Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Sunday, May 31, 2015

झापामा कक्षा ८ को पाठ्य पुस्तक अभाव


सुरुङ्गा (झापा) १७ जेठ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्य पुस्तक उपलब्ध नगराउदा  झापामा कक्षा ८ को पाठ्य पुस्तक अभाव भएको छ ।
शैक्षिक सत्र सुरु भएको डेढ महिना वितिसक्ता पनि कक्षा ८ को पाठ्य पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उपलव्ध नगराएपछि  पाठ्य पुस्तकको  अभाव भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।  कक्षा ८ मा झण्डै साढे १२ हजार विद्यार्थी अध्ययनरत रहेको र समयमा पाठ्य पुस्तक नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको उहाँको भनाई छ ।

वालिका वलात्कारका आरोपी सुवेदी पुर्पक्षका लागि जेल चलान


सुरुङ्गा(झापा) १७ जेठ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका कृष्ण प्रणामी मन्दिर माइधारका सञ्चालक मोहनानन्द सुवेदीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि आज जेल चलान गरेको छ ।
न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको २ नम्वर इजलासले  सुवेदीसंग वयान लिएपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो ।
 कनकाई नगरपालिका– ४ कोटीहोम स्थित कृष्णमन्दिरका महाराज सुवेदीले लामो समयदेखि आश्रममै आश्रित एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित बालिकाले प्रहरीसमक्ष उजुरी गरेपछि उनी गत जेठ ९ गते पक्राउ परेका थिए ।

झापा कारागारबाट १० जना कैदी रिहा


सुरुङ्गा(झापा) १७ जेठ । जिल्ला कारागार झापामा रहेका आधा कैद भुक्तान गरेका १० जना कैदीको सजाय मिनाहा भएको छ ।
गणतन्त्र दिवसको अवसरमा माफी दिने प्रचलन अनुसार विभिन्न अपराध पुष्टि भई आधा कैद भुक्तान गरिसकेकालाई सजाय मिनाहा गरिएको जिल्ला कारागार झापाले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । यसरी   सजाय मिनाहा हुनेमा भद्रपुर–८ निवासी हिक्मतबाहदुर बस्नेत, भुटानी शरणार्थी शिविरका थिङ्ग बुढा भनिने मानध्वज थिङ्ग, मेचीनगरपालिका–३ का गप्पन भनिने गरजीत राजवंशीको कैद मिनाहा भएको छ ।

हजुरआमाको हत्या गरी फरार भएका लिम्बू इलाममा पक्राउ


सुरुङ्गा(झापा) १७ जेठ । आफ्नै हजुरआमाको घाटी थिचेर हत्या गरी फरार भएका झापाको मेचीनगर–१० काँकरभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई  प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
 इलाम स्थित एक घरमा  लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो ।
उनी गत जेठ १४ गते राति ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरेर फरार भएका थिए । प्रहरीले लिम्बूसंगै सोही ठाउँ निवासी १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको छ । उनी रञ्जितकी प्रेमीका हुन् ।

झापाको पूर्वोत्तर गाविसका स्थानीयवासी हात्तीको त्रासबाट पीडित




सुरुङ्गा(झापा) १७ जेठ ।  भूकम्पको त्रास भुल्न नपाउदै पूर्वोत्तर झापाका सर्वसाधारणमा अर्को त्रास थपिएको छ ।
वर्सेनी भारतीय भूमिबाट नेपाल छिरेका जंगली हात्तीले पूर्वोत्तर झापाका आधा दर्जन गाविसका सर्वसाधारणलाई दुःख दिने गरेकाले उनीहरुमा जंगली हात्तीको त्रास थपिएको हो । प्रत्येक वर्ष जंगली हात्तीले यो समयमा पूर्वोत्तर झापाका कृषकले लगाएको अन्नवाली खाँदै उपद्रो मच्चाउने गरेकाले हात्तीको त्रास बढेको वाहुनडाँगी – ८ निवासी अम्विका आचार्यले बताउनुभयो ।  उहाँले भन्नुभयो –‘यो समयमा कृषकले लगाएको  चैते धान र मकै खान आउने जंगली हात्तीले अन्नवाली नष्ट गर्दै धेरै दुःख दिने गर्छन् ।’


