Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Saturday, December 19, 2015

झापामा ध्वनि प्रदुषण बढ्यो

 झापामा ध्वनि प्रदुषण बढ्यो
ट्राफिक प्रहरीलाई टेर्दैनन् यातायात व्यवसायी 
(सुरेन्द्र भण्डारी )

सुरुङ्गा(झापा) ४ पुस । यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ध्वनि प्रदुषण नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गरेपनि यातायात व्यवसायीले अटेर गरेका कारण ध्वनि प्रदुषण बढ्दै गएको हो । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिँदै गएको बिर्तामोड लगायत काँकरभिट्टा, धुलावारी, चारआली, सुरुङ्गा, झिलझिले, दमकमा ध्वनि प्रदुषणका कारण यस क्षेत्रका स्थानीयवासिन्दा मात्र नभई यात्रा गर्ने यात्रुले समेत सास्ती व्यहोर्ने गरेको बताइएको छ । बढ्दो सवारीसाधनको चापसंँगै अनावश्यक ठाउँमा हर्नको प्रयोग नगर्न र पुराना (थोत्रा) सवारी साधन प्रयोग नगर्न सरकारले आग्रह गरेपनि त्यसलाई बेवास्ता गर्दै सवारीधनीले निर्वाधरुपमा पुराना सवारी साधन सञ्चालन गरिरहेका छन् ।

पुरानो इन्जिनका कारण सवारी साधनको आवाज ठूलो आउने, बढी धँुवा फ्याँक्ने र सवारी चालकले अनावश्यक ठाउँमा हर्नको प्रयोग गर्ने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएपनि अधिकांश सवारी अभैm निर्वाध रुपमा झापामा सञ्चालित रहेका छन् । झापाबाट दैनिक रुपमा सयौंंको संख्यामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउने गरेका छन् । जसका कारण बिर्तामोड लगायत सुरुङ्गा, दमक, चारआली, धुलावारी, काँकरभिट्टा जस्ता सहर वजारमा ध्वनि प्रदुषण बढेको जनाइएको छ । सवारी साधनबाट निस्किएको विद्युतीय हर्नले ध्वनि प्रदुषणलाई बढावा दिएपनि सम्वन्धित निकायले कडाइका साथ कारवाही नगर्दा आफूहरुलाई समस्या भएको गोविन्द हार्डवेयरका सञ्चालक प्रदीपकुमार देवले बताए । उनले राजमार्गमा गुड्ने सवारी साधनले चर्काे हर्न बजाउँदा आसपासका सवैलाई समस्या हुने गरेको बताए । अनावश्यक स्थानमा हर्नको प्रयोग गर्ने, नीति नियम पालना नगर्ने र अटेर गर्नेमाथि कारवाही नहुने प्रवृत्तिका कारण विर्तामोडमा ध्वनि प्रदुषण बढेको उनको भनाइ छ । विद्यालय, अस्पताल जस्ता अति संवेदनशील र निषेधित क्षेत्रमासमेत चर्को हर्न बजाउने प्रवृति झापामा बढ्दो छ । बढ्दो जनघनत्वका कारण प्रदुषण बढी रहेका बेला ध्वनि प्रदुषणले विकराल रुप लिँदै गएको स्थानीय व्यवसायी युवराज दाहालले बताए । ध्वनि प्रदुषण भएको स्थानमा लगातारको सम्पर्कबाट मनोवैज्ञानिक र मानसिक समस्याहरु देखिने वातावरण विद्हरुको भनाइ छ । जुन ठाउँमा चर्को ध्वनि उत्पन्न हुन्छ, त्यसले स्थानीय क्षेत्रलाई नै कोलाहलमय बनाउने र यसको प्रभावले मानिसको श्रवण शक्तिमा ह्रास आउने, ढिलो सुन्ने, निश्चित डेसिमलको आवाज मात्र सुनिने जस्ता समस्याहरु देखा पर्ने मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिए । ध्वनि प्रदुषणका कारण मुटुका रोगीहरुको रोग बल्झिने, रगतको चाप असामान्य हुने, कार्य कुशलतामा ह्रास ल्याउने, पहिचान गर्न समस्या हुने, झर्को लाग्ने जस्ता समस्याहरु देखापर्ने पूर्णटुङ्ग विर्ता्सिटी हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर अनिल बस्नेतले बताए । ध्वनि प्रदुषण न्युनीकरणका लागि सडकको अवस्था सुधार गरिनु पर्ने, सवारी अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, सवारी साधनको अवस्थामा सुधार ल्याउनु पर्ने, बढी प्रदुषण फैलाउने इन्जिन भएका सवारी साधनको विस्थापन, सडक अनुशासनलाई कडाईका साथ लागू गर्नुपर्ने कानूनी प्राबधान छ । तर, यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई नटेर्दा झापामा ध्वनि प्रदुषण बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले बताए । उनले बढ्दो ध्वनि प्रदुषणलाई नियन्त्रणमा लिन सवारी साधनमा जडान गरिएका हर्न निकाल्ने अभियान नै सञ्चालन गरेपनि पूर्ण रुपमा प्रभावकारी बन्न नसकेपछि अटेर गर्ने सवारीको अभिलेखीकरण गर्दै कारवाही अघि बढाउने बताए । प्रहरी निरीक्षक आचार्यले ट्राफिक प्रहरीले हालसम्म दुई सय १४ सवारी साधनलाई कारवाही गरिसकेको र तीनसय ४२ वटा सवारी साधनबाट पे्रसर हर्न निकाली सकेको जानकारी दिए । बोराका–बोरा सवारी साधनबाट दिनहुँजसो हर्न थुत्छौं, कारवाही गर्छाैं कस्ता अटेरी हुँदा रहेछन् हर्न फेरि जोडिहाल्छन् अब अभियानलाई थप कडाइका साथ अघि बढाउँछौं –आचार्यले भने । यता यातायात व्यवसायी एलपी सिटौलाले आफूहरुपनि ध्वनि प्रदुषणको विरोधी भएपनि सवारी सञ्चालन गर्ने क्रममा सडकमा हिँड्ने कसैले नटेरेका कारण यस्तो समस्या आएको बताए । उनले सडकमा गुड्ने साइकल, रिक्सा, ठेलालाई ट्राफिक प्रहरीले व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।