Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Wednesday, December 23, 2015

आजबाट विषादि प्रयोगमुक्त सप्ताह सुरु ÷/ झापामा विषादिको प्रयोग १५ प्रतिशतले घट्यो



सुरुङ्गा(झापा) ८ पुस । आजबाट देशभर विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको छ ।
‘घातक विषादि प्रयोग निर्मूलीकरण गरौं,खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ झापामा पनि विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको हो । सप्ताह पुस १४ गतेसम्म सञ्चालन हुने भएपनि झापामा भने विषादि प्रयोगमा न्यूनीकरण गर्दै वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अन्र्तगतका विषादि प्रयोगमा जोड दिँदै १६ गतेसम्म विभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
विषादिको विना प्रयोग फलाइएको  लौका । तीन वर्षदेखि वेमौसमी व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका झापा राजगढका कृषक सविता गौतम आफ्नो बारीमा फलेको चार फिट लामो लौका देखाउँदै । तस्बिर सुरेन्द्र भण्डारी, झापा, रासस 

 सप्ताह अवधि भर विषादिको बढी प्रयोग हुने स्थानहरुमा रासायनिक विषादिको असर र सावधानी अपनाउन के–के गर्नुपर्छ भन्ने विषयक सडक नाटक प्रस्तुत गरिने कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार झापामा वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अपनाएर कृषकले खेती गर्न सुरु गरेसंगै प्रत्येक वर्ष रासायनिक विषादिको प्रयोग घट्दै गएको छ ।
पछिल्लो समय झापामा  कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिँदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि विषादिको प्रयोग  १५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

Monday, December 21, 2015

कनकाई क्याम्पसमा सफ्टवेर जडित पुस्तकालय



 सुरुङ्गा (झापा)  ६ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले भौतिक पूर्वाधारहरुको विकास गर्न सकिएमात्रै समग्र मुलुकको स्वरुप परिवर्तन हुने बताउनुभएको छ ।

झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा मुमोलास अटोमेसन सिस्टमको सफ्टवेर जडित पुस्तकालयको आज उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकको पहिलो आवश्यकता नै पूर्वाधारको विकास हो भन्नुभयो

उहाँले अबको समयमा सूचना र प्रविधिको विकासले मात्र अगाडि बढ्न सकिने हुँदा सफ्टवेयर जडित पुस्तकालयले यहाँ अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकले समेत पुस्तकालयको भरपुर लाभ सक्ने धारणा राख्नु भयो ।
रु पाँच लाख ५० हजारको लागतमा सफ्टवेयर जडित पुस्तकालयमा १२ हजार पुस्तक राखिएको क्याम्पसका प्राध्यापक तीर्थराज खरेलले बताउनुभयो । तीन सयभन्दा बढी स्रोत ग्रन्थसमेत पुस्तकालयमा राखिएको बताइएको छ । विसं २०४७ मा स्थापना गरिएको उक्त क्याम्पसमा अहिले एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । 

Saturday, December 19, 2015

मुस्लिम समुदायपनि परिवार नियोजन सेवा लिँदै


सुरुङ्गा(झापा) ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम समुदायका अधिकांश महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी दुई सन्तान मात्र जन्माउन थालेका छन् ।

सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो समुदायमा गर्वपतन धार्मिक अपराध हो भन्ने मानसिकता अझै कायम छ । सोही मानसिकता अनुसार धार्मिक अपराधबाट बच्न सन्तानको रहर पुगिसकेका मुस्लिम समुदायका महिला  अहिले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दै छन् । केहीवर्ष अघिसम्म  समाज र परिवारले थाहा पाऊलान् भन्ने डरले अस्थायी साधन प्रयोग गर्नका लागि लुकीलुकी स्वास्थ्य संस्था धाउने मुस्लिम समुदायका महिला अहिले  निर्धक्क आफ्ना श्रीमानसंगै स्वास्थ्य संस्था आउने गरेको चकचकी स्वास्थ्य संस्थाका अहेव लक्ष्मण साहाले बताउनुभयो । आफ्नो स्वास्थ्यमा खासै चासो नदेखाउने यो समुदायका महिलाले बढ्दै गएको चेतानाका कारण बन्ध्याकरण गराउन स्वास्थ्य संस्था आउनथालेपछि शनिवार आफ्नो स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको साहाले बताउनुभयो । शिविरमा १५ जना महिलाले बन्ध्याकरण गरेकोमा ८ जना मुस्लिम समुदायका महिलाले मात्रै पाखुरामा राखिने परिवार नियोजनको ५ वर्षे अस्थाई साधन (नरप्लान्ट ) राखेको अहेव साहाले बताउनुभयो । शिविरमा आएका महिला मध्ये १४ जनाले परिवार नियोजनको अस्थाई साधन नरप्लान्ट प्रयोग गरेका थिए भने एक जना महिलाले पाठेघरमा राखिने १२ वर्षे अस्थायी साधन कपर्टी प्रयोग गरेको साहाले जानकारी दिनुभयो । कपर्टी प्रयोग गर्ने महिला मुस्लिम समुदायकी हुन् ।  त्यस्तै सन्थाल समुदायका ५ जना र  पराजुली थरकी अर्की एक महिलाले शिविरमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेको अहेव साहाको भनाई छ ।
 केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाले बन्ध्याकरण गराउनु हुँदैन बन्ध्याकरण गराए शरीरमा समस्या आउँछ भन्ने  डरले जन्मान्तर राख्न नचाहेपनि चेतनाको विकाससंगै अहिले अन्य समुदायका महिलाले जस्तै परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न थाल्नुले मुस्लिम, सन्थाल जस्तो समुदायको पनि पहुँच विस्तारै स्वास्थ्य क्षेत्रमा बढ्दै गएको मान्नुपर्छ – अहेव साहाले भन्नुभयो ।

पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग तथा  चकचकी स्वास्थ्य चौकीको आयोजनामा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा मुस्लिम समुदायका महिलासंगै  ४ सय ६८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा ६१ जना महिलाले स्वास्थ्य जाँच गराएको पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलका स्त्री रोग विशेषज्ञ डाक्टर अमित देवले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य जाँच गराउन आउनेहरुमा अधिकांश मुस्लिम र सन्थाल समुदायका रहेका छन् । जसमध्ये ७ जना महिलामा आङ खस्ने समस्या देखिएको डाक्टर देवले जानकारी दिनुभयो ।  धेरै सन्तान जन्माउनु, सुत्केरी अवस्थामा भारी काम गर्नु, सुत्केरी भएपछि छिट्टै  काममा फर्कनु, सुत्केरी अवस्थामा लामो समयसम्म व्यथा लाग्नु आदि कारणले महिलामा आङ खस्ने समस्या  देखिन्छ – स्त्रीरोग विशेषज्ञ डा. देवले भन्नुभयो ।
स्वास्थ्य शिविरमा आएका मध्ये ३५ जनामा मधुमेह, एकसय ५ जना हार्ड जोर्नी, ७० जना वालरोग, ३२ जनाको दांत परीक्षण गरिएको र निःशुल्क औषधि समेत वितरण गरिएको अहेव साहाले बताउनुभयो । शिविरमा मुटु रोग विशेषज्ञ डा अनिल वस्नेत, दाँंत रोग विशेषज्ञ डाक्टर रोमी वस्नेत, हाड जोर्नी विषेशज्ञ डाक्टर  कुमुद लिम्बू, जनरल सर्जरी डा शम्भू नवल , वाल रोग विषेशज्ञ डा रामभक्त सुवेदी लगायतको टोलीले सेवा प्रदान गरेको थियो ।

झापामा ध्वनि प्रदुषण बढ्यो

 झापामा ध्वनि प्रदुषण बढ्यो
ट्राफिक प्रहरीलाई टेर्दैनन् यातायात व्यवसायी 
(सुरेन्द्र भण्डारी )

सुरुङ्गा(झापा) ४ पुस । यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ध्वनि प्रदुषण नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरेपनि यातायात व्यवसायीले अटेर गरेका कारण ध्वनि प्रदुषण बढ्दै गएको हो । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिँदै गएको बिर्तामोड लगायत काँकरभिट्टा, धुलावारी, चारआली, सुरुङ्गा, झिलझिले, दमकमा ध्वनि प्रदुषणका कारण यस क्षेत्रका स्थानीयवासिन्दा मात्र नभई यात्रा गर्ने यात्रुले समेत सास्ती व्यहोर्ने गरेको बताइएको छ । बढ्दो सवारीसाधनको चापसंँगै अनावश्यक ठाउँमा हर्नको प्रयोग नगर्न र पुराना (थोत्रा) सवारी साधन प्रयोग नगर्न सरकारले आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्दै सवारीधनीले निर्वाधरुपमा पुराना सवारी साधन सञ्चालन गरिरहेका छन् ।

पुरानो इन्जिनका कारण सवारी साधनको आवाज ठूलो आउने, बढी धँुवा फ्याँक्ने र सवारी चालकले अनावश्यक ठाउँमा हर्नको प्रयोग गर्ने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएपनि अधिकांश सवारी अभैm निर्वाध रुपमा झापामा सञ्चालित रहेका छन् । झापाबाट दैनिक रुपमा सयौंंको संख्यामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउने गरेका छन् । जसका कारण बिर्तामोड लगायत सुरुङ्गा, दमक, चारआली, धुलावारी, काँकरभिट्टा जस्ता सहर वजारमा ध्वनि प्रदुषण बढेको जनाइएको छ । सवारी साधनबाट निस्किएको विद्युतीय हर्नले ध्वनि प्रदुषणलाई बढावा दिएपनि सम्वन्धित निकायले कडाइका साथ कारवाही नगर्दा आफूहरुलाई समस्या भएको गोविन्द हार्डवेयरका सञ्चालक प्रदीपकुमार देवले बताए । उनले राजमार्गमा गुड्ने सवारी साधनले चर्काे हर्न बजाउँदा आसपासका सवैलाई समस्या हुने गरेको बताए । अनावश्यक स्थानमा हर्नको प्रयोग गर्ने, नीति नियम पालना नगर्ने र अटेर गर्नेमाथि कारवाही नहुने प्रवृत्तिका कारण विर्तामोडमा ध्वनि प्रदुषण बढेको उनको भनाइ छ । विद्यालय, अस्पताल जस्ता अति संवेदनशील र निषेधित क्षेत्रमासमेत चर्को हर्न बजाउने प्रवृति झापामा बढ्दो छ । बढ्दो जनघनत्वका कारण प्रदुषण बढी रहेका बेला ध्वनि प्रदुषणले विकराल रुप लिँदै गएको स्थानीय व्यवसायी युवराज दाहालले बताए । ध्वनि प्रदुषण भएको स्थानमा लगातारको सम्पर्कबाट मनोवैज्ञानिक र मानसिक समस्याहरु देखिने वातावरण विद्हरुको भनाइ छ । जुन ठाउँमा चर्को ध्वनि उत्पन्न हुन्छ, त्यसले स्थानीय क्षेत्रलाई नै कोलाहलमय बनाउने र यसको प्रभावले मानिसको श्रवण शक्तिमा ह्रास आउने, ढिलो सुन्ने, निश्चित डेसिमलको आवाज मात्र सुनिने जस्ता समस्याहरु देखा पर्ने मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिए । ध्वनि प्रदुषणका कारण मुटुका रोगीहरुको रोग बल्झिने, रगतको चाप असामान्य हुने, कार्य कुशलतामा ह्रास ल्याउने, पहिचान गर्न समस्या हुने, झर्को लाग्ने जस्ता समस्याहरु देखापर्ने पूर्णटुङ्ग विर्ता्सिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर अनिल बस्नेतले बताए । ध्वनि प्रदुषण न्युनीकरणका लागि सडकको अवस्था सुधार गरिनु पर्ने, सवारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, सवारी साधनको अवस्थामा सुधार ल्याउनु पर्ने, बढी प्रदुषण फैलाउने इन्जिन भएका सवारी साधनको विस्थापन, सडक अनुशासनलाई कडाईका साथ लागू गर्नुपर्ने कानूनी प्राबधान छ । तर, यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले बताए । उनले बढ्दो ध्वनि प्रदुषणलाई नियन्त्रणमा लिन सवारी साधनमा जडान गरिएका हर्न निकाल्ने अभियान नै सञ्चालन गरेपनि पूर्ण रुपमा प्रभावकारी बन्न नसकेपछि अटेर गर्ने सवारीको अभिलेखीकरण गर्दै कारवाही अघि बढाउने बताए । प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीले हालसम्म दुई सय १४ सवारी साधनलाई कारवाही गरिसकेको र तीनसय ४२ वटा सवारी साधनबाट पे्रसर हर्न निकाली सकेको जानकारी दिए । बोराका–बोरा सवारी साधनबाट दिनहुँजसो हर्न थुत्छौं, कारवाही गर्छाैं कस्ता अटेरी हुँदा रहेछन् हर्न फेरि जोडिहाल्छन् अब अभियानलाई थप कडाइका साथ अघि बढाउँछौं –आचार्यले भने । यता यातायात व्यवसायी एलपी सिटौलाले आफूहरुपनि ध्वनि प्रदुषणको विरोधी भएपनि सवारी सञ्चालन गर्ने क्रममा सडकमा हिँड्ने कसैले नटेरेका कारण यस्तो समस्या आएको बताए । उनले सडकमा गुड्ने साइकल, रिक्सा, ठेलालाई ट्राफिक प्रहरीले व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