झापाको पूर्वोत्तर गाविस खेतीका लागि  उर्भर जमिन भएकाले यहाँका कृषकले मैसम अनुसारको खेती गर्छन । विशेषगरी शान्तिनगर, बुधबारे, खुदुनावारी, धाइजन र मेचीनगर नगरपालिकामा कृषकले लगाएको अन्नवाली खान आउने जंगली हात्तीले चार दशकदेखि त्यस क्षेत्रका कृषक पीडित बन्ने गरेको स्थानीय प्रेम पौडेल बताउनुहुन्छ ।

Friday, May 29, 2015

मुर्दाको पर्खाइमा रामघाट


           

सुरुङ्गा (झापा) १५ जेठ । एक करोड २० लाख रुपैयाँको लागतमा चार वर्ष अगाडि झापाको मेचीनगर नगरपालिका – १ स्थित धुलावारीको निन्दा खोला किनारमा निर्माण कार्य सम्पन्न भएको रामघाट सञ्चालनमा आउन सकेको छैन् ।


 झापामा नै पहिलो पटक यति ठूलो लगानीमा घाटको निर्माण गरिएपनि केही स्थानीयवासी र शान्ति समाजको विरोधका कारण घाट सञ्चालनमा आउन नसकेको रामघाट निर्माण समितिका सचिव अजय घिमिरेले बताउनुभयो । निन्दा खोलामा आधुनिक तवरले घाटको निर्माण कार्य सम्पन्न भएरपनि सहजै सञ्चालनमा  आउन नसक्दा रामघाट अहिले मुर्दाको पर्खाइमा रहेजस्तै भएको बताउनुहुन्छ भवन निर्माण समिति संयोजक लीला पाण्डे ।

बर्षौदेखि खोलामा मृतकको दाहसंकार गरिँदै आएपछि त्यसको बिकल्पमा आधुनिक तरिकाले घाटको निर्माण गरिएपनि प्रयोग विहिन बन्दा करोडौंको लगानी वालुवामा पानी सरह भएको स्थानीयवासीको भनाई छ । ०६७ साल मंसीर २ गते शिल्यानास गरिएको रामघाटको  २०६९ साल चैत्रमा निर्माण कार्य सम्पन्न भएको थियो । घाट निर्माणसंगै एक दुईबटा शवको अन्तेष्टि गरिएपनि शव जलाउदा दुर्गन्ध फैलिएको जनाउदै स्थानीयले विरोध जनाएपछि घाट सञ्चालनमा आउन नसकेको सचिव घिमिरेको भनाई छ ।

घाटको औपचारिक उद्घाटन नभई विरोध सुरु भएपछि मेचीनगर नगरपालिका, रामघाट सेवा  समिति र शान्ति समितिबीच नगरपालिकामा शव दाह गृह छेउमा वाल लगाउने, शवदाह गृहको माथि वनाइएको छानो हटाउने लगायतको सहमति भएपछि घाट सञ्चालनमा आउने भनेपनि अहिलेसम्म घाट सञ्चालनमा आउन सकेको छैन । निन्दा खोलाको किनारमा तीन कठ्ठा क्षेत्रफलमा आधुनिक सवदाह गृह सहित  छुट्टा छुट्टै मलामी बस्ने घर , किरिया पुत्री घर बनाइए पनि प्रयोग विहीन हुँदा घाट निर्माणका लागि सहयोग गर्नेहरु अहिले चिन्तित बनेका छन् ।  महिला  र पुरुषका लागि दुई ÷ दुई वटा छुट्टाछुटै बस्ने कोठा र  भिन्ना भिनै शौचालय बनाइएपनि प्रयोग हुन नसक्दा रामघाट अलपत्र परेको भवन निर्माण समिति संयोजक पाण्डेको भनाई छ ।

