Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

माँ लक्ष्मीको सम्मान भण्डारीलाई


सुरुङ्गा , असोज ४   माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले पत्रकारीताको माध्यमबाट सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पूर्वाञ्चल दैनिकका सह सम्पदक सुरेन्द्र भण्डारीलाई सम्मान गरेको छ ।  


संस्थाको सातौं वार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकाल , धौलागिरी वचत तथा ऋण सहकारी संस्था बिर्तामोडका सचिव युवराज ढकाल र वीरता जेसीजका महासचिव वीरवहादुर दर्नालले संयुक्त रुपमा पत्रकार महासंघ झापाका सदस्य समेत रहनुभएका भण्डारीलाई सम्मान गर्नुभयो । सम्मानित भण्डारीको व्यक्तित्व परिचय सहकारीका संस्थापक अध्यक्ष धर्मराज माझीले गराउनुभएको थियो ।
यसैगरी सहकारीले आफ्ना शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ठ अंक ल्याउने एक छात्र र एक छात्रा लाई पनि नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सीताराम गिरी र रोजिना दाहाल रहेका छन् । उनीहरुलाई  सम्मान पत्र सहित जनही दुई हजार एक सय रुपैयाँका दरले नगर प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ठ वचत कर्ता सुलोचना राजवंशी र असल ऋणीमा किरण अत्रीलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीका रुपमा वेनुकार राजवंशीलाई सम्मान गरिएको थियो ।
यसैगरी संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।
२०६५ सालबाट कारोवार सुरु गरेको सहकारीले सहकारी स्थापनाको छैठनैं वष्र्नसम्ममा नौ करोड ७५ हत्तर लाख, ८९ हजार तीन सय २६ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको तथा यस आर्थिक वर्षमा थप ११३ प्रतिशतले प्रगति गर्दै सहकारीको निक्षेप संकलन वीस करोड, ७७ लाख, ५७ हजार तीनसय २० रुपैयाँ पुगेको संस्थाका अध्यक्ष रामप्रित शर्माले बताउनुभयो । सहकारको सातौं साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले सहकारीको चुक्ता पूँजी ६२ लाख असी हजार तीन सय रुपैयाँ रहेको समेत बताउनुभयो । उहाँले गरिवी निवारणका लागि लक्षित समुदायमा सहकारीले चार करोड ३४ लाख ८१ हजार आठ सय दुई रुपैयाँ ऋण लगानी गरेको बताउनुभयो ।

जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धौलागिरी वचत तथा ऋण सहकारी संस्थाका सचिव युवराज ढकाल, पातालगंगा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल, छठ समज सेवा समिति बिर्तामोडका उपाध्यक्ष शत्रुधन चौधरी, वीरता जेसीज बिर्तामोडका  महासचिव वीरवहादुर दर्नाल,झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष वलराम कार्की ,फिटनेस व्लडका हरि धिमाल लगायतले सहकारीले गरिवी निवारणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको र नयाँ संविधानले समेत सहकारी क्षेत्रलाई स्पष्ट रुपमा व्याख्या गरेको हुँदा आगामी दिनमा सहकारीले गरिवी निवारणका क्षेत्रमा थप काम गर्ने बताएका थिए ।
सहकारीका  उपाध्यक्ष नश्याम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्रकुमार सिंहले गर्नुभएको थियो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।