Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Saturday, June 28, 2014

बाल शिक्षा र यसको महत्व


सुरेन्द्र भण्डारी 
चार वर्ष उमेर पूरा भएका वाल वालिकालाई संस्थागत विद्यालयहरुमा व्यवस्थित ढंगले प्रदान गरिने शिक्षालाई पूर्वप्राथमिक शिक्षा भन्ने गरिएको छ । या वोलिचालीको भाषामा हामी यसलाई वाल शिक्षा भन्ने गर्छाै । विद्यार्थीमा शारीरिक, संवेगात्मक, मानसिक, भाषिक र सामाजिक भावनाको विकासमा अवसर प्रदान गर्ने उद्देश्यका साथ यसको व्यवस्था गरिएको छ ।
नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत राखेर विद्यार्थीलाई सरसफाई र सुरक्षा सम्बन्धी वानी वसाल्न प्रेरित गर्ने तथा सामान्य शिष्टाचार गर्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । सबैका लागि शिक्षा राष्टिूय कार्ययोजना (सन् २००१÷२०१५) मा उल्लेखित प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमका लक्ष्यहरूले नै विद्यालय क्षेत्र सुधार योजनामा प्रारम्भिक बालशिक्षा तथा विकास कार्यक्रमको कार्यान्वयनका लागि आधार प्रदान गरेका छन् । समुदायमा आधारित वाल विकास केन्द्रलाई कार्यक्रमका रुपमा निरन्तरता दिँदै मागका आधारमा विस्तार गरिने नेपाल सरकारको लक्ष्य रहेको छ ।
 प्रारम्भिक उमेर समूहका वालवालिकाको पहुँचवृद्धि गर्न विद्यालयमा एक वर्षे पूर्व प्राथमिक कार्यक्रम सञ्चालन
गर्ने र पछाडि पारिएका जनजाति, महिला, मधेशी, लोपोन्मुख जाति एवम् दलित अवस्थित क्षेत्र पहिचान गरी समूदायमा आधारित प्रारम्भीक वाल विकास केन्द्रलाई एकीकृत कार्यक्रमसंग समायोजन गरेर कार्यान्वयन गर्ने विषेश व्यवस्था गरिने सरकारको लक्ष्य रहेको छ । हाल समुदायमा आधारित तथा विद्यालयमा आधारित गरी मुलुकभर २४ हजार सात सय ७३ बालविकास केन्द्र सञ्चालित छन्, जसमध्ये विद्यालयमा आधारित पूर्वप्राथमिक कक्षा ११हजार आठ सय ९० र बाँकी समुदायमा आधारित भई सञ्चालित छन् । जसमध्मे झापामा पुराना छ सय ८६ र नयाँ १९ गरी जम्मा सात सय ५ वटा वालविकास केन्द्र रहेका छन् । यता संस्थागतमा भने तीनसय ३२ वटा प्राथमिक वाल विकास केन्द्र रहेका छन् । ती वालविकास केन्द्र मध्ये कतिपय समुदायमा आधारित छन भने कतिपय विद्यालयमा आधारित छन् । विद्यालयमा आधारित वाल विकास केन्द्रका लागि जिल्ला शिक्षा कार्यालय झापाले सोही विद्यालयको खातामा रकम निकासाको व्यवस्था हुन्छ भने समुदायमा आधारित विद्यालयका लागि मातृ विद्यालयमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको हुन्छ । झापामा यो आर्थिक वर्षमा कति विद्यार्थी अध्ययनरत् छन् त्यो यकिन डाटा जिल्ला शिक्षा कार्यालयमा समेत उपलव्ध हुन सकेको छैन । डाटा कलेक्सनका लागि श्रोत व्यक्तिमार्फत काम भइरहेको
र पुस ५ गते जिल्लाको वैठकमा त्यसवारे छलफल गरिने जिल्ला शिक्षा कार्यालय झापाकी विद्यालय निरीक्षक जानुका गुरागाइँले जानकारी दिएकी छिन् ।

लेख्न छोडेर बेच्न रमाए जालुराम


सुरेन्द्र भण्डारी
इलामको नाम्सालिङ्ग–  ४ स्थित माता चन्द्रकुमारी र पिता नन्दलालका छोरा शनिश्चरे– ३ मा स्थायी बसोवास गर्दै आएका जालुराम रिमाल मेची अञ्चल बासीका लागि नौलो नाम होइन । पेशा व्यवसायले पुस्तक व्यवसायी भएपनि उनलाई नेपालका अधिकाशं वौद्धिक स्तरका मानिसले लेखकको रुपमा चिन्ने गरेका छन् । इलामको नाम्सालिङ्ग माध्यमिक विद्यालयबाट अध्ययन शुरु गरेका उनले २०४३ सालमा एसएलसी उत्तीर्ण गरी २०४९ सालमा त्रिभूवन विश्व विद्यालय काठमाडौंबाट नेपाली र राजनीतिक शास्त्रमा वीए, र २०५० सालमा नेपाल ल क्याम्पस काठमाडौबाट वीएल,महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामवाट आइएल गरेसंगै लेखन क्षेत्रमा होमिएका हुन् उनी । शुरुका वर्षमा विभिन्न साहित्यिक पुस्तकको मार्केटिङमा निस्किएका उनले ५–६ वर्ष त्यसैलाई निरन्तरता दिए । त्यसो त २०५० सालदेखि ०५८ सालसम्म उनले काठमाडौंको एक निजी विद्यालय रिफ्स वोर्डिङ्ग स्कूल काठमाडौंमा अध्यापन नगरेका पनि होइनन् । अध्यापनको शिलशिलामा सोही विद्यालयमा सात वर्ष वढी उनले संयोजकको भूमिका निर्वाह गर्नसमेत भ्याए । सधैं अरुको निगरानीमा बसेर काम गर्दाको नमज्जापनले उनलाई अन्ततः लेखन कार्य तर्फ प्रेरित बन्ने अवसर प्रदान ग¥यो ।

ब्लग सेयर गर्नुहोला।