Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, July 8, 2015

पूर्वमै पहिलो पटक गोमेन्द्रमा सिएका कक्षा सञ्चालन गरिने


सुरुङ्गा(झापा)२३ असार । पूर्वमा नै पहिलो पटक झापाको बिर्तामोडस्थित गोमेन्द्र वहुमुखी महाविद्यालयमा यस वर्षदेखि सिए(चार्टर एकाउण्टेड) को कक्षा सञ्चालन हुने भएको छ ।
यस अघि वीवीए, वीसीएका कक्षा सञ्चालन गर्दै आएको उक्त महा विद्यालयले यस वर्षबाट सीएका कक्षा सञ्चालन गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो । यसअघि सिए अध्ययनका लागि यहाँका विद्यार्थी काठमाडौं र भारतको सिलिगुडी लगायत विभिन्न ठाउँमा जाने गरेका थिए ।
पूर्व मा नै पहिलो पटक यस महाविद्यालयले सिएको कक्षा सञ्चालन गर्न लागेको बताउँदै महाविद्यालयका प्राचार्य रुपक खनालले भन्नुभयो – ‘अब महङ्गो शुल्क तिरेर यहाँका विद्यार्थी सिए पढ्न बाहिरिनु नपरोस् भनेर यहाँ हामीले सिएका कक्षा सञ्चालन गर्न लागेका हौं ।’

महाविद्यालयले सिएका कक्षा सञ्चालानार्थ नेपाल वोर्ड र इन्डियन वोर्डबाट पनि सम्वन्धन लिएको जनाउँदै महाविद्यालयका प्राचार्य खनालले भन्नुभयो –‘विद्यार्थीलाई जताबाट सहज हुन्छ उतैबाट रजिष्ट्रेसन गरेर परीक्षा दिन सक्छन् त्यसको सबै व्यवस्था  हामी नै मिलाई दिन्छौं ।’
पत्रकार सम्मेलनमा बोल्दै महाविद्यालयका चार्टर एकाउण्टेड  योगेश घिमिरेले पूर्वमा सिए पट्ने विद्यार्थीको अत्याधिक माग भएको र विद्यार्थीको माग बमोजिम महाविद्यालयले कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सरकारले पनि २०५३ सालमा ल्याएको चार्टर एकाउण्टेन्सी ऐन अनुसार मात्र अडिटरले अडिट गर्न पाउने नियम कडाइका साथ लागू गरेसंगै यो विषय पढ्ने विद्यार्थी बढेको बताउनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।