Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Monday, March 28, 2016

अरुको तर्फबाट परीक्षा दिनेलाई एकलाख रुपैयाँ जरिवाना

सुरुङ्गा (झपा) १६ । चैत १८ गतेबाट शुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिएको पाइएमा एकलाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले परीक्षाको मर्यादा भङ्ग गर्ने,  परीक्षा केन्द्रमा अनाधिकृत प्रवेश गर्ने र  परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गर्नेलाई शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम कारवाही गर्ने बताउनुभयो । उहाँले परीक्षालाई अर्मयादित तुल्याउने जो कोहीलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्ने बताउनुभयो ।

परीक्षाका लागि जिल्लामा जम्मा ५२ वटा परीक्षा केन्द्र कायम गरिएको बताइएको छ ।  उक्त सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको र  परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरूको सुरक्षित व्यवस्थापन भइसकेको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला शिक्षा अधिकारी लुइँटेलले यसवर्ष झापाका  २९३ विद्यालयमा  सामुदायिक ११०, संस्थागत १७६, भुटानी शरणार्थी शिविरका २ , प्राविधिक धारका ३ तथा खुला विद्यालय २ का  कूल १६ हजार ९ सय ७९ जना विद्यार्थी सहभागी हुने बताउनुभयो ।
  जसमध्ये नियमित तर्फ १३ हजार ४ सय ९७ मा छात्र ६ हजार ४ सय ५६, र  छात्रा ७ हजार ४१ जना रहेका छन् । यता एक्जेम्टेडतर्फ
 ३ हजार ४ सय ८२ मा छात्र १ हजार १ सय ९७ र छात्रा २ हजार २ सय ८५ जना परीक्षामा विद्यार्थी सहभागी हुने जिशिअ लुइँटेलले बताउनुभयो ।
 सामुदायिक विद्यालय तर्फ १० हजार ३ सय ७६, संस्थागत तर्फ ६ हजार १ सय २०, भुटानी शरणार्थी शिविरका १३५, खुल्ला तर्फ २६७, प्राविधिक धारतर्फ ८१ जना परीक्षार्थी रहेको जिशिअ लुइँटेलले बताउनुभयो ।  अपाङ्गता तर्फ दृष्टिविहीन ४ जना (नियमित २, एक्जेम्टेड २जना ) र सुस्तश्रवण तर्फ ८ जना ( नियमित ५ जना , एक्जेम्टेड ३ जना ) परीक्षार्थी रहेको बताइएको छ । –  रासस

Thursday, March 24, 2016

झापामा नयाँ प्रविधिबाट च्याउ खेती शुरु



सुरुङ्गा (झापा) ११ चैत । झापाको राजगढ–४ का ३४ वर्षीय देवकुमार साहाले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्न  शुरु गर्नुभएको छ ।
कालो र निलो ढुसीबाट सहजै जोगाउन सकिने जनाउदै उहाँले काँचो प्रविधिबाट कन्ये च्याउ उत्पादन गर्न शुरु गर्नु भएको हो ।  सामान्यतया च्याउ उत्पादनका लागि टुक्र्याएको पराललाई पकाएर च्याउ खेती गरिदै आएपनि साहाले चिसो पानीमा पराललाई भिजाएर च्याउ खेती गर्नु शुरु गर्नुभएको छ । यसरी उत्पादन गरिएको च्याउ पूर्ण रुपमा अग्र्यानिक र मानव स्वास्थ्यका लागि अति उपयोगी हुने उहाँको भनाई छ । काँचो प्रविधिको च्याउ कम खर्चमा उत्पानद गर्न सकिने जनाउदै उहाँले नेपालमा नै यो प्रविधि आफूले पहिलो पटक भित्र्याएको दावीसमेत गर्नु भएको छ ।


