Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Tuesday, August 25, 2015

विदेश जान छाडेर झापाली कृषक व्यवसायिक पशुपालन तर्फ आर्कषित

सुरुङ्गा (झापा) ८ भदौ । मासु र दुग्दजन्य पदार्थको मूल्य महँगिदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउदै गएको छ ।  पछिल्लो समय झापाका ग्रामीण क्षेत्रदेखि सहर बजारसम्मका कृषकले एकीकृत पशुपालन व्यवसाय शुरू गरेका छन् ।  पशुपालक कृषकका लागि सरकारले अनदान रकम समेत उपतव्ध गराउन थालेसंगै झापामा झन पशु पाल्ने कृषकको संख्या बढेर गएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका – ४ निवासी शशीधर हुँमागाईले पनि एक वर्षदेखि व्यवसायिक गाई पालन सुरु गर्नु भएको छ । उहाँले हुँमागाई गाई फर्म दर्ता गरेर  व्यवसायिक रुपमा गाई पाल्दै आउनु भएको छ । विदेसिने सोच बनाउनुभएका उहाँले श्रीमतीको सल्लाह बमोजिम हुँमागाई गाई फर्म दर्ता गरेर अहिले व्यवसायिक गाई पालन गर्दै आउनुभएको हो । वाणिज्य बैंकबाट ऋण लिएर झण्डै २५ लाख बढी लगानी गरेर उहाँले गाई फर्म सञ्चालन गर्नुभएको बताउनुभयो ।  उहाँको गाई फर्ममा अहिले १६ वटा उन्नत जातका गाई पाल्नुभएको छ ।  श्रीमती र छोराको सहयोगमा हुँमागाईले गाई फर्म सुरु गर्दा दूध विक्रीको समस्या आउने जनाउँदै छर छिमेकीले डर देखाएपनि अहिले उहाँलाई दूध पु¥याउन नै समस्या परिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘विदेश जाने सोच थियो ऋण काढेर विदेश जानुभन्दा श्रीमतीले यही केही गरुँ भनिन र गाई फर्म सुरु गरे ।’ हुमागाईले थप्नुभयो  पहिला दूध नबिक्ला कि भन्ने चिन्ता थियो अहिले  गाउँलेले मागे अनुरुप दूध पु¥याउन सकिएको छैन । हुँमागाईले पालेका एउटै गाईले झण्डै वीस लिटससम्म दूध दिने गरेको र उत्त दूध गाउँमै खपत हुने गरेको उहाँको भनाई छ । पशुपालन व्यवसायबाटै हुमागाईले अहिले घर खर्च कटाएर मासिक २० हजार रुपैयाँ बढी बचत गर्ने गरेको बताउनुभयो ।

हुँमागाई जस्तै झापाकै शनिअर्जुन नगरपालिका निवासी हेमनाथ तिम्सिनाले पनि व्यवसायिक रुपमा गाई पाल्नु भएको छ । बिर्तामोड नगरविकास समितिका नगरनिरीक्षक समेत रहनुभएका उहाँले कार्यालय आउनुअघि र कार्यालयबाट घर फर्किएपछि गाईको स्याहार सुसारमा व्यस्त हुने गरेको बताउनुभयो । गाईपालन व्यवसायबाट नै तिम्सिानाले मनग्य आम्दानी लिने गरेको बताउनुभयो ।
उता कनकाई नगरपालिका  –२ सुरुङ्गाका ९ जना युवाले झण्डै एक करोड रुपैयाँ खर्च गरेर सूर्येदय कृषि तथा पशुपक्षी फर्म सञ्चालन गरेका छन् । उक्र्त फर्ममा ९२ वटा उन्नत जातका गाई पालिएको छ । उक्त फर्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । फर्मका केही सञ्चालक विदेशवाट फर्किएकाहरु छन् । जसमा डीपी गौतम एक हुन् उनी विदेशबाट आए लगत्तै गाई पालनमा लागेका हुन् ।
यता राजगढका महिलाले भने नागरिक सचेतना केन्द्र सिमलडाँगी मार्फत व्यवासायिक पशुपालन सुरु गरेको र हरेकका घरमा उन्नत जातका गाई र भैसी पालिएको छ । गाउँका ३० जना महिलाले पालेका गाई र भैसीको  दूध संकलन गर्दै आफैंले सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रमा विक्री गर्ने गरेका छन् । संकलित दूध विक्री गरेर थप आय आर्जनमा लगाउने जनाउँदै दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको नागरिक सचेतना केन्द्रकी अध्यक्ष गीता मिश्रले बताउनुभयो ।  उहाँका अनुसार जिल्ला विकास समिति झापा अन्र्तगत रहेको स्थानीय सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीले प्रदान गरेको तीन लाख १५ हजार रुपैयाँ अनुदानले उक्त दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
विदेसिन लागेका श्रीमानलाई समेत रोक्दै उनीहरुले यहीँ पशुपालन व्यवसाय गर्न र यहीबाट मनग्य आम्दानी लिन सकिन्छ भन्दै सुरु गरेको व्यवसायिक  पशु पालनले व्यवसाहिकता हाँसिल गरेपछि जिल्ला विकास समितिले पनि गरिवी न्यूकरणको क्षेत्रमा काम गरेको जनाउँदै दूध सङ्कलन केन्द्रका लागि तीनलाख रुपैयाँ अनुदान दियो अध्यक्ष मिश्रले भन्नुभयो ।
नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यलाई सहुलियत दरमा ऋण उपलब्ध गराउदै पशुपालन व्यवसाय सञ्चालनका लागि पे्ररित गर्दै उनीहरुले उत्पादन गरेको दूध आफैं सङ्कलन गर्ने गरेको छ । सहकारीले डेरी उद्योग सञ्चालन गरेर कृषकले उत्पादन गरेको  दूध लिन सुरु गरेसंगै झापाका अधिकंश कृषक विदेश जान छाडेर यही कृषि कर्ममा लागेका छन् । यहाँका अधिकांश कृषक पशुपालनमा आर्कषित भएसंगै झापामा व्यवसायिक रुपमा पशुपालन फस्टाउदै गएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।