Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, September 16, 2015

च्याउ खाँदा दुई लाख गुम्यो



सुरुङ्गा (झापा) ३० भदौ ।  आफ्नै बारिमा उम्रिएको च्याउँको तरकारी बनाएर खादा इलामको शान्तिडाँडा–६ का ४८ वर्षीय माजीमान राईले दुई लाख रुपैयाँ गुमाउनु प¥यो । उहाँले च्याउको तरकारी खाएकै कारण दुई लाख रुपैयाँ त  गुमाउनुभयो नै उहाँले आफूसंगै  आफ्नी श्रीमती तथा  दुई छोरा छोरीपनि झण्डै गुमाउनुप¥यो ।
 
गत असोज २५ गते विहानको खानासंग च्याउको तरकारी खाए लगत्तै सिकिस्त विरामी हुनुभएका राई र उहाँकी श्रीमती ४७ वर्षीय फूलमाया राई , १८ वर्षीय छोरा सञ्जिव राई र १२ वर्षीय छोरी सञ्जिताको उपचारमा दुई लाख रुपैयाँ खर्च भएसंगै उहाँको सम्पत्ती त गुम्योगुम्यो परिवारका सबै सदस्यको  झण्डै ज्यान गयो काजीमानका दाजु कुमार राईले भन्नुभयो । उहाँले ६ दिनसम्म झापाको बिर्तामोडमा रहेको पूर्ण तुङ्ग विर्ता सिटी हस्पिटलमा उपचार गराएर काजीमानको परिवारका सबै सदस्यलाई स्वास्थ्य बनाएपछि आज सञ्चाकर्मीहरुसंग कुराकानी गर्दै भन्नुभयो –‘ मिठाको लोभले च्याउ सेवन गर्दा झण्डै सबैले  ज्यान गुमाउनु परेन ।’
४ दिनसम्म आइसीयू र दुई दिन एचडीयूमा राखेर उपचार पछि  सबैको स्वास्थ्य अवस्था सामान्य भएसंगै अस्पतालले आज उनीहरुलाई डिस्चार्ज  गरेको छ । अस्पतालबाट डिस्र्चाज भएलगत्तै काजीमानले उपचारका लागि ल्याउने आफन्त र उपचारमा सम्लग्न डाक्टरलाई आफू र आफ्नो परिवारका सबै सदस्यलाई  नयाँ जीवन दिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले डाक्टरलाई धन्यवाद मात्र दिनुभएन वारीमा उम्रिएको च्याउँ कसैलाई पनि नखान अनुरोध समेत गर्नुभयो ।
जंगली च्याउ खाएर सिकिस्त विरामी भएका सबैलाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि २५ गते नै झापामा रहेको बितासिटी हस्पिटल ल्याइएको थियो । हस्पिटलमा डा. प्रकाश उप्रेती, डा. पुस्पक रेग्मी, डा. रामभक्त सुवेदी, डा. अनिल रेग्मी, कौशल श्रेष्ठ लगायतको ५ सदस्यीय विषेशषको टोलीले उपचार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल वस्नेतले बताउनुभयो ।  उहाँले विषत्त च्याउ सेवनका मानिसमा  ८ प्रकारका लक्ष्यण देखा पर्ने गरेको र उनीहरुमा मुटु र दिमागमा असर देखिएको बताउनुभयो ।  उनीहरुले सेवन गरेको च्याउ अनानिरिया मसाकारिया प्रजातिको भएको र उक्त च्याउ ज्यादै विषात्त भएकाले उपचारमा समेत निक्कै समस्या भएको उहाँले बताउनुभयो ।
विषात्त च्याउ सेवनका कारण नेपालमा वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् र अझैं पनि धेरैलाई जंगली च्याउँ खान हुँदैन भन्ने चेतना आइ नसकेको अस्पतालका अध्यक्ष गोपाल बस्नेतले बताउनुभयो । उहाँले जथाभावी च्याउँको सेवनले तत्काल मानिसको मृत्यु हुने भएकाले जंगली च्याउ कसैलाई पनि सेवन नगर्न आग्रह गर्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।