झापाको चकचकीका महिला सामुदायिक भवन बनाउदै


सुरुङ्गा(झापा) १५ जेठ । सधंै चुला चौकामा व्यस्त रहने झापा चकचकीका महिलाहरु यतिवेला सामुदायिक भवन निर्माणमा जुटेका छन् ।
मानो खाएर मुरी उब्जाउने समय हुँनै लाग्दा घरको काम छोडेर भएपनि  त्यहाँका महिला अहिले सामुदायिक भवन निर्माण कार्यमा जुटेका हुन् । समाजमा हुने विभिन्न खाले सामाजिक कार्य गर्न नजिकै कुनै उपयुक्त ठाउँ नभएको भन्दै महिलाकै अगुवाइमा ४० लाख ४० हजार नौं सय ९९ रुपैयाँको लागतमा सामुदायिक भवन निर्माणको काम  थालिएको  नवदुर्गा आमा समुदायिक संस्थाकी अध्यक्ष नर्वदा कार्कीले बताउनुभयो ।  उहाँले पितृ सतात्मक सोचका कारण समाजमा दबिएर रहेका महिलाले पनि पुरुष सरह केही गर्न सक्छन् भन्दै आफूहरु सामुदायिक भवन निर्माण कार्यमा जुटेको बताउनुभयो ।

जुवाको खालबाट ५ जुवाडे पक्राउ


सुरुङ्गा (झापा) १५ जेठ ।  जुवाको खाल सहित दक्षिणी झापाको राजगढबाट प्रहरीले ५ जना जुवाडेलाई आज अपरान्ह पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजगढ – ६ निवासी तारा गड्तैला, राजगढ कै श्याम तामाङ,शान्तिनगर निवासी रामकुमार राई, बिर्तामोड निवासी छविलाल विक र शनिअर्जुन नगरपालिका निवासी लेखनाथ भण्डारी रहेका छन् ।

Thursday, May 28, 2015

प्रेम सम्वन्धलाई मान्यता दिन हजुरआमाको हत्या गरेको आशंका

सुरुङ्गा (झापा) १४ जेठ । परिवारले अन्तरजातिय प्रेम सम्वन्धलाई मान्यता नदिएपछि झापाको मेचीनगर नगरपालिकाका एक युवाले आज आफ्नै हजुरआमाको हत्या गरी प्रेमिका लिएर फरार भएको आशंका गरिएको छ ।
मेचीनगर–१० काँकरभिट्टा निवासी २० वर्षीय रञ्जित लिम्बूले आफ्नै ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरी सोही ठाउँ निवासी १७ वर्षीया लक्ष्मी विकलाई लिएर फरार भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  लामो समयदेखि लिम्बू र विकवीच अन्र्तरजातिय प्रेम सम्वन्ध रहेको र त्यसलाई मान्यता दिन लिम्वूले हजुरआमाको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट  खुलेको बताइएको छ ।

Friday, May 15, 2015

भूकम्पका कारण झापाका ७६ वटा सामुदायिक विद्यालयमा क्षति


सुरुङ्गा (झापा) २ जेठ । भूकम्पका कारण झापाका ७६ वटा सामुदायिक विद्यालयमा भौतिक क्षति भएको छ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका पराकम्पनका कारण ५० भन्दा बढी विद्यालयमा आशिंक क्षति भएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक आएको भूकम्पले केही विद्यालयमा मात्र क्षति पुगेको भएपनि वारम्वार आउने पराकम्पनले झापाका धेरै विद्यालयका पर्खाल चर्किएका छन् ।

किच्चकवधमा फेला परेको तवेला

      
सुरुङ्गा (झापा) २ जेठ । झापाको पृथ्वीनगर– ५ मा रहेको  ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा परिचित किच्चकबधमा गरिएको छैटौं पटकको उत्खननमा भेटिएका घोडा बाँध्न प्रयोग गरिएको तबेला भवन, सुरक्षापोष्र्ट लगायत विभिन्न प्रकारका वस्तुहरु ।



 उत्खननका क्रममा  तबेला जस्तो देखिने २१.२० मिटर लम्बाई र १६.२० मिटर चौडाइको एकतले भवनको संरचना र अन्य महत्वपूर्ण माटाका भाँडाकुँडा, माटाका टायल्स, घोडा र हात्तीले घाँटीमा लगाउने विड्स, माटाका सजावटका सामान, दियो, जार, थाल कचौरा र मिसाइल आकारका माटाका बस्तुहरु फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।



