सुरुङ्गा(झापा)३१ वैशाख । भूकम्पको क्रासका कारण काठमाडौंबाट झापा फर्किएका एक युवकको आज लडेर मुत्यु भएको छ ।
मृत्यु हुनेमा आन्तिरक राजश्व कार्यालय मेचीका कम्प्युटर अधिकृत यदुनन्दन थापाका १७ बर्षीय छोरा अनिश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठमाडांैमा बसेर कक्षा १२ मा पढ्दै गरेका अनिश बैशाख १२ गते गएको भूकम्पको त्रासका कारण झापा घर फर्किएका थिए ।
प्रहरीका अनुसार विहान घरमा घुम्ने कुर्सीमा बसेर टिभी हेरिरहेका उनी कुर्सी गड्किएर लडेका थिए । कुर्सीबाट लडेर गम्भीर घाइते भएका उनको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
0 comments:
Post a Comment