Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Tuesday, August 25, 2015

विदेश जान छाडेर झापाली कृषक व्यवसायिक पशुपालन तर्फ आर्कषित

सुरुङ्गा (झापा) ८ भदौ । मासु र दुग्दजन्य पदार्थको मूल्य महँगिदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउदै गएको छ ।  पछिल्लो समय झापाका ग्रामीण क्षेत्रदेखि सहर बजारसम्मका कृषकले एकीकृत पशुपालन व्यवसाय शुरू गरेका छन् ।  पशुपालक कृषकका लागि सरकारले अनदान रकम समेत उपतव्ध गराउन थालेसंगै झापामा झन पशु पाल्ने कृषकको संख्या बढेर गएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका – ४ निवासी शशीधर हुँमागाईले पनि एक वर्षदेखि व्यवसायिक गाई पालन सुरु गर्नु भएको छ । उहाँले हुँमागाई गाई फर्म दर्ता गरेर  व्यवसायिक रुपमा गाई पाल्दै आउनु भएको छ । विदेसिने सोच बनाउनुभएका उहाँले श्रीमतीको सल्लाह बमोजिम हुँमागाई गाई फर्म दर्ता गरेर अहिले व्यवसायिक गाई पालन गर्दै आउनुभएको हो । वाणिज्य बैंकबाट ऋण लिएर झण्डै २५ लाख बढी लगानी गरेर उहाँले गाई फर्म सञ्चालन गर्नुभएको बताउनुभयो ।  उहाँको गाई फर्ममा अहिले १६ वटा उन्नत जातका गाई पाल्नुभएको छ ।  श्रीमती र छोराको सहयोगमा हुँमागाईले गाई फर्म सुरु गर्दा दूध विक्रीको समस्या आउने जनाउँदै छर छिमेकीले डर देखाएपनि अहिले उहाँलाई दूध पु¥याउन नै समस्या परिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘विदेश जाने सोच थियो ऋण काढेर विदेश जानुभन्दा श्रीमतीले यही केही गरुँ भनिन र गाई फर्म सुरु गरे ।’ हुमागाईले थप्नुभयो  पहिला दूध नबिक्ला कि भन्ने चिन्ता थियो अहिले  गाउँलेले मागे अनुरुप दूध पु¥याउन सकिएको छैन । हुँमागाईले पालेका एउटै गाईले झण्डै वीस लिटससम्म दूध दिने गरेको र उत्त दूध गाउँमै खपत हुने गरेको उहाँको भनाई छ । पशुपालन व्यवसायबाटै हुमागाईले अहिले घर खर्च कटाएर मासिक २० हजार रुपैयाँ बढी बचत गर्ने गरेको बताउनुभयो ।

Monday, August 24, 2015

चिया मजदुर ज्याला वृद्धिको माग गर्दै पुनः आन्दोलित



सुरुङ्गा ( झापा ) ८ भदौ । चिया क्षेत्रमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् ।

 विभिन्न ५ सूत्रीय माग राख्दै चिया वगानमा कार्यरत मजदुरहरु आन्दोलित भएका हुन् । नेलाल चिया वगान श्रमिक संघ,नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघसंग आवद्ध मेची अञ्चलका चिया वगानमा कार्यरत मजदुरहरुले श्रम ऐन २०४८ अनुसार १ वर्ष अविच्छिन्न सेवा पुरा गरेपछि स्वत स्थायी हुने व्यवस्था हुँदा    हुँदै चिया बगानमा निरन्तर लामो समयसम्म काम गरेका कामदारहरु स्थायी नगरेको र क्षेत्रफलको आधारमा प्रति १ ऐकर बराबर १ जना कामदार अनिवार्य स्थायी गरिनु पर्ने,  चिया मजदुरहरुले पाउदै आएको ज्यालाले एउटा परिवारको जिविकोर्पान गर्न सक्ने अवस्था नरहेको र अन्यक्षेत्रमा काम गर्ने कामदारहरुको भन्दा अत्यन्तै न्यून पारिक्षमिक रहेकाले  हाल खाइपाई    आएको ज्याला तथा  कारखानामा दिदै आएको अतिरिक्त भत्तामा शतप्रतिशत बृद्धि गरिनुपर्ने र चौकिदार, नाइके सरदारहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग अघि सार्दै उनीहरु आन्दोलित भएका हुन ।

Saturday, August 22, 2015

महिलाको सक्रियतामा दामा खोलामा झोलुङ्गे पुल निर्माण


सुरुङ्गा(झापा) ५ भदौ । उत्तरी झापाको बुधवारे– १ का महिलाको सक्रियतामा दामा खोलामा  झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
 जिल्ला विकास समिति झापाको तीन लाख , वुधवारे गाउँ विकास समितिको तीन लाख तथा गैर सरकारी संस्था हेल्भेटास नेपालको समेत सहयोगमा २ प्रतिशत जनश्रमदान गरी २८ लाखको लागतमा  निर्मित पुलको उद्घाट आज गरिएको छ ।
 झोलुङ्गे पुलको उद्घाटन झापा क्षेत्र नम्वर ४ का सभाषद पे्रम गिरीले गर्नुभयो ।
पुल उद्घाटन समारोहमा बोल्दै  पुल निर्माण समितिकी अध्यक्ष यमुना चापागाईले पुलको लम्वाई ७५ मिटर रहेको बताउनुभयो । उहाँले पुल निर्माणसंगै यस क्षेत्रका ४५० भन्दा बढी घर परिवार लाभान्वित हुने बताउनुभयो ।

Friday, August 21, 2015

इराकबाट फर्किएर कुखुरा पालन व्यवसाय



सुरुङ्गा (झापा) ४ भदौ । वैदेसिक रोजगारीका लागि विदेश पुग्नुभएका दुई युवाले इराकबाट फर्किएर अहिले झापामा कुखुरा पालन व्यपसाय सुरु गर्नु भएको छ ।
शिवसताक्षी नगरपालिका — ३ व्याङ्डाडाका पवन कटुवाल र धनकुट्टा निवासी पदम राईले ९० लाख रुपैयाँ लगानी गरेर कुखुरा पालन व्यवसाय सुरु गर्नु भएको हो । धन कमाउन इराकमा पुग्नुभएका कटुवाल र राईको त्यही  ५ वर्ष अगाडि चिनजान भएको बताइएको छ । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरा पालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै  भनाई छ ।

राजगढका महिलाले खोले दूध संङ्कलन केन्द्र


सुरुङ्गा(झापा) ४ भदौ । गरिवी न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको दक्षिणी झापाको राजगढमा रहेको नगरिक सचेतना केन्द्र सिमलडाँगीले आजबाट दुध संङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
जिल्ला विकास समितिको कार्यालय अन्र्तगत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले  तीनलाख १५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएपछि राजगढ–६ सिमलडाँगीका महिलाले दुध संङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

ब्लग सेयर गर्नुहोला।