Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Wednesday, December 23, 2015

आजबाट विषादि प्रयोगमुक्त सप्ताह सुरु ÷/ झापामा विषादिको प्रयोग १५ प्रतिशतले घट्यो



सुरुङ्गा(झापा) ८ पुस । आजबाट देशभर विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको छ ।
‘घातक विषादि प्रयोग निर्मूलीकरण गरौं,खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ झापामा पनि विषदि प्रयोगमुक्त सप्ताह सुरु भएको हो । सप्ताह पुस १४ गतेसम्म सञ्चालन हुने भएपनि झापामा भने विषादि प्रयोगमा न्यूनीकरण गर्दै वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अन्र्तगतका विषादि प्रयोगमा जोड दिँदै १६ गतेसम्म विभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
विषादिको विना प्रयोग फलाइएको  लौका । तीन वर्षदेखि वेमौसमी व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका झापा राजगढका कृषक सविता गौतम आफ्नो बारीमा फलेको चार फिट लामो लौका देखाउँदै । तस्बिर सुरेन्द्र भण्डारी, झापा, रासस 

 सप्ताह अवधि भर विषादिको बढी प्रयोग हुने स्थानहरुमा रासायनिक विषादिको असर र सावधानी अपनाउन के–के गर्नुपर्छ भन्ने विषयक सडक नाटक प्रस्तुत गरिने कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार झापामा वानस्पतीक विषादि,जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अपनाएर कृषकले खेती गर्न सुरु गरेसंगै प्रत्येक वर्ष रासायनिक विषादिको प्रयोग घट्दै गएको छ ।
पछिल्लो समय झापामा  कृषक र सरकारी स्तरबाटै अग्र्यानिक उत्पादनका लागि जोड दिँदै आइपीएम(एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेपछि विषादिको प्रयोग  १५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

Monday, December 21, 2015

कनकाई क्याम्पसमा सफ्टवेर जडित पुस्तकालय



 सुरुङ्गा (झापा)  ६ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले भौतिक पूर्वाधारहरुको विकास गर्न सकिएमात्रै समग्र मुलुकको स्वरुप परिवर्तन हुने बताउनुभएको छ ।

झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा मुमोलास अटोमेसन सिस्टमको सफ्टवेर जडित पुस्तकालयको आज उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकको पहिलो आवश्यकता नै पूर्वाधारको विकास हो भन्नुभयो

उहाँले अबको समयमा सूचना र प्रविधिको विकासले मात्र अगाडि बढ्न सकिने हुँदा सफ्टवेयर जडित पुस्तकालयले यहाँ अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकले समेत पुस्तकालयको भरपुर लाभ सक्ने धारणा राख्नु भयो ।
रु पाँच लाख ५० हजारको लागतमा सफ्टवेयर जडित पुस्तकालयमा १२ हजार पुस्तक राखिएको क्याम्पसका प्राध्यापक तीर्थराज खरेलले बताउनुभयो । तीन सयभन्दा बढी स्रोत ग्रन्थसमेत पुस्तकालयमा राखिएको बताइएको छ । विसं २०४७ मा स्थापना गरिएको उक्त क्याम्पसमा अहिले एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । 

Saturday, December 19, 2015

मुस्लिम समुदायपनि परिवार नियोजन सेवा लिँदै


सुरुङ्गा(झापा) ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम समुदायका अधिकांश महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी दुई सन्तान मात्र जन्माउन थालेका छन् ।

सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो समुदायमा गर्वपतन धार्मिक अपराध हो भन्ने मानसिकता अझै कायम छ । सोही मानसिकता अनुसार धार्मिक अपराधबाट बच्न सन्तानको रहर पुगिसकेका मुस्लिम समुदायका महिला  अहिले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दै छन् । केहीवर्ष अघिसम्म  समाज र परिवारले थाहा पाऊलान् भन्ने डरले अस्थायी साधन प्रयोग गर्नका लागि लुकीलुकी स्वास्थ्य संस्था धाउने मुस्लिम समुदायका महिला अहिले  निर्धक्क आफ्ना श्रीमानसंगै स्वास्थ्य संस्था आउने गरेको चकचकी स्वास्थ्य संस्थाका अहेव लक्ष्मण साहाले बताउनुभयो । आफ्नो स्वास्थ्यमा खासै चासो नदेखाउने यो समुदायका महिलाले बढ्दै गएको चेतानाका कारण बन्ध्याकरण गराउन स्वास्थ्य संस्था आउनथालेपछि शनिवार आफ्नो स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको साहाले बताउनुभयो । शिविरमा १५ जना महिलाले बन्ध्याकरण गरेकोमा ८ जना मुस्लिम समुदायका महिलाले मात्रै पाखुरामा राखिने परिवार नियोजनको ५ वर्षे अस्थाई साधन (नरप्लान्ट ) राखेको अहेव साहाले बताउनुभयो । शिविरमा आएका महिला मध्ये १४ जनाले परिवार नियोजनको अस्थाई साधन नरप्लान्ट प्रयोग गरेका थिए भने एक जना महिलाले पाठेघरमा राखिने १२ वर्षे अस्थायी साधन कपर्टी प्रयोग गरेको साहाले जानकारी दिनुभयो । कपर्टी प्रयोग गर्ने महिला मुस्लिम समुदायकी हुन् ।  त्यस्तै सन्थाल समुदायका ५ जना र  पराजुली थरकी अर्की एक महिलाले शिविरमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेको अहेव साहाको भनाई छ ।
 केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाले बन्ध्याकरण गराउनु हुँदैन बन्ध्याकरण गराए शरीरमा समस्या आउँछ भन्ने  डरले जन्मान्तर राख्न नचाहेपनि चेतनाको विकाससंगै अहिले अन्य समुदायका महिलाले जस्तै परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न थाल्नुले मुस्लिम, सन्थाल जस्तो समुदायको पनि पहुँच विस्तारै स्वास्थ्य क्षेत्रमा बढ्दै गएको मान्नुपर्छ – अहेव साहाले भन्नुभयो ।

पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग तथा  चकचकी स्वास्थ्य चौकीको आयोजनामा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा मुस्लिम समुदायका महिलासंगै  ४ सय ६८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा ६१ जना महिलाले स्वास्थ्य जाँच गराएको पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलका स्त्री रोग विशेषज्ञ डाक्टर अमित देवले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य जाँच गराउन आउनेहरुमा अधिकांश मुस्लिम र सन्थाल समुदायका रहेका छन् । जसमध्ये ७ जना महिलामा आङ खस्ने समस्या देखिएको डाक्टर देवले जानकारी दिनुभयो ।  धेरै सन्तान जन्माउनु, सुत्केरी अवस्थामा भारी काम गर्नु, सुत्केरी भएपछि छिट्टै  काममा फर्कनु, सुत्केरी अवस्थामा लामो समयसम्म व्यथा लाग्नु आदि कारणले महिलामा आङ खस्ने समस्या  देखिन्छ – स्त्रीरोग विशेषज्ञ डा. देवले भन्नुभयो ।
स्वास्थ्य शिविरमा आएका मध्ये ३५ जनामा मधुमेह, एकसय ५ जना हार्ड जोर्नी, ७० जना वालरोग, ३२ जनाको दांत परीक्षण गरिएको र निःशुल्क औषधि समेत वितरण गरिएको अहेव साहाले बताउनुभयो । शिविरमा मुटु रोग विशेषज्ञ डा अनिल वस्नेत, दाँंत रोग विशेषज्ञ डाक्टर रोमी वस्नेत, हाड जोर्नी विषेशज्ञ डाक्टर  कुमुद लिम्बू, जनरल सर्जरी डा शम्भू नवल , वाल रोग विषेशज्ञ डा रामभक्त सुवेदी लगायतको टोलीले सेवा प्रदान गरेको थियो ।

झापामा ध्वनि प्रदुषण बढ्यो

 झापामा ध्वनि प्रदुषण बढ्यो
ट्राफिक प्रहरीलाई टेर्दैनन् यातायात व्यवसायी 
(सुरेन्द्र भण्डारी )

सुरुङ्गा(झापा) ४ पुस । यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ध्वनि प्रदुषण नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरेपनि यातायात व्यवसायीले अटेर गरेका कारण ध्वनि प्रदुषण बढ्दै गएको हो । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिँदै गएको बिर्तामोड लगायत काँकरभिट्टा, धुलावारी, चारआली, सुरुङ्गा, झिलझिले, दमकमा ध्वनि प्रदुषणका कारण यस क्षेत्रका स्थानीयवासिन्दा मात्र नभई यात्रा गर्ने यात्रुले समेत सास्ती व्यहोर्ने गरेको बताइएको छ । बढ्दो सवारीसाधनको चापसंँगै अनावश्यक ठाउँमा हर्नको प्रयोग नगर्न र पुराना (थोत्रा) सवारी साधन प्रयोग नगर्न सरकारले आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्दै सवारीधनीले निर्वाधरुपमा पुराना सवारी साधन सञ्चालन गरिरहेका छन् ।

