Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, December 18, 2015

राष्ट्रियतालाई संकटमा पारेर कुनै सम्झौता नगर्ने– पूर्व प्रधानमन्त्री खनाल


सुरुङ्गा(झापा) ३ पुस । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतालाई संकटमा पारेर कसैसंग कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।

प्रेस चौतारी झापाले आज अपराह्न बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अन्तराष्ट्रिय सहमतिलाई नै उल्लङ्घन गर्दै भारतले गरेको नाकाबन्दी अनावश्यक र अराजकतापूर्ण भएकाले नाकावन्दी हटाउन नेकपा (एमाले) र यो सरकारले आब राष्ट्रियतालाई नै खतरामा पारेर कुनैपनि कदम चाल्दैन भन्नुभयो ।  
मधेशवादीदल र भारतले गरेको नाकावन्दी अलग – अलग विषय भएको बताउदै नेता खनालले भन्नुभयो–‘ कुटनीतिक तवरले नाका खोल्न प्रयन्न गरेपनि अन्तराष्ट्रिय सहमति उल्लङ्घन गर्दै गरिएको नाकावन्दी अब भारत आफैंले खोल्ने पक्षमा पुगेको छ । ’
निहीत स्वार्थका लागि मधेशवादीदलले लामो समयदेखि तराइमा गरेको  आन्दोलनको कुनै तुक नरहेको जनाउदै समस्याको समाधान आन्दोलनबाट नभई बार्ता र सम्वादबाट मात्रै सम्भव भएकाले आन्दोलनरत दललाई उहाँले बार्तामा आउन पनि आग्रह गर्नुभयो ।
मुलुक अहिले चुनौतिपूर्ण र कठिन मोडवाट अघि बढीरहेको छ भन्दै उहाँले भन्नुभयो –‘आन्दोलनले कुनै पनि समस्याको समाधान निस्कदैन तसर्थ संविधान नै समस्याको ‘कुञ्जी’ भएकाले म आन्दोलनरत दललाई आग्रह गर्छु तपाईहरु बार्तामा आउनुहोस् टेवलमा वसेर निकास निकालौं ।’ 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।