सुरुङ्गा(झापा) ६ असोज । अत्याधिक मदिरा सेवनका कारण आज झापाको कनकाई नगरपालिकास्थित दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका घर भएका ६०
वर्षीय जयप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्रीले बताउनुभयो । दुलाल पूर्व पश्चिम राजमार्ग अन्र्तगत दुर्गापुर बजार उत्तरमा रहेको दलित सामुदायिक भवनमा माधक पदार्थ सेवन गरेर सुतेको र लामो समयसम्म पनि नउठेपछि स्थानीयले हेर्दा उनी मृत अबस्थामा भेटिएपछि प्रहरीलाई खवर गरेको डीएसपी खत्रीले बताउनुभयो । उहाँका अनुसार दुलालले आज विहानैदेखि दुर्गापुर बजारबाट माधकपदार्थ किनेर सेवन गरेका थिए ।
विभिन्न व्राण्डका माधक पदार्थका वोतल उनको शव नजिकै फेला परेकाले पनि उनले अत्याधिक माधक पदार्थ सेवन गरेर मृत्यु भएको हुनसक्छ डीएसपी खत्रीले भन्नुभयो । मृत अवस्थामा भेटिएका उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको समेत खत्रीले बताउनुभयो ।
0 comments:
Post a Comment