Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, August 24, 2015

चिया मजदुर ज्याला वृद्धिको माग गर्दै पुनः आन्दोलित



सुरुङ्गा ( झापा ) ८ भदौ । चिया क्षेत्रमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् ।

 विभिन्न ५ सूत्रीय माग राख्दै चिया वगानमा कार्यरत मजदुरहरु आन्दोलित भएका हुन् । नेलाल चिया वगान श्रमिक संघ,नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघसंग आवद्ध मेची अञ्चलका चिया वगानमा कार्यरत मजदुरहरुले श्रम ऐन २०४८ अनुसार १ वर्ष अविच्छिन्न सेवा पुरा गरेपछि स्वत स्थायी हुने व्यवस्था हुँदा    हुँदै चिया बगानमा निरन्तर लामो समयसम्म काम गरेका कामदारहरु स्थायी नगरेको र क्षेत्रफलको आधारमा प्रति १ ऐकर बराबर १ जना कामदार अनिवार्य स्थायी गरिनु पर्ने,  चिया मजदुरहरुले पाउदै आएको ज्यालाले एउटा परिवारको जिविकोर्पान गर्न सक्ने अवस्था नरहेको र अन्यक्षेत्रमा काम गर्ने कामदारहरुको भन्दा अत्यन्तै न्यून पारिक्षमिक रहेकाले  हाल खाइपाई    आएको ज्याला तथा  कारखानामा दिदै आएको अतिरिक्त भत्तामा शतप्रतिशत बृद्धि गरिनुपर्ने र चौकिदार, नाइके सरदारहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग अघि सार्दै उनीहरु आन्दोलित भएका हुन ।


आज झापाको बिर्तामोडस्थित नेपाल टे«ड युनियन महासंघ जिफन्टको कार्यालमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले तत्काल चिया वगानमा कार्यरत मजदुरको ज्याला वृद्धि नगरिएर कडा संघर्षमा उत्रने बताउनुभयो । उहाँले पहिलो चरणको आन्दोलन  अन्र्तगत भदौ ९ गते जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र वुझाउने र भदौ १०  गतेदेखि चियाका सबै प्रतिष्ठानहरुमा कालो झण्डा  गाड्दै  आफूहरुका मागको विषयमा कोणसभा गर्ने र थप आन्दोलनका कार्यक्रम अघि सार्ने बताउनुभयो ।  पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिया वगान मजदुर संघका अध्यक्ष भुपाल सापकोटाले मजदुरहरुको ज्याला २०७० सालमा सरकारले दुई सय एक रुपैयाँ तोकेको भएपनि अहिले हर कुरा महङ्गी भएकाले अब सत प्रतिशत  मजदुरले ज्याला बढाउनुपर्छ भन्नुभयो ।

२०१६ सालदेखि झापाबाट व्यवसायिक चिया खेती हुँदै आएको र हाल झापा र इलाम लगायत नेपालको विभिन्न भूभागमा  १८ हजार १ सय ४९ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको अध्यक्ष तामाङले बताउनुभयो ।  उत्पादित चियाको हरियो पत्ती प्रशोधन गर्ने कारखाना इलाममा ३५, झापामा २५ र धनकुटामा ३ गरी ६५ वटा रहेको बताइएको छ ।

चिया वगान र कारखानामा अहिले ५० हजार मजदुर  कार्यरत  रहेको अखिल नेपाल चिया मजदुर संघकी उपाध्यक्ष सीता सापकोटाले बताउनुभयो ।  पत्रकार सम्मेलनमा बोल्दै चिया क्षेत्रमा कार्यरत मजदुरको ज्याला वृद्धि गर्न श्रम ऐन अन्र्तगत  प्रत्येक दुई वर्षमा ज्याला वृद्धि हुनुपर्ने उल्लेख भएपनि चिया कारखानाका मालिकहरुले अटेर गरेको उनीहरुको आरोप छ । चियाका समस्या सुल्झाउन केही महिना अगाडि प्रमुख चार दलका शीर्ष नेतालाई  ज्ञापन पत्र  वुझाएपनि कुनै सुनुवाई नभएको सापकोटाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष  यज्ञप्रताप अधिकारी, जिफन्टका मेची अञ्चल अध्यक्ष सन्तकुमार राई,  नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राईले बोल्नुभएको थियो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।