सुरुङ्गा(झापा) ५ भदौ । उत्तरी झापाको बुधवारे– १ का महिलाको सक्रियतामा दामा खोलामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
जिल्ला विकास समिति झापाको तीन लाख , वुधवारे गाउँ विकास समितिको तीन लाख तथा गैर सरकारी संस्था हेल्भेटास नेपालको समेत सहयोगमा २ प्रतिशत जनश्रमदान गरी २८ लाखको लागतमा निर्मित पुलको उद्घाट आज गरिएको छ ।
झोलुङ्गे पुलको उद्घाटन झापा क्षेत्र नम्वर ४ का सभाषद पे्रम गिरीले गर्नुभयो ।
पुल उद्घाटन समारोहमा बोल्दै पुल निर्माण समितिकी अध्यक्ष यमुना चापागाईले पुलको लम्वाई ७५ मिटर रहेको बताउनुभयो । उहाँले पुल निर्माणसंगै यस क्षेत्रका ४५० भन्दा बढी घर परिवार लाभान्वित हुने बताउनुभयो ।
0 comments:
Post a Comment