Thursday, May 14, 2015

छोराको सफलतामा आमावुवालाई पनि सम्मान



सुरुङ्गा (झापा) ३१ वैशाख ।  छोरो नरेश सिभिल इन्जिनयर बन्दा झापा चकचकी – ३ का  अर्जुन श्रेष्ठ जति खुशी भए त्यो भन्दा बढी खुशी थिए नमूना इङ्लििस स्कूल चकचकीले नरेशको सफलतामा श्रीमतीसहित आफू र आफ्ना छोरालाईसंगै सम्मान गर्दा । नमूना इङ्लिस स्कूलबाट एसएलसी उत्तीण गरेका नरेशले प्राविधिक विषयमा सफलता हात पारेको भन्दै विद्यालयले अभिभावक सहित  नरेशलाई विहीवार सम्मान गरेको थियो ।
सम्मान पत्र प्रदान गर्दै एन प्यावसनका जिल्ला अध्यक्ष सञ्जिव राई 

त्यसो त श्रेष्ठ जस्तै चकचकी–६ का टेकप्रसाद र सुनिता आचार्य, अनि चकचकी– ६ कै  अभिनारायण तथा मनोधरा फूयालको पनि खुशीको सिमा थिएन् । उनीहरुका छोराले पनि सोही विद्यालयमा अध्ययन गर्दै प्राविधिक विषयमा उच्च शिक्षा हासिल गरेपछि विद्यालय प्रशासनले विहीवार आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा उनीहरुलाई पनिसगैं सम्मान गरेको थियो ।

मनमोहनमा ओभरी क्यान्सको सफल शल्यक्रिया



सुरुङ्गा (झापा) ३१ वैशाख । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडले पाठेघरमा भएको क्यान्सरको सफल उपचार गरेको छ । मेची नगरपालिका – १२ इँटाभट्टास्थित ३० वर्षीया कविता मेचेको ओभरी क्यान्सरको सफल  उपचार गरेको अस्पताल प्रशासनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
मेचेको ओभरीमा १२ह१४ सेन्टीमिटरको  डल्लो भिडियो एक्स–रे गर्दा देखिएको र बायप्सी रिपोर्टमा क्यान्सर भएको पत्ता लागेपछि अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डाक्टर एकराज गौतमसहितको टीमले उपचार शुरु गरेको थियो ।

रुखको हागाले लाग्दा झापामा १० वर्षीय वालकको ज्यान गयो


सुरुङ्गा (झापा) ३१ वैशाख । जंगलमा दाउरा खोज्न गएका एक बालकको रुखको हाँगाले लागेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा दुवागढी  – १ निवासी १० वर्षीय वालक  मन्जली डाँगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  उनी घर नजिकै रहेको जंगलमा आज विहान दाउरा खोज्न गएको र सखुवाको रुखको हागा खसेर घाइते भएका थिए । टाउको र  खुट्टामा गम्भीर चोट लागेका घाइते वालकलाई उपचारार्थ तत्काल ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पु¥याइएको थियो ।
 अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

मावल हिडेकी बालिका बाटैमा भिनाजुद्वारा बलात्कृत


सुरुङ्गा(झापा) ३१ वैशाख ।  आमासंगै मावल हिडेकी एक वालिका आफ्नै भिनाजुबाट बलात्कारको सिकार भएकी छिन् ।
झापाको खुदुनावारीबाट गत वैशाख २५ गते आमा र भाइसंगै पृथ्वीनगर मावल हिडेकी १५ वर्षीया वालिकाले आफ्नै भिनाजुले आफूलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।  पीडित वालिकाले प्रहरीलाई  दिएको निवेदनमा भद्रपुर नगरपालिका–८ निवासी २५ वर्षीय भिनाजु वलराम वानियाले आफूलाई वैशाख २५ गते दिदीको घर भद्रपुरबाट मासु किन्न जाउ भन्दै बिर्तामोड ल्याएर भद्रपुर रोडस्थित एक होटल राखेर  रातभर जवरजस्तीकरणी गरेको उल्लेख छ । पीडित वालिका आमा र भाइसंगै मावल हिडेकी थिइन् ।