Friday, December 18, 2015

राष्ट्रियतालाई संकटमा पारेर कुनै सम्झौता नगर्ने– पूर्व प्रधानमन्त्री खनाल


सुरुङ्गा(झापा) ३ पुस । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतालाई संकटमा पारेर कसैसंग कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।

प्रेस चौतारी झापाले आज अपराह्न बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अन्तराष्ट्रिय सहमतिलाई नै उल्लङ्घन गर्दै भारतले गरेको नाकाबन्दी अनावश्यक र अराजकतापूर्ण भएकाले नाकावन्दी हटाउन नेकपा (एमाले) र यो सरकारले आब राष्ट्रियतालाई नै खतरामा पारेर कुनैपनि कदम चाल्दैन भन्नुभयो ।  
मधेशवादीदल र भारतले गरेको नाकावन्दी अलग – अलग विषय भएको बताउदै नेता खनालले भन्नुभयो–‘ कुटनीतिक तवरले नाका खोल्न प्रयन्न गरेपनि अन्तराष्ट्रिय सहमति उल्लङ्घन गर्दै गरिएको नाकावन्दी अब भारत आफैंले खोल्ने पक्षमा पुगेको छ । ’
निहीत स्वार्थका लागि मधेशवादीदलले लामो समयदेखि तराइमा गरेको  आन्दोलनको कुनै तुक नरहेको जनाउदै समस्याको समाधान आन्दोलनबाट नभई बार्ता र सम्वादबाट मात्रै सम्भव भएकाले आन्दोलनरत दललाई उहाँले बार्तामा आउन पनि आग्रह गर्नुभयो ।
मुलुक अहिले चुनौतिपूर्ण र कठिन मोडवाट अघि बढीरहेको छ भन्दै उहाँले भन्नुभयो –‘आन्दोलनले कुनै पनि समस्याको समाधान निस्कदैन तसर्थ संविधान नै समस्याको ‘कुञ्जी’ भएकाले म आन्दोलनरत दललाई आग्रह गर्छु तपाईहरु बार्तामा आउनुहोस् टेवलमा वसेर निकास निकालौं ।’ 

Wednesday, December 16, 2015

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


सुरुङ्गा(झापा) २ पुस । झापाको मेचीनगरमा  जंगली हात्तीको आक्रमणबाट गएराति एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  मेचीनगर– ४निवासी ६८ वर्षीय डम्वर कुँवर रहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  गएराति गाउँ छिरेको जंगली हात्ती लखेट्ने क्रममा आक्रमण गरेको र दाराले घाटीमा रोपेपछि कुँवरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
स्थानीय जंगलबाट निस्किएको हात्ती धपाउन गाउँले भेला भएको र हात्ती धपाउदा धपाउदै कुँवरलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध –मन्त्री यादव



सुरुङ्गा  १ पुस । सिँचाइमन्त्री उमेश यादवले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज झापाको शिवसताक्षी नगरपालिकामा रहेको कनकाई सिँचाइ आयोजनाको स्थलगत अवलोकन गर्दै उहाँले सरकारले स्थानीय स्रोत साधनको भरपुर उपयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
मन्त्री यादवले आजै शिवसताक्षी नगरपालिकाकै कनकाई नदीमा सञ्चालित जनताको तटबन्ध कार्यक्रम र झिलझिलेमा पर्ने सतासी खोलाको नदी कटान क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभयो । रासस 

झापामा थ्रेसरबाट धान झार्दा झार्दै आगलागी



सुरुङ्गा(झापा) १ पुस । झापाको बिर्तामोड नगरपालिका –९ मा आज दिउसो थ्रेसरबाट धान झार्दा झार्दै आगलागी भएको छ ।

स्थानीय गोमादेवी सापकोटाको घर नजिकै धान झार्ने क्रममा अचानक परालमा आगो सल्कदा झार्दै गरेको ५ मन धान र पराल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट ३० हजार मूल्य वरावरको क्षति भएको बताइएको छ ।
आगलागी स्थानीयवासी, नेपाल प्रहरी र विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
 थ्रेसरबाट कसरी आगलागी भयो सो विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Monday, December 7, 2015

गुडिरहेको वसमा ठोक्किएको मोटरसाइकल जल्दा तीन घाइते


सुरुङ्गा(झापा) २२ मङ्सिर ।  पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया र १० वर्षीय बालक आशिष भण्डारी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Wednesday, November 18, 2015

अब बाल्मीकिमा वीवीए र एमवीएपनि


व्यवसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन् । कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त  कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेको हामी देख्न पाउँछौं । गुणस्तरीय शिक्षामा समुन्नत , सभ्य, समाज अनि भावी पिँढीको सुन्दर भविश्य निहित हुन्छ । यति जान्दा जान्दै पनि कोही रोजगारीको खोजीमा विदेश पलायन हुन्छन् त कोही भविश्य खोज्न भन्दै नेपाली युवा विदेशी भूमिमा पुग्ने गरेका छन् । भविश्य खोज्दै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवाले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई कतिले व्यवहारमा उतारेका छन् त कतिले आफूले आर्जन गरेको  ज्ञान र सीपलाई सही सदुपयोग गर्न नजान्दा बेरोजगार भएर भौतारिरहेको हामी प्रशस्त देख्न सक्छौं ।


भविश्यको खोजीमा विदेसिने नेपाली युवा भन्दा नेपालमा नै अध्ययन गर्ने तर राजधानीका महंगा कलेजमा पढेमात्रै गुणस्तरीय शिक्षा पाउन सकिन्छ र उत्कृष्ठ अंक हासिल गर्न सकिन्छ भन्ने भ्रम पालेर राजधानी लगायत विभिन्न ठूला सहरमा रहेका कलेज धाउनेको जमात पनि कम छैन यहा । यही कुरालाई मध्यनजर गर्दै पूर्वकै परिचित वालमीकि एजुकेशन फाउण्डेशन बिर्तामोडले गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मूला नाराका साथ मेची अञ्चलमा नै पहिलो पटक वीवीए (व्याचलर्स  इन विजनेश एड्मिनेष्टे«सन) र एमवीए ( मास्टर इन विजनेश एड्मिनेष्टे«सन)का कक्षा सञ्चालनका लागि वाल्मीकि लिङ्कन कलेज सञ्चालनमा ल्याएको छ ।
कुशल व्यवस्थापक बन्न धेरै युवाले यि विषय अध्ययन गर्ने गरेका छन् । व्यवहारिक अनि  प्रयोगात्मक शिक्षा आर्जन गरेमात्र सफल व्यवस्थापक बन्न सकिन्छ भन्ने विद्यार्थीको सोचलाई आत्मसाथ गर्दै वाल्मीकि लिङ्कन कलेजले यि विषय सञ्चालनका लागि कलेज सञ्चालनमा ल्याएको हो । कुशल व्यवस्थापक विना कुनैपनि व्यवसाय फस्टाउदैन । समाजको जुनसुकै क्षेत्र होस् त्यसको कुसल व्यवस्थापक उसले मात्रै गर्न सक्छ जोसंग व्यवस्थापनको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रयाप्त मात्रामा हुन्छ । कुसल व्यवस्थापक बन्न चाहाने विद्यार्थीका लागि वीवीए र एमवीए उपयुक्त विषय भएकाले लिङ्कन कलेजले पनि यि विषयमा अध्ययन अध्यापन गराई दक्षा विद्यार्थी उत्पादनमा जोड दिएको छ । मेची  वहुमुखी क्याम्पसले २०७० सालदेखि निजी स्तरवाट वीवीएका कक्षा सञ्चालन गरेको छ । विश्व विद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै मेची वहुमुखीक्याम्पसले वीवीएका कक्षा सञ्चालन गरेको छ । सोही अनुरुप लिङ्कन कलेजले पनि विश्वविद्यालयले निर्धारण गरेको कोटा अनुरुप नै कक्षा सञ्चालन गर्ने भएको छ ।
 दक्ष तथा अनुभवी शिक्षक, मल्टिमिडियाको माध्ययमद्धारा अध्ययन अध्यापन, प्रर्याप्त खेलमैदान ,प्रयोगात्मक शिक्षाका लागि उचीत व्यवस्थापन वाल्मीकि लिङ्कन कलेजका विषेशता हुन् । वीवीए र एमवीए अध्ययनपछि भविश्य सुनिश्चित छ भन्दै लिङ्कनले यहाँका विद्यार्थीलाई आफ्नै ठाउँमा बसेर पनि  उत्कृष्ठ शिक्षा हासिल गर्दै सुनिश्चित भविश्यका लागि यि विषय सञ्चालनमा ल्याएको हो वाल्मिीकि लिङ्कन कलेजका प्रोग्राम डाइरेक्टर  किशोर वस्नेतले भने । उनले व्यवस्थापनका विद्यार्थीका लागि वीवीए एक आर्कषक शैक्षिक कार्यक्रम भएकालेपनि कलेजले सञ्चालन गरिरहेको वीवीएस कार्यक्रमलाई व्यवस्थित गर्दै प्रयोगमुखी, व्यवहारिक र रोजगारका अवसर सहितको कार्यक्रम आफूहरुले लिएर आएको बताए ।  भविश्य सुनिश्चित भएकाले विद्यार्थीको रोजाई छ यि विषयमा उनले भने –विद्यार्थीको माग बमोजिम विल्मीकिले वीवीए र एमवीएका कक्षा सञ्चालनमा ल्याएको हो । वीवीए  र एमवीए कस्तो कार्यक्रम हो त  वस्नेत भन्छन् –शैद्धान्तिक, व्यवहारिक र प्रज्ञिक ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने कार्यक्रम हो यो ।
व्यवस्थापकीय जिम्वेवारी लिने र नेतृत्व निर्माणमा सधाउने यो व्यवसायलाई अन्य डिग्री प्रोग्राम भन्दा भिन्न रुपमा हेरिएको छ । यसबाट प्राप्त गर्ने विद्यार्थीको आत्म विश्वास पनि यसको मुख्य विशेषता हो । यि विषय अध्ययन गरेका विद्यार्थीले आफूलाई अरुभन्दा फरक रुपमा उभ्याउन सक्छन् भन्छन् वीवीएस पहिलो र दोस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीका लागि उपयोगी पुस्तक  टियु सोलुसनका लेखक तथा प्राध्यापक मोहन ओली । उनी भन्छन् – कुनै वैंक तथा वितीय संस्थामा जागिरका लागि प्रतिस्पर्धा गर्न जानुपरे वीवीए र एमवीए अध्ययन गरेका विद्यार्थी  भनेपछि उनीहरुसंग प्रतिस्पर्धा गर्ने मानिस हुदैनन् भनेहुन्छ  । किनकी उनीहरुमा अरु विषय अध्ययन गरेका विद्यार्थीमा भन्दा व्यवहारिक र शैद्धान्तिक ज्ञान बढी हुन्छ । प्राध्यापक ओलीका अनुसार विद्यार्थीले भोलि करियर सुरु गरेपछि सामना गर्नुपर्ने सारा समस्याका वारेमा विद्यार्थीलाई अभ्यास गराइन्छ । रिपोर्ट राइटिङ,वर्कसप,करियर काउन्सिलिङ जस्ता अतिरिक्त क्रियाकलाव यि विषय अध्ययन गर्दा अनिवार्य भएकाले विभिन्न कर्पोरेट हाउस र फमहरुमा गएर विद्यार्थीले इन्टर्नसिप गर्नुपर्छ त्यही भएर यि विषय अध्ययन गरेका विद्यार्थी आफैंमा दक्ष हुन्छन् प्राध्यापक ओलीले भने ।
मलेसियाको लिङ्कन युनिर्भसिटीबाट सम्वन्धन प्राप्त गरी नेपालमा बसेर अन्तराष्टिय स्तारको शिक्षा प्रदान गर्ने मान्यता राखेर यसै वर्षबाट सञ्चालनमा ल्याइएको छ वाल्मीकि लिङ्कन कलेज ।



नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत स्वीकृत लिएर चलाइएको कोर्षलाई त्रिभूवन विश्व विद्यालयले समेत मान्यता दिएको बताउनुहुन्छ वाल्मीकि लिङ्कन कलेजका प्राध्यापक आनन्द वस्नेत ।

 कलेजले विद्यार्थीलाई अध्ययन गराउदासमेत अन्य विषय भन्दा फरक रुपमा यो विषयलाई अध्ययन गराउने सोच अघिबढाएको बताउछन् प्रोडाम डाइरेक्टर वस्नेत । उनी भन्छन् –नेतृत्वदायी र क्षमतावान जनशक्ति उत्पादनमा देश  तथा विदेशमा अध्यापन गरेका प्राध्यापकहरुद्धारा रचनात्मक विश्लेषण र समस्या समाधानको सीमामा केन्द्रीत रहेर विद्यार्थीलाई सिकाइन्छ । सेमिष्टार प्रणली अन्र्तगत ४ वर्षे कोर्षमा अध्ययन अध्यापन गराउने शिक्षक आफैंमा अन्तराष्ट्रिय स्तरमा अनुभव बटुलिसकेका छन् ।  जसले विद्यार्थीलाई कितावी ज्ञानसंगै प्रयोगात्मक , रचनात्मक र समय समयमा गेष्ट लेक्चरकेश ,स्टडिज,सेमिनार , टे«निङ,फिल्ड भिजिट समेत गराएर गुणत्मक शिक्षा दिइन्छ बस्नेतले भने ।
यि विषय अध्ययन गराउँदा सेमिष्टार प्रणली अन्र्तगत ६ ÷६ महिनामा परीक्षा हुने प्रावधान छ । सोही अनुरुप लिङ्कन युनिर्भसिटीका प्रतिनिधि केन्द्राध्यक्षको रुपमा रहेर परीक्षा सञ्चालन गरिन्छ । लिङ्कनमा वीवीएमा एकाउन्ट, फाइनान्स,कम्युनिकेशन, कम्प्युटर लगायतका विषय अध्ययनगराइने भएकाले यि विषय आफैंमा स्तरीय छन् । यि विषय आफैंमा रोजगार मूलक विषय भएकाले यि विषय अध्ययन गरेका विद्यार्थीका लागि रोगजारको बाटो अब्बल छ । रोजगारको बाटो अब्बल भएकै कारण पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ वीवीए र एमवीए प्रोग्राम ।

लिङ्कन युनिर्भसिटीको परिचय

लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । मलेसियाको पेतालिङ जया भन्ने ठाँउमा छ । जुन मेलिसियाको राजधानी क्वालालाम्पुरबाट १० किलोमिटर पश्चिममा अवस्थित छ । यो विश्व विद्यालयले अन्तराष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । जसले विद्यार्थीहरुको सर्वाेपरी विकासको लागि उच्च शिक्षा प्रदान गर्दै आएरहेको छ । यस विश्व विद्यालयका संस्थापकहरु स्वयम शैक्षिक क्षेत्रमा सम्वद्ध रहेका छन् । उनीहरुले विद्यार्थीहरुमा निहीत क्षमता अभिवृद्धि गराउनेदेखि लिएर सोध र खोदका माध्यमबाट विद्यार्थीहरुलाई अत्याधुनिक शिक्षा प्रदान गर्ने हेतुले स्थापना गरिएको छ । विद्यार्थीलाई अध्ययन अध्यापन गरीसकेपछि रोजगार पाउँनका लागि मात्र नभएर स्वयम रोजगार उत्पन्न गरी अरु विद्यार्थीहरुलाई पनि रोजगार बनाउने काममा लागि परेका छन् ।

 वाल्मीकि लिङ्कन कलेजको परिचय


यो कलेज पनि लिङ्कन युनिर्भसिटीकै अवधारणालाई कार्यनवयन गर्दै आफ्नै स्थानीय ठाउँमा सञ्चालनमा आएको छ । लिङ्कन कलेजले उच्च शिक्षाको लागि विद्यार्थीहरु  देश विदेश पलायन भएको अवस्थामा उनीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गरी रोजगार हुने र रोजगार दिलाउने मुख्य अभिप्रायले स्थापना गरिएको कलेज हो ।

 यो कलेज बिर्तामोडको चित परिचित वाल्मीकि एजुकेशन फाउण्डेशनसंगै सञ्चालित छ । विगतका वर्षमा दशैंदेखि विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस फाउण्डेशनले विशेष गरी यस क्षेत्रका हजारौं विद्यार्थीलाई स्वरोजगार बनाइसकेको छ । सोही वाल्मीकि एजुकेशन फाउण्डेशनको हाता भित्रै लिङ्कन कलेजको स्थापना भइरहेको छ । जुन भवन भुकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न तथा व्यवस्थित रहेको छ । यही निर्माणाधीन कलेजमा अध्ययन अध्यापन गराइन्छ वीवीए र एमवीकाका कोर्षहरु ।

यस्ता छन् कलेजका विशेषताहरु
मल्टिमिडिया र ओभरहेड प्रोजेक्टरहरु सहितका कक्षा सञ्चालन ।
प्रर्याप्त खेल मैदान ।
फिल्ड भिजिटसहितका कक्षा सञ्चालन ।
करियर काउन्सिलिङका कक्षाहरु ।
नियमित एक्सेसमेन्ट ।
गेष्ट लेक्चररहरुबाट समय समयमा प्रेजेन्टेसन हुने ।
सेमिनार , केश स्टडिजहरुको व्यवस्था भएको ।
स्वदेश र विदेशमा स्वयम ख्याति प्राप्त र अनुभव बटुलेका लेक्चरहरुबाट अध्ययन अध्यापन गराइने ।

लिङ्कन युनिर्भसिटीसंग सम्वन्धीत नेपालका कलेजहरु 
वाल्मीकि लिङ्कन कलेज बिर्तामोड झापा
फिनिक्स कलेज काठमाडौं
आइआइएमएस काडमाडौं
–  टेक्सास इन्टरनेशनल कलेज काठमाडौं
एनसीएमटी काठमाडौं
यालापिक काठमाडौं
नेपाल विननेश कलेज विराटनगर
वेस्टन मेघा कलेज वुटवल
ग्रिनपिस लिङ्कन कलेज इटहरी
पोखरा लिङ्कन कलेज कास्की
एकाडेमी अफ कुलिनरी आड्स एण्ड हस्पिटालिटी मेनेज्मेन्ट ललितपुर



                                                       ‘वीवीए पढ्दा भविश्य सुनिश्चित’
प्रनिषा श्रेष्ठ
 झापा बुधवारे निवासी  प्रनिषा श्रेष्ठलाई वैंकको मेनेजर बन्ने ठूलो धोको छ । अन्य विषयको अध्ययनले उनलाई आफ्नो सपना पुरा नहोलानन् भन्ने चिन्ताले आफूले यो विषय  रोजेको उनी बताउछिन्  । घरमा नै बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भएपछि वाल्मीकि लिङ्कन कलेज रोजेकी हुँ भन्दै उनले भनिन् – मलाई सानैदेखि वैंकको मेनेजर बन्ने धोको थियो र वीवीए पढ्दा आफ्ना धोका पुरा हुने भएपछि यो विषय पढ्न कलेज जोइन गरे । वुधवारेकै कर्णलाी स्कूलबाट २०६९ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरेकी उनले त्रिभूवन विश्व विद्यालयबाट मान्यता प्राप्त कलेज भएकाले पनि उत्त कलेजमा राम्रो पढाइहुनेमा उनी विश्वस्थ छिन् ।

Wednesday, October 14, 2015

चकचकीमा स्थानीयवासीले बनाए दुर्गाको मन्दिर


बिर्तामोड,असोज २७ ।  दक्षिणी झापाको चकचकी–७ का स्थानीयवासीले  आफ्नै पहलमा दुर्गाको मन्दिर निर्माण गरेका छन् ।
चकचकी– ७ का स्थानीयवासीले दाताको सहयोगमा नवलुर्गा पाञ्चायन मन्दिरको निर्माण गरेको मन्दिर निर्माण समितिका संयोजक तेजप्रसाद रेग्मीले बताउनुभयो । उहाँले गत आर्थिक वर्षको माघ महिनामा मन्दिर निर्माणका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यले पद्य महायज्ञ लगाएको र महायज्ञाट स.कलित रकमसहित दाताको सहयोगमा मन्दिर निर्माण गरिएो बताउनुभयो । नव निर्मित मन्दिरो उद्घाटन समेत गरिएो छ । नव निर्मित मन्दिरको उद्घाटन सनातन धर्म सेवा समिति झापाा पूर्व अध्यक्ष तोयानाथ रिमालले गर्नुभयो । मन्दिर उद्घाटन समारोहमा स्थानीय समाजसेवी, वुद्धिजिवी, नागरिक समाजका अगुवा , दला प्रतिनिधिको वाक्लो उपस्थिति रहेको थियो ।
मन्दिर उद्घाटन समारोहमा स्थानीय ध्यानवहादुर वस्नेत, कृष्णकुमार थपलिया, यज्ञराज पुवाल, भूपाल सिवाकोटी, कमला सेढाई, लगायतले बोल्नुभएको थियो । मन्दिर निर्माणका लागि दाता परिवार तर्फ होमनाथ पौडेलले एक लाख ३२ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो भने इँटा व्यवसायी मनोहर  अग्वालले १३ ट्याक्टर इँटा प्रदान गर्नु भएको भवन निर्माण समिति अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । मन्दिर उद्घाटन समारोहमा स्वागत रामकुमार पोखरेलले गर्नुभएको थियो भने सञ्चालन कृष्णप्रसाद रिजालले गर्नुभएको थियो ।
      राजगढमा पनि दुर्गाको मन्दिरको शिलन्यास 
ऐतीहासिक पृष्ठभूमि बोकेको दक्षिणी झापाको राजगढ–६ स्थित पुरानो बजारमा रहेको दुर्गा  मन्दिर निर्माण शुरु गरिएको छ ।
१९८५ सालमा स्थानीय दाता भमा राजवंशीले आफ्नो जग्गा(हालको बजार क्षेत्रमा रहेको अशोकको रुख)मा दुर्गा भगवतीले वास गरेको जनाउँदै मन्दिर निर्माणका लागि जग्गा छुट्याएर निर्माण सुरु गरेको मन्दिरलाई व्यवस्थित गर्दै पूर्वाञ्चलकै नमूना योग्य मन्दिर निर्माण गर्ने उद्देश्यले राजगढका स्थानीयवासीले मन्दिरको निर्माण कार्य सुरु गरेका छन् ।
मन्दिर निर्माणा लागि स्थानीय व्यसायी विनोद साहको अध्यक्षतामा मन्दिर निर्माण समिति गठन गरेर आज विधिवत रुपमा मन्दिरको शिलन्यास गरिएको छ । झण्डै २५ लाख रुपैयाँ पर्ने जग्गालाई आफ्ना हजुरवुवाले मन्दिरका नाममा प्रदान गर्ने सर्त अनुरुप आफूहरुले पनि मन्दिरको नाममा उत्त जग्गा प्रदान गरेको भमा राजवंशीका नाति बुधलालले बताउनुभयो । उहाँले आफ्ना भाई हरिको निधन पछि वुहारी पाण्डुसंग सहकार्य गर्दै मन्दिरलाई प्रदान गरिएको जग्गा हस्तान्तरण गरेको बताउनुभयो । राजवंशीले मन्दिरका नाममा प्रदान गरिएको जग्गामा स्थानीयवासीले आफ्नै पहलमा मन्दिरको निर्माण कार्य सुरु गरेका छन् । मन्दिर निर्माणका लागि व्यवसायी विनोद साहाकी आमा आनन्दीदेवीले ४ लाख रुपैयाँ प्रदान गरेपछि उहाँले र कार्यक्रमका प्रमुख अतिथि राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले संयुक्त रुपमा मन्दिरको शिलन्यास गर्नुभयो । उहाँले आफ्ना चार छोरा विनोद,स्वगीय उमेश, नरेश र प्रेमलालको नाममा मन्दिरलाई सहयोग गरेको बताउनुभयो । झण्डै ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिने लागेको मन्दिरको शिलन्यास समारोहमा मन्दिर निर्माण समितिकी उपाध्यक्ष रवीना ढकाल पाँच हजार एक, सचिव धनेश्वरप्रसाद राजवंशी एक लाख, सह सचिव प्रम घिमिरे एघार हजार एक , कोषाध्यक्ष अर्जुन उप्रेती एक लाख, सदस्य जीवन ढकाल दश हजार, महेन्द्रप्रसाद वराल एघार हजार, टोपेन्द्र राजवंशी, दश हजार, सकमती राजवंशी, एघारहजार हरिनारायण ठाकुर पाँचहजार एक सय ५१ पेल्कुलाल गणेश पाँच हजार रुपैयाँ प्रदान गर्नुभयो । मन्दिर निर्माण समितिका तर्फबाट सदस्यमा रहनुभएका सन्तोष कानु, धर्मानन्दा गौतम, कैलाश चौधरी, नरेश साहले पनि रमक प्रदान गर्ने बताइएको छ ।
त्यस्तै मन्रिको संरक्षकका रपमा वुधलाल राजवंशी रहनुभएो छ भने सल्लाहकार संरक्षकमा रामप्रसाद दुलाल रहनुभएको छ । यसैगरी दाता रवन सहनीले मन्दिर निर्माणका लागि एक हजार पाँचसय इँटा प्दान गर्ने बताइएको छ । यसैगरी विष्णु राजवंशी र ज्योतिष मण्डालले पनि सहयोग गर्ने कार्यक्रममा उद्घोष गर्नुभयो ।  मन्दिर शिलन्यास कार्यक्रममा कृष्ण खतिवडा, रामप्रसाद दुलाल, ओमनारायण राजवंशी, मोतिलाल राजवंशी, राम दुलाल, वुधलाल राजवंशी, विन्देश्वर राजवंशी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव धनेश्वरप्रसाद राजवंशीले गर्नुभएो थियो ।


