Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 14, 2015

समयमा सूचना नदिदा सामाजिक सुरक्षा भत्ता बापतको १६ लाख ४५ हजार रुपैयाँ फ्रिज



सुरुङ्गा(झापा) २८ भदौ ।  बिर्तामोड नगरपालिकाको लापरवाहीका कारण यहाँका धेरै जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिनबाट वन्चित हुनु परेको रहस्य बाहिर आएको छ ।

सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरणका लागि नगरपालिकाले समयमा सूचना जारी नगर्दा १६ लाख ४५ हजार रुपैयाँ फ्रिज भएसंगै यस्तो रहस्य वाहिर आएको हो । सरकारद्वारा जेष्ठ नागरिक, जेष्ठ नागरिक उपचार खर्च, एकल महिला, लोपोन्मुख अशक्त अपाङ्ग र वाल संरक्षणका लागि उपलव्ध गराउदै आएको  रकमको ठूलो हिस्सा फ्रिज भएसंगै नगरपालिकाको लापरवाही देखिएको स्थानीय शंकर रिजालले बताउनुभयो ।



बिर्तामोड नगरपालिकाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा जेष्ठ नागरिकको ७ लाख ५० हजार,जेष्ठ उपचार उपचार खर्च वापत २ लाख ५० हजार,एकल महिलाका लागि  ५ लाख ८५ हजार र वाल संरक्षणका लागि आएको रकम मध्ये ६० हजार रुपैयाँ  फ्रिज भएको छ । लोपोन्मुख र अशक्त अपाङ्कालागि आएको रकम मात्र फ्रिज नभएको बताइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७१÷०७२ मा आठ सय ९२ जना, जेष्ठ नागरिकका लागि ५२ लाख ७७ हजार, आठ सय ७९ जना जेष्ठ नागरिकलाई उपचार खर्चबापत १७ लाख ५८ हजार, एक हजार ४९ जना एकल महिलालाई ६२ लाख ९५ हजार एक सय ३१ लोपउन्मुखका लागि  १५ लाख ७२ हजार ४९ अशक्त अपाङ्गका लागि ५लाख ८८ हजार  र ७१ जना वालवालिकाका लागि वाल संरक्षण शीर्षकमा  एक लाख ७१ हजार रुपैयाँ मात्र वितरण गरेको छ ।



सरकारले  जेष्ठ नागरिक,दलित र विधुवा महिलालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम प्रति महिना ५ सय रुपैयाँका दरले वितरण गर्ने गरेको छ । त्यस्तै अति अशक्त ,आंशिक अपाङ्गलाई ३ सय रुपैयाँका दरले,  पूर्ण अपाङ्गलाई एक हजारका दरले , लोपउन्मुख आदिवासी जनजातिलाई एक हजारका दरले, ५ वर्ष मुनिका वालवालिकालाई २ सयका दरले,७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई उपचार खर्च वापत एकमुष्ठ दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गर्ने गरेको छ ।
यता नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीले नगरपालिकाको आज सम्पन्न वार्षिक समिक्षा गोष्ठीमा आफूहरुले सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी सूचना जारी गर्न नसक्दा धेरै जनाले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित हुनुपरेको स्वीकार्नु भयो । उहाँले आगामी दिनमा यस्तो हुन नदिन समयमा नै सूचना जारी गर्ने , टोल टोलमा ढोल पिटेर भएपनि सवैलाई खवर गर्ने बताउनुभयो । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।