Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, September 18, 2015

विदेशबाट फर्किएर डेरी उद्योग सञ्चालन


 (सुरेन्द्र भण्डारी)
राजगढ,असोज २ ।  आर्थिक उर्पाजनका लागि नेपाली युवा
रोजगारीको खोजीमा दैनिक १५ सय भन्दा बढी युवा विदेसिरहेका वेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक ६० हजार भन्दा बढी कमाई गरिरहनु भएको छ ।  
बैदेसिक रोजगारीका लागि विदेश गएर झण्डै तीन वर्ष दुवई तथा कतामा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप  – १ निवासी  ३० वर्षीय भरतप्रसाद ओली र सोही ठाउँ निवासी  ५४ वर्षीय जनकलाल तिवारीले गाउँमा नै दूध चिस्यान केन्द्र सञ्चाल गरेर अहिले राम्रो  आम्दानी गरिरहनुभएको छ । उहाँहरुले राजगढ – ६ मा विगत ७ वर्षदेखि कनकाई दूध डेरी उद्योग तथा चिस्यान केन्द्र सञ्चालन गरेर आम्दानीको राम्रो श्रोत जुटाउनुभएको छ ।
 झण्डै साढे ४ लाख रुपैयाँको लागानीमा सुरु गरेको उक्त व्यवसायबाट अहिले दैनिक खर्च कटाएर दुई हजार रुपैयाँ भन्दा माथि बचत गर्ने गरेको चिस्यान केन्द्रका सञ्चालक ओलीले बताउनुभयो । ओली वैदेसिक रोगारीका लागि दुई रुपैयाँ व्याजदरमा ऋण खोजेर सन २००३ मा  ८० हजार रुपैयाँ खर्च गर्दै विदेश (दुवई) जानुभएको थियो । दुवईमा २८ महिना बस्ता पनि राम्रो कमाई गर्न नसकेपछि नेपाल फर्किएको उहाँले बताउनुभयो । नेपाल फर्किएपनि ऋण तिर्न आफ्नै कुनै माध्यम नभएपछि  पुनः सन २००५ मा कतार गएको तर  ११ महिना वित्न नपाउँदै  घर फर्किएर गउँमा नै दूध सङ्कलन केन्द्रको सुरुवात गर्नुभएको उहाँको भनाई छ ।  रितिका डेरी उद्योग धाइजनको सल्लाहमा उहाँ र नातामा भिनाजु पर्ने तिवारीले राजगढमा सुरु गरेको दूध सङ्कलन केन्द्र अहिले उहाँहरुको आर्थिक उपार्जनको दरिलो माध्यम बनेको छ ।
 राजगढमा उहाँहरुले सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रका कारण त्यस क्षेत्रका कृषकले दूध विक्री गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय कृषक पदमप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश कृषकले दूध विक्रीका लागि नै उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेका छन् । सस्तो मूल्यमा भारतीय ग्वालालाई दूध वेच्दै आएका किसानले अहिले उक्त चिस्यान केन्द्रमा उचीत मूल्यमा दूध वेच्न थालेको अगुवा कृषक केशवप्रसाद बरालले बताउनुभयो  ।
  ग्रामीण क्षेत्रका कृषकलाई  यही स्वरोजगारको वातावरण सृजना गर्दै  गरिवी निवारणमा टेवा पु¥याएको जनाउदै ओली र तिवारीले सुरुगर्नु यो व्यवसायलाई प्रोत्साहित गर्दै गत वर्ष क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएपछि  उहाँहरुले अहिले आफ्नो डेरीमा ५ सय लिटरको चिलिङ भ्याटसमेत   राख्नुभएको छ । चिस्यान केन्द्र सञ्चालनमा आएपछि अहिले यहाँका किसानले विहान वेलुका दुवै समयमा दूध विक्री गरिरहेको उहाँको भनाई छ ।  विदेशमा गरेको दुःख सम्झिएर ओलीले भन्नुभयो र्– हामीले यहाँ केही व्यवसाय सुरु गरे पछि त्यसले आफूलाई राम्रो गर्छ ।’
  दक्ष नेपाली युवा विदेसिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो – सुरुमा त मलाई पनि यहाँ कमाई गर्न सकिदैन जस्तो लागेको थियो तर अहिले ग्राहकको मागलाई पुरा गर्न नसक्ने अवस्था छ । के का लागि विदेश जानु प¥यो  उहाँले प्रतिप्रश्न्न गर्नुभयो । सिप नसिकी  विदेश जानु भनेको  जीवनलाई बन्धकी राख्नु हो उहाँले भन्नुभयो ।
 दैनिक तीन सय लिटर दूध सङ्कलन गर्दै आउनुभएका उहाँहरुले रितिका डेरीलाई उक्त दूध विक्री गर्नुहुन्छ । गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्यले सञ्चालन गरेको उक्त चिस्यान केन्द्रबाट अहिले दनिक दुई सय घर परिवार प्रत्यक्ष लाभान्वित भएका डेरिका अर्का सञ्चालक तिवारीले भन्नुभयो ।  विदेश जाने नेपालीलाई यही आर्थिक उपार्जन गर्न सकिने जनाउदै ओलीले भन्नुभयो – विदेशमा गरिने दुःख स्वदेशमा गरिए विदेशमा भन्दा बढी कमाई गर्न सकिने रहेछ ।  ठेक्का पट्टाको व्यवसाय गर्दा उपलब्धी नभएपछि विदेश समेत जाने सोच बनाउनुभएका तिवारीले अहिले सालासंग मिलेर  सुरु गरेको व्यवसायबाट उहाँ यही सन्तुष्ट हुनुहुन्छ । मलाई मात्र होइन राजगढका धेरैले दूध बेचेर सहज जीवन यापन गरिरहेका छन् उहाँले भन्नुभयो  – हामीले काम गर्न नजानेर दुःख पाएका रहेछौं अहिल राजगढका धेरै मानिस दूध वेचेर सहजै जीवन यापन गर्न सक्छन् ।
ओली र तिवारीले सुरु गरेको  यो व्यवसायको सिको गर्दै अहिले राजगढ बजारमा अर्काेपनि  दूध डेरी सञ्चालनमा आएको छ ।  जसका कारण थप कृषकलाई त सहज भएको छ नै तर पनि  सबैको रोजाई कनकाई डेरी उद्योग नै हुने गरेको स्थानीय शिक्षक मोहन ओलीले बताउनुभयो । कनकाई डेरी उद्योगले विहान वेलुकै दूध संकलन गर्न थालेपछि यहाँका कृषक थप पशुपालन व्यसायमा उत्साहित भएका छन् । लगानी सुरक्षित हुने भन्दै राजगढका अधिकांश कृषकले पशुपालन गर्दै आएका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।