Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, September 21, 2015

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह




सुरुङ्गा(झापा) ४ असोज ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढे दश करोड
रुपैयाँ ऋण मिनाह गरेको छ ।
संस्थाले  सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम अन्र्तरगत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको रकम मिनाह गरेको हो । सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार व्यहोर्नु नपरोस् भनेर सहकारीले सञ्चालन गरेको उक्त कार्यक्रमबाट तीन वर्षको अवधिमा चारहजार एक सय ५३ घर परिवारका सदस्यले लिएकोे साढे दश करोड रुपैयाँ ऋण मिनाह गरेको  कार्यालयका वरिष्ठ विभागीय प्रमुख दिनेशवहादुर निरौलाले बताउनुभयो ।
तीन बर्ष अगाडि सहकारीले जिल्लामा नै पहिलो पटक सञ्चालन गरेको यो अभियान अन्र्तगत सहकारीमा आवद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि उसले लिएको सम्पूर्ण ऋण मिनाहा  गर्दै मृतकका परिवारलाई काज किरिया खर्च बापत थप २४ प्रतिशत रकम सहकारीले प्रदान गर्ने गरेको छ ।  सहकारीको ऋणी सदस्यले लिएको ऋणको सम्पूर्ण रकम  तिर्न नसक्दै उसको मृत्यु भएमा सहकारीले मृतकको परिवारलाई तिरेको ऋण फिर्ता गर्दै तिर्न वाँकी ऋण समेत मृतकका हकवालालाई  दिने गरेको सहकारीका वरिष्ठ विभागीय प्रमुख निरौलाले बताउनुभयो । उहाँले सहकारी मार्फत जुनसुकै शीर्षकमा आफ्ना सदस्यले ऋण लगेको भएपनि उसको मृत्यु भएमा तिर्दै आएको रकम कार्यक्रम अनुसार  फिर्ता गर्ने र  तिर्न बाँकी रकम समेत उसको परिवारलाई उल्टै सहकारीले प्रदान गर्छ भन्नुभयो । सामाजिक सुरक्षा कार्यक्रम एक हिसावले विमा गरेजस्तै हो भन्दै उहाँले भन्नुभयोर्– कारणवस  ऋणी सदस्यको  मृत्यु भएमा उसको परिवारले भविश्यमा ऋणको चिन्ता वेहोर्नु नपरोस भनेर सहकारीले यस्तो कार्यक्रम ल्याएको हो ।’
ऋणी सदस्यको मृत्युपछि सहकारीले सुरु गरेको कार्यक्रम अन्र्तगत अहिलेसम्म चारहजार एकसय ५३ घर परिवारका सदस्यलाई दश करोड ५५ लाख ३३ हजार ६ सय ७८ रुपैयाँ  ऋण मिनाह गरेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । गरिवी निवारणका लागि लक्षित समुदायका महिलालाई  संगठित गर्दै सहकारीले आय आर्जन कार्यक्रमका लागि सहकारीले ऋण लगानी गरेको समेत सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । उहाँले सहकारीले ऋणी सदस्यको मृत्यु हुँदा प्रदान गरिने सेवा वाहेक सदस्यका श्रीमानको मृत्यु हुँदा समेत काज किरीया खर्चका लागि सात हजार ५ सय रुपैयाँ प्रदान गर्ने गरेको बताउनुभयो ।
त्यस्तै सहकारीले ऋणी सदस्य सुत्केरी भए एक हजार ५ सय रुपैयाँ भिटामिन खर्चका लागि प्रदान गर्ने गरेको छ । यो सुविधा दुई सन्तानमात्र  जन्माउने सदस्यका लागि लागू हुने सहकारीका वरिष्ठ विभागिय प्रमुख निरौलाले बताउनुभयो । यसैगरी सहकारीले आफ्ना सदस्यलाई सर्पले डसे वा कुनै जंगली जनवारले टोकेर घाइते भएमा उपचार खर्चका लागि तीन हजार, दैवी वा प्रकृतिक प्रकोपमा परी घर मूलीको मृत्यु भएमा ५ हजार रुपैयाँ क्षति पूर्ति वापत रकम प्रदान गरिने गरिएको निरौलाले बताउनुभयो ।
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीमा अहिले ८५ हजार ४ सय ७८ जना महिला र पुरुष एक हजार ५ सय २२ जना गरी कुल ७८ हजार सदस्य आवद्ध रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहकारीको कार्यक्षेत्र झापा सहित इलाम,पाँचथर, मोरङ,सुनसरी,उदयपुर जिल्लामा रहेको बताइएको छ । संस्थाका ४ वटा इलाका कार्यलय र ४५ वटा सेवा केन्द्रमा गरी तीनसय १३ जनाले प्रत्यक्ष रोगजार पाएको कार्यालयले जनाएको छ ।

