Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

झापाका ४ वटा चर्चमा बम विष्पोट गराउने तीन जना पक्राउ


सुरुङ्गा (झापा) ५ असोज । गत भदौ २९ गते झापाको सुरुङ्गा सहित दमक,खजुरजाछी र गौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्क मच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर चर्चमा बम विष्पोटन गराउनेहरुमा मोरङको वेलवारीका राम भण्डारी ,बिर्तामोड घर भएका कृष्ण चुडाल र बिर्तामोड निवासी नै रामचन्द्र वानिया  सम्लग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चा नेपालको नाममा पर्चा छोड्दै उनीहरुले चर्चमा वम विष्पोट गराएउदै आतंक मच्चाएको बताउनुभयो ।
उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र ब्याप्टिसा मण्डली नामक चर्चमा राखेको बम विष्पोट हुँदा प्रहरी सहायक निरीक्षक देवनारायण यादव प्रहरीहरु भरत कार्की र केदार पौडेल सक्त घाइते भएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यारत डीइसपी प्रज्वल मर्हजनलाई समेत वम विष्पोट हुँदा छर्रा लागेको थियो । डीएसपी मर्हजनको बिर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा उपचार भएको थियो भने अन्य प्रहरीलाई थप उपचारका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
चर्चमा राखिएको वम निस्क्रिय ठानेर प्रहरीले इलाका प्रहरी कार्यालय सुरुङ्गा पु¥याएलगत्तै प्रहरी कार्यालयमा सो बम  विष्पोट भएको थियो ।
त्यस्तै  झापाको दमक–१३ स्थित ज्योति चर्च र खजुरगाछी स्थित इम्मानुयल चर्चमा पनि उनीहरुले नै  समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ  ।  दमकको चर्चमा उनीहरुले २८ गते राति ११ बजे २ वटा विष्फोटन गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो ।
चर्चमा बम विष्पोटन गराउनु अघि उनीहरुले हिन्दु मोर्चा नेपालको सैन्य विभागका प्रमुख भनेर नेपालीमा अभिमान सिंह नाम दिएर अंग्रेजीमा हस्ताक्षर गरिएका दर्जनौ पर्चा छाडेका थिए ।  पर्चामा “देशको अधिकांश भागमा कफ्र्यु लगाउँदै मधेशी, आदिवासी, जनजाति, थारु, मुश्लिम लगायत जातीय, क्षेत्रीय, भाषिक साथै वर्गीय समस्यालाई सम्बोधन नै नगरी सैनिक परिचालन गरी नेपाली जनतालाई घरभित्रै बन्दी बनाई संविधानसभाको निर्वाचनमा भाग नलिएका राजनीतिक पार्टीहरुलाई दलीय दर्जा नदिई तमाम जनताको सुझाव र ९५ प्रतिशतको मागलाई बेवास्ता गरी अनसनकारी हिन्दु युवा र दलित नेताहरुलाई लत्याउँदै ठूला तीन दल भनाउँदा पार्टीले आन्दोलनरत शक्तिहरुलाई वार्ता गर्ने वातावरण नै नबनाई दुई तिहाइ मतको आडम्बरमा नेपालको नयाँ सम्विधान निर्माणको कार्यप्रक्रिया शुरु गरेको व्यवहारप्रति हिन्दुमोर्चा नेपालको ध्यानाकर्षण भएको छ भनिएको थियो ।
यता पक्राउ परेका तीन जनालाई नै संगठित अपराध ऐन अन्र्तगत कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता दाहालले बताउनुभयो । – रासस

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।