Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, January 21, 2016

संस्कृतिको जर्गेना गर्दै शंकराचार्यपीठ



सुरुङ्गा,झापा ७ माघ ।  बिर्तामोड नगरपालिकाबाट १३ किलोमिटर उत्तरमा पर्ने खुदुनाबारी–१ स्थित साधुटारमा रहेको श्री वेद वेदाङ्ग संस्कृ

त शंकराचार्यपीठ  पछिल्लो समय संस्कृति र सभ्यताको जगेर्ना गर्ने विद्यालय मध्ये अग्रपंत्तीमा रहेको पाइएको छ ।
गुरुकुलीय पद्दतिबाट अध्ययन अध्यापन गराइने उक्त संस्कृत पाठशालमा अहिले एकसय ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । मुष्ठीदानबाट सञ्चालित उक्त पाठशालामा  चार जना शिक्षकले संस्कृत भाषामा शिक्षा दिन्छन् । कक्षा दशसम्म अध्ययन अध्यापन गराईएपनि सरकारी तवरबाट उक्त विद्यालयलाई कुनै सहयोग नभएको  पाठशालाका प्राचार्य छन्दुराम भण्डारीले बताए ।  मेचीदेखि महाकालीसम्मका विद्यार्थी एउटै छानामुनी अध्ययनरत रहेको उक्त पाठशालामा भारतको आसाम र मणिपुरबाट पनि आएका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् ।  संस्कृत मात्र पढाई हुने यस पाठशालामा ‘संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए हामी नै हराउँछौं’ भन्ने कुरा बुझेकाहरु पढ्न आउने गरेको पाठशालाका प्राचार्य भण्डारीले बताए । भण्डारीका अनुसार  २०३३ सालबाट विद्यार्थीलाई संस्कृत शिक्षा दिन सुरु गरिएको यस पाठशालामा अहिले गुरुकुलीय पद्दतिबाट पठनपाठन हुन्छ ।

पाठशाला सञ्चालनका लागि आर्थिक समस्या नहोस् भन्दै हरेक वर्ष साधटारमा महायज्ञको आयोजना गरिने गरिएको छ । यसवर्षपनि माघ १ गतेबाट पाठशाला स्थापनाको ४० औ वार्षिकउत्सवको अवसर पारेर यसवर्ष सनातन शिव शक्ति एकाहदशह विराट ज्ञान महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा जिल्लाका विभिन्न दाता तथा जिल्ला वाहिरका पनि दाताको सहयोग जारी रहेको बताइएकोछ । महायज्ञमा वाचक व्यसाचार्य किशोरकुमार गौतम, कथा वाचन आचार्य सोमनाथ गौतम, पाठ पारायण पण्डित सुरेन्द्र घिमिरेले गरिरहेका छन् । २०५५ सालबाट प्राचार्यको जिम्मेवारी सम्हालिरहेका आचार्य भण्डारीका अनुसार २०५४ सालमा आयोजित विराट शन्त सम्मेलनमा जगतगुरु शंकराचार्य महाराजले यस पाठशालालाई नेपालकै पहिलो शंकराचार्यपीठ भएको घोषणा गरेका थिए ।
साधुटार भौगोलिक हिसावले दुर्गम ठाउँमा रहेता पनि आध्यात्मिक हिसावले यो स्थान असाध्यै सुन्दर रहेको बताउँछन् आचार्य लक्ष्मीप्रसाद खतिवडा । उनी भन्छन्–यो पुण्य भूमि हो, यहाँ हामी निरन्तर ४० वर्षदेखि दैनिक वेद पाठ पारायण गरिरहेका छौं । पाठशाला सञ्चालनका लागि यहाँ एक हजारजना भन्दा बढी आजीवन सदस्य, सयजना बढी अक्षयकोषदाता जसले पाँचहजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सोही सहयोगबाट यो पाठशाला सञ्चालन भइरहेको छ आचार्य खतिवडाले भने । पाठशाला हाल आठ वटा कोठा भएको दुई तले पक्की भवन र अरु कच्ची भवनमा सञ्चालित छ । त्यहाँ अध्ययनरतले विद्यार्थी झल्ला ओछ्याएर अध्ययन गर्ने गरेका छन् ।
गौरक्षाका लागि भन्दै साधुटारमा २० माऊ गाई समेत पालिएको छ । गाईको हेरचाहाका लागि छुट्टै हेरालूको व्यवस्था गरिएको पीठका अध्यक्ष केदारनाथ खतिवडाले वताउनुभयो । तीनै गाईको दूध ,दही ,मही, ध्यू खुवाएर विद्यार्थीहरुलाई  राखेका छौं खतिवडाले भने । 
गुरुकुलीय शिक्षाका लागि जिल्ला शिक्षा कार्यलयबाट वार्षिक दुई लाख रुपैयाँ प्राप्त हुने गरेपनि त्यसले पाठशाला सञ्चालनमा केही सहजता भएपनि यहाँको प्रमुख आवश्यकता भवन हो –पीठका अध्यक्ष खतिवडाले भने ।
यसैबीच महायज्ञको अवलोकनका लागि पुगेका जिल्ला शिक्षा अधिकारी लुइँटेलले संस्कार र संस्कृतिको संरक्षणमा जुटेको उक्त पाठशालालाई चालू आर्थिक वर्षमा नै भौतिक संरचना निर्माणका लागि सक्दो सहयोग गर्ने बताएका छन् । पाठशाला,गौशाला,पाकशाला,भोजनालयको निरीक्षणपछि  महायज्ञ स्थलमा उनले अतिथिको रुपमा  सम्वोधन गर्दै यस्तो बताएका हुन् । उनीसँंगै विद्यालय निरीक्षक भोलानाथ दाहाल पनि सहभागी थिए । महायज्ञका वारेमा पूराण आयोजक समिति संयोजक सरस्वती सिटौलाले जानकारी गराएकी थिइन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।