सहकारीको नाफा दश करोड
२०५२ सालबाट कारोवार सुरु गरेको सहकारीले आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै दश करोड पाँचलाख रुपैयाँ नाफा गरेको छ ।
कार्यलयका वरिष्ठ विभागीय प्रमुख निरौलाले दिएको जानकारी अनुसार २२ करोड ३४ लाख रुपैयाँ सेयर पूँजी रहेको सहरकारीले दश करोड रुपैयाँ नाफा गरेको हो । सहकारीमा आवद्ध सदस्यको एक अर्व ३५ करोड ५८ लाख रुपैयाँ बचत गर्न सफल सहकारीले आफ्ना सदस्यलाई दुई अर्व ४ करोड ६ लाख रुपैयाँ ऋण लगानी गरेको कार्यालयले जनाएको छ । सहकारीको वसालात मात्रै दुई अर्व ५७ करोड रहेको निरौलाले बताउनुभयो ।

सहाराले पैने तीन करोड कर ति¥यो
आर्थिक वर्ष २०७१÷०७२ मा दश करोड रुपैयाँ नाफा गर्न सफल सहारा नेपालले कर मात्रै पैने तीन करोड रुपैयाँ तिरेको बताइएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा दुई करोड ८० लाख ४९ हजार ८ सय ३६ रुपैयाँ आन्तरिक राजश्व कार्यालय मेचीलाई कर बुझाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा पारिश्रमिक वापत ५२ लाख ५८ हजार ६ सय १७ रुपैयाँ, सामाजिक सुरक्षा कर वापत १५ लाख ३३ हजार २ सय ६६ रुपैयाँ, लेखा परीक्षण कर वापत एक हजार दुई सय ७५ रुपैयाँ, घर भाडा वापत १३ लाख १० हजार ४ सय ४८ रुपैयाँ, ठेक्का कर वापत ११ लाख १० हजार ६ सय ९५ रुपैयाँ र  संस्थागत कर वापत  एक करोड ८८ लाख ३५ हजार, ९ सय  ३५ रुपैयाँ कर तिरेको कार्यालयका वरिष्ठ विभागीय प्रमुख निरौलाले जानकारी दिनुभयो ।

यस्ता छन् सहकारीका कार्यक्रमहरु
विपन्न समुदायको जीवन स्तर उकास्न सहकारीले विना धितो घरदैलोमा ऋण लगानी र बचत सेवा सञ्चालन  गर्दै आएको बताइएको छ । त्यस्तै साइनो हाम्रो सहारा कार्यक्रम अन्र्तगत पशुसाटासाट कार्यक्रम ,विपन्न समुदायको आवास कार्यक्रम, उज्यालो गाउँ बनाउँ कार्यक्रम र खुल्ला दिशा मुक्त गाउँ वनाउ अभियान सञ्चालन गर्दै आएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो । यसैगरी घर भित्रको धुँवा मुक्त कार्यक्रम समेत सहकारीले सञ्चालन गर्दै आएको बताइएको छ । –

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।