Sunday, October 11, 2015

शान्तिनगरमा स्वास्थ्य चौकीको भवन निर्माण हुँदै


सुरुङ्गा (झापा) २४ असोज । झापाको शान्तिनगरमा रु एक करोड ३० लाख २९ हजार ४६ रुपैयाँ ४६ पैसाको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ ।
पूर्वोत्तर झापाका स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले स्वास्थ्य संस्थाको भवन निर्माण सुरु गरेको शान्तिनगर स्वास्थ्य चौकीका इन्चार्ज दीपक सापकोटाले बताउनुभयो । उहाँले दुई तले पक्की
भवन आठ – आठ कोठाका रहने बताउनुभयो ।
सारा सृष्टि निर्माण सेवा कम्पनी प्रालिले भवन निर्माणको जिम्मा लिएको शान्तिनगर गाविस सचिव सुर्दशन वरालले बताउनुभयो । निर्माणाधीन भवन २०७२ साल मंसीरसम्ममा निर्माण गरी सक्नुपर्ने सम्झौता भएपनि भवन निर्माणका लागि सरकारले घोषणा गरेको चुरे क्षेत्र संरक्षण गर्ने भन्दै तीन महिना नदी जन्य सामाग्री (ढुङ्गा,गिट्टी वालुवा) निकाल्न नपाएका कारण  भवन निर्माण समयमै सम्पन्न गर्न नसकिएको र  भवन निर्माण सम्पन्न गर्न थपं छ  महिना लाग्ने निर्माण कम्पनीका प्रमुख ठेकेदार सन्तवहादुर राईले बताउनुभयो ।

भोलिबाट मेची अञ्चलमा पेट्रोलको अभाव टर्ने


सुरुङ्गा(झापा) २४ असोज । भोलिबाट मेची अञ्चलमा पेट्रोलको अभाव टर्ने भएको छ ।
पूर्वी नाका काँकरभिट्टा भएर आज दश ट्याङ्कर पेट्रोल झापा भित्रिने र सवै पेट्रोल  भोलि विहानैबाट झापा सहित मेची अञ्चलमा वितरण गरिने मेची पेट्रोलियम डिर्लस एशोसिएसन झापाका अध्यक्ष लय भण्डारीले बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ लिन गएका ३० वटा ट्याङ्करले तेल भरिसकेको र आज १० वटा ट्याङ्कर पेट्रोल लिएर झापा आइपुग्ने बताउनुभयो ।
यस अघि हिजो आएको २० ट्याङ्कर पेट्रोलियम पदार्थ झापाले काठमाडौं पठाएको थियो ।

Tuesday, September 29, 2015

च्याउका लागि झापा आत्म निर्भर



सुरुङ्गा (झापा) १२ असोज । झापा जिल्ला च्याउ खेतीका लागि आत्म निर्भर भएको छ ।
सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रम मार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले तालिमसंगै नगद ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यवसायिक रुपमा च्याउ खेती सुरु गरेसंगै झापा जिल्ला च्याउका लागि आत्म निर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालय झापाले युवालाई तालिमसंगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जना युवाले व्यवसायिक फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने झण्डै तीनसय  बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो । उहाँले झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका युवाले च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो ।

बिर्तामोडसंगै दमक, काँकरभिट्टा, कनकाई,शिवसतासी,भद्रपुर नगरपालिका कृषकले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्ष अघिसम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात आयात गरिदै आएपनि आर्थिक वर्ष २०७१÷०७२ बाट झापाले मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको भट्टराईले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ सालमा झापामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँचसय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार तीन सय मेट्रिक ठनमात्रै च्याउ उत्पादन भएको थियो ।
झापामा सबैभन्दा बढी  कन्ने च्याउ उत्पादन हुने गरेको छ । प्ति केजी दुई सय रुपैयाँका दरले विक्री हुने च्याउ आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै ३६ लाख रुपैयाँको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक भट्टराईले बताउनुभयो ।

च्याउ मानव स्वास्थ्यका लागि अति उपयोगी भएको र कम परिश्रममा पनि उत्पादन गर्न सकिने भएकाले यसप्रति कृषकको झुकाब बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताउनुभयो ।

Monday, September 28, 2015

झोलुङ्गे पुलको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री सिटौलाले भन्नुभयो – अघोषित नाकाबन्दी छिटै समाधान हुन्छ



सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दी छिटै समाधान हुने बताउनु भएको छ ।
भmापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा लगभग रु ३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको झोलङ्गे पुल शिलान्यस गर्नुहुँदै यस्तो बताउनुभएको हो ।  घर परिवारको झगडा त छिमेकीसंग नै हुने गरेको उदाहरण दिदै महामन्त्री सिटौलाले भन्नभुयो– ‘झगडा को संग हुन्छ, छिमेकीसगै तसर्थ भारतले लगाएको अघोषित नाका
वन्दी छिट्टै समाधान हुन्छ ।’

संविधान मस्यौदा समितिका संयोजक समेत रहनु भएका सिटौलाले नेपालमा जारी भएको सविधान भन्दा पनि चित्त नबुझेका दलहरु संघीयता, सिमाङ्कंन, प्रदेश लगायतको बिषय बाहेक अन्य सवै बिषयमा सहमत जनाएको धारणा राख्नु भयो । उहाँले अब एक महिना भित्र सरकार फेरबदल हुने बताउदै  अब बन्ने नयाँ सरकार बहुमत प्रक्रियाबाट नबन्ने निश्चित छ भन्नुभयो ।

जिल्ला विकास समिति झापाका इन्जिनियर सुशील  श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सुधीरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, नेपाली काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्रीय सभापति जीवन श्रेष्ठ, एकीकृत नेकपामाओवादीका गगन पुरी लगायतले संविधान पछिको अबको बाटो देश विकास निर्माण तर्फ हुनुपर्नेमा बताउनुभयो ।
 मेचीपारीका स्थानीयले पटक – पटक महेशपुरको मेची नदीमा पुल बन्नु पर्ने आवाज उठाइरहेको बेला झोलङ्गे पुल बन्ने निश्चित भएपछि स्थानीय हर्षित बनेका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलव्ध गराएको रकमबाट झोलुङ्गे पुल निर्माण गरिन लागेको बताइएको छ ।
भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौले यही भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो ।  २ सय ८० मिटर लामो र १३ मिटर चौढाई भएको पुलको निर्माण कार्य सोही अनुरुप अघि बढाइएको कार्यक्रममा जानकारी दिइयो । 

फेसबुकको लत वृद्धमा पनि उत्तिकै




सुरुङ्गा (झापा) ११ असोज । सूचना प्रविधिको विकासले नेपालको सञ्चार क्षेत्रमा व्यापक परिर्वतन ल्याएको छ ।
विकासका पूर्वाधारहरु मध्ये सञ्चार क्षेत्रको विकास तराईदेखि हिमालसम्म र मेचीदेखि महाकालीसम्म समान रुपले भएको छ । सञ्चार क्षेत्रको विकासले नेपालीहरुलाई विश्वसंग नजिक बनाएको छ भने त्यससंगै विकास भएको इन्टरनेटको सुविधाले सदृष्य भेट गराएको छ ।
अहिले बोली फुटेका बालबालिकादेखि एकसय वर्ष पुग्न लागेका वृद्धहरुपनि सञ्चारले ल्याएको इन्टरनेट सेवाको उपभोग गरिरहेका छन् । त्यसको माध्यमबाट तत्काल ताजा खबर प्राप्त हुने साथै टाढा टाढाका आफन्तहरुसंग प्रत्यक्ष  भेटघाट हुने हुँदा त्यसको उपयोग बढेर गएको हो ।
प्रत्येक उमेर समूहका लागि फरक – फरक प्रकृतिका खुराक पाइनेभएकाले इन्टरनेट सेवा दुव्र्यसन सरहको अनिर्वाय साधन बन्दै गएको छ । यसका असल पक्षहरुलाई उपयोग गरी विद्यार्थीदेखि अध्योताहरुसम्मले लाभ लिइरहेका छन् । देश विदेशका घटना दुर्घटनाको सूचना प्राप्त गर्ने चाहनेहरुलाई विद्युतीय माध्यमको यो सेवा अत्यान्त प्रभावकारी बन्दै गएको छ । स साना बालबालिकालाई चित्रको माध्यमबाट जिज्ञासु बनाउन होस् वा विश्वका सम्पूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउन किन नहोस् विद्यालयदेखि नै कम्प्युटर शिक्षा लागू गरिएको छ । फलस्वरुप इन्टरनेट सेवाको  प्रयोगकर्ताको सङ्ख्या अहिले ह्वात्तै बढेको छ । विज्ञान जगतमा आएको पछिल्लो उपलव्धि र त्यससंग जोडिएको इन्टरनेट अनि त्यसकै माध्यमबाट सामाजिक सञ्जालमा जोड्ने फेसवुक यतिवला ‘नेपाली संस्कृति’ जस्तै बनिन थालेको छ ।
खासगरी सहर र बजारहरुमा हुर्किएको इन्टरनेट संस्कृतिले यसको पहुँच पुगेसम्मका ठाउँहरुमा प्रभाव पार्दै लगेको छ । बिर्तामोडका पुराना वासिन्दा टुङ्गवहादुर वस्नेत गएको असोज ४ गतेदेखि ९३ वर्ष लाग्नुभएको छ । उहाँलाई विहान उठ्नासाथ स्थानीय पत्रपत्रिकादेखि लिएर काठमाडौबवाट प्रकासित अखबारहरु पढ्नैपर्छ । अखबारसंगै गोजीबाट मोवाइल झिकेर इन्टरनेटको सहायताले अनलाईन समाचार पढ्न थाल्नुहुन्छ उहाँ । अनौठो कुरा छ के छ भने उहाँलाई मोवाइलको अक्षर पढ्न चस्मा लगाउनु पर्दैन  । इलामको ग्रामीण क्षेत्र साँखेजुङ्गमा जन्मनुभएका वस्नेतले ऊ वेला उपलव्ध भएको सामान्य शिक्षा मात्र हासिल गर्नुभएको थियो ।  त्यही आधारमा सामान्य अंग्रेजी बुझ्न  सक्नुहुन्छ उहाँ र सामाजिक सञ्जालमा लेखिएका ‘स्टाटस्’ पढ्न पनि सक्नुहुन्छ ।
सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहेका आफन्तसंग नजिक भइने विचार राख्ने वस्नेत राजनीतिक प्रतिपनि उत्तिकै सचेत हुनुहुन्छ ।  २०१५ सालमा भएको आम निर्वाचनका समयमा नेपाली काँग्रेसको इलाम क्षेत्रबाट प्रचारकसमेत रहनुभएका  वस्नेतसंग नेपाली काँग्रेसका आदर्श पुरुष वीपी कोइरालासंग सहचर्य गरेको अनुभव पनि छ । चेतना आएदेखि राजनीतिमा अबिच्छिन्न सम्लग्नता राख्दै आउनुभएका उहाँ फेसवुकका माध्यमबाट पनि देशको राजनीतिसंग नजिक हुँइने विचार ब्यक्त गर्नुहुन्छ ।
वयोवृद्ध वस्नेत फेसवुक प्रयोगकर्ताका प्रतिक मात्र हुनुहुन्छ ।  उहाँकै उमेर समूह र तहका नेपालीहरुमा पनि  यस्तो सेवाको उपयोग गर्ने प्रवृत्ति बढ्दै  गएको छ ।
 वस्नेत जस्तै झापाको सुरुङ्गा निवासी ७५ वर्षीय कोमलप्रसाद पोखरेलको पनि संसारलाई नजिकबाट नियाल्ने साधन अहिले फेसवुक नै बनेको छ । उहाँपनि वस्नेत जस्तै देश विदेशका खवर थाहा पाउनका लागि फेसवुक प्रयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – रेडियोले भन्दापनि छिटो फेसवुकबाट देश विदेशका घटना थाहा पाइदो रहेछ र मोवाइलबाटै अहिले फेसवुक चलाउछु ।  पोखरेललाई अहिले फेसवुक नशा जस्तै बनेको छ । विहान नृत्य कर्म सकेर चिया खादादेखि वेलुका सुत्नु अघिपनि फेसवुक नचलाई सुत्ने गरेको छुइन उहाँले भन्नुभयो ।
उहाँजस्तै साहित्यकार चुडामणि रेग्मी उमेरले झण्डै ८० वसन्त पार गरिसक्नुभयो । उहाँलाई पनि फेसवुक दैनिक नचलाई चित्तै बुझ्दैन ।   फेसबुकको माध्यमबाट समाचार मात्र होइन साहित्य सृजनापनि पढ्न पाइने भएकाले उहाँ दिनहुँजसो फेसवुक चलाउने गर्नुहुन्छ नेपाली लेखक संघ झापाका सल्लाहकार लक्ष्मण ढकालले भन्नुभयो ।  अहिले फोन भन्दा पनि सजिलो माध्यम फेसवुक भएकाले काही कुनै साहित्यिक कार्यक्रम हुने भए  म पनि उहाँसंग प्राय फेसवुकमै कुरा गर्छु ढकालले भन्नुभयो । फेसवुकबाट भिडियो च्याट पनि गर्न मिल्ने भएकाले हामी प्राय यो सेवाको उपयोग गरिरहेका हुन्छौं ढकालले भन्नुभयो ।
यता नेपाल प्राज्ञ प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाई पनि अहिले ७० को हाराहारीमा हिड्दै हुनुहुन्छ । उहाँको पनि फेसबुक अहिले सञ्चार माध्यमको सबैभन्दा प्रिय साधन बनेको छ । २०४६ सालबाट टेलिफोन सेवाको उपयोग गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ –‘ ऊ बेला टेलिफोन सबैभन्दा सजिलो सञ्चार माध्यम थियो तर अहिले त त्यो भन्दापनि सजिलो साधन फेसबुक भएको छ ।’  फेसवुकमा न त नम्वर चाहियो न त अरु केही एक पटक पोष्ट गरेपछि संसारले हेर्न सक्छन् त्यही भएरपनि यो साधन मेरो मात्रै होइन सबैको प्रिय भएको हुनसक्छ उहाँले भन्नुभयो ।
युवा वर्गले मात्रै फेसवुक सहित अन्य सामाजिक सञ्जाल चलाउछन् भन्ने मान्यतालाई पर राख्न माथिका पत्र नै काफी छन् । युवा वर्गले फेसवुकलाई सूचना लिने र सूचना दिने सञ्चारको सही माध्यम बनाउनु अनि अग्रजहरुको जानकारी प्राप्त गर्ने यस्तो प्रवृत्ति युवाहरुमा पनि आउनसके देशको अनुहार फेर्न धेरैसमय लाग्दैन । तस्विर पनि छ । 

काँकरभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ बोकेका १३ वटा टयाङ्कर भित्रिए


सुरुङ्गा (झापा) ११ असोज । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको  बेला पूर्वी नाका
काँकरभिट्टा भएर इन्धन भित्रन सुरु गरेको छ ।
 जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भारतको पानी ट्याङ्की हुँदै १३ वटा पेट्रोलिय पदार्थ बोकेका ट्याङकर भित्रिएका छन् ।  भारतीय सुरक्षाकर्मी एसएसवीले माथिको आदेश भन्दै ६ दिनदेखि नाका ठप्प पारेको छ । भारतीय सुरक्षाकर्मीले कुहिने बस्तुलाई भने क्रमिक रुपले भित्रन दिएपनि तरकारी, माछा मासु जस्ता बस्तु भने सहज रुपमा नेपाल भित्रिरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाले बताउनुभयो । उहाँका अनुसार अहिले सम्ममा १३ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल भित्रिएका छन् ।
सहज रुपमा सवारी आवागमनमा भारतले अवरोध पु¥याएपछि राजश्व संकलनमा समेत प्रभाव परेको मेची भन्सार कार्यालयले जनाएको छ । सरदर रु १ करोड ५० लाख राजस्व संकलन गर्ने मेची भन्सार कार्यलयले ३ दिनमा ५४ लाख ९२ हजार ८ सय ७१ मात्र राजस्व संकलन गरेको सूचना अधिकारी झाले बताउनुभयो ।
यता मेची पेट्रोलियम डिलर्स एसोसिएसन झापाका अध्यक्ष लय भण्डारीले भारतको जोगमुनी नाकामा तेल  भरिएका २ सय ८० बटा गाडी त्यहाँ तेल भरेर थन्किएका छन् । ति सवारी दिनहुँ विस्तारै नेपाल प्रवेश गर्न थालेको बताइएको छ । 

डम्बरकुमारी आठ वर्षदेखि साङ्गोमा बाँधिएर बस्न बाध्य






सुरुङ्गा (झापा), ११ असोज । झापाको गरामनी– ४ निवासी २५ वर्षीया डम्बरकुमारी पाण्डेलाई आठ वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ ।

नेपाल प्रहरीको जागिर खाएर अपराधमा संलग्नलाई हत्कडी लगाउने सपना बोकेकी उनी अहिले आफ्नै घरमा विगत आठ वर्षदेखि फलामे साङ्लोले बाँधिएर पशुसरह जीवन बिताउन बाध्य छिन् ।
भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा ८ मा अध्ययनरत भएकै बेला उनी प्रहरी बन्ने सपना बोकेर साथीहरुसँग
नवलपरासी गएकी थिइन् । त्यहाँ उनी रनिङ गर्ने क्रममा चिप्लिएर लडेपछि उनको सपना चकनाचुर मात्र भएन त्यसकै कारण डम्बरकुमारी अहिलेसम्म पनि साङ्लोमा बाँधिएर नारकीय जीवन बिताउन बाध्य छिन् ।

लडेपछि उनी सोही समयदेखि बिरामी परेको उनको परिवारले बताएको छ । सुरुमा मानसिक सन्तुलन नगुमेकी उनको विस्तारै मानसिक सन्तुलन गुमेसँगै यो अवस्थामा आएकी हुन् ।



बुबाको निधनपश्चात ७४ वर्षीय वृद्धा आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डेले विगत आठ वर्षदेखि उनलाई फलामे साङ्गोले घरको एउटा कोठामा बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे चेनले बाँधिएकी डम्बरकुमारीलाई उनका आमा र भाउजुले अहिले हेरचाह गरिरहेका छन् ।

महिला प्रहरीमा जागिर खाने रहर बोकेकी मेरी छोरी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन र लड्दा उसको टाउकोमा चोट लागेपछि नवलपरासीबाट घर ल्याएका थियाँै उनकी आमा हरिमायाले भन्नुभयो ।

छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाँक्रीलाई देखायौँ तर पनि डम्बरकुमारी सञ्चो नभएपछि उपचारका लागि काठमाडौँ लगियो आमाले विगत सम्झँदै भन्नुभयो– “काठमाडाँै लगेर मानसिक रोग विशेषज्ञलाई देखायाँै तर पनि उसको शारीरिक अवस्था ठीक भएन ।

डम्बरकुमारीकी भाउजु मैनाले नन्दको उपचारका लागि जग्गा जमिन बेचेर रु चार लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको बताउनुभयो । रासस 

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदैछन् गजेन्द्र



सुरुङ्गा (झापा) ११ असोज । झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश फर्किए लगत्तै  रोजगारीकै लागि मलेसिया जानुभयो । मलेसियामा पनि भनेजस्तो काम नपाएपछि उहाँले त्यहाँ साढे १४ वर्ष मलेसियन सरकारसंग (इलिगल)  लुकेर कामको खोजीमा विभिन्न कम्पनी चाहार्दै जसोतसो साहुँको ऋण त तिर्नुभयो तर घर फकिर्दा उहाँ खाली हात आउनुप¥यो ।



 लामो समयसम्म पनि विदेशमा दुःख गर्दा भनेजस्तो कमाई नभएपछि अहिले लिम्बू आफ्नै बुवाले जोडेको जमिनमा कृषि पेशा गर्दै आउनुभएको छ । विदेशमा पाएको दुःख सम्झिएर लिम्बू यतिवेला दिनरात आफ्नै खेतमा श्रम र पसिना बगाउदै हुनुहुन्छ । उहाँले विदेसिले गरेजस्तो दुःख नेपालमा पनि गरिए त्यो भन्दा राम्रो कमाई गर्न सकिने जनाउदै अहिले आफ्नै खेतमा अदुवा खेती सुरु गर्नु भएको छ । मलेसियामा बस्ता पनि केही वर्ष खेती गरेको बताउँदै उहाँले भन्नुभयो – मलेसियाको वालुवामाथि पनि अन्न उत्पादन गरेको थिए कसो यहाँ अन्न नफल्ला त त्यही भएर यो वर्षबाट अदुवा खेती सुरु गरेको हुँ ।
झण्डै १२ कठ्ठा क्षेत्रफलमा उहाँले यो वर्ष ५ क्विन्टल भन्दा बढी अदुवाको वीऊ  रोप्नु भएको छ । धान खेतीले नपोसाएकाले  यो वर्षबाट व्यवसायिक रुपमा अदुवा खेती सुरु गरेको छु लिम्बूले भन्नुभयो । झण्डै दुई लाख रुपैयाँ लगानी गरेर सुरु गरेको अदुवाखेती पाक्न नपाउँदै आफूले लगानी गरेको  रकम उठाएसकेको उहाँले बताउनुभयो । अदुवा रोपेर उर्मिरपछि केही महिनामा त्यसको वीऊ झिक्न मिल्ने भएकाले  आफूले गरेको लगानी नडुब्नेमा म ढुक्क थिए उहाँले हामीसंगको कुराकानीमा भन्नुभयो । लगाएको वाली पाक्न नपाउदै आफूले गरेको लगानी उठिसकेकाले लिम्वूले अदुवा खेतीबाट मात्रै यो वर्ष पाँचलाख भन्दा बढी मुनाफा गर्ने लक्ष्य लिएको बताउनुभयो । विदेशमा १५ वर्ष बस्ता ५ लाख कमाउनसकिन होला यहाँ एक वालीमा खर्चकटाएर पाँचलाख भन्दा बढी कमाउन सकिदोरहेछ अब किन जानुप¥यो र विदेश उहाँ उल्टै प्रतिप्रश्न गर्नुहुन्छ ।
लिम्बूले गरेको अदुवाखेती अहिले गाउँकै लागि नमूना बनेको छ । १२ कठ्ठा क्षेत्रफलमा वर्षेनी २० मन धान उत्पादन गर्दै आउनुभएका उहाँले धान खेतीले नपोसाएको जनाउदै वाली परिवर्तन गरेर सुरु गरेको अदुवाखेतीले पाक्न नपाउदै लगानी उठेकाले उहाँको कमाई देखेर अहिले उहाँसंग अदुवाको बीऊ माग्न आउनेको कमी छैन । उहाँसंग अदुवा नबिक्लाकी भन्ने चिन्ता नभएकाले शरणामती मात्र होइन अर्काे सालबाट कुमरखोद, टाघनडुव्वा, चकचकी लगायतका कृषकले अदुवाको बीऊ माग गरेकाले अदुवाको बजार राम्रो रहेको लिब्बूले बताउनुभयो । लिब्वूले आफ्नो अदुवावारीमा अदुवासंगै खुर्सानी लगाएकाले खुसार्नीले समेत उत्तिकै फाइदा दिइरहेको बताउनुभयो ।
दिनानुदिन नेपाली युवा विदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो –हामीले काम गर्न नजानेर रहेछ जाने यही सुन फल्छ भन्थे बुढापाकाले हो रहेछ । विदेशबाट फर्किएर अदुवाखेती सुरु गर्नुभएका उहाँअहिले गाउँकै नमूना योग्य कृषक बन्नुभएको स्थानीय हिमवहादु सापकोटाले भन्नुभयो । खेतालापनि कम लाग्ने भएकाले यो वाली लगाउदा मनन्य आम्दानी गर्न सकिदो रहेछ हामीपनि अर्काेबर्षबाट अदुवा खेती गछौं उहाँले भन्नुभयो ।
विदेशमा गरेको दुःख भूलाउन मलाई माध्यम बनेको छ अदुवा खेती कहिल्यौ एक्लो हुनुपरेको छैन लिम्बूले भन्नुभयो– अकोसालपनि यही वाली लगाउछु । ठाउँ ठाउँमा अदुवा मरेको छ यहाँ भनेको वेला विदेशमा जस्तो कृषि प्राविधिक नआउदा रहेछन् मलाई पनि खासै अनुभव नभएकाले यो वर्ष उत्पादन सोचे अनुरुप नभएपनि अर्काे वर्षबाट एकसिजनमा दश लाखको अदुवा बच्नेगरी अदुवा रोप्छु लिम्बूले भन्नुभयो ।