२०५८ सालबाट च्याउ खेती गर्दै आउनु भएका साहाले तीन वर्ष अघिबाट मात्रै यो प्रविधि नेपालमा भित्र्याएको बताइएको छ  ।  तीन वर्ष अघिदेखि आफूले काँचो प्रविधिको च्याउ खेती गर्दै आएपनि झापामा पनि  पहिलो पटक आफूले काँचो प्रविधिबाट च्याउ उत्पादन गर्न शुरु गरेको उहाँले बताउनुभयो । साहाले अहिले राजगढ – ४ मा  १० कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक  च्याउ खेती गर्दै आउनुभएको छ । झण्डै साढे ६ लाख रुपैयाँको लगानीमा उहाँले डीएम् च्याउ फर्म दर्ता गरेर साढे ५ सय सिलिन्डर च्याउ लगाउनुभएको छ । केही दिन भित्र ४ वटा टहरामा दुई हजार सिलिनडर च्याउ लगाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
च्याउ खेतीका लागि भारतको वंगालस्थित हल्दिवारीमा गएर च्याउ प्रविधिकको तालिम समेत लिएर आउनुभएका  साहाले पोखरा, काठमाडौं हुँदै पछिल्लो समय राजगढमा यो प्रविधिबाट च्याउ खेती गर्न शुरु गर्नुभएको हो । झापालाई च्याउ खेतीका लागि प्रख्यात जिल्लाका रुपमा चिनाउने र  काँचो प्रविधिबाट  उत्पादित च्याउ पाइने गाविसको रुपमा राजगढलाई स्थापित गर्ने आफ्नो  लक्ष्य रहेको उहाँले बताउनुभयो । उत्पादित च्याउ अहिले झापामा नै खपत भइरहेको र  निकट भविश्यमा पोखरा र  काठमाडौंसम्म निर्यात गर्ने तयारी सहित च्याउ खेती शुरु गरेको साहाको भनाई छ ।
साहाले अहिले प्रति सिलिन्डर ८ केजीसम्म च्याउ उत्पादन गर्दै आउनुभएको छ । च्याउको वजार मूल्य एक सय ६० रुपैयाँ प्रतिकेजी भएपनि उहाँले अहिले एकसय ३० रुपैयाँमै च्याउ विक्री बितरण गर्दै आउनु भएको छ । साढे ६ लाख रुपैयाँ खर्च गरेर फर्म सञ्चालन  गर्नुभएका साहाले पहिलो लटमा साढे पाँचलाख भन्दा बढीको च्याउ विक्री गर्ने र दोस्रो लटबाट मासिक एकलाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।
यसरी उत्पादन गरिन्छ काँचो प्रविधिबाट च्याउ
टुक्रा टुक्रा हुनेगरी काटिएको पराल २४ घण्टासम्म चिसो पानीमा ढड्याइन्छ , पानीमा ढड्याइएको पराल पुनः २४ घण्टासम्म सुकाइन्छ र सिलिन्डरमा पराल भर्दै च्याउको वीऊ राखिन्छ – साहाले भन्नुभयो । पानीमा भिजाएको परालको टुक्रामा एप्पल व्रण्डको खाने चुनको प्रयोग गर्नुपर्छ उहाँले भन्नुभयो–‘चुना पनि पकाएर प्रयोग गरे भुसुना कम लाग्ने र लागि हाले फङ्गिसाइड स्प्रे गर्नुपर्छ ।’
सिलिन्डरमा परालसंग भरेको च्याउको वीउ हावा नपस्ने गरेर गुम्स्याएर राख्नुपर्छ र अलि –अलि टुसाएपछि सिलिन्डरलाई डोरीले वाधेर झुण्ड्याउनुपर्छ – साहाले भन्नुभयो । च्याउ खेतीका लागि प्रयोग गरिने वल वा सिलिन्डर भरेको २८ देखि  ३२ दिन सम्ममा यो प्रविधिबाट च्याउ तयारी हुन्छ उहाँले भन्नुभयो । पराल उसिनेर बनाएको च्याउ १७ देखि २२ दिन सम्ममा तयार हुनेभएपनि कालो र निलो ढुसीका कारण कहिले काही रोगका कारण ‘भूत च्याउ’ हुने हुँदा त्यस्तो च्याउको सेवनले स्वास्थ्यमा नकरात्कम असर पार्ने उहाँको भनाई छ ।
गाउँलेपनि च्याउ खेतीमा आर्कषित
राजगढ–४ का देवकुमार साहाले नयाँ प्रविधिबाट च्याउ उत्पादन गर्दै मनग्य आम्दानी गर्न थालेपछि अहिले दक्षिणी झापाका धेरै युवा च्याउ खेतीतर्फ आर्कषित भएका छन् ।

