Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, September 15, 2015

चर्चको मूल गेटमा राखिएको सकेट बम नेपाली सोनाद्वारा निष्क्रिय


सुरुङ्गा(झापा) २९ भदौ । पश्चिम दक्षिण झापाको गौरादह – ४ स्थित वेर लहेरोही चर्चको मूल गेटमा राखिएको सकेट बम नेपाली सोनाले आज १२ बजे निस्कृय पारेको छ ।
हिन्दू मोर्चा नेपालको पर्चा सहित राखिएको सकेट बम कालिवहादुर गण चारआलीको सेनाको टोलीले अहिले १२ बजे निष्कृय पारेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइनु नहुँने जनाउदै उक्त मोर्चाले आफ्ना पर्चा छाडेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक इश्वर कार्कीले बताउनुभयो । उहाँले पर्चामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने उल्लेख भएको बताउनुभयो ।

यता झापाको कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्मा प्रहरी हाता भित्रै सकेट बम विष्पोट भएको छ । कनकाई नगरपालिका–३ स्थित बत्तीसा चर्चमा राखिएको बम निस्कृय जस्तो ठानेर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रज्जवल मर्हजनको निर्देशनमा इलाका प्रहरी कार्यालय पु¥याए लगत्तै सो बम प्रहरी सहायक निरीक्षक देवनारायण यादवको हातमा विष्पोट भएको थियो । बम विष्पोटका कारण इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी मर्हजनलाई छर्राले लागेको थियो भने प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका छन् । घाइते सबैको बिर्तामोडस्थित वीण्डसी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले बताउनुभयो । घाइते सबै प्रहरीको अवस्था खतरा मुक्त रहेपनि यादवको दुबै हात खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।




उता दमक १० मा रहेको ज्योति चर्च मण्डलीमा राखिएको सकेट बम राति ११ वजे विष्पोट भएको थियो । विष्पोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै खजुरगाछी– ९ मा रहेको इण्डाइनियल वेष्ठल्याडमा पनि राति नै बम विष्पोट भएको  छ । उक्त मण्डलीमा पनि हिन्दु मोर्चा नेपालको पर्चा भेटिएको बताइएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञावालीले बताएपनि बम कसले र किन राखेको हो सो भने खुल्न सकेको छैन । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएका छैनन् ।
भ्mापाका विभिन्न स्थानमा एकै पटक बम राखेपछि अहिले झापाको जनजीवन आतंकित बनेको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।