Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Monday, May 4, 2015

१०५ वर्षीय वृद्धले गरे भूकम्प पीडितलाई सहयोग


सुरुङ्गा (झापा) २१ वैशाख । आफैंलाई अरुको साहरा चाहिने उमेरमा झापाका दुई वृद्धले भूकम्प पीडितका लागि रु छ  लाख रुपैयाँ जुटाएर उदाहरणीय कार्य गरेका छन् ।
वास्तविक भूकम्प पीडितले राहत नपाएको गुनासो आइरहेका वेला बिर्तामोड नगरपालिका – १ निवासी १०५ वर्षीय लक्ष्मण वस्नेत र उनका कान्छा भाई   ९३ वर्षीय टुङ्गवहादुर वस्नेतको अगुवाइमा छोरा नातिहरुको समेत सहयोग लिएर रु ६ लाख रुपैयाँ वरावरको  राहत सामग्री खरिद गरी आज नुवाकोट पठाएका छन् ।



इलाम साँखेजुङ पुख्र्यौली घर भइ हला बिर्तामोडमा वसोवास गरिरहेका स्वर्गीय धनराज र धनमाया वस्नेतका माइला  छोरा  लक्ष्मण र कान्छा  टुङ्गवहादुर तथा काइली वुहारी सावित्रा वस्नेतले देखाएको मनव सेवाको उद्धात्त भावनाको प्रशंसा आज धेरैले गरेका थिए । मानव जीवनमा अतिआवश्कीय सामाग्री खरिद गरी उहाँहरुले आफ्ना छोरा नातिलाई भूकम्प पीडित क्षेत्रमा नै पुगेर वास्तविक पीडित वर्गाको पहिचान गर्दै राहत सामग्री बाढ्न आग्रह  गर्नुभयो ।
राहत सामग्री पठाउनु अघि भएको सक्षिप्त कार्यक्रममा बोल्दै महेन्द्र रत्न उच्च माविका शिक्षक लक्ष्मण ढकालले सामाजिक सेवामा विशेष योगदान दिँदै वस्नेत परिवारका जेष्ठ सदस्यले देखाएको बाटो सवैले अनुसरण गर्नु पर्ने बताउनुभयो । आफूलाई नै अरुको साहरा चाहिन्छ यो वेला तर वृद्ध वस्नेत वुवाले लौरो टेक्तै भएपनि छोरा नातिका घर घर गएर भूकम्प पीडितका लागि ६ लाख रुपैयाँ  जुटाउनु भयो यो चानचुने कुरा होइन यस्तो पाठ हामी सबै नेपालीले उहाँहरुबाट सिक्नु पर्छ ढकालले भन्नुभयो ।
गत वैशाख १२ गते गएको महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाउनु परेको हजारैं घाइते भएका र लाखौं घरवाहार विहिन भएको दुखद् अवस्थामा आफ्ना माता पिताको स्मृतिमा परिवारका तर्फबाट थोरै भएपनि राहत संकलन गरी आफूहरुले नुवाकोट पठाइएको हौं टुङ्गवहादुर वस्नेतले भन्नुभयो । राहत सामग्री पठाउने क्रममा आयोजित कार्यक्रममा वयोवृद्ध टुङ्गवहादुरले भन्नुभयो–‘ सवैको वाँच्न पाउने अधिकार सुनिश्चित होस् दुःखमा परेका तथा विपत्तीमा परेकाहरुलाई सहयोग गर्नु मानवीय धर्म हो म  दिवंगतहरुको आत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’
वयोवृद्ध वस्नेतले पठाइएको सामाग्रीहरुमा त्रिपाल, चामल, आलु,नून तेल, सावुन, लगायतका अति आवश्यकीय वस्तुहरु रहेको उहाँका नाति विनोद वस्नेतले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।