थोरै लगानी अनि थोरै क्षेत्रफलमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने  भएपछि विगत केही महिनादेखि राजगढका सिवित राजवंशीले पनि च्याउँ खेती शुरु गर्नुभएको छ । च्याउखेतीबाट नै  अहिले राजवंशीले मासिक २० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताइएको छ । खर्च कटाएर मासिक २० हजार रुपैयाँ आम्दानी हुन थालेपछि आफ्नो  विदेश जाने सोच समेत परिर्वतन भएको उहाँको भनाई छ । परिश्रम गर्न नजानेर रहेछ गर्दा यही मनग्य आम्दानी गर्न सकिने रहेछ नि उहाँले भन्नुभयो – ‘अहिले थोरै मात्रै खेती गर्दै छु , पछि यसैलाई बढाएर लाने सोच मेरो छ ।’ उहाँजस्तै राजगढ–६ का गोपाल गिरी, देवी ओझाले पनि च्याउ खेती सुरु गर्नुभएको छ ।  उहाँहरुले पनि च्याउ खेतीबाटै मनग्य आम्दानी लिने गरेको बताउनुभयो ।
च्याउ खेतीमा झापा आत्म निर्भर बन्यो
 झापा जिल्ला च्याउ खेतीका लागि आत्म निर्भर बनेको छ ।
सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्षित कार्यक्रम मार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले तालिमसंगै नगद ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यवसायिक च्याउ खेती शुरु गरेसंगै झापा जिल्ला च्याउका लागि आत्म निर्भर बनेको हो । जिल्ला कृषि विकास कार्यालय झापाले युवालाई तालिमसंगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जना युवाले व्यवसायिक फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् भने झण्डै तीनसय  बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालीग्राम भट्टराईले बताउनुभयो । उहाँले झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका युवाले च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो ।
झापाको राजगढ गाविससंगै बिर्तामोड,दमक, काँकरभिट्टा, कनकाई,शिवसतासी,भद्रपुर नगरपालिका कृषकले व्यवसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्ष अघिसम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात आयात गरिदै आएपनि आर्थिक वर्ष २०७१÷०७२ बाट झापाले मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको भट्टराईले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ सालमा झापामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँचसय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा एक हजार तीन सय मेट्रिक टनमात्रै च्याउ उत्पादन भएको थियो ।  – रासस

Thursday, March 3, 2016

सुपारी तस्करीको नयाँ तरिका÷भन्सारबाटै २७४ वोरा सुपारी वरामद



सुरुङ्गा(झापा) फागुन २० ।    तेस्रो मुलुकदेखि आयात गरिएको करोडौं मूल्यको सुपारी झापाबाट खुलेआम  तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन  ६ गतेसम्मको अवधिमा ३३ करोड २४ लाख ५ हजार ९ सय ५ रुपैयाँको सुपारी झापा भित्रिएको छ । जसवाट  १९ करोड १० लाख ३९ हजार एक सय ५९ रुपैयाँ राजश्व संकलन भएको छ ।  मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार सो अवधिमा २९ लाख ६ हजार ७ सय ४० केजी सुपारी आयात भएको हो ।
यति धेरै परिमाणमा झापा भित्रिएको सुपारी कहाँ पुग्यो भन्ने सुइको न त प्रहरीलाई थाहा थियो न त भन्सारलाई नै । तर, वुधवार मेची भन्सार कार्यालय परिसरबाटै विशेष सूचनाको आधारमा प्रहरीले २७४ वोरा सुपारी भारत निर्यात गर्न लाग्दा नियन्त्रणमा लिएपछि सुपारी तस्करीको नयाँ रहस्य वाहिर आएको हो । प्रहरीका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टाबाट कुचो लोड गरिएको पीवी १० सीजेठ  ९८०९ भारतीय नम्वरप्लेट भएको ट्रकमा उक्त सुपारी फेला परेको थियो । धुलावारीस्थित चौधरी कुचो उद्योगबाट ११ वटा ट्रकमा कुचो लोड गरिएर भन्सार पु¥याइएको थियो । भन्सार पु¥याइएको ट्रक मध्ये पीवी १० सीजेठ  ९८०९को ट्रकमा सुपारी फेला परेपछि प्रहरीले वाँकी सवै ट्रकलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सवै ट्रकको विहीवार मात्रै जाँच गरिएको छ ।
     भन्सार जाँच नै  नगरी सवै कुचो लोड गरिएका ट्रकलाई भारत निर्यात गर्न अनुमति दिन लागिएको थियो । सोही क्रममा  प्रहरीले भन्सार परिसरबाटै उक्त सुपारी वरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । सुपारी कस्को हो त्यो भने खुलेको छैन । प्रहरीका अनुसार चौधरी कुचो उद्योगबाट उक्त सुपारी लोड भएर आएको हो । कुचो उद्योग परिसर भित्रै श्याम पिन्टुको सुपारी गोदाम रहेको छ । कुचो उद्योग प्रदिप चौधरी र तेजु प्रसाईले सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । सोही सुपारी गोदामबाट सुपारी लोड गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।
भन्सार परिसरमा रहेका १० ट्रक कुचोको ‘कनसाइमेन्ट’ गर्ने प्रक्रियामा थियौ – मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकरीले भने –‘कस्तो दुर्भाग्य विश्वास गरेको काममा घातभयो ।’ कुचो लोड गरिएको ट्रकमा सुपारी रहेछ कस्तो अचम्म उहाँले भन्नुभयो–कुचोमा पनि सुपारी लोड गरिदो रहेछ ।
स्रोतका अनुसार यस अघिपनि पटक – पटक यसरी नै सुपारी भारत निर्यात हुँदै आएपनि यस पटक प्रहरीले सुपारी नियन्त्रणमा लिएपछि सुपारी तस्करीको नयाँ रहस्य खुलेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी दीपेन्द्र झाका अनुसार कुचोको एजेन्ट ललित तामाङ हुन् । तामाङले कुचो निर्यातका लागि ‘कनसाइमेन्ट’ गराउदै थिए । निर्यत गर्न लागिएको कुचोको ‘कनसाइमेन्ट’ गर्दा प्रति ट्रक ११३ रुपैयाँ मात्र लाग्ने बताउनुभयो । प्रहरीले वरामद गरेको सुपारी ५० लाख मूल्य वरावरको रहेको छ । उक्त सुपारी र सुपारी लोड गरिएको ट्रक वुधवार नै मेची भन्सार कार्यालयलाई वुझाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