यता झापामा गत आर्थिक वर्षमा झापाका कृषकले अदुवा बेचेरमात्रै ३९ करोड ५६लाख ७५ हजार रुपैयाँ भित्र्याएका थिए ।
जिल्ला कृषि विकास कार्यालय झापाले दिएको जानकारी अनुसार ४ हजार ६ सय ५५ मेट्रिकटन अदुवा निर्यात भएसंगै उक्त रकम भित्रिएको थियो ।  जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा कृषकले उत्पादन गरेको अदुवा पूर्वी नाका काँकरभिट्टा हुँदै भारत निर्यात भएसंगै अदुवा बिक्रीबाट ३९ करोड रुपैयाँ नेपाल भित्रिएको जिल्ला कृषि बिकास कार्यालय झापाका शालीकराम भट्टराईले जानकारी दिनुभयो ।  
अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले  झापाको धुलावारीमा अदुवा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु भएपछि लिम्बू मात्र होइन झापाका धेरै कृषक अदुवा खेतीमा आर्कषित भएका छन् । सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आउन लागेको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि डब्ल्यूटीओले ११ लाख ७३ हजार ६ सय ९४ डलर खर्च गर्ने बताइएको छ । तीन वर्ष भित्रमा परियोजनाको काम सम्पन्न गरी यहाँका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्वी बनाउने अवधारणा अनुसार अहिले काम भई रहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाले पनि अदुवा उत्पादनमा जोड दिदै जिल्लाका ७ ठाउँमा अशल कृषि उत्पादन कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई वीऊ विजनसमेत निःशुल्क उपलब्ध गराएसंगै अदुवा खेतीमा कृषकले जोड दिएको भट्टराईले बताउनुभयो । जिल्लाका खुदुनावारी,डाँगीवारी,शान्तिनगर, वुधवारे,वाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा सञ्चालित पाठशालाबाट तीनसय जना प्रशिक्षक समेत तयार पारिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।  

Wednesday, September 23, 2015

आन्दोलनरत दललाई बार्तामा आउन नेपाली काँग्रेसका महामन्त्री सिटौलाको आग्रह


सुरुङ्गा (झापा) ६ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलनरत दललाई बार्तामा आउन आग्रह गर्नुभएको छ ।

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ को घोषणा भएको खुशीयालीमा नेपाल महिला संघ र नेपाल शिक्षक संघले आज झापाको भद्रपुरस्थित नेपाली कांग्रेस नगर समितिको पार्टी कार्यालयमा आयोजना गरेको   बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

आन्दोलन र हिंसा नेपाली जनता र राष्ट्रको चाहना नभएकोले त्यसलाई त्यागेर चित्त नबुझेका कुरा शान्तिपूर्ण रुपमा माग्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै उहाँले भन्नुभयो–‘समाजलाई नै अशान्त, आक्रान्त र धेरै नेपालीको रगत बगाए त्यस्तो बहादुरी देखाउनु आफैंमा असभ्य र अशोभनीय कार्य हो ।’
देशमा जारी संविधान नेपाली काँग्रेस, नेकपा एमाले र  एकीकृत माओबादी लगायत कुनै पार्टी विशेषको नभएर नेपाली जनताको भएको उहाँको भनाई थियो ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संसद्द्वय सुधीरकुमार शिवाकोटी, अमृतलाल राजवंशीसहित  नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष जनक पाण्डे, पार्टीका महासमिति सदस्य तारा भुर्तेल, नेपाल महिला संघ झापा ३ नम्बर क्षेत्रीय सभापति शर्मिला अधिकारी लगयातले बोल्नुभएको थियो ।

पूूर्वमा ४ दिनदेखि जारी लिम्वुवानको आम हड्ताल फिर्ता


सुरुङ्गा(झापा) ६ असोज । संविधानको
विरोध गर्दै आन्दोलनमा उत्रिएको संघीय लिम्बुवान पार्टी नेपालले पूर्वमा ४ दिनदेखि जारी आम हड्तालका सम्पूर्ण  कार्यक्रम आजबाट फिर्ता लिएको छ ।
आज झापाको दमकमा सांसदद्वय  दीपक कार्की र महेन्द्रकुमारी सुब्बाको आगुवाइमा भएको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइका लागि पहल गर्ने निर्णय भएपछि उक्त पार्टीले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।  आन्दोलनका कार्यक्रम बन्द फिर्ता लिएसंगै पूर्वमा जारी रहेको बन्द आज दिउसोबाट खुलेको छ । बन्द खुलेसंगै बजार ,कलकारखाना उद्योग धन्दा सञ्चालनमा आउन थालेको र सवारीसाधन पनि सञ्चालनमा आएसंगै जनजीवन सामान्य बन्दै गएको अञ्चल प्रहरी कार्यलय मेचीले जनाएको छ ।
वन्द खुलाउने क्रममा पूर्व सभाषद विश्वदीप लिङ्देन, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकास प्रसाई ,नेपाल रेडक्रश सोसाइटी दमकका अध्यक्ष लीला गुरागाईले विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।
आन्दोलनका क्रममा संघीय लिम्बुवान पार्टी नेपालको कार्यालय तोडफोड भएको घटना प्रति तीन दल(नेपाली काँग्रेस,नेकपा एमाले र एकीकृत नेकपा माओवादी) लाई दुःख व्यक्त गर्न समेत लगाउने सहमतिसंगै आफ्ना बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता भएको लिम्वूवान आन्दोलन परिचालन समितिका प्रवत्ता प्रेमदीप थाम्सुहाङले बताउनुभयो ।
नेपालको संविधान २०७२ घोषणा भएको भोलिपल्ट विजयोत्सव मनाउने क्रममा बन्दकर्ता र विजयोत्सवमा सहभागीबीच दमकमा झडप हुँदा एक प्रहरी सहित ८ जना घाइते भएका थिए । सोही क्रममा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको थियो र विजयोत्सव बिथोल्ने लिम्वुवानका १६ जना कार्यकर्ता पक्राउ गरेको थियो ।
वन्द खुलाउने विषयमा भएको बार्तामा पार्टीका तर्फबाट थाम्सुहाङ सहित संयुक्त संर्घष समितिका लोकसागर साँवा , पार्टीका केन्द्रीय सदस्य निश्चलता लावती लगायतले हस्ताक्षर गर्नुभएको छ । 

अत्याधिक मदिरा सेवन दुलालको ज्यान गयो


सुरुङ्गा(झापा) ६ असोज  । अत्याधिक मदिरा सेवनका कारण आज झापाको कनकाई नगरपालिकास्थित दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका घर भएका ६०
वर्षीय जयप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्रीले बताउनुभयो । दुलाल पूर्व पश्चिम राजमार्ग अन्र्तगत दुर्गापुर बजार उत्तरमा रहेको दलित सामुदायिक भवनमा  माधक पदार्थ सेवन गरेर सुतेको र लामो समयसम्म पनि नउठेपछि स्थानीयले हेर्दा उनी मृत अबस्थामा भेटिएपछि  प्रहरीलाई खवर गरेको डीएसपी खत्रीले बताउनुभयो । उहाँका अनुसार दुलालले आज विहानैदेखि  दुर्गापुर बजारबाट माधकपदार्थ किनेर सेवन गरेका थिए ।
विभिन्न व्राण्डका माधक पदार्थका वोतल उनको शव नजिकै फेला परेकाले पनि उनले अत्याधिक माधक पदार्थ सेवन गरेर मृत्यु भएको हुनसक्छ  डीएसपी खत्रीले भन्नुभयो ।  मृत अवस्थामा भेटिएका उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको समेत खत्रीले बताउनुभयो । 

Tuesday, September 22, 2015

भरुवा बन्दुक सहित तीन पक्राउ


सुरुङ्गा(झापा) ६ असोज । झापाको शनिअर्जुन नगरपालिकाबाट प्रहरीले एकथान भरुवा बन्दुक सहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खुदुनावारी–८ निवासी २० वर्षीय सुमन खतिवडा, सोही ठाउँका २४ वर्षीय प्रदिप भण्डारी र शनिअर्जुन नगरपालिका– ३ निवासी २३ वर्षीय गौरव बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  गएराति दहिझोडामा स्थानीय गा
उँलेलाई हप्काउदै हिड्ने उनीहरुलाई  इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरीको विशेष टोलीले एक नाले भरुवा बन्दुक र सात सय ग्राम बारुद सहित पक्राउ गरिएको  डीएसपी खड्गवहादुर खत्रीले बताउनुभयो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको बा. ४१ प ९५२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाएको डीएसपी खत्रीले बताउनुभयो ।

Monday, September 21, 2015

झापाका ४ वटा चर्चमा बम विष्पोट गराउने तीन जना पक्राउ


सुरुङ्गा (झापा) ५ असोज । गत भदौ २९ गते झापाको सुरुङ्गा सहित दमक,खजुरजाछी र गौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्क मच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर चर्चमा बम विष्पोटन गराउनेहरुमा मोरङको वेलवारीका राम भण्डारी ,बिर्तामोड घर भएका कृष्ण चुडाल र बिर्तामोड निवासी नै रामचन्द्र वानिया  सम्लग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले चर्चमा वम विष्पोट गराएउदै आतंक मच्चाएको बताउनुभयो ।
उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र ब्याप्टिसा मण्डली नामक चर्चमा राखेको बम विष्पोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव प्रहरीहरु भरत कार्की र केदार पौडेल सक्त घाइते भएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यारत डीइसपी प्रज्वल मर्हजनलाई समेत वम विष्पोट हुँदा छर्रा लागेको थियो । डीएसपी मर्हजनको बिर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
चर्चमा राखिएको वम निस्क्रिय ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम  विष्पोट भएको थियो ।
त्यस्तै  झापाको दमक–१३ स्थित ज्योति चर्च र खजुरगाछी स्थित इम्मानुयल चर्चमा पनि उनीहरुले नै  समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ  ।  दमकको चर्चमा उनीहरुले २८ गते राति ११ बजे २ वटा विष्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।
चर्चमा बम विष्पोटन गराउनु अघि उनीहरुले हिन्दु मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अंग्रेजीमा हस्ताक्षर गरिएका दर्जनौ पर्चा छाडेका थिए ।  पर्चामा “देशको अधिकांश भागमा कफ्र्यु लगाउँदै मधेशी, आदिवासी, जनजाति, थारु, मुश्लिम लगायत जातीय, क्षेत्रीय, भाषिक साथै वर्गीय समस्यालाई सम्बोधन नै नगरी सैनिक परिचालन गरी नेपाली जनतालाई घरभित्रै बन्दी बनाई संविधानसभाको निर्वाचनमा भाग नलिएका राजनीतिक पार्टीहरुलाई दलीय दर्जा नदिई तमाम जनताको सुझाव र ९५ प्रतिशतको मागलाई बेवास्ता गरी अनसनकारी हिन्दु युवा र दलित नेताहरुलाई लत्याउँदै ठूला तीन दल भनाउँदा पार्टीले आन्दोलनरत शक्तिहरुलाई वार्ता गर्ने वातावरण नै नबनाई दुई तिहाइ मतको आडम्बरमा नेपालको नयाँ सम्विधान निर्माणको कार्यप्रक्रिया शुरु गरेको व्यवहारप्रति हिन्दुमोर्चा नेपालको ध्यानाकर्षण भएको छ भनिएको थियो ।
यता पक्राउ परेका तीन जनालाई नै संगठित अपराध ऐन अन्र्तगत कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो । – रासस

