Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, February 9, 2016

झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै


(सुरेन्द्र भण्डारी)
सुरुङ्गा (झापा) माघ । पछिल्लो समय झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै गएको छ ।
थोरै लगानी अनि राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक माछापालन व्यवसायमा आर्कसित भएसंगै झापामा मत्स्यपालन व्यवसाय फस्टाउदै  गएको हो । झापामा साना ठूला गरी एक हजार  ५ सय ५० वटा माछा पोखरी रहेका छन् । जसमध्ये  २ सय ५८ हेक्टर क्षेत्रफलमा अहिले माछापालन भइरहेको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ ।
झापामा उत्पादित माछाले यहाँको वजारलाई धान्न नसकेपछि जिल्लामा भारतबाट समेत झापामा माछाको आयात हुने गरेको छ । जिल्लामा कुल  नौ सय ५ मेट्रिकटन  मात्र माछा उत्पादन हुँदै आएको जिल्ला कृसष विकास कार्यालय झापाका मत्स्य शाखाका प्राविधिक सहायक प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो दुई वर्षमा यहाँका कृषकले व्यवसायिक फर्म दर्ता नै गरेर माछापालन गरिरहेका छन् । माछापालन व्यवसायबाट अहिले झापाका एक हजार ६६ जना कृषक प्रत्यक्ष लाभान्वित छन् – जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक श्रेष्ठले भन्नुभयो ।

 जिल्ला कृषि विकास कार्यलय झापाको तथ्याङ्क अनुसार धेरैजसो युवा मत्स्यपालन व्यवसायमा आवद्ध भएका छन् । जिल्लामा अहिले बिर्तामोड नगरपालिका – ९ मा इस्टर्न फीस फर्म ,गौरीगञ्जको वेनलेस वैगुनधुराको जय गणपति आदि ठूला मत्स्यपालन फर्म हुन् । बिर्तामोडमा सञ्चालित इस्टर्न फीस फर्म करिव सवा करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको छ । उक्त फर्मले मात्रै ८ विवगाह क्षेत्रफलमा २० वटा पोखरी निर्माण गरी माछा पालन गरिरहेको छ ।
सरकारले पूर्वाञ्चलका झापा , मोरङ्ग र सुन्सरीमा बिशेष मत्स्य बिकास कार्यक्रम सन्चालन गरेपछि यहाँका अधिकांश कृषक यो व्यवसायमा आवद्ध भएको जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले बताउनुभयो । उहाँले अहिले किसानहरुले ८५ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणको माग गरेकाले  कृषकबाट माग भई आएका आबेदनहरुलाई मत्स्य बिकास केन्द्र फतेपुर मार्फत छनोटका लागि पठाइसकिएको छ  भन्नुभयो ।
सरकारले पुराना पोखरीका लागि एरेटर लगायतका उपकरण औजार ५० प्रतिशत छुटमा खरिद गर्नका लागि आबेदन आव्हान गरेको र  युवा लक्षित कार्यक्रम अन्तरगर्त जिल्ला कृषि बिकास कार्यालय झापा आफैंले पनि आठ जना मत्स्यपालक कृषकलाई रु ५० हजारका दरले अनुदान दिएको बताउनुभयो ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।