‘एक्स रे’ मेसिन नहुँदा तस्करी बढ्यो
सुपारी तस्करीको अखडाका रुपमा चिनिदै गएको झापामा तस्करीमा सम्लग्नलाई भन्सार कटाउन सहज भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टामा  सवारी साधन जाँच गर्ने ‘भेइकल एक्स रे मेसिन’नहुँदा तस्करीमा सम्लग्नलाई सहज भएको हो । सुपारीसंगै यो नाका भएर अन्य सामानपनि दिनहुँ जसो तस्करी भइरहेको छ । ‘भेइकल एक्स रे मेसिन’ नहुँदा त्यसको फाइदा उठाउदै तस्करहरुले विभिन्न उपाय अपनाएर पूर्वी नाका काँकरभिट्टा भएर दिनहुँ जसो विभिन्न सामान भारतीय वजारमा सहज रुपमा पु¥याइरहेको एक जना प्रहरी अधिकारीले भने । उनका अनुसार भन्सारका कर्मचारीले विश्वारका आधारमा सामान जाँच नै नगरी पठाउने हुँदा सुपारी तस्करी पनि भन्सार परिसर भएरै हुने गरेको हो ।

अधिकारीले ऐनको कार्यानवयन नगर्दा तस्करीको अखडा बन्यो भन्सार
भन्सार ऐन २०६४ को परिच्छेद ७ को उपदफा २८ मा भारी वा पोका खोल्न वा पोका खोल्न र  जाँच्न सक्ने अधिकार भन्सार अधिकृतलाई दिइएपनि उक्त अधिकारको प्रयोग भन्सार अधिकृतले नगरेको पाइएको छ । ऐनमा भएको व्यवस्था अनुसार भन्सार अधिकृतले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको भारी वा पोका एक एक गरी वा बीच बीचमा छड्के गरी वा केही प्रतिशत मात्र खोल्न र जाँच्न वा आपूm मातहतका कुनै कर्मचारीलाई त्यसरी खोल्न र जाँच्न आदेश दिन सक्नेछ भनिएको छ । तर मेची भन्सार कार्यालयमा भने उक्त अधिकारको प्रयोग नगर्दा भन्सार कार्यालय नै  सुपारी तस्करीको मुख्य अखडा बनेको हो ।
इन्डोनेसियन सुपारीलाई नेपाली बनाउदा असली कृषक मारमा
सुपारी निर्यातमा एकाधिकार जमाएको भन्दै झापाली सुपारी कृषकले त्यसको विरोध जनाएपनि झापाबाट खुलेआम सुपारी तस्करी भइरहेको छ । इन्डोनेसियाबाट नेपाल आयात गरिएको सुपारी सरकारी उच्च पदस्थ कर्मचारी कै मिलेमत्तोमा तस्करी हुने गरेको हो । झापामा उत्पादित सुपारीलाई प्रमाणीकरणमा झण्झटिलो बनाउदै विदेशबाट आयात गरिएको सुपारी नेपालको भन्दै यहाँका सुपारी तस्करीमा सम्लग्नले सहजै सुपारी निर्यात गर्ने गरेका छन् । नेपाल सुपारी खेती विकास संस्था र नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ झापाले सुपारीको प्रमाणीकरण गर्दै विदेशी सुपारीलाई प्रश्रय दिदा झापाली कृषक मारमा परेको कृषकको गुनासो छ । गत भदौ महिनामा मात्रै नेपालमा उत्पादित सुपारीले प्रमाणपत्र नपाएको भन्दै यहाँका कृषक आन्दोलित बनेका थिए ।
सानालाई ऐन, ठूलालाई चैन
