Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, May 1, 2015

हराएकी महिला भट्टाउँदा एक लाख पुरस्कार पाए तीन युवाले



सुरुङ्गा (झापा) १८ वैशाख ।  एघार महिना अगाडिदेखि बेपत्ता बनेकी एक महिलालाई फेला पारी सकुसल परिवारको जिम्मा लगाउने तीन व्यक्ति आज पुरस्कृत भएका छन् ।
पृथ्वीनगर– ६ निवासी ४९ वर्षीया कौशीला श्रेष्ठलाई धरानको भानुचौकमा फेला पारी परिवारको जिम्मा लगाउने पृथ्वीनगर – ८ निवासी  सञ्जय लिम्बू, सोही ठाउँका सुमन लिम्बु र पृथ्वीनगर – ६ निवासी  फिलिप लिम्बू नगद एक लाख सहित पुरस्कृत भएका हुन् ।

उनीहरुलाई आज आयोजित एक कार्यक्रमका बीच श्रेष्ठ परिवारले पुरस्कृत गरेको छ । २०७१ साल जेठ १२ गते श्रेष्ठ घरवाट एकाएक वेपत्ता बनेकी थिइन् । राम्रोसंग कान नसुन्ने, बोली पनि नआउने कौशिला हराएपछि उनका परवारले  खोजी गरेपनि फेला पार्न सकेनन् ।
लामो समयसम्म पनि उनी नभेट्टिएपछि  धनमाया श्रेष्ठले उनलाई फेला पार्ने जो कोहीलाई नगद एकलाख रुपैयाँ दिने घोषण गरेकी थिइन् । सोही अनुरुप तीन युवाले हराएकी दिदीलाई भेट्टाएर सकुसल परिवारको जिम्मा लगाएको भन्दै नगद सहित पुरस्कृत गरिएको धनमायाले जानकारी दिनुभयो । हराएकी महिला गत वैशाख ४ गते तीन युवाले फेला पारेर परिवारको जिम्मा लगाएका थिए ।

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।