Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, January 29, 2016

झापाली पत्रकारले गृहमन्त्री शक्ति बस्नेतलाई पत्रकार सम्मेलनमा पढाएपछि ......


सुरुङ्गा(झापा) १५ माघ । भ्रष्टाचारविरुद्ध क्रियाशील अन्र्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले वुधवार सार्बजनिक गरेको सीपीआई (करप्सेन इन्डेक्स रिपोर्ट ) अनुसार पछिल्लो वर्ष नेपालमा भष्ट्राचार  झान् बढेको छ । ट्रान्परेन्सी इन्टरनेशनलले सार्वजकि गरेको रिर्पोट (सूचकांक)अनुसार गत वर्ष भन्दा यो वर्ष नेपालमा भष्ट्राचार चार अंकले बढेको छ । तर नेपालमा भष्ट्राचार बढ्यो कि घट्यो नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेतलाई नै थाहा छैन् ।
भष्ट्राचारविरुद्व काम गर्दै आएको अन्र्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजनिक गरेको तीन दिनपछि झापा आएका गृहमन्त्री बस्नेतले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा नेपालमा  भष्ट्राचार घट्यो भने लगत्तै सबै पत्रकारले खुलेर उनको प्रतिवाद गरे । बिएण्डसी मेडिकल कलेजको अवलोकका लागि आएका मन्त्री बस्नेतले अस्पताल परिसद भित्रै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालमा भष्ट्राचार घट्यो भनेपछि मन्त्री वस्नेतलाई भष्ट्राचारको विषयमा वुझाउन पत्रकारलाई हम्मे हम्मे प¥यो ।



सरकारका गृहमन्त्रीलाई नै नेपालमा हुने गरेको भष्ट्राचारको विषयमा थाहा नभएपछि मन्त्री वस्नेतलाई भष्ट्राचारको विषयमा पत्रकारले बुझाएन् मात्रै कतिपय पत्रकारले त उनको अनभिज्ञतामा हासेर खिल्ली नै  उडाए । सूचकांक अनुसार नेपालमा गतवर्ष भन्दा चार अंकले भष्ट्राचार बढेको छ । गत वर्ष नेपालमा भष्ट्राचारको सूचकांक १२६ थियो भने यो वर्ष भष्ट्राचारको अंक वढेर १३० पुगेको छ ।
भष्ट्राचार घढ्ता सूचकांक घट्ने र बढ्दा सूचकांक बढ्नेसम्म नजान्ने सरकारका गृहमन्त्रीलाई झापाली पत्रकारले उनलाई पत्रकार सम्मेलनमा ै पत्रकारले पढाए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।