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह




सुरुङ्गा(झापा) ४ असोज ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढे दश करोड
रुपैयाँ ऋण मिनाह गरेको छ ।
संस्थाले  सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम अन्र्तरगत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको रकम मिनाह गरेको हो । सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार व्यहोर्नु नपरोस् भनेर सहकारीले सञ्चालन गरेको उक्त कार्यक्रमबाट तीन वर्षको अवधिमा चारहजार एक सय ५३ घर परिवारका सदस्यले लिएकोे साढे दश करोड रुपैयाँ ऋण मिनाह गरेको  कार्यालयका वरिष्ठ विभागीय प्रमुख दिनेशवहादुर निरौलाले बताउनुभयो ।
तीन बर्ष अगाडि सहकारीले जिल्लामा नै पहिलो पटक सञ्चालन गरेको यो अभियान अन्र्तगत सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि उसले लिएको सम्पूर्ण ऋण मिनाहा  गर्दै मृतकका परिवारलाई काज किरिया खर्च बापत थप २४ प्रतिशत रकम सहकारीले प्रदान गर्ने गरेको छ ।  सहकारीको ऋणी सदस्यले लिएको ऋणको सम्पूर्ण रकम  तिर्न नसक्दै उसको मृत्यु भएमा सहकारीले मृतकको परिवारलाई तिरेको ऋण फिर्ता गर्दै तिर्न वाँकी ऋण समेत मृतकका हकवालालाई  दिने गरेको सहकारीका वरिष्ठ विभागीय प्रमुख निरौलाले बताउनुभयो । उहाँले सहकारी मार्फत जुनसुकै शीर्षकमा आफ्ना सदस्यले ऋण लगेको भएपनि उसको मृत्यु भएमा तिर्दै आएको रकम कार्यक्रम अनुसार  फिर्ता गर्ने र  तिर्न बाँकी रकम समेत उसको परिवारलाई उल्टै सहकारीले प्रदान गर्छ भन्नुभयो । सामाजिक सुरक्षा कार्यक्रम एक हिसावले विमा गरेजस्तै हो भन्दै उहाँले भन्नुभयोर्– कारणवस  ऋणी सदस्यको  मृत्यु भएमा उसको परिवारले भविश्यमा ऋणको चिन्ता वेहोर्नु नपरोस भनेर सहकारीले यस्तो कार्यक्रम ल्याएको हो ।’
ऋणी सदस्यको मृत्युपछि सहकारीले सुरु गरेको कार्यक्रम अन्र्तगत अहिलेसम्म चारहजार एकसय ५३ घर परिवारका सदस्यलाई दश करोड ५५ लाख ३३ हजार ६ सय ७८ रुपैयाँ  ऋण मिनाह गरेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । गरिवी निवारणका लागि लक्षित समुदायका महिलालाई  संगठित गर्दै सहकारीले आय आर्जन कार्यक्रमका लागि सहकारीले ऋण लगानी गरेको समेत सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । उहाँले सहकारीले ऋणी सदस्यको मृत्यु हुँदा प्रदान गरिने सेवा वाहेक सदस्यका श्रीमानको मृत्यु हुँदा समेत काज किरीया खर्चका लागि सात हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको बताउनुभयो ।
त्यस्तै सहकारीले ऋणी सदस्य सुत्केरी भए एक हजार ५ सय रुपैयाँ भिटामिन खर्चका लागि प्रदान गर्ने गरेको छ । यो सुविधा दुई सन्तानमात्र  जन्माउने सदस्यका लागि लागू हुने सहकारीका वरिष्ठ विभागिय प्रमुख निरौलाले बताउनुभयो । यसैगरी सहकारीले आफ्ना सदस्यलाई सर्पले डसे वा कुनै जंगली जनवारले टोकेर घाइते भएमा उपचार खर्चका लागि तीन हजार, दैवी वा प्रकृतिक प्रकोपमा परी घर मूलीको मृत्यु भएमा ५ हजार रुपैयाँ क्षति पूर्ति वापत रकम प्रदान गरिने गरिएको निरौलाले बताउनुभयो ।
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीमा अहिले ८५ हजार ४ सय ७८ जना महिला र पुरुष एक हजार ५ सय २२ जना गरी कुल ७८ हजार सदस्य आवद्ध रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहकारीको कार्यक्षेत्र झापा सहित इलाम,पाँचथर, मोरङ,सुनसरी,उदयपुर जिल्लामा रहेको बताइएको छ । संस्थाका ४ वटा इलाका कार्यलय र ४५ वटा सेवा केन्द्रमा गरी तीनसय १३ जनाले प्रत्यक्ष रोगजार पाएको कार्यालयले जनाएको छ ।

सहकारीको नाफा दश करोड
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीले आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै दश करोड पाँचलाख रुपैयाँ नाफा गरेको छ ।
कार्यलयका वरिष्ठ विभागीय प्रमुख निरौलाले दिएको जानकारी अनुसार २२ करोड ३४ लाख रुपैयाँ सेयर पूँजी रहेको सहरकारीले दश करोड रुपैयाँ नाफा गरेको हो । सहकारीमा आवद्ध सदस्यको एक अर्व ३५ करोड ५८ लाख रुपैयाँ बचत गर्न सफल सहकारीले आफ्ना सदस्यलाई दुई अर्व ४ करोड ६ लाख रुपैयाँ ऋण लगानी गरेको कार्यालयले जनाएको छ । सहकारीको वसालात मात्रै दुई अर्व ५७ करोड रहेको निरौलाले बताउनुभयो ।

सहाराले पैने तीन करोड कर ति¥यो
आर्थिक वर्ष २०७१÷०७२ मा दश करोड रुपैयाँ नाफा गर्न सफल सहारा नेपालले कर मात्रै पैने तीन करोड रुपैयाँ तिरेको बताइएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा दुई करोड ८० लाख ४९ हजार ८ सय ३६ रुपैयाँ आन्तरिक राजश्व कार्यालय मेचीलाई कर बुझाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा पारिश्रमिक वापत ५२ लाख ५८ हजार ६ सय १७ रुपैयाँ, सामाजिक सुरक्षा कर वापत १५ लाख ३३ हजार २ सय ६६ रुपैयाँ, लेखा परीक्षण कर वापत एक हजार दुई सय ७५ रुपैयाँ, घर भाडा वापत १३ लाख १० हजार ४ सय ४८ रुपैयाँ, ठेक्का कर वापत ११ लाख १० हजार ६ सय ९५ रुपैयाँ र  संस्थागत कर वापत  एक करोड ८८ लाख ३५ हजार, ९ सय  ३५ रुपैयाँ कर तिरेको कार्यालयका वरिष्ठ विभागीय प्रमुख निरौलाले जानकारी दिनुभयो ।

यस्ता छन् सहकारीका कार्यक्रमहरु
विपन्न समुदायको जीवन स्तर उकास्न सहकारीले विना धितो घरदैलोमा ऋण लगानी र बचत सेवा सञ्चालन  गर्दै आएको बताइएको छ । त्यस्तै साइनो हाम्रो सहारा कार्यक्रम अन्र्तगत पशुसाटासाट कार्यक्रम ,विपन्न समुदायको आवास कार्यक्रम, उज्यालो गाउँ बनाउँ कार्यक्रम र खुल्ला दिशा मुक्त गाउँ वनाउ अभियान सञ्चालन गर्दै आएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । यसैगरी घर भित्रको धुँवा मुक्त कार्यक्रम समेत सहकारीले सञ्चालन गर्दै आएको बताइएको छ । –

संविधानको खुशीयालीमा झापाका छ स्थानमा सभा


सुरुङ्गा(झापा) ४ असोज । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुशीयालीमा झापाका विभिन्न ठाउँमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको विजयोत्सव सम्पन्न भएको छ । प्रमुख तीनदल सहित विजयोत्सवमा  सहभागीले जारी संविधानले मुलुक अब अग्रगतिमा जाने भन्दै खुशी व्यक्त गरेका छन् । संविधान जारी भएलगत्तै आज  विहानैबा
ट झापाको  बिर्तामोड सहित काँकरभिट्टा, चन्द्रगढी, दूधे, गौरादह, र दमकमा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रमका सहभागीले जारी संविधान प्रति खुशी व्यक्त गर्दै मुलुक अब अग्रगतिमा जाने धारणा ब्यक्त गरेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को स्वागत तथा सद्भाव सभालाई बिर्तामोडमा झापा क्षेत्र नम्बर २ र ४ का सभासद्हरुले सम्बोधन गर्दै संविधान जारी गर्न जति कठिन थियो त्यसको कार्यान्व्यन त्यति नै जटिल भएको भन्दै दलहरुको एकता अझैं आवश्यक भएको बताउनुभयो ।
 जनताको लामो संर्घष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेंस महामन्त्री कृष्णप्रसाल सिटौलाको भूमिका प्रशंसनीय रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै झापाकै काँकरभिट्टामा भएको कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
यसैगरी झापाको सदरमुकाम भद्रपुरमा वृहत स्वागतसभा सम्पन्न भएको छ । झापाचोकबाट राष्ट्रिय झण्डा सहित निकालिएको मोटसाइकल ¥याली भद्रपुर बजार पक्रिममा गर्दै क्याम्पसमोड हँुदै सदरमुकाम भद्रपुर स्थित विरेन्द्र नमूना उच्च माविमा सभामा परिणत भएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले तथा एमाओवादी झापा क्षेत्र नम्वर ३ अन्र्तगतका क्षेत्रीय कमिटीहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातजातिका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति, सन्थाल, पञ्चैबाजा लगायतले कार्यक्रममा रौनक थपिएको थियो ।
यसैगरी झापाको दूधेमा पनि कार्यक्रम सम्पन्न भएको छ । दूधेमा भएको विजयोत्सवमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सभाषद केशवकुमार वुढाथोकी, नेकपा एमालेका सभाषद हरिवहादुर राजवंशी लगायतले सम्वोधन गर्नुभएको थियो । 

दमकमा पनि गोली चल्यो प्रहरीसहित ८ घाइते


सुरुङ्गा (झापा) ४ असोज । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुशीयालीमा झापाको दमकमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको विजयोत्सवमा  सहभागी हुन आएका सर्बसाधारण र सविधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रर्दशनकारीवीच आज झापाको दमकमा झडप हुँदा प्रहरी नायव निरीक्षक सहित ८ जना घाइते भएका छन् ।

संविधान जारी भएको खुशीयालीमा दमक नगरपालिकास्थित गणतन्त्र चोक बेलडाँगी रोडमा  विजयोत्सव मनाई रहेको समयमा आन्दोलनकारी प्रवेश गरेर विजयोत्सवलाई बिथोल्न खोजेपछि झडपको स्थिति सृजना  भएको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरी नायव निरीक्षक जीवन गौतम सहित ४ जना आन्दोलनकारी घाइते भएका छन् भने नेकपा एमालेका महेश घिमिरे,युवा संघका क्षेत्रीय सचिव राजकुमार थापा घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाईते एक जनाको नाम खुल्न सकेको छैन ।
झडपका क्रममा संविधानका पक्षधरले संघीय समाजवादी पार्टी नेपाल र संघीय लिम्वुवान पार्टी नेपालको कार्यालय तोडफोड गरेका छन् ।
दमकको मुख्य चोकमा  झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । संविधानको विरोधमा मधेशवादी दलका नेता तथा कार्यकर्ता एवम् संघीय लिम्वुवान पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा देखाउँदै संविधान जलाउन खोजेको र  विजयोत्सव विथोल्नन खोजेपछि दुई तर्फी झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले बताउनुभयो ।
झडपमा परी घाइते भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि विराटनगरतर्फ लगिएको बताइएको छ ।
यता झापाको विर्तामोडमा पनि आज दिउसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्दा  प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गाप्रहार गरेपछि प्रहरीले  हावईफायर गरेको छ । प्र्रहरीमाथि ढुङ्गा प्रहार गर्ने र संविधान जलाउन खोज्ने तराई मधेश पार्टीका जिल्ला अध्यक्ष त्रिनारयण राजवंशी सहित ४ जनालाई प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।