सुपारी तस्करीमा सम्लग्न भएपछि प्रहरीले वुधवार भारतीय ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । ट्रकका चालक र सुपारी धनी फरार हुनु र सह चालक मात्रै पक्राउ पर्नुले पनि सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान यतिवेला चरितार्थ भएको छ । भन्सार परिसर भित्रैबाट ठूलो परिणममा सुपारी बरामद हुँदा समेत त्यसमा सम्लग्न एजेन्ट ललित तामाङ पक्राउ नपर्नुले पनि त्यसको पुष्टि भएको काँकरभिट्टाका एक अगुवाले भने– यो सवै सेटिङ डीआईजी केशरीराज घिमिरेको मिलेमत्तोमा भएको हो । प्रहरीले देखाउनैका लागि पोके व्यापारीले ओसार पसार गरेको सुपारी थोर वहुत रुपमा बरामद भने नगरेको होइन । तर यतिका धेरैसुपारी भन्सार परिसरबाट नै सुराकीको आधारमा पक्राउ गरेको यो पहिलो घटना हो । यस अघि प्रहरीले पोके व्यापारीले भारत लैजाँदै गरेको २५ लाख ८८ हजार ४ सय मूल्य बरावरको सुख्सा सुपारी बरामद गरेर भन्सार बुझाएको थियो । जुन सुपारी चालू आर्थिक वर्ष सुरु भएयता बरामद गरिएको हो ।

होटलबाट लागू औषध सहित चार पक्राउ


सुरुङ्गा(झापा) २० फागुन । झापाको शनि–अर्जुन नगरपालिका–९ स्थित पाँचथर ताप्लेजुङ्ग ओयाक्जुङ्ग होटलबाट लागू औषध सहित चार जनालाई प्रहरी आज पक्राउ गरेको छ ।
 होटलको ६ नम्बर कोठाबाट झापाको टागनडुब्बा–  ७ घरभएका २५ वर्षीय बिशाल तामाङ्ग, मोरङ्ग केरावारी – ९ घरभएका २० वर्षीय सुनिल सेदेम्बा, इलाम चमैता २ का २२ वर्षीय रोशन गुरुङ्ग र इलामकै बरबोटे ४ का २३ वर्षीय हेमन्त मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी  नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । उनीहरुको साथबाट फेनारागन ६९ एम्पूल, डाईजेपाम ६९ एम्पूल, लुपिजेसिक ६९ एम्पूल, सिरिन्ज १ थान लागूऔषध सहित एक थान घरेलु हरियार चुप्पी , दुई वटा मोवाईल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Wednesday, March 2, 2016

५० लाखको सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरबाट वरामद


सुरङ्गा (झापा) २० फागुन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेची भन्सार परिसर भित्रैबाट ठूलो परिमाणमा सुपारी वरामद गरेको छ ।
वुधवार दिउसो धुलावारीस्थित चौधरी कुचो उद्योगबाट कुचो सहित पीवी ९८०९ नम्वरको ट्रकमा लोड भएर आएको  १५ हजार मेट्रिकटन २७४ वोरा सुपारी वरामद भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । कुचो उद्योगबाट १० वटा कुचो वोकेको ट्रक भन्सार आएका थिए । भन्सार आएका  ट्रक मध्ये एउटा ट्रकमा सुपारी फेला परेको र वाँकी ट्रक पनि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । प्रहरीले वरामद गरेको सुपारीको मूल्य ५० लाख भन्दा माथि पर्ने बताइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका वाँकी ९ वटा ट्रकको पनि आज चेक जाँच गरिने बताइएको छ ।

ब्लग सेयर गर्नुहोला।