Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Thursday, May 14, 2015

मनमोहनमा ओभरी क्यान्सको सफल शल्यक्रिया



सुरुङ्गा (झापा) ३१ वैशाख । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडले पाठेघरमा भएको क्यान्सरको सफल उपचार गरेको छ । मेची नगरपालिका – १२ इँटाभट्टास्थित ३० वर्षीया कविता मेचेको ओभरी क्यान्सरको सफल  उपचार गरेको अस्पताल प्रशासनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
मेचेको ओभरीमा १२ह१४ सेन्टीमिटरको  डल्लो भिडियो एक्स–रे गर्दा देखिएको र बायप्सी रिपोर्टमा क्यान्सर भएको पत्ता लागेपछि अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डाक्टर एकराज गौतमसहितको टीमले उपचार शुरु गरेको थियो ।



महिलामा देखिएको क्यान्सर फस्ट स्टेजको ले मेनेग्ली पेटेन्सीयल रहेकाले सफल उपचार भएको डा। गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।  गत वैशाख १८ गते उनको शल्यक्रिया भएको र  आज विहीबार डिस्चार्जसमेत गरिएको अस्पताल प्रशासनले जनाएको छ । भारतको शिलगढीस्थित न्यूटिय गेटवेल हस्पिटलमा  सिटीस्क्यान र एमआरआई तथा सिए–१ २५ को समेत परीक्षण गर्दा मेचेमा क्यान्सर देखिएपछि उनका परिवारले मनमोहन अस्पतालमा उपचारका लागि ल्याएको बताइएको छ ।
भारतमा शल्यक्रिया गर्न मात्र ७५ हजार भारु लाग्ने भएपछि मेचे परिवारले उनको उपचारका लागि बिर्तामोड ल्याएको जनाएको छ । बिर्तामोडमा ४५ हजार रुपैयाँमै कविताको सफल शल्यक्रियापछि स्वास्थ्य लाभ समेत गरिसकेकाले अस्पताल प्रशासनलाई मेचे परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
यस अघि उक्त अस्पतालले खतिवडा थरकी एक महिलाको पाठेघरमा  देखिएको क्यान्सरको समेत सफल उपचार गरिएको छ ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।