Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, August 21, 2015

इराकबाट फर्किएर कुखुरा पालन व्यवसाय



सुरुङ्गा (झापा) ४ भदौ । वैदेसिक रोजगारीका लागि विदेश पुग्नुभएका दुई युवाले इराकबाट फर्किएर अहिले झापामा कुखुरा पालन व्यपसाय सुरु गर्नु भएको छ ।
शिवसताक्षी नगरपालिका — ३ व्याङ्डाडाका पवन कटुवाल र धनकुट्टा निवासी पदम राईले ९० लाख रुपैयाँ लगानी गरेर कुखुरा पालन व्यवसाय सुरु गर्नु भएको हो । धन कमाउन इराकमा पुग्नुभएका कटुवाल र राईको त्यही  ५ वर्ष अगाडि चिनजान भएको बताइएको छ । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरा पालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै  भनाई छ ।


नेपाल फर्किए लगत्तै आफूहरुले व्यवसायिक कुखुरा पालनका लागि डार्डेन पोल्ट्री फर्म सुरु गरेको बताउनुहुन्छ  व्याङ्डाँडाका कटुवाल । ९ कठ्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फर्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४ सय ५० भन्दा बढी अण्डा उत्पादन गर्न समेत सुरु भइसकेको कटुवालले बताउनुभयो । फर्म सञ्चालनका लागि अहिले ७ जनालाई आफूहरुले रोजगारी समेत उपलब्ध गराएको उहाँको भनाई छ ।
वैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर फर्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरैभएपनि अहिले ७ जनालाई आफैंले रोजगारी दिएपछि आफूहरुले सुरु गरेको कुखुरा पालन व्यवसाय हेर्ने आउनेको घुइचो नै लाग्ने गरेको छ फर्मका अर्का सञ्चालक राईले भन्नुभयो । आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेन छ तर परिश्रम गर्नुप¥यो राईले थप्नुभयो । आफूहरुले सुरु गरेको यो व्यवसायबाट अहिले झण्डै ७५ हजार रुपैयाँ मासिक बचत गर्न समेत सुरु गरिसकेका छौं  फर्मका सञ्चालक कटुवालले भन्नुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।