Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, October 30, 2014

झापामा केराखेती घट्तै

 
सुरुङ्गा (झापा) १४ कात्तिक ।  व्यवसायिक केरा खेतीका लागि निक्कै प्रख्यात छ झापा ।   तर, पछिल्लो समय मजदुर अभाव र रोगका कारण झापाका अधिकांश कृषकले यो व्यवसाय छाड्दै गइरहेका छन् ।
 २०६० सालबाट दक्षिणी झापाको घेरावारीका कृषक डम्वर पाहिमले रोएष्ट्र नामक उन्नत जातका केरा १० विगाह क्षेत्रफलमा लगाएर झापामा व्यवसायिक रुपमा  केरा खेतीको सुरुवात गरिएको थियो । तर, केरामा डढुवा र गवारो रोगको प्रकोप बढेको र गाउँका अधिकांश युवा विदेश पलायन भएकाले झापामा अहिले यो  व्यवसाय लोपउन्मुख जस्तै भएको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक वुलुराम राजवंशीले बताउनु भयो ।


जिल्लाको १ लाख ५९ हजार ९ सय २ हेक्टर क्षेत्रफल मध्ये कुल खेती योग्य जमिन ९८ हजार ७ सय १६ हेक्टर रहेको छ । जसमा ३० हेक्टर क्षेत्रफलमा मात्रै व्यवसायिक केरा खेती गरिदै आएकोमा अहिले ८ हेक्टर क्षेत्रफलमा मात्रै केरा खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रविधिक शालिकराम भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा कुल खेती गरिएको क्षेत्रफल मध्ये यो ज्यादै कम भएको र सरकारले समेत केरा खेतीकै लागि भनेर विशेष कार्यक्रम सञ्चालन नगरेको हुनाले झापाका कृषकले खुलेर केरा खेती व्यवसाय सञ्चालन गर्न नसकेको बताउनु भयो ।
 छिठफूट रुपमा गाउँ घरमा गरिदै आएको केराखेतीको तथ्याङ्क आफूहरुसंग नभएको बताउँदै जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक राजवंशीले  जिल्लाको हल्दीवारी, घेरावारी, पृथ्वीनगर, महेशपुर, चकचकी लगायतका गाविसका कृषकले  बढी मात्रामा केरा खेती गर्ने गरेको बताउनु भयो । झापामा केराखेतीबाट वार्षिक एक करोड बढीको कारोवार भएपनि पछिल्लो समय केरा खेती गर्ने कृषकको संङ्ख्यामा कमी आएको राजवंशीको भनाई भनाई छ ।  झापामा मुख्य गरी रोएष्ट र पुलियम नामक हुइव्रेड (उन्नत जात)को केरा खेती हुँदै आएको छ ।
विगत पाँचबर्ष अघिदेखि ५ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गर्दै आउनु भएका झापा पृथ्वीनगर– ५ का गणेश ढुङ्गानाले अहिले मजदुर अभावमा तीन विगाह क्षेत्रफलमा मात्र केरा खेती गर्दै आउनु भएको छ । केरा खेती सम्वन्धी एक महिने तालिम नै लिएर व्यवसायिक रुपमा केरा खेती सुरु गर्नु भएका उहाँले विस्तारै यो व्यवसाय परिर्वतन गर्दै नयाँ कामको सुरुवात गर्ने बताउनु भयो । 
त्यसो त मजदुर अभावकै कारण झापाको घेरावारी– ३ का कृषक बझारु राजवंशीले पनि आफूले लगाएको ४ विगाह क्षेत्रफलको केराखेती मासेर अहिले धान खेती गर्दै आउनु भएको छ । स्थानीय लालमणि सुव्वाले पनि केही वर्ष अघिसम्म केराखेती बाट मासिक एकलाख बढीसम्म आम्दानी गरेता पनि केरामा देखिएको डढुव रोगका कारण अहिले व्यवसाय नै परिवर्तन गर्नु परेको दुखेसो पोख्नुभयो ।  
उता पश्चिम झापाको दमकमा यसै वर्षबाट केही युवाले ब्यवसायिक रुपमा केरा खेती सुरु गरेपनि रोगको प्रकोप बढेकाले केरा नफष्टाएको कृषकको भनाई छ ।                
झापामा उत्पादित केरा काठमाडौं  सहित नेपालका विभिन्न बजारमा विक्री हुँदै आएको र केही मात्रामा भारत समेत निर्यात हुने गरेकोछ ।  (सुरेन्द्र भण्डारी – रासस)

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।