Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, November 1, 2014

रिक्सा कुदाएर डाक्टर बन्ने सपना

[सुरेन्द्र भण्डारी]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्  सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा।लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित  जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा ९एसएलसी० उत्तीण गरेका थिए ।  आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर  विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।

सानै उमेरदेखि डाक्टर बन्ने सपना बोकेका राजवंशी अहिले दैनिक रिक्सा चलाएर भएपनि आफ्नो रहर पुरा गर्न अग्रसर बनेका छन् । उनी अहिले बिर्तामोड स्थित महानन्द चौकमा स्थानीयको घरमा भाडामा बसेर रबी रिक्सा ग्यारेजको रिक्सा चलाउँदै पढ्ने खर्च जुटाउँदैछन् । दैनिक रु ७०  रुपैयाँमा रिक्सा भाडामा लिएर कलेज छुट्टीको समयमा रिक्सा कुदाउँदै अध्ययन खर्च जुटाउने गरेका राजवंशी जागिर खोज्दा कतै नपाइएपछि बाध्य भएर आफूले रिक्सा कुदाएको बताउँछन् ।

पढ्ने खर्च जुटाउँन कै लागि मैले गत बर्षबाट बिर्तामोडमा आएर रिक्सा कुदाउँन थालेको हुँ राजवंशी भन्छन–‘रिक्सा कुदाउने क्रममा कतिपटक त कुटाई  समेत खाएको छु ।’
दिनहुँ घाम, पानी नभनी रिक्सा कुदाउने गरेका राजवंशी आफ्नो दुखेसो पोख्दै भन्छन–‘रिक्सा चालकलाई सबैले हेप्दा रहेछन् कतिपय मानिसले भाडा माग्दा ना ना थरी गाली गर्दै भाडा समेत दिदैनन् ।’ ‘वीएम्एलटी’ सम्मको अध्ययन गर्ने रहर भएको बताउने उनी गरीवको सेवा गर्न दुःख गरेको बताउँछन् ।
रिक्सा कुदाएर राजवंशी दैनिक दुई सयदेखि तीनसय रुपैयाँसम्म कमाई गर्ने गरेको बताउँदै  कमाएको पैसाले कहिलेकाँही घर भाडा तिर्न र खान समेत नपुग्ने गरेको सुनाउँछन् उनी ।  दिनहुँ बिहान  ६ः३० बजे कलेज जाने गरेका उनी कलेज छुट्टीपछि दैनिक रिक्सा लिएर सडकमा निस्कन्छन् । दिनभर रिक्सा कुदाएर साँझ थकित बनेको गरको शरीर लिएर भएपनि कोठा गएर खानपिन पछि सधैं १० बजेसम्म पढ्छु राजवंशीले हामीसंगको कुराकानीमा भने । कम्प्युटर सिक्ने इच्छा भएपनि  पैसा नभएर त्यो पनि पुरा नसकेको उनको भनाई छ ।
ल्याव टेक्निसियन अध्ययनका लागि तीनलाख २० हजार रुपैयाँ खर्च लाग्ने बताउँदै उनी भन्छन–‘यतिका पैसा रिक्सा कुदाएर कमाउन सक्छु कि सक्दिन आफैंलाई थाहा छैन ।’अहिले भर्ना शुल्क तिर्न समेत पुरा पैसा नभएर किस्तामा  तिदैर्छु उनले भने ।

रिक्सा कुदाएर डाक्टर बन्ने सपना

[सुरेन्द्र भण्डारी ]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्  सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा.लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित  जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा (एसएलसी) उत्तीण गरेका थिए ।  आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर  विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।
IMG_0500

- See more at: http://purwanchalnationaldaily.com/%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d/#sthash.M1x7kSmk.dpuf