घुम्ने कुर्सीबाट लडेर मृत्यु


सुरुङ्गा(झापा)३१ वैशाख ।   भूकम्पको क्रासका कारण काठमाडौंबाट झापा फर्किएका एक युवकको आज लडेर मुत्यु भएको छ ।
मृत्यु हुनेमा आन्तिरक राजश्व कार्यालय मेचीका कम्प्युटर अधिकृत यदुनन्दन थापाका १७ बर्षीय छोरा अनिश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठमाडांैमा बसेर कक्षा १२ मा पढ्दै गरेका अनिश बैशाख १२ गते गएको भूकम्पको त्रासका कारण झापा घर फर्किएका थिए ।

प्रहरीका अनुसार विहान घरमा घुम्ने कुर्सीमा बसेर टिभी हेरिरहेका उनी कुर्सी गड्किएर लडेका थिए । कुर्सीबाट  लडेर गम्भीर घाइते भएका उनको  भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

Monday, May 11, 2015

झापाले पठायो सात करोडको राहत सामग्री


सुरुङ्गा(झापा)२८ वैशाख । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पीडित बनेकाहरुका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति झापाले रु ७ करोड रुपैयाँको जिन्सी समाग्री प्रदान गरेको छ । त्यस्तै ७६ लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न पेशागत संघ संघठनबाट झण्डै दुई करोड रुपैयाँ राहत रकम उठ्न बाँकी रहेको  छ ।

अपङ्ग महिलालाई करणी गरेको आरोपमा एक पक्राउ


सुरुङ्गा (झापा) २८ वैशाख  । अपाङ्गा महिलालाई जवरजस्ती करण गरेको आरोपमा झापाको हल्दिवारीबाट आज एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दिवारी – ७ निवासी भीमवहादुर राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएकी अपाङ्ग महिलालाई २६ गते शनिवार जवरजस्ती करण गर्दै गरेको स्थानीयवासीले देखेपछि प्रहरीलाई खवर गरेको बताइएको छ ।  अपाङ्ग महिलालाई जवरजस्ती करणी गरेर फरार राउतलाई  प्रहरीले आज पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Friday, May 8, 2015

दुई नाले भरुवा बन्दुक सहित ४ पक्राउ


सुरुङ्गा (झापा) २५ बैशाख । झापाको कनकाई नगरपालिका –२ बाट प्रहरीले आज दुई नाल भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका – २ निवासी ३१ वर्षीय  नरबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय  गोपाल गुरुङ, २० वर्षीय शंकर गुरुङ र २९ वर्षीया  कुमारी गुरुङ रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय सुरुङ्गााले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Wednesday, May 6, 2015

भूकम्पले सिन्धुपाल्चोकमा क्षति पु¥याउदा झापाली तामाङ समुदायमा रुवावासी




सुरुङ्गा (झापा) २४ वैशाख ।  गत वैशाख १२ गते शनिवारको भूकम्पले सिन्धुपाल्चोक सहित देशाका धेरै ठाउँमा धनजनको क्षति पु¥याएको खवर रेडियो मार्फत सुनेका कनकाई नगरपालिका – ९ स्थित घैलाडुब्बाका ५२ वर्षीय धनवहादुर गोले तामाङका आँखा अझैं रसाइरहेका छन् ।  घरको मझेरीमा बसेर डम्फू बनाउँदै गर्दा भूकम्प गएको र केही समयमा नै रेडियो मार्फत काठमाडौंसहित धेरै ठाउँमा क्षति भएको खवर सुनेका तामाङका आँखा रसाउनुको कारण थियो सिन्धुपाल्चोकमा पनि भूकम्पले पु¥याएको क्षति । डम्फू बनाएरै जिविको पार्जन गर्दै आउनुभएका  तामाङ भूकम्पले सिन्धुपाल्चोकमा क्षति पु¥याएपछि डम्फू बनाउन चाहिने कच्चा पदार्थ नपाइने चिन्ताले सताइरहेको बताउनुहुन्छ  । डम्फू हाम्रो शुभ कार्य गर्दा नभइनहुने वाजा हो हामी केही वुढा पाका डम्फू बनाउन जान्ने भएपनि कच्चा पदार्थ उतैबाट ल्याउने गथ्यौं भूकम्पले सबै भताभुङ्ग बनायो उहाँले भन्नुभयो ।

