Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

संविधान जलाउन खोज्दा झापामा प्रहरीले गोली चलायो


सुरुङ्गा(झापा)४ असोज । नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् ।
 बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्दा  प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गाप्रहार गरेपछि प्रहरीले  हावईफायर गरेको छ ।
संविधान जारी भएको खुशीयालीमा प्रमुख तीनदल सहित स्थानीयले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारणको उपस्थिति  भइरहेको बेला प्रर्दशनकारीले संविधानको विरोध जनाउदै संविधान जलाउन खोजेपछि प्रहरी र वन्दकर्ताबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्र्रहरीमाथि ढुङ्गा प्रहार गर्ने र संविधान जलाउन खोज्ने केही आन्दोलनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन ।  संविधानको विरोध गर्दै हिजोदेखि अरुर्ण पूर्वका नौ जिल्ला संघीय लिम्वूवान पार्टी नेपाल सहित ३३ दलीय संर्घषसमितिले आम हड्तालको आयोजना गरेको छ । आम हड्तालका कारण पूर्वमा लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ ।
उता  मधेशवादी दलहरुले गौरीगंज र खजुरगाछीमा गणतान्त्रिक संविधानको विरोध गर्दै सोमवार त्यसका प्रतिलिपि जलाएका छन् ।  संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरुले गौरीगंज चोकदेखि कालो झण्डा देखाउदै तीन दलका चार शीर्ष नेताहरुको पुत्ला बनाएर शंख फुक्दै खजुरगाछी बजार परिक्रमा गरी फुत्ला दहन गरेका छन् । नेपाली कांग्रेसका सुशील कोइराला, कृष्ण सिटौला, नेकपा (एमाले)का केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शंकर राजवंशीले मधेशका मागहरुलाइ राज्यले सम्बोधन गर्नु पर्ने र नभएमा अझ सशक्त आन्दोदनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष पर्वत राजवंशीले विगतका सम्झौताहरुलाई कार्यन्वयन नगरी संविधान जारी गरेका कारण आन्दोलन गर्नु परेको बताए । कोणसभामा संघीय समाजवादीका के.डी राई, कमल राजवंशीलगायतले मधेशका मागलाई सम्बोधन नगरी संविधान जारी गरिएकोमा त्यसको घोर आपति जनाउदै यथाशीघ्र राज्य पक्षले सम्बोधन गर्न आग्रह गरेका छन् । आन्दोलरत दलहरुले आइतवार देखि नै र्यालीसहित मसाल जुलुस निकालि बजार वन्द गराएका छन् ।


पत्रकारमाथि आक्रमणको प्रयास 
झापाको गौरीगंजमा आन्दोलनरत दलका कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकारमाथि आक्रमण गर्ने प्रयास भएको छ । खजुरगाछी बजारमा पुगेका पूर्व सन्देश दैनिकका सम्बाददाता झगेन्द्र खड्कामाथि आक्रमणको प्रयास भएको हो । पूर्व सन्देश दैनिक पत्रिकाले झापाको दक्षिण क्षेत्रमा भइरहेको आन्दोलनको समाचार प्रकाशन नगरेको भन्दै मधेशवादी दलका कार्यकर्ताहरुले पत्रकार खड्कालाई घेराहाली हातपात गर्ने प्रयास गरेका थिए । पत्रिकाले मधेशवादी दलहरुको समाचारप्रति भेदभाव गरेको भन्दै पूर्व सन्देश दैनिक जलाएका थिए । नेपाल पत्रकार महासंघका जिल्ला सदस्य  आत्माराम राजवंशी , इलाका प्रहरी कार्यलय  गौरीगंज र सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरुले पत्रकार खडकालाई सुरक्षा दिएका थिए ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।