रिक्सा कुदाएर डाक्टर बन्ने सपना

[सुरेन्द्र भण्डारी ]
बिर्तामोड, कात्तिक १५ । आर्थिक अबस्था कमजोर भएपनि आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्  सुनिलकुमार राजवंशी ।
मोरङको आपगाछी – ७ मा २०४६ सालमा इन्द्रलाल र उजनीदेवी राजवंशीका जेठा छोराका रुपमा जन्मिएका उनी यतिवेला बिर्तामोडमा रहेको कञ्चनजंघा इन्ष्टिच्यूट अफ हेल्थ साइन्स प्रा.लिमा ल्याव टेक्निसियन अध्ययन गर्दैछन् । आर्थिक अबस्था कमजोर भएका राजवंशीले २०६३ सालमा मोरङको वहुवन स्थित  जनता माध्यमिक विद्यालयबाट प्रवेसिका परीक्षा (एसएलसी) उत्तीण गरेका थिए ।  आर्थिक अवस्था कमजोर भएकै कारण उनले दैनिक मजदुरी गरेर  विराटनगरमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा शिक्षा विषय लिएर प्लसटु सम्मको अध्ययन गरे । तर, त्यो भन्दा अघि अध्ययन गर्न उनलाई आर्थिक समस्याले सतायो र अध्ययनलाई निरन्तरता दिन नसकेको राजवंशी बताउँछन् ।
IMG_0500
सानै उमेरदेखि डाक्टर बन्ने सपना बोकेका राजवंशी अहिले दैनिक रिक्सा चलाएर भएपनि आफ्नो रहर पुरा गर्न अग्रसर बनेका छन् । उनी अहिले बिर्तामोड स्थित महानन्द चौकमा स्थानीयको घरमा भाडामा बसेर रबी रिक्सा ग्यारेजको रिक्सा चलाउँदै पढ्ने खर्च जुटाउँदैछन् । दैनिक रु ७०  रुपैयाँमा रिक्सा भाडामा लिएर कलेज छुट्टीको समयमा रिक्सा कुदाउँदै अध्ययन खर्च जुटाउने गरेका राजवंशी जागिर खोज्दा कतै नपाइएपछि बाध्य भएर आफूले रिक्सा कुदाएको बताउँछन् ।
पढ्ने खर्च जुटाउँन कै लागि मैले गत बर्षबाट बिर्तामोडमा आएर रिक्सा कुदाउँन थालेको हुँ राजवंशी भन्छन–‘रिक्सा कुदाउने क्रममा कतिपटक त कुटाई  समेत खाएको छु ।’
दिनहुँ घाम, पानी नभनी रिक्सा कुदाउने गरेका राजवंशी आफ्नो दुखेसो पोख्दै भन्छन–‘रिक्सा चालकलाई सबैले हेप्दा रहेछन् कतिपय मानिसले भाडा माग्दा ना ना थरी गाली गर्दै भाडा समेत दिदैनन् ।’ ‘वीएम्एलटी’ सम्मको अध्ययन गर्ने रहर भएको बताउने उनी गरीवको सेवा गर्न दुःख गरेको बताउँछन् ।
रिक्सा कुदाएर राजवंशी दैनिक दुई सयदेखि तीनसय रुपैयाँसम्म कमाई गर्ने गरेको बताउँदै  कमाएको पैसाले कहिलेकाँही घर भाडा तिर्न र खान समेत नपुग्ने गरेको सुनाउँछन् उनी ।  दिनहुँ बिहान  ६ः३० बजे कलेज जाने गरेका उनी कलेज छुट्टीपछि दैनिक रिक्सा लिएर सडकमा निस्कन्छन् । दिनभर रिक्सा कुदाएर साँझ थकित बनेको गरको शरीर लिएर भएपनि कोठा गएर खानपिन पछि सधैं १० बजेसम्म पढ्छु राजवंशीले हामीसंगको कुराकानीमा भने । कम्प्युटर सिक्ने इच्छा भएपनि  पैसा नभएर त्यो पनि पुरा नसकेको उनको भनाई छ ।
ल्याव टेक्निसियन अध्ययनका लागि तीनलाख २० हजार रुपैयाँ खर्च लाग्ने बताउँदै उनी भन्छन–‘यतिका पैसा रिक्सा कुदाएर कमाउन सक्छु कि सक्दिन आफैंलाई थाहा छैन ।’अहिले भर्ना शुल्क तिर्न समेत पुरा पैसा नभएर किस्तामा  तिदैर्छु उनले भने ।
तस्वीर रणदेव ठाकुर
- See more at: http://purwanchalnationaldaily.com/%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%be-%e0%a4%95%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d/#sthash.nkUf9S27.dpuf

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।