बिर्तामोडको फोहोर व्यवस्थापनमा एक जुट हुने प्रतिवद्धता


सुरुङ्गा(झापा) २३ वैशाख  । बिर्तामोड नगरक्षेत्रको फोहोर व्यवस्थापनमा बिर्तामोडमा रहेका सबै संघ संस्था एक जुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको एकता  हेड्स नेपालको प्रथम वार्षिक साधारण सभामा सहभागीले यस्तो प्रतिवद्धता जनाएका हुन् । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र विन्दुका रुपमा  बिर्तामोड चिनिदै गएको र यहाँको दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा वेला वेलामा समस्या उत्पन्न हुने गरेको थियो । तर एकता हेड्स नेपालले सरसफाइको कार्यक्रम सञ्चालन गरेपछि केही राहत भएपनि पूर्ण रुपमा समस्याको समाधान नभइरहेको अवस्थामा राजनीतिक दलका प्रतिनिधि सहित विभिन्न संघ संस्थाका प्रतिनिधिले फोहोर व्यवस्थापनमा चासो दिदैं बिर्तामोडलाई फोहोर रहित सहर बनाउने प्रतिवद्धता जनाएका छन् ।

Tuesday, May 5, 2015

राहत सामग्री भन्दै नेपाल भित्र्याइएको गोरुको मासु वरामद


सुरुङ्गा (झापा) २२ वैशाख ।   भूकम्प पीडितका नाममा राहत सामग्री भन्दै भारतबाट ल्याइएको गोरुको मासु प्रहरीले आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प शनिश्चरेको प्रहरीको टोलीले झापाको चारआलीबाट ३० केजी गोरुको मासु वरामद गरेको बताइएको छ ।  भूकम्प पीडितका लागि राहत सामग्रीको नाममा सार्वजनिक वसमा ल्याइदै गरेको उक्त मासु सशस्त्र प्रहरी सहायक  निरीक्षक अमर भूजेलको नेतृत्वमा गएको  टोलीले वरामद गरेको सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प शनिश्चरेका सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले जानकारी दिनुभयो ।
वरामद गरिएको गोरुको मासु आज नै नष्ट गरिएको बताइएको छ । काँकरभिट्टाबाटा केही युवाले राहत सामग्री भन्दै गाडीमा उक्त सामान राखेको र सो सामाग्री वारे आफूलाई थाहा नभएको वस चालकले बताएको प्रहरीले जनाएको छ । मासु ल्याउने युवा भने गाडीमा नभएकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको बताइएको छ । 

भूकम्पका कारण पूर्वी नाका भएर नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी


सुरुङ्गा(झापा) २२ बैशाख ।  गत वैशाख १२ गते शनिवार गएको विनासकारी भूकम्पका कारण पूर्वी नाका भएर नेपाल आउने पर्यटकको संख्या शून्य जस्तै भएको छ ।
भूकम्प गएपछि पर्यटक आउने क्रम अत्यन्त न्यून भएकोे पूर्वी नाका कांँकरभिट्टामा रहेको अध्यायगमन कार्यालयका प्रमुख रामप्रसाद फुयाँलले जानकारी दिनुभयो । वर्ष भरिनै  कुनै पनि समयमा यसरी पर्यटक नघटेको भन्दै उहाँले भूकम्प गएपछि पर्यटक त्रासका कारण  नेपाल आउन छाडेको बताउनुभयो । पूर्वी नाका भएर पर्यटक नआउदाँ राजश्व संकलनमा असर परेको भन्दै उहाँले  पर्यटन क्षेत्रलाई नै भूकम्पले धेरै असर गरेको बताउनुभयो । फूयाँलका  अनुसार अप्रिल २५ देखि मे ५ अर्थात आज वैशाख २२ गतेसम्ममा ७९ जना मात्र विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् ।

Monday, May 4, 2015

चन्दा उठाएर पुल बनाउँदै गाउँले

                                                                                                   

