Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, February 2, 2016

भतिजीलाई जागिर खुवाउने अडानले शिक्षक नियुक्ति रोकियो


सुरुङ्गा(झापा)१९ माघ ।  विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले आफ्नी भतिजीलाई शिक्षक नियुक्ति गर्न अडान राखेपछि दक्षिणी झापाको एक सामुदायिक विद्यालयको शिक्षक नियुक्ति प्रक्रिया अन्यौलमा परेको छ । जसका कारण उक्त विद्यालयमा पठन पाठन समेत प्रभावित भएको छ ।
पशुपति उच्च माध्यमिक विद्यालय राजगढले  गत मंसीर १५ गते अस्थायी करार प्रावि तृतीय शिक्षक आवश्यक भएको भन्दै सूचना प्रकासित गरेको थियो ।
सूचना प्रकासन भएलगत्तै  २२ जनाले आवेदन दिएको विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरीले बताउनुभयो । रीक्त प्रावि दरवन्दीका लागि प्रकाशित गरिएको  सूचना अनुसार शिक्षक छनौट गर्न शिक्षक छनौट समितिले पुस १३ गते लिखित परीक्षा लिएको थियो । परीक्षामा सहभागी मध्ये  तुलशा भण्डारी,नेत्र खतिवडा र लक्ष्मी राजवंशीले नाम निकालेको विद्यालयका प्रधानाध्यापक चौधरीले बताउनुभयो ।

पुस १३ गते लिइएको लिखित परीक्षाको उत्तर पुस्तिका जाँच्ने क्रममा ढिलो भएको भन्दै शिक्षक छनौट समितिले राति अवेर मात्रै तीन जनाको नाम सार्वजनिक गरेको थियो । राति अवेर तीन जनाको नाम सार्वजनिक गर्दै उक्त समितिले मैखिक परीक्षा १४ गते लिने निणर्य गरेको र सोही निर्णय अनुरुप १४ गते परीक्षामा सहभागी मध्ये ३ जना विद्यार्थीलाई बोलाइएको बताइएको छ ।   तर मौखिक परीक्षा लिने विषयमा सहमति जुट्न नसक्ता शिक्षक नियुक्ति अन्यौलमा परेको हो – विद्यालयका प्रधानाध्यापक चौधरीले भन्नुभयो ।
पूर्व सहमति अनुसार २ जना विषय विज्ञ, एक विद्यालय निरीक्षक र प्रधानाध्यापक वसेर मौखिक परीक्षा लिने निर्णय भएपनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल राजवंशीले एक विज्ञ,एक विनि र आफू मात्र बसेर परीक्षा लिने भनेपछि विवादका कारण परीक्षा रोकिएको हो – चौधरीले भन्नुभयो । १४ गते लिने भनेको मौखिक परीक्षा रोकिएपछि पटक – पटक मौखिक परीक्षा लिन विद्यालय प्रशासनले आग्रह गर्दासमेत अध्यक्ष नमानेको प्रधानाध्यापक चौधरीको आरोप छ ।
विद्यालय व्यवस्थापन समिति सदस्य भीम कार्कीले ‘विद्यालयमा शिक्षक नियुक्ति गर्दा राजनीतिक पहुँचको आधारमा नभई योग्यता र क्षमताको आधारमा जो अगाडि आउँछ उसैलाई शिक्षक नियुक्ति गरिनुपर्छ ’ आफूहरुले भनेपछि अध्यक्षले मौखिक परीक्षा गराउन नचाहेको बताउनुभयो । विद्यालयमा तत्काल शिक्षक निय्ुक्त गरी पठन पाठन सहज गराउन पटक पटक अध्यक्षलाई आग्रह गरिएपनि अध्यक्षले नटेरेपछि यस्तो समस्या उत्पन्न भएको हो– कार्कीले भन्नुभयो ।  उहाँले शिक्षक नियुक्तिको विवादले विद्यालयको पठन पाठनमा समेत प्रभाव परेको बताउनुभयो ।
यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजवंशीले आफ्नी भतिजीलाई  विद्यालयमा शिक्षकको रुपमा निय्ुक्ति गर्न आफूले आग्रह गरेको र उक्तकुरा नमानेकाले मौखिक परीक्षा गर्न नसकिएको बताउनुभयो । उहाँले आफ्नी भतिजी लक्ष्मी राजवंशीलाई नियुक्ति गर्न वोलराज खनाललाई आग्रह गरेपनि खनालले आफ्नो कुरा नमानेपछि परीक्षा रोकिएको हो भन्नुभयो । । खनाल विद्यालय निरीक्षक हुनुहुन्छ । पशुपति उच्च माध्यमिक विद्यालयको परीक्षाका लागि खनाल विनिका रुपमा  जानुभएको थियो ।
शिक्षा नियमावली २०५९ अनुसार सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वा निजले तोकेको समितिको सदस्य, सम्वन्धित क्षेत्रको विद्यालय निरीक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको अधिकृत, विद्यालयको सदस्य सचिव (प्रधानाध्यापक) र मनोनित दुई जना सदस्य शिक्षक छनौट समितिमा रहने ब्यवस्था छ । सोही व्यवस्था अनुरुप खनाल उक्त विद्यालयमा परीक्षा गराउन जानुभएको थियो । तर,शिक्षक छनौट समितिका लागि जानुभएका खनालले शिक्षक छनौट गर्न नसक्दा सो विद्यालयमा विवाद बढेर गएको उनीमाथि आरोप छ  । समयमा  परीक्षा गराएर किन परीक्षाफल प्रकासित गर्न समितिले सकेनत पूर्वाञ्चल कर्मीको जिज्ञासामा विद्यालय निरीक्षक खनालले विभिन्न कारण रहेको र उक्त कारण भन्न नमिल्ने बताउनुभयो । उहाँले केही दिन भित्र समस्याको समाधान हुन्छ पछि कुरा गरौला भन्दै उक्त विषयमा केही वताउन मान्नुभएन ।
यता व्यवस्थापन समितिका अध्यक्षको निहीत स्वास्र्थका कारण परीक्षा रोकिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयले दिएको दरवन्दीमा शिक्षक नियुक्तिका लागि कानुन अनुसार काम गर्नुहोस् भन्दा उहाँहरु आफैं आपसमा बाझ्नुहुन्छ अनि कसरी हुन्छ त शिक्षक नियुक्ति उहाँले प्रतिप्रश्न गर्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।