Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

झापाका सहकारीको आम्दामी एक अर्ब ५० करोड



सुरुङ्गा (झापा) २३ असार । झापामा सञ्चालित आठ सय ५० वटा सहकारी संस्थाले  यस वर्ष एक अर्व ५० करोड रुपैयाँ आम्दानी गरेका छन् । जसमा २१ करोड रुपैयाँ मुनाफा भएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित सहकारीले उक्त रकम आम्दानी गरेका हुन् भने २१ करोड रुपैयाँ सहकारीले यसवर्ष नाफा गरेका छन् । सामाजिक र आर्थिक रुपान्तरणको माध्यम बन्दै गएको सहकारीमा २ अर्ब रुपैयाँ शेयर पूँजी र ७ अर्व रुपैयाँ वचत रहेको  पोखरेलको भनाई छ ।

जिल्लामा सञ्चालित सहकारीमा तीनलाख ५० हजार मानिस आवद्ध रहेपनि २ लाख ५० हजार महिलाको मात्रै सहभागिता रहेको आज बिर्तामोडमा आयोजित सहकारीको विकासका लागि सरोकरवालाहरुसंगको छलफल कार्यक्रममा  सहकारी अधिकृत पोखरेलले बताउनुभयो । उहाँले सहकारीको गतिविधि पारर्दशी बनाउन सहकारी डेस्क अति आवश्यक रहेको बताउदै अगाडि भन्नुभयो–‘सहकारी क्षेत्रको व्यवसायिकता अभिवृद्धिमासमेत यसले सघाउँछ ।’



सभाषद सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी डेस्क स्थापनाको महत्वको विषयमा प्रकाश पार्दै स्थानीय विकास अधिकारी फडिन्द्र दाहालले जिल्लामा सहकारी डेस्क स्थापना भए जिल्ला विकास समितिको पहुँच जनतामाझ सहजै पुग्ने  बताउनुभयो ।
कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले सहकारी डेस्क झापामा स्थापना भए लक्षित वर्गपनि सहकारीको पहुँच भित्र सहजै पुग्ने बताउनुभयो ।

गरिवी निवारणमा निजी क्षेत्रको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै झापा उद्योग वाणिज्यसंघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले गरिवी न्यूनीकरण गर्न सहकारीले महत्वपूर्ण भूमिक निर्वाह गरेको बताउनुभयो ।
यसैगरी नेपाल केन्द्रीय सुपारी सहकारी संघका अध्यक्ष लय भण्डारीले सहकारी अभियानमा समन्वय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रहरुमाथि जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकाल, गोमेन्द्र वहुमाुखी कलेजका प्राचार्य रुपक खनाल, नेपाल पत्रकार महांसंका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले टिप्पणी गर्नुभएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।