सुरुङ्गा (झापा) २२ वैशाख  । पटक – पटक स्थानीय राजनीतिक दलका प्रतिनिधि , गाविस तथा जिल्ला विकास समितिलाई गरामनी– १ विरानटोल स्थित खोपवारी भएर बग्ने रेखा खोलामा पक्की पुल निर्माणको माग गरेपनि स्थानीयको माग सुनुवाई नभएपछि त्यहाँका अगुवा आफैं पुल निर्माणमा जुटेका छन् ।
झण्डै वीस लाख रुपैयाँ लाग्ने अनुमान सहित त्यहाँका स्थानीयले गाउँलेसंग चन्दा उठाएर पुल निर्माणमा जुटेका हुन् । लामो समयदेखि खोलामा पुल निर्माणको माग गरेपनि गाउँलेको कुरा सुनुवाई नभएपछि वैकल्पिक उपायका लागि शुरुमा कज्वे निर्माण गर्ने र पछि पुल निर्माणगर्ने लक्ष्य सहित स्थानीयले कज्वे निर्माण गर्न  शुरु गरेको गरामनी–१ निवासी राम भट्टराईले बताउनुभयो ।
झापाको गरामनी– १ विरानटोल स्थित खोपवारी भएर बग्ने रेखा खोलामा पक्की पुलको शिलन्यास गरिदै । 


 खोपवाडीको पूर्व र पश्चिम दुवैतिर  सानो र ठूलो रेखा खोला बग्ने भएकाले बर्षदको समयमा स्थानीयवासीलाई  रोखा  खोलो मुख्य चुनौति बन्ने गरेको प्रदीप खनालको भनाई छ ।

समन्वय नहुँदा आचार संहिता लागू गर्न कठिनाई – मन्त्री खड्का


                               
सुरुङ्गा (झापा) २१ वैशाख ।  भवन निर्माण तथा शहरी विकास मन्त्री डा. नारायण खड्काले भवनको नक्सा पास गर्ने स्थानीय निकाय र भवन निर्माण तथा शहरी विकास मन्त्रालयबीच समन्वय नहुँदा भवन निर्माण आचार संहिता लागू गर्न कठिनाइ भएको बताउनुभएको छ ।

आज  नेपाल प्रेस युनियन झापाले आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै  उहाँले यस्तो बताउनु भएको हो । भूकम्पले क्षतिग्रस्त भएका स्थानमा शहर निर्माण गर्दा भौगौलिक स्थितिको नापनक्सा गरेर मात्रै निर्माणको योजना अघि सार्ने बताउँदै मन्त्री खड्काले विपद्को यस घडीमा  प्रकोप पीडितलाई सहयोग गर्न आह्वान समेत गर्नुभयो ।

१०५ वर्षीय वृद्धले गरे भूकम्प पीडितलाई सहयोग


सुरुङ्गा (झापा) २१ वैशाख । आफैंलाई अरुको साहरा चाहिने उमेरमा झापाका दुई वृद्धले भूकम्प पीडितका लागि रु छ  लाख रुपैयाँ जुटाएर उदाहरणीय कार्य गरेका छन् ।
वास्तविक भूकम्प पीडितले राहत नपाएको गुनासो आइरहेका वेला बिर्तामोड नगरपालिका – १ निवासी १०५ वर्षीय लक्ष्मण वस्नेत र उनका कान्छा भाई   ९३ वर्षीय टुङ्गवहादुर वस्नेतको अगुवाइमा छोरा नातिहरुको समेत सहयोग लिएर रु ६ लाख रुपैयाँ वरावरको  राहत सामग्री खरिद गरी आज नुवाकोट पठाएका छन् ।

Sunday, May 3, 2015

राहत र औषधि बोकेर झापाली डाक्टरको टोली नुवाकोट तर्फ प्रस्थान


 सुरुङ्गा (झापा) २१ वैशाख ।  कनकाई अस्पताल बिर्तामोड झापाको चिकित्सक सहितको टोली राहत बितरण तथा घाइतेको औषधि उपचारकालागि आज नुवाकोट तर्फ प्रस्थान गरेको छ ।
पहाडी क्षेत्रमा अझैंपनि भूकम्प पीडितले राहत तथा औषधि उपचार पाउन  नसकेको जनाउँदै डा. सतेन्द्र मण्डल सहितको टोली त्यस तर्फ प्रस्थान गरेको अस्पतालका अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