पुरानो इन्जिनका कारण सवारी साधनको आवाज ठूलो आउने, बढी धँुवा फ्याँक्ने र सवारी चालकले अनावश्यक ठाउँमा हर्नको प्रयोग गर्ने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएपनि अधिकांश सवारी अभैm निर्वाध रुपमा झापामा सञ्चालित रहेका छन् । झापाबाट दैनिक रुपमा सयौंंको संख्यामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउने गरेका छन् । जसका कारण बिर्तामोड लगायत सुरुङ्गा, दमक, चारआली, धुलावारी, काँकरभिट्टा जस्ता सहर वजारमा ध्वनि प्रदुषण बढेको जनाइएको छ । सवारी साधनबाट निस्किएको विद्युतीय हर्नले ध्वनि प्रदुषणलाई बढावा दिएपनि सम्वन्धित निकायले कडाइका साथ कारवाही नगर्दा आफूहरुलाई समस्या भएको गोविन्द हार्डवेयरका सञ्चालक प्रदीपकुमार देवले बताए । उनले राजमार्गमा गुड्ने सवारी साधनले चर्काे हर्न बजाउँदा आसपासका सवैलाई समस्या हुने गरेको बताए । अनावश्यक स्थानमा हर्नको प्रयोग गर्ने, नीति नियम पालना नगर्ने र अटेर गर्नेमाथि कारवाही नहुने प्रवृत्तिका कारण विर्तामोडमा ध्वनि प्रदुषण बढेको उनको भनाइ छ । विद्यालय, अस्पताल जस्ता अति संवेदनशील र निषेधित क्षेत्रमासमेत चर्को हर्न बजाउने प्रवृति झापामा बढ्दो छ । बढ्दो जनघनत्वका कारण प्रदुषण बढी रहेका बेला ध्वनि प्रदुषणले विकराल रुप लिँदै गएको स्थानीय व्यवसायी युवराज दाहालले बताए । ध्वनि प्रदुषण भएको स्थानमा लगातारको सम्पर्कबाट मनोवैज्ञानिक र मानसिक समस्याहरु देखिने वातावरण विद्हरुको भनाइ छ । जुन ठाउँमा चर्को ध्वनि उत्पन्न हुन्छ, त्यसले स्थानीय क्षेत्रलाई नै कोलाहलमय बनाउने र यसको प्रभावले मानिसको श्रवण शक्तिमा ह्रास आउने, ढिलो सुन्ने, निश्चित डेसिमलको आवाज मात्र सुनिने जस्ता समस्याहरु देखा पर्ने मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिए । ध्वनि प्रदुषणका कारण मुटुका रोगीहरुको रोग बल्झिने, रगतको चाप असामान्य हुने, कार्य कुशलतामा ह्रास ल्याउने, पहिचान गर्न समस्या हुने, झर्को लाग्ने जस्ता समस्याहरु देखापर्ने पूर्णटुङ्ग विर्ता्सिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर अनिल बस्नेतले बताए । ध्वनि प्रदुषण न्युनीकरणका लागि सडकको अवस्था सुधार गरिनु पर्ने, सवारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, सवारी साधनको अवस्थामा सुधार ल्याउनु पर्ने, बढी प्रदुषण फैलाउने इन्जिन भएका सवारी साधनको विस्थापन, सडक अनुशासनलाई कडाईका साथ लागू गर्नुपर्ने कानूनी प्राबधान छ । तर, यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले बताए । उनले बढ्दो ध्वनि प्रदुषणलाई नियन्त्रणमा लिन सवारी साधनमा जडान गरिएका हर्न निकाल्ने अभियान नै सञ्चालन गरेपनि पूर्ण रुपमा प्रभावकारी बन्न नसकेपछि अटेर गर्ने सवारीको अभिलेखीकरण गर्दै कारवाही अघि बढाउने बताए । प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीले हालसम्म दुई सय १४ सवारी साधनलाई कारवाही गरिसकेको र तीनसय ४२ वटा सवारी साधनबाट पे्रसर हर्न निकाली सकेको जानकारी दिए । बोराका–बोरा सवारी साधनबाट दिनहुँजसो हर्न थुत्छौं, कारवाही गर्छाैं कस्ता अटेरी हुँदा रहेछन् हर्न फेरि जोडिहाल्छन् अब अभियानलाई थप कडाइका साथ अघि बढाउँछौं –आचार्यले भने । यता यातायात व्यवसायी एलपी सिटौलाले आफूहरुपनि ध्वनि प्रदुषणको विरोधी भएपनि सवारी सञ्चालन गर्ने क्रममा सडकमा हिँड्ने कसैले नटेरेका कारण यस्तो समस्या आएको बताए । उनले सडकमा गुड्ने साइकल, रिक्सा, ठेलालाई ट्राफिक प्रहरीले व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

