Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Wednesday, July 15, 2015

फरार अभियुक्त ७ वर्षपछि पक्राउ

 सुरुङ्गा (झापा) ३० असार ।  लागु औषध तथा ओसार पसर मुद्धाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि झापाको बिर्तामोडबाट आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ निवासी ५० वर्षीय अशोक घिमिरे रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जिल्ला अदालत झापाले २०६५ साल चैत २५ गते ७ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना फैसला गरे लगत्तै उनी फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय झापा लगातार तेस्रो पटक उत्कृष्ठ


सुरुङ्गा (झापा) ३० असार ।  कार्य सम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा यो वर्ष पनि पूर्वका १६ जिल्लामा उत्कृष्ठ भएको छ । उत्कृष्ठ भएसंगै झापाले नगद २५ हजार सहित उत्कृष्ठताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।


जिल्ला शिक्षा कार्यालय झापा 
 योसंगै झापा लगातार तेस्रो पटक पूर्वमा उत्कृष्ठ भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुट्टाका उप निर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो ।
 आर्थिक वर्ष २०७१÷०७२ को कार्य सम्पादनको आधारमा क्षेत्रीय शिक्षा निर्देशनालयले हरेक वर्ष मूल्याङ्कन गर्दै उत्कृष्ठसहित तीन जिल्लालाई पुरस्कृत गर्दै आएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयले दिएको जानकारी अनुसार उदयपुर दोस्रो र इलाम तेस्रो भएका छन् । दोस्रो हुने उदयपुरले नगद २० हजार र तेस्रो हुने इलामले नगद १५ हजार सहित प्रमाणपत्र हात पारेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि सहित १४ वटा विद्यामा गरिएको मापनका आधारमा झापा प्रथम भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुट्टाका उप निर्देशक फुयालले बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी लुइँटेल

पूर्वका १६ जिल्लामा झापा उत्कृष्ठ भएसंगै झापाका जिल्ला शिक्षा अधिकारी लुइँटेलले शैक्षिक विकासमा सघाउ पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

Wednesday, July 8, 2015

माछाले धानेको सहनीको परिवार


सुरुङ्गा (झापा) २३ असार ।  झापाको राजगढ–६ का ६५ वर्षीय कृष्णदेव सहनी अहिले ६५ वर्षको हुनुभयो । स्थानीय पशुपति उच्च माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दा गर्दै पढाइ छाडेर उहाँले माछा मार्न थालेको पनि झण्डै ५५ वर्ष भयो ।  बुवाको देखासिकी गरेर विरिङ,अदुवा,घाग्रा लगायतका खोलामा माछा मार्न सुरु गर्नुभएको उहाँको अहिले माछा मार्ने काम प्रमुख पेशा नै भएको छ । मारेका माछा विक्रीको कमाइले पुरै परिवार धान्नु आफ्नो बाध्यता भएको उहाँले बताउनुभयो । अर्को पेशा नभएकाले पुख्र्यौली पेशा अंगालेको छु भन्दै उहाँले भन्नुभयो –‘माछा मार्न थालेको पनि ५५ वर्ष पुग्यो क्यारे, यसैको कमाइले परिवार पाल्दैछु ।
                                                     जाल बुन्दै
माछा मार्न प्रयोग  गरिने जाल बुन्दै दक्षिणी झापाको राजगढका एक व्यक्ति । वर्षा याम सुरु भएसंगै झापामा बसोवास गर्ने माझी र सहनी समुदायका मानिस माछा मार्ने काममा व्यस्त हुने गरेका छन् । 
माछाले धानेको छ सहनीको परिवार

सहनीका श्रीमती इन्दूसहित अहिले चार जना छोरा छन् । उनीहरुपनि कृष्णदेव जस्तै खोलामा माछा मार्न जाने गरेका छन् । माछा मारेको कमाइले उनीहरुको ६ जनाको परिवार चलेको छ । विरिङ,घाग्रा,अन्धुवा लागायतका खोलामा माछा मारेर बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न र लत्ताकपडा जुटाउने बाहेक विकल्प छैन हाम्रो घर नजिकै माछा मार्न प्रयोग गरिने जाल बुन्दै गर्दा भेटिनुभएका उहाँले आफ्नो दुखेसो सुनाउनुभयो । खोलामा दिनभर मारेको माछा स्थानीय वजार राजगढ,चकचकी,जन्ता,भागुडुब्बामा उहाँले बेच्ने गर्नुभएको छ । मर्ने बाच्ने टुङ्गो हुँदैन वर्षा लाग्यो खोलो उर्लेर आउँछ, नगरु त अरु अरु काम जानेको छैन गरु त शरीर बुढो भयो गुजारा चलाउन भएपनि माछा मार्नु हाम्रो बाध्यता हो –उहाँले थप्नुभयो ।

