Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, February 1, 2016

युवा संघ झापाको अध्यक्षमा सापकोटा निर्वाचित


सुरुङ्गा (झापा) १८ माघ । युवा संघ झापाको अध्यक्षमा त्रिलोचन सापकोटा निर्वाचित हुनुभएको छ ।
 अध्यक्षका प्रत्यासी धरणीधर पोखरेललाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतवार राति सम्पन्न मत गणना अनुसार सापकोटाले १५४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रत्यासी पोखरेलले १३३ मत प्राप्त गर्नुभएको थियो ।


समितिको उपाध्यक्षमा शम्भू भण्डारी,सचिवमा नवीन इजाम,सह सचिव सुमन थापा र कोषाध्यक्षमा विकाश गिरी निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा नारायण खनाल, किरण नेपाल, संगीता मेचे, निर्मला आचार्य, नारायण राजवंशी, मालीन राजवंशी, सागर पोर्तेल, वलराम गिरी, केशव भण्डारी, भीमवहादुर साँवा, सविन रिजाल, हस्तवहादुर तामाङ र  डिल्लीराम सुवेदी निर्वाचित हुनुभएको छ ।
 ५१ सदस्यीय संघको २५ सदस्ययस अघि नै निर्विरोध चयन भइसकेका छन् ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।