Friday, December 18, 2015

राष्ट्रियतालाई संकटमा पारेर कुनै सम्झौता नगर्ने– पूर्व प्रधानमन्त्री खनाल


सुरुङ्गा(झापा) ३ पुस । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतालाई संकटमा पारेर कसैसंग कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।

प्रेस चौतारी झापाले आज अपराह्न बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अन्तराष्ट्रिय सहमतिलाई नै उल्लङ्घन गर्दै भारतले गरेको नाकाबन्दी अनावश्यक र अराजकतापूर्ण भएकाले नाकावन्दी हटाउन नेकपा (एमाले) र यो सरकारले आब राष्ट्रियतालाई नै खतरामा पारेर कुनैपनि कदम चाल्दैन भन्नुभयो ।  
मधेशवादीदल र भारतले गरेको नाकावन्दी अलग – अलग विषय भएको बताउदै नेता खनालले भन्नुभयो–‘ कुटनीतिक तवरले नाका खोल्न प्रयन्न गरेपनि अन्तराष्ट्रिय सहमति उल्लङ्घन गर्दै गरिएको नाकावन्दी अब भारत आफैंले खोल्ने पक्षमा पुगेको छ । ’
निहीत स्वार्थका लागि मधेशवादीदलले लामो समयदेखि तराइमा गरेको  आन्दोलनको कुनै तुक नरहेको जनाउदै समस्याको समाधान आन्दोलनबाट नभई बार्ता र सम्वादबाट मात्रै सम्भव भएकाले आन्दोलनरत दललाई उहाँले बार्तामा आउन पनि आग्रह गर्नुभयो ।
मुलुक अहिले चुनौतिपूर्ण र कठिन मोडवाट अघि बढीरहेको छ भन्दै उहाँले भन्नुभयो –‘आन्दोलनले कुनै पनि समस्याको समाधान निस्कदैन तसर्थ संविधान नै समस्याको ‘कुञ्जी’ भएकाले म आन्दोलनरत दललाई आग्रह गर्छु तपाईहरु बार्तामा आउनुहोस् टेवलमा वसेर निकास निकालौं ।’ 

Wednesday, December 16, 2015

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


सुरुङ्गा(झापा) २ पुस । झापाको मेचीनगरमा  जंगली हात्तीको आक्रमणबाट गएराति एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  मेचीनगर– ४निवासी ६८ वर्षीय डम्वर कुँवर रहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  गएराति गाउँ छिरेको जंगली हात्ती लखेट्ने क्रममा आक्रमण गरेको र दाराले घाटीमा रोपेपछि कुँवरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
स्थानीय जंगलबाट निस्किएको हात्ती धपाउन गाउँले भेला भएको र हात्ती धपाउदा धपाउदै कुँवरलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध –मन्त्री यादव



सुरुङ्गा  १ पुस । सिँचाइमन्त्री उमेश यादवले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज झापाको शिवसताक्षी नगरपालिकामा रहेको कनकाई सिँचाइ आयोजनाको स्थलगत अवलोकन गर्दै उहाँले सरकारले स्थानीय स्रोत साधनको भरपुर उपयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
मन्त्री यादवले आजै शिवसताक्षी नगरपालिकाकै कनकाई नदीमा सञ्चालित जनताको तटबन्ध कार्यक्रम र झिलझिलेमा पर्ने सतासी खोलाको नदी कटान क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभयो । रासस 

झापामा थ्रेसरबाट धान झार्दा झार्दै आगलागी



सुरुङ्गा(झापा) १ पुस । झापाको बिर्तामोड नगरपालिका –९ मा आज दिउसो थ्रेसरबाट धान झार्दा झार्दै आगलागी भएको छ ।

स्थानीय गोमादेवी सापकोटाको घर नजिकै धान झार्ने क्रममा अचानक परालमा आगो सल्कदा झार्दै गरेको ५ मन धान र पराल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट ३० हजार मूल्य वरावरको क्षति भएको बताइएको छ ।
आगलागी स्थानीयवासी, नेपाल प्रहरी र विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
 थ्रेसरबाट कसरी आगलागी भयो सो विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Monday, December 7, 2015

गुडिरहेको वसमा ठोक्किएको मोटरसाइकल जल्दा तीन घाइते


सुरुङ्गा(झापा) २२ मङ्सिर ।  पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको तोपगाछी–७ मा गुडिरहेको वसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मोटरसाइकलमा सवारी तीन यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक गरामनी – ६ निवासी २४ वर्षीय कैलाश थपलिया, पछाडि सवार ३० वर्षीया बिमला थपलिया र १० वर्षीय बालक आशिष भण्डारी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्लग सेयर गर्नुहोला।