संविधान जलाउन खोज्दा झापामा प्रहरीले गोली चलायो


सुरुङ्गा(झापा)४ असोज । नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् ।
 बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्दा  प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गाप्रहार गरेपछि प्रहरीले  हावईफायर गरेको छ ।
संविधान जारी भएको खुशीयालीमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारणको उपस्थिति  भइरहेको बेला प्रर्दशनकारीले संविधानको विरोध जनाउदै संविधान जलाउन खोजेपछि प्रहरी र वन्दकर्ताबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्र्रहरीमाथि ढुङ्गा प्रहार गर्ने र संविधान जलाउन खोज्ने केही आन्दोलनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन ।  संविधानको विरोध गर्दै हिजोदेखि अरुर्ण पूर्वका नौ जिल्ला संघीय लिम्वूवान पार्टी नेपाल सहित ३३ दलीय संर्घषसमितिले आम हड्तालको आयोजना गरेको छ । आम हड्तालका कारण पूर्वमा लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ ।
उता  मधेशवादी दलहरुले गौरीगंज र खजुरगाछीमा गणतान्त्रिक संविधानको विरोध गर्दै सोमवार त्यसका प्रतिलिपि जलाएका छन् ।  संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरुले गौरीगंज चोकदेखि कालो झण्डा देखाउदै तीन दलका चार शीर्ष नेताहरुको पुत्ला बनाएर शंख फुक्दै खजुरगाछी बजार परिक्रमा गरी फुत्ला दहन गरेका छन् । नेपाली कांग्रेसका सुशील कोइराला, कृष्ण सिटौला, नेकपा (एमाले)का केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शंकर राजवंशीले मधेशका मागहरुलाइ राज्यले सम्बोधन गर्नु पर्ने र नभएमा अझ सशक्त आन्दोदनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष पर्वत राजवंशीले विगतका सम्झौताहरुलाई कार्यन्वयन नगरी संविधान जारी गरेका कारण आन्दोलन गर्नु परेको बताए । कोणसभामा संघीय समाजवादीका के.डी राई, कमल राजवंशीलगायतले मधेशका मागलाई सम्बोधन नगरी संविधान जारी गरिएकोमा त्यसको घोर आपति जनाउदै यथाशीघ्र राज्य पक्षले सम्बोधन गर्न आग्रह गरेका छन् । आन्दोलरत दलहरुले आइतवार देखि नै र्यालीसहित मसाल जुलुस निकालि बजार वन्द गराएका छन् ।


पत्रकारमाथि आक्रमणको प्रयास 
झापाको गौरीगंजमा आन्दोलनरत दलका कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकारमाथि आक्रमण गर्ने प्रयास भएको छ । खजुरगाछी बजारमा पुगेका पूर्व सन्देश दैनिकका सम्बाददाता झगेन्द्र खड्कामाथि आक्रमणको प्रयास भएको हो । पूर्व सन्देश दैनिक पत्रिकाले झापाको दक्षिण क्षेत्रमा भइरहेको आन्दोलनको समाचार प्रकाशन नगरेको भन्दै मधेशवादी दलका कार्यकर्ताहरुले पत्रकार खड्कालाई घेराहाली हातपात गर्ने प्रयास गरेका थिए । पत्रिकाले मधेशवादी दलहरुको समाचारप्रति भेदभाव गरेको भन्दै पूर्व सन्देश दैनिक जलाएका थिए । नेपाल पत्रकार महासंघका जिल्ला सदस्य  आत्माराम राजवंशी , इलाका प्रहरी कार्यलय  गौरीगंज र सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरुले पत्रकार खडकालाई सुरक्षा दिएका थिए ।  

माँ लक्ष्मीको सम्मान भण्डारीलाई


सुरुङ्गा , असोज ४   माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले पत्रकारीताको माध्यमबाट सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पूर्वाञ्चल दैनिकका सह सम्पदक सुरेन्द्र भण्डारीलाई सम्मान गरेको छ ।  


संस्थाको सातौं वार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकाल , धौलागिरी वचत तथा ऋण सहकारी संस्था बिर्तामोडका सचिव युवराज ढकाल र वीरता जेसीजका महासचिव वीरवहादुर दर्नालले संयुक्त रुपमा पत्रकार महासंघ झापाका सदस्य समेत रहनुभएका भण्डारीलाई सम्मान गर्नुभयो । सम्मानित भण्डारीको व्यक्तित्व परिचय सहकारीका संस्थापक अध्यक्ष धर्मराज माझीले गराउनुभएको थियो ।
यसैगरी सहकारीले आफ्ना शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ठ अंक ल्याउने एक छात्र र एक छात्रा लाई पनि नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सीताराम गिरी र रोजिना दाहाल रहेका छन् । उनीहरुलाई  सम्मान पत्र सहित जनही दुई हजार एक सय रुपैयाँका दरले नगर प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ठ वचत कर्ता सुलोचना राजवंशी र असल ऋणीमा किरण अत्रीलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीका रुपमा वेनुकार राजवंशीलाई सम्मान गरिएको थियो ।
यसैगरी संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।
२०६५ सालबाट कारोवार सुरु गरेको सहकारीले सहकारी स्थापनाको छैठनैं वष्र्नसम्ममा नौ करोड ७५ हत्तर लाख, ८९ हजार तीन सय २६ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको तथा यस आर्थिक वर्षमा थप ११३ प्रतिशतले प्रगति गर्दै सहकारीको निक्षेप संकलन वीस करोड, ७७ लाख, ५७ हजार तीनसय २० रुपैयाँ पुगेको संस्थाका अध्यक्ष रामप्रित शर्माले बताउनुभयो । सहकारको सातौं साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले सहकारीको चुक्ता पूँजी ६२ लाख असी हजार तीन सय रुपैयाँ रहेको समेत बताउनुभयो । उहाँले गरिवी निवारणका लागि लक्षित समुदायमा सहकारीले चार करोड ३४ लाख ८१ हजार आठ सय दुई रुपैयाँ ऋण लगानी गरेको बताउनुभयो ।

जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धौलागिरी वचत तथा ऋण सहकारी संस्थाका सचिव युवराज ढकाल, पातालगंगा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल, छठ समज सेवा समिति बिर्तामोडका उपाध्यक्ष शत्रुधन चौधरी, वीरता जेसीज बिर्तामोडका  महासचिव वीरवहादुर दर्नाल,झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष वलराम कार्की ,फिटनेस व्लडका हरि धिमाल लगायतले सहकारीले गरिवी निवारणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको र नयाँ संविधानले समेत सहकारी क्षेत्रलाई स्पष्ट रुपमा व्याख्या गरेको हुँदा आगामी दिनमा सहकारीले गरिवी निवारणका क्षेत्रमा थप काम गर्ने बताएका थिए ।
सहकारीका  उपाध्यक्ष नश्याम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रकुमार सिंहले गर्नुभएको थियो । 

Friday, September 18, 2015

विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन


 (सुरेन्द्र भण्डारी)
राजगढ,असोज २ ।  आर्थिक उर्पाजनका लागि नेपाली युवा
रोजगारीको खोजीमा दैनिक १५ सय भन्दा बढी युवा विदेसिरहेका वेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक ६० हजार भन्दा बढी कमाई गरिरहनु भएको छ ।  
बैदेसिक रोजगारीका लागि विदेश गएर झण्डै तीन वर्ष दुवई तथा कतामा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप  – १ निवासी  ३० वर्षीय भरतप्रसाद ओली र सोही ठाउँ निवासी  ५४ वर्षीय जनकलाल तिवारीले गाउँमा नै दूध चिस्यान केन्द्र सञ्चाल गरेर अहिले राम्रो  आम्दानी गरिरहनुभएको छ । उहाँहरुले राजगढ – ६ मा विगत ७ वर्षदेखि कनकाई दूध डेरी उद्योग तथा चिस्यान केन्द्र सञ्चालन गरेर आम्दानीको राम्रो श्रोत जुटाउनुभएको छ ।
 झण्डै साढे ४ लाख रुपैयाँको लागानीमा सुरु गरेको उक्त व्यवसायबाट अहिले दैनिक खर्च कटाएर दुई हजार रुपैयाँ भन्दा माथि बचत गर्ने गरेको चिस्यान केन्द्रका सञ्चालक ओलीले बताउनुभयो । ओली वैदेसिक रोगारीका लागि दुई रुपैयाँ व्याजदरमा ऋण खोजेर सन २००३ मा  ८० हजार रुपैयाँ खर्च गर्दै विदेश (दुवई) जानुभएको थियो । दुवईमा २८ महिना बस्ता पनि राम्रो कमाई गर्न नसकेपछि नेपाल फर्किएको उहाँले बताउनुभयो । नेपाल फर्किएपनि ऋण तिर्न आफ्नै कुनै माध्यम नभएपछि  पुनः सन २००५ मा कतार गएको तर  ११ महिना वित्न नपाउँदै  घर फर्किएर गउँमा नै दूध सङ्कलन केन्द्रको सुरुवात गर्नुभएको उहाँको भनाई छ ।  रितिका डेरी उद्योग धाइजनको सल्लाहमा उहाँ र नातामा भिनाजु पर्ने तिवारीले राजगढमा सुरु गरेको दूध सङ्कलन केन्द्र अहिले उहाँहरुको आर्थिक उपार्जनको दरिलो माध्यम बनेको छ ।
 राजगढमा उहाँहरुले सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रका कारण त्यस क्षेत्रका कृषकले दूध विक्री गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय कृषक पदमप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश कृषकले दूध विक्रीका लागि नै उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेका छन् । सस्तो मूल्यमा भारतीय ग्वालालाई दूध वेच्दै आएका किसानले अहिले उक्त चिस्यान केन्द्रमा उचीत मूल्यमा दूध वेच्न थालेको अगुवा कृषक केशवप्रसाद बरालले बताउनुभयो  ।
  ग्रामीण क्षेत्रका कृषकलाई  यही स्वरोजगारको वातावरण सृजना गर्दै  गरिवी निवारणमा टेवा पु¥याएको जनाउदै ओली र तिवारीले सुरुगर्नु यो व्यवसायलाई प्रोत्साहित गर्दै गत वर्ष क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएपछि  उहाँहरुले अहिले आफ्नो डेरीमा ५ सय लिटरको चिलिङ भ्याटसमेत   राख्नुभएको छ । चिस्यान केन्द्र सञ्चालनमा आएपछि अहिले यहाँका किसानले विहान वेलुका दुवै समयमा दूध विक्री गरिरहेको उहाँको भनाई छ ।  विदेशमा गरेको दुःख सम्झिएर ओलीले भन्नुभयो र्– हामीले यहाँ केही व्यवसाय सुरु गरे पछि त्यसले आफूलाई राम्रो गर्छ ।’
  दक्ष नेपाली युवा विदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो – सुरुमा त मलाई पनि यहाँ कमाई गर्न सकिदैन जस्तो लागेको थियो तर अहिले ग्राहकको मागलाई पुरा गर्न नसक्ने अवस्था छ । के का लागि विदेश जानु प¥यो  उहाँले प्रतिप्रश्न्न गर्नुभयो । सिप नसिकी  विदेश जानु भनेको  जीवनलाई बन्धकी राख्नु हो उहाँले भन्नुभयो ।
 दैनिक तीन सय लिटर दूध सङ्कलन गर्दै आउनुभएका उहाँहरुले रितिका डेरीलाई उक्त दूध विक्री गर्नुहुन्छ । गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्यले सञ्चालन गरेको उक्त चिस्यान केन्द्रबाट अहिले दनिक दुई सय घर परिवार प्रत्यक्ष लाभान्वित भएका डेरिका अर्का सञ्चालक तिवारीले भन्नुभयो ।  विदेश जाने नेपालीलाई यही आर्थिक उपार्जन गर्न सकिने जनाउदै ओलीले भन्नुभयो – विदेशमा गरिने दुःख स्वदेशमा गरिए विदेशमा भन्दा बढी कमाई गर्न सकिने रहेछ ।  ठेक्का पट्टाको व्यवसाय गर्दा उपलब्धी नभएपछि विदेश समेत जाने सोच बनाउनुभएका तिवारीले अहिले सालासंग मिलेर  सुरु गरेको व्यवसायबाट उहाँ यही सन्तुष्ट हुनुहुन्छ । मलाई मात्र होइन राजगढका धेरैले दूध बेचेर सहज जीवन यापन गरिरहेका छन् उहाँले भन्नुभयो  – हामीले काम गर्न नजानेर दुःख पाएका रहेछौं अहिल राजगढका धेरै मानिस दूध वेचेर सहजै जीवन यापन गर्न सक्छन् ।
ओली र तिवारीले सुरु गरेको  यो व्यवसायको सिको गर्दै अहिले राजगढ बजारमा अर्काेपनि  दूध डेरी सञ्चालनमा आएको छ ।  जसका कारण थप कृषकलाई त सहज भएको छ नै तर पनि  सबैको रोजाई कनकाई डेरी उद्योग नै हुने गरेको स्थानीय शिक्षक मोहन ओलीले बताउनुभयो । कनकाई डेरी उद्योगले विहान वेलुकै दूध संकलन गर्न थालेपछि यहाँका कृषक थप पशुपालन व्यसायमा उत्साहित भएका छन् । लगानी सुरक्षित हुने भन्दै राजगढका अधिकांश कृषकले पशुपालन गर्दै आएका छन् ।

ब्लग सेयर गर्नुहोला।