भूकम्प पीडित महिला घर फर्किने क्रममा गुडिरहेको बस भित्रै बलात्कृत


सुरुङ्गा (झापा) २० वैशाख ।  गत वैशाख १२ गते शनिवार गएको विनासकारी भुकम्पबाट पीडित बनेकी एक महिला घर फर्कने क्रममा गुडिरहेको वस भित्रै  वलात्कारको सिकार भएकी छिन् ।
पाँचथर घर भई हाल काठमाडौं वस्तै आएकी २२ वर्षीया महिला काठमाडौंबाट  पाँचथर घर फर्कने क्रममा  बलात्कारको सिकार भएकी हुन् । उनलाई सोही वसका कन्डक्टर  भद्रपुर – १२ निवासी २७ वर्षीय निमेश खतिवडा र चालक मेचीनगर ११ निवासी ३६ वर्षीय देवेन्द्र घिमिरेले पालैपालो वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Saturday, May 2, 2015

बिर्तामोडमै जुट्यो रु ६० लाख बढीको राहत





सुरुङ्गा(झापा) २० वैशाख । झापा उद्योग वाणिज्य संघ  र  नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको अगुवाइमा भूकम्प पीडितका लागि रु २७ लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री जुटेको छ ।
आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त राहत सामग्रीको विवरण सार्वजनिक गरियो । रु २७ लाख २४ हजार ४ सय ४२ रुपैयाँ मूल्यको राहत सामग्री गोर्खाका भूकम्प पीडितलाई प्रदान गरिने बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो ।

-जसका लागि तीन वटा मालवहाक ट्रकमा  राहतसहितको टोली  आज नै  गोर्खातर्फ प्रस्थान गरेको छ । गोर्खामा भोलि सोमबार बिहान ती सामग्री वितरण गरिने बताइएको छ ।

हवल्दारद्वारा असइकी छोरीसहित तीन वालिका बलात्कृत भएको खुलासा


सुरुङ्गा(झापा) १९ वैशाख । एक साता अगाडि गएको विनासकारी भुकम्पका कारण मुलुक शोकमा डुबिरहेको बेला सशस्त्र प्रहरीका हवल्दारले प्रहरी सहायक निरीक्षककी छोरी सहित तीन बालिकालाई जवरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ ।
घटना सार्वजनिक भएलगत्तै अभियुक्तलाई कानुनी कारवाहीको माग गर्दै मेची नगर नगरपालिकाका महिलाहरुले आज स्वतस्र्फूत काँकरभिट्टामा विरोध ¥याली निकालेका छन् । दमकस्थित पाडाजुँगी सशस्त्र प्रहरी गणमा हवल्दार पदमा कार्यरत  ३५ वर्षीया सुदीप थपलियाले काँकरभिट्टा निवासी ९ वर्षीया तीन जना बालिकालाई पटक  – पटक जवरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Friday, May 1, 2015

हराएकी महिला भट्टाउँदा एक लाख पुरस्कार पाए तीन युवाले



सुरुङ्गा (झापा) १८ वैशाख ।  एघार महिना अगाडिदेखि बेपत्ता बनेकी एक महिलालाई फेला पारी सकुसल परिवारको जिम्मा लगाउने तीन व्यक्ति आज पुरस्कृत भएका छन् ।
पृथ्वीनगर– ६ निवासी ४९ वर्षीया कौशीला श्रेष्ठलाई धरानको भानुचौकमा फेला पारी परिवारको जिम्मा लगाउने पृथ्वीनगर – ८ निवासी  सञ्जय लिम्बू, सोही ठाउँका सुमन लिम्बु र पृथ्वीनगर – ६ निवासी  फिलिप लिम्बू नगद एक लाख सहित पुरस्कृत भएका हुन् ।

४ करोडको सामग्री भुकम्प पीडितका लागि झापाबाट काठमाडौं पठाइयो

सुरुङ्गा (झापा) १८ वैशाख ।  झापामा  रहेका विभिन्न सामाजिक संघ संस्था तथा दाता मार्फत संकलित रु चार करोड रुपैयाँ वरावरको जिन्सी सामग्री दैविक प्रकोप उद्धार समिति काठमाडौंलाई  हस्तान्तरण गरिएको छ ।
भूकम्प पीडितका लागि जिल्ला दैविक प्रकोप उद्धार समिति झापा मार्फत सो सामाग्री हस्तान्तरण गरिएको हो ।

ब्लग सेयर गर्नुहोला।