Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Saturday, November 1, 2014

रिक्सा कुदाएर डाक्टर बन्ने सपना




[सुरेन्द्र भण्डारी]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्  सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा।लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित  जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा ९एसएलसी० उत्तीण गरेका थिए ।  आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर  विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।

ब्लग सेयर गर्नुहोला।