछि छिमेकी गाविसमा रहेका विद्यालयमा पढ्न जाने गरेका छन् भने कोहीले बीचैमा पढाई छाड्ने गरेका छन् । केही टाठा वाठाका छोराछोरी भने नजिकै खुलेका निजी विद्यालय अनि केही भारत रहेका विद्यालयसम्म अध्ययनका लागि जाने गरेका छन् ।  विकासका दृष्टिकोणले समेतपछि परेका यि गाविसका वालवालिका आफ्नै ठाउँमा मावि र उच्च मावि नहुँदा साइकलमा एक घण्टासम्मको बाटो धाएर छिमेकी गाविसमा रहेका  विद्यालयमा अध्ययनका लागि जाने गरेको बताउनुहुन्छ घेरावारी निवासी लक्ष्मीनारायण यादव ।
पथरीया स्रोत केन्द्र अन्र्तगत पर्ने घेरावारीमा एउटामात्र निम्न माध्यमिक विद्यालय र चारवटा प्राथमिक विद्यालय छन् । घेरावारीको पथरियामा वुद्ध निवावि रहेको छ भने वाँकी चारवटा लक्ष्मी, शहिद गंगालाल , नवदुर्गा र वसन्त प्रावि  छन् । त्यस्तै पृथ्वीनगर स्रोत केन्द्र अन्र्तगत पर्ने पाठामारीमा पनि एक निमावि र चारवटा प्रावि छन् । जानकी निमावि हो भने पशुपति, श्री , वुद्ध र देवी पनि प्राथमिक विद्यालय हुन् । यिनै विद्यालयमा अध्ययनरत केही वालवालिका निम्न माध्यमिक तहको अध्ययन पुरा गरेपछि केहीले विद्यालय छड्छन् त केहीले  एक घण्टासम्म साइकलमा धाएर राजगढ तथा वगानमा रहेका माध्यमिक विद्यालयमा अध्ययनका लागि जाने गरेका छन्  स्थानीयवासी माधव खनालले भन्नुभयो ।
जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टका अनुसार चालू  आर्थिक वर्ष २०७२÷०७३ मा घेरावारीमा रहेका वुद्ध निमाविमा १६८,लक्ष्मी प्राविमा ११०, शहिद गंगालालमा १३९ , नवदुर्गामा ६५ र वसन्त प्राविमा १२९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस्तै पाठामारीमा रहेका पशुपति प्राविमा १३६, श्रीप्राविमा १२९, वुद्ध प्राविमा १०८ देवी प्राविमा ३५ र जानकी निमावीमा २०७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ब्लग सेयर गर्नुहोला।