Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 28, 2015

झोलुङ्गे पुलको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री सिटौलाले भन्नुभयो – अघोषित नाकाबन्दी छिटै समाधान हुन्छ



सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दी छिटै समाधान हुने बताउनु भएको छ ।
भmापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा लगभग रु ३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको झोलङ्गे पुल शिलान्यस गर्नुहुँदै यस्तो बताउनुभएको हो ।  घर परिवारको झगडा त छिमेकीसंग नै हुने गरेको उदाहरण दिदै महामन्त्री सिटौलाले भन्नभुयो– ‘झगडा को संग हुन्छ, छिमेकीसगै तसर्थ भारतले लगाएको अघोषित नाका
वन्दी छिट्टै समाधान हुन्छ ।’

संविधान मस्यौदा समितिका संयोजक समेत रहनु भएका सिटौलाले नेपालमा जारी भएको सविधान भन्दा पनि चित्त नबुझेका दलहरु संघीयता, सिमाङ्कंन, प्रदेश लगायतको बिषय बाहेक अन्य सवै बिषयमा सहमत जनाएको धारणा राख्नु भयो । उहाँले अब एक महिना भित्र सरकार फेरबदल हुने बताउदै  अब बन्ने नयाँ सरकार बहुमत प्रक्रियाबाट नबन्ने निश्चित छ भन्नुभयो ।

जिल्ला विकास समिति झापाका इन्जिनियर सुशील  श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सुधीरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, नेपाली काँग्रेसका झापा सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्रीय सभापति जीवन श्रेष्ठ, एकीकृत नेकपामाओवादीका गगन पुरी लगायतले संविधान पछिको अबको बाटो देश विकास निर्माण तर्फ हुनुपर्नेमा बताउनुभयो ।
 मेचीपारीका स्थानीयले पटक – पटक महेशपुरको मेची नदीमा पुल बन्नु पर्ने आवाज उठाइरहेको बेला झोलङ्गे पुल बन्ने निश्चित भएपछि स्थानीय हर्षित बनेका छन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलव्ध गराएको रकमबाट झोलुङ्गे पुल निर्माण गरिन लागेको बताइएको छ ।
भ्याट सहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौले यही भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो ।  २ सय ८० मिटर लामो र १३ मिटर चौढाई भएको पुलको निर्माण कार्य सोही अनुरुप अघि बढाइएको कार्यक्रममा जानकारी दिइयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।