झापामा यसवर्ष ९२ हजार मेट्रिकटन चैते धान उत्पादन,



सुरुङ्गा (झापा)  असार । पर्याप्त वर्षा भएका कारण यस वर्ष झापाका चैते धानको उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार यसवर्ष झापाको  कूल खेतीयोग्य जमिन मध्ये १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  चैते धान लगाइएको थियो । जसमा  प्रतिहेक्टर ४.६ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार यो वर्ष ९२ हजार मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर ४.१ मेट्रिकटन धान उत्पादन भएको भट्टराईले बताउनुभयो ।

झापामा  ९८ हजार ७ सय १६ हेक्टर क्षेत्रफल मध्ये ९० हजार हेक्टर जमिनमा धान खेति हुँदै आएपनि  यो वर्ष १९ हजार ९ सय हेक्टर क्षेत्रफलमा  मात्र चैते धान खेती गरिएको  जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

झापाका सहकारीको आम्दामी एक अर्ब ५० करोड



सुरुङ्गा (झापा) २३ असार । झापामा सञ्चालित आठ सय ५० वटा सहकारी संस्थाले  यस वर्ष एक अर्व ५० करोड रुपैयाँ आम्दानी गरेका छन् । जसमा २१ करोड रुपैयाँ मुनाफा भएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित सहकारीले उक्त रकम आम्दानी गरेका हुन् भने २१ करोड रुपैयाँ सहकारीले यसवर्ष नाफा गरेका छन् । सामाजिक र आर्थिक रुपान्तरणको माध्यम बन्दै गएको सहकारीमा २ अर्ब रुपैयाँ शेयर पूँजी र ७ अर्व रुपैयाँ वचत रहेको  पोखरेलको भनाई छ ।

जिल्लामा सञ्चालित सहकारीमा तीनलाख ५० हजार मानिस आवद्ध रहेपनि २ लाख ५० हजार महिलाको मात्रै सहभागिता रहेको आज बिर्तामोडमा आयोजित सहकारीको विकासका लागि सरोकरवालाहरुसंगको छलफल कार्यक्रममा  सहकारी अधिकृत पोखरेलले बताउनुभयो । उहाँले सहकारीको गतिविधि पारर्दशी बनाउन सहकारी डेस्क अति आवश्यक रहेको बताउदै अगाडि भन्नुभयो–‘सहकारी क्षेत्रको व्यवसायिकता अभिवृद्धिमासमेत यसले सघाउँछ ।’

खेती छाडेर विरुवा रोप्दै झापाली कृषक



सुरुङ्गा (झापा) २३ असार । दक्षिणी झापाको राजगढ– ८ निवासी धनन्जय ओझाले धान खेती मासेर १० कठ्ठा क्षेत्रफलमा विरुवा लगाउनुभयो । बढ्दो सहरी करणले दिनानुदिन काठको माग बढेको र वैदेसिक रोजगारीका कारण गाउँमा खेती गर्ने मजदुर पाइन छाडेपछि उहाँले धान खेती मासेर उन्नत जातकमा विरुवा लगाउनु भएको हो । उहाँमात्र होइन उहाँका साइला दाजु नरेन्द्र ओझालेपनि गतवर्षबाटै धान खेती मासेर विरुबा लगाउन सुरु गर्नु भएको छ । नरेन्द्रले पनि आफ्नो खेतमा मलेसियन साल, खयर, टीक, खमारी, सिरिस, मसला लगायत विभिन्न प्रजातिका विरुवा लगाउनुभएको छ । ओझा दाजुभाईले धान खेती मासेर विरुवा लगाउन सुरु गरेसंगै उनीहरुकै देखासिकि गरेर राजगढ–८ कृषक अन्त राजवंशी, ज्ञानुप्रसाद न्यौपाने लगायत दर्जनौं कृषकले उन्नत जातका विरुवा लगाउन सुरु गरेका छन् ।
खेती छाडेर विरुवा रोप्दै झापाली कृषक

 जिल्ला वन कार्यालय झापालेसमेत एक घर एक विरुवा , एक गाउँ एक वन , एक नगर अनेक उद्यान बनाउँ भन्दै निःशुल्क विरुवा वितरण थालेपछि राजगढका मात्र होइन जिल्लाका अधिकांश कृषकले खेती मासेर विरुवा लगाउन थालेको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार झापाका ४ सय कृषकले यो वर्ष निजी वन दर्ता नै गराएका छन् । गत वर्ष ३ सय ४० कृषकले निजीवन दर्ता गरेपनि त्यो दर बढेर ४ सय पुगेको उहाँले बताउनुभयो ।

पूर्वमै पहिलो पटक गोमेन्द्रमा सिएका कक्षा सञ्चालन गरिने


सुरुङ्गा(झापा)२३ असार । पूर्वमा नै पहिलो पटक झापाको बिर्तामोडस्थित गोमेन्द्र वहुमुखी महाविद्यालयमा यस वर्षदेखि सिए(चार्टर एकाउण्टेड) को कक्षा सञ्चालन हुने भएको छ ।
यस अघि वीवीए, वीसीएका कक्षा सञ्चालन गर्दै आएको उक्त महा विद्यालयले यस वर्षबाट सीएका कक्षा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो । यसअघि सिए अध्ययनका लागि यहाँका विद्यार्थी काठमाडौं र भारतको सिलिगुडी लगायत विभिन्न ठाउँमा जाने गरेका थिए ।
पूर्व मा नै पहिलो पटक यस महाविद्यालयले सिएको कक्षा सञ्चालन गर्न लागेको बताउँदै महाविद्यालयका प्राचार्य रुपक खनालले भन्नुभयो – ‘अब महङ्गो शुल्क तिरेर यहाँका विद्यार्थी सिए पढ्न बाहिरिनु नपरोस् भनेर यहाँ हामीले सिएका कक्षा सञ्चालन गर्न लागेका हौं ।’

सुत्केरी विदाको तलव पुरुष शिक्षकले लिएको खुलासा


सुरुङ्गा(झापा)२३ असार । महिला शिक्षकले पाउँदै आएको सुत्केरी विदाको तलव सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ ।
झापाको डाँगीवारी – ९ मा सञ्चालित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तीलरुपा अधिकारी निरौलाले  पाउँने सुत्केरी विदाको तलव सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसंगै यस्तो रहस्य खुलासा भएको हो । गत मंसीर २२ गते सुत्केरी भएकी शिक्षक तीलरुपा मंसीर ११ गतेबाट माघ ११ गतेसम्म दुई महिना सुत्केरी विदा बस्नुभएको थियो ।

कक्षा ११ र १२ लाई नेपाली विषय पठन पाठन गराउदै आउनुभएकी शिक्षक तीलरुपाले विदा अवधिको तलव नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले  सो समयको तलव पौडेललाई दिएको भनेपछि उहाँ सुत्केरी हुँदा पाउँने सेवा सुविधा लिनबाट बञ्चित हुनुभएको हो ।

झापामा विषादीको प्रयोग १५ प्रतिशतले घट्यो



सुरुङ्गा(झापा)२३ असार । कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि झापाका विषादीको प्रयोग  १५ प्रतिशतले घटेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका वाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार झापाली कृषकले विषादीको सट्टा जैविक तथा वनस्पती विषादी उत्पादन गर्दै यसको प्रयोग गर्न थालेसंगै भारतबाट भित्रने विषादीमा कमी आएको  छ  । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषदी भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।
जोखम मोलेर विषदी छर्कदै ;
झापाको चकचकीमा रहेको  चिया बगानमा विषादी छर्कदै गरेका एक मजदुर । बगानमा काम गर्ने मदुरमा विषदीका कारण श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्गमा नकारात्मक पर्ने गरेपनि वगानमा काम गर्ने मजदुर कुनै सुरक्षा नअपनाई जोखिम मोलेर विषदी छर्कने गरेका छन् ।

बढ्दो विषादीको प्रयोगले श्वासप्रश्वास, आँखा, हातखुट्टा, छाला र गुप्ताङ्ग लगायत मानव स्वास्थ्यमा  नकारात्मक प्रभाव पर्न थालेसंगै कृषकले वनस्पती जन्य विषादी प्रयोग गर्न सुरु गरेका छन् जिल्ला कृषि विकास कार्यालय झापाका वालि संरक्षण अधिकृत खरेलले भन्नुभयो ।
किटनासक,ढुसीनासक लगायत झोल र धुलो विषादी सबैभन्दा बढी भारतबाट कृषकले चिया तथा तरकारी खेतीका लागि ल्याउने गरेका थिए तर अहिले त्यो अवस्था छैन भन्दै उहाँले भन्नुभयो –‘कृषकले आइपीएम प्रविधिबाट चिया तथा तरकारी खेतीगर्न थालेपछि विषादीको प्रयोगमा कमी आएको छ ।’

ब्लग सेयर गर्नुहोला।