Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, August 31, 2014

मनमोहनमा निसन्तान दम्पत्तिका लागि उपचार शुरु



बिर्तामोड, भदौ १५ । लामो समयदेखि निसन्तान हुनुको पीडाबाट पिरोलिरहेका दम्पत्तिहरुले अब आफ्नै जिल्लामा प्रजनन् स्वास्थ्य सेवा पाउने भएका छन् ।
मनोमोहन मेमोररियल पूर्वाञ्चल क्षेत्रीय सामूदायिक अस्पताल विर्तामोड झापाले पहिलो पटक निसन्तान दम्पत्तिका लागि उपचार सेवा शुरु गरेसंगै यो सेवा पाउने भएका हुन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा। एकराज गौतमले लामो समयदेखि प्रजनन् स्वास्थ्यमा समस्या आई सन्तान नजन्मिएका दम्पत्तिको स्वास्थ्य जाँच गर्दै पुरुषको शुक्रकीट परीक्षण र महिलाको डिम्ब परीक्षण गरी आवश्यक उपचार पद्दतिद्वारा सन्तान उत्पादनका विषयमा जानकारी दिदै सेवा समेत शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । साथै पुरुषको कारणले हुने बाँझोपनको लागि यूरोलोजिष्ट डाक्टरको सेवा समेत प्रारम्भ भएको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार पुरुष र महिलाको प्रजनन् अंग तथा पुरुषको शुक्रकीट र महिलाको गर्भाशय, अण्ड समेतको जाँच गरी उपचार विधि शुरु गरिएको छ । यो प्रविधिलाई आगामी २ महिनाभित्रै ल्याप्रोस्कोपिक प्रविधिको प्रयोगले अझ उन्नत गर्दै लगिने लक्ष्य रहेको अस्पतालले जनाएको छ ।  हालसम्म १२ दम्पत्तिको प्रजनन् स्वास्थ्यको परीक्षण गरी उपचारबाट गर्भ रहन गएको डा। गौतमले बताए । डा। गौतमले  यो सेवा पूर्वाञ्चलमा पहिलो पटक शुरु गरिएको जनाएका छन् ।  सन्तान नभएको पीडामा छट्पटि रहेका दम्पत्तिले धामी झाँक्री लगायतका उपचारमा भर पर्दै मानसिक तथा आर्थिक पीडा खप्दै समय खर्ची रहेको अवस्थामा यो सेवा शुरुसंगै निसन्तान दम्पत्तिमा आशा जागेको छ ।
प्रजनन् स्वास्थ्यमा समस्या आई समाज र परिवारबाट बाझोको आरोप खेपिरहेका दम्पत्तिलाई अस्पतालले शुरु गरेको यस सेवाबाट उन्मुक्ति मिल्ने देखिएको छ ।
भारतको दिल्ली स्थित “एम्स्” मा स्त्री रोग विशेषज्ञता हासिल गरी आएका डा। गौतम यस अघि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा कार्यरत रहेका थिए । एक वर्ष अघिदेखि मनमोहन अस्पतालमा सेवा शुरु गरेका डा। गौतम अहिले सो अस्पतालका मेडिकल निर्देशकसमेत रहेका छन् ।
२०६९ मंसीर ७ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेको उक्त १०० शैय्याको अस्पतालले अहिले स्त्री तथा प्रशुती रोग विषेशज्ञ, फिजिसियन तथा मधुमेह, प्रेशर, थाइराइड रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग, जनरल सर्जनको दैनिक ओपिडी सेवा संचालन गर्दै आएको छ । १०० वेड क्षमताको सो अस्पतालले अर्थोपेडिकमा हात खुट्टा भाँचिएका, रेडियोलोजिष्ट डाक्टरबाट २४ सै घण्टा भिडियो एक्सरे सेवा, एनेस्थेसियोलोजिष्ट र फिजिसियन डाक्टरको दैनिक परामर्श सहित २४ सै घण्टा मेडिकल अफिसरहरुको रेखदेखमा मेडिकल ग्यास पाइप लाईनद्वारा सुसज्जित प्रणालीमा २ ओटा भेन्टिलेटर सहित ६ वेडको आई।सी।यू। सेवा, २४ सै घण्टा इमरजेन्सी सेवा, कम्प्युटराइज्ड प्रविधिबाट एक्स–रे लगायतका सेवा प्रदान गर्दै आएको छ ।
आगामी शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रमसमेत अघि बढाउने उद्देश्यका साथ संचालन भई रहेको अस्पतालले ३ वर्षे स्टाफ नर्स, हेल्थ एसिस्टेण्ट, ल्याव टेक्निसियन, रेडियोग्राफी, डिप्लोमा इन फार्मेसी, फिजियोथेरापी लगायतका कक्षा संचालन गर्ने मनमोहन मेमोरियल अस्पतालका अध्यक्ष नरेश खरेलले बताए । मनोमोहन मेमोरियल पूर्वाञ्चल कलेजको नामबाट संचालनमा आउन लागेको कलेजका लागि अहिले साविकको चारपाने – ६ स्थित लालमाटीमा भवन निर्माण भई रहेको बताइएको अस्पतालका सचिव रोमनी भट्टराइले बताए ।  जसमा रेडियोग्राफी र फिजियो थेरापीमा ३०÷३० जना तथा बाँकी विषयमा ४० जनाका दरले विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको अध्यक्ष खरेलले बताए ।

अस्पतालले यस आर्थिक वर्षमा इमरजेन्सी छ हजार पाँचसय ९१ जना तथा ओपीडीमा २८ हजार दुई सय पाँचजना विरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरिसकेको अस्पतालका सचिव भट्टराइको भनाई छ । जसमध्ये अर्थोपेडिक एकहजार तीनसय ८७ जना,गाइनो एकहजार चारसय ७८ सर्जरी सातसय पचास, एक्सरे सेवा १३ हजार नौ  सय ९८ जनाले लिइको बताइएको छ । अस्पतालले मेची अञ्चलका विभिन्न ग्रामीण १० ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै सेवा प्रदान गरेको बताइएको छ ।
मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल परिसरमा भएको वार्षिक समिक्षा गोष्ठीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष खरेलले अस्पतालमा विशेषज्ञ डाक्टर सहित २० जना डाक्टरले सेवा प्रदान गर्दै आएको बताए । उनले अस्पतालले मंसीर सम्ममा सीटी इस्कयान सेवा शुरु गर्ने र मुत्ररोग सम्वन्धी विशेष शेवाको समेत शुरु गर्ने बताएका छन् ।


त्यस्तै अस्पतालका सचिव भट्टराइले मनमोहन सामुदायिक अस्पताल भएकाले हाल १४३ शेयर सदस्य भएपनि निकट भविश्यमा पाँचहजार शेयर सदस्य पु¥याई सरल र उच्च स्तरीय सेवा प